रोयल इनफिल्डका राइडरहरूले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्म राइड गर्ने

काठमाडौं- रोयल इनफिल्ड मोटरसाइकल राइडर्स क्लबले काठमाडौंदेखि लाङटाङ राष्ट्रिय निकुञ्जम्मको राइड आयोजना गर्ने भएको छ । क्लबले भदौ ३ दिने राइड आयोजना गर्न लागेको हो । भदौ २८ गतेदेखि ३० गतेसम्म काठमाडौंदेखि रसुवासम्म ‘एप्पल फार्म राइड’ हुने भएको हो । आन्तरिक पर्यटनको प्रवर्द्धनका लागि सो राइड आयोजना गर्न लागिएको हो । सो राइडमा सहभागी राइडरहरूले अर्गानिक खाना, स्थानीय परिकार, स्थानीय कला तथा संस्कृतिको प्रत्यक्ष अनुभव गर्न सक्ने आयोजकले जनाएको छ । रसुवाको बारबलमा सुरु गरिएको व्यावसायिक स्याउखेतीको पवर्द्धन तथा प्रचारप्रसार गर्ने रहेको मुख्य उद्देश्य रहेको जनाइएको छ । सो राइड आयोजनामा लगभग ६० भन्दा बढी राइडर सहभागी हुने क्लबले जनाएकाे छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १ हजार ७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो निकुञ्ज नुवाकोट, रसुवा र सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।

दिगोको विद्युतीय गाडी अब भाडामै पाइने

काठमाडाैं । नेपालमा पहिलो पटक व्यावसायिक विद्युतीय गाडी भाडामा पाइने भएकाे छ । दिगो सृबिट कम्पनीले नेपालमा पहिलाे पटक व्यावसायिक विद्युतीय गाडी भाडामा दिन सुरु गरेकाे हाे । दिगो नेपालमा विद्युतीय गाडी, चार्जिङ स्टेशन तथा अरू विद्युतीय पूर्वाधारसहितको प्रणालीमा काम गर्दै आएरहेको नेपालको अग्रणी संस्था हो । सृबिटले गाडी घन्टा, दैनिक, हप्ता, महिना र वार्षिक रूपमा भाडामा लिन सकिने जनाएकाे छ । भाडामा दिन लागेकाे गाडी डिएफएसके इसी ३६ (DFSK EC 36) रहेको कम्पनीले जनाएको छ । याे गाडी विगत ४ वर्षदेखि नेपालकाे सडकमा गुडिरहेको र यसले भरपर्दाे व्यावसायिक सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ । भाडाकाे भाडा अवधि ५ वर्षकाे हुनेछ । कम्पनीका अनुसार भाडामा लिने व्यक्तिले भाडा सम्झौतामा हस्ताक्षर गर्दा ५ लाख रुपैयाँ सेकुरिटी डिपोजिटको रूपमा जम्मा गर्नुपर्ने हुन्छ । जुन रकम गाडी हस्तान्तरण गरिसकेपछि फिर्ता हुने कम्पनीले जनाएको छ । बीमा, ब्लु बुक नवीकरण, रुट परमिट, कालो नम्बर प्लेटमा परिणत गर्ने खर्च भाडामा लिने व्यक्ति स्वयंमले बेहाेर्नुपर्नेछ । भाडामा लिनेले प्रत्येक महिना मासिक भाडाको रूपमा एक लाख २५ हजार (भ्याटसहित) तिर्नु पर्ने कम्पनीले जनाएकाे छ । यसैगरी, कम्पनीले सवारीसाधनको नियमित र तोकिएको मर्मत र सर्भिसिङ नेपालका सेवा केन्द्रबाट नि:शुल्क गरिने जनाएकाे छ । पार्टपूर्जाहरू फेर्नुपरेकाे अवस्थामा भने भाडामा लिने व्यक्ति स्वयंले खर्च बेहाेर्नुपर्नेछ । सवारीसाधनको सर्भिसिङ र मर्मत सम्पूर्ण एनइभी (NEV) नेपालको सेवा केन्द्रमा हुनुपर्ने कम्पनीले जनाएकाे छ । भाडामा दिन लागिएकाे गाडी प्रतिवर्ष अधिकतम ८० हजार किलोमिटर दौडन सक्ने सीमा छ । भाडा अवधिको अन्त्यमा भाडामा लिने व्यक्तिले पहिले जम्मा गरेको सुरक्षा निक्षेपभन्दा बढी ५ लाख रुपैयाँ तिरेर गाडी आफ्नो नाममा नामसारी गराउन सकिने प्रावधान कम्पनीकाे छ । नामसारी गर्ने समयमा कम्पनीले गाडीको अवस्था हेरेर मूल्य निर्धारण गर्ने जनाइएकाे छ ।

डोङफेङ नामीको शोरुम नागपोखरीमा खुल्दै

काठमाडौं । डोङफेङ नामीको अत्याधुनिक शोरुम काठमाडौंको नक्सालस्थित नागपोखरीमा खुल्ने भएको छ ।कम्पनीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुने जनाएको छ । कम्पनीका अनुसार हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने छन् । नेपालमा नामीको आधिकारिक बितरक एमएडब्लु ग्रुप हो र यो देशको सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोटिभ ग्रुप हो । यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डको कारोबार गर्दै आएको सो ग्रुपले गुणस्तरीय र ग्राहक सन्तुष्टिमा प्रतिबद्धताका साथ लगातार रुपमा बजारको नेतृत्व गरिरहेको जनाएको छ । कम्पनीका अनुसार नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्र रुपमा भइरहेको छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ । उपत्यका बाहिर पोखरा, चितवन, विराटनगर, नेपालगन्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना छ । हालै सम्पन्न नाडा अटो शो २०२४ मा डोङफेङ नामीले अवलोकनकर्ताहरुबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको कम्पनीको भनाई छ । यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण डोङफेङ नामीले ग्राहकहरुबाट निकै नै प्रशंसा र माया पाएको थियो । प्रिमियम इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धताका कारण डोङफेङ नामीले व्यापक रुपमा प्रशंसा पाइरहेको छ र नेपाली अटोमोटिभ बजारमा यसले नयाँ बेन्चमार्क सेट गर्ने विश्वास गरिएको छ ।