सनरुफ भएको टाटा पन्च इभीको बुकिङ ४६८ युनिट
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यस वर्षको नाडामा सार्वजनिक गरेको टाटा पन्च इभीको बुकिङ उत्साहजनक रहेको बताएको छ । नाडाको पाँचौ दिनसम्म ४६८ युनिट बुकिङ भइसकेको छ भने अन्तिमसम्म ५०० युनिट पुग्ने अपेक्षा गरिएको छ । यस वर्षको नाडामा उपभोक्ताहरूको बाक्लो उपस्थिति रहेको र पन्चले पनि नेपाली उपभोक्ताको साथ र समर्थन पाएको कुरा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । टाटा पन्चको सुरुवाती मूल्य ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यस भेरियन्टमा पनि ग्राहकहरूले सनरुफको आनन्द लिन सक्ने कम्पनीको भनाइ छ । हाल सार्वजनिक मूल्य नाडासम्मका लागि मात्र रहेको र पछि मूल्य बढ्ने कम्पनीले जनाएको छ । साथै, नाडामा गाडी किन्ने ग्राहकहरूलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको घोषणा पनि गरेको छ ।
पहिले दशैं ठूलो चाड लाग्थ्याे तर अटो शो पो ठूलो रहेछ : नाडा अध्यक्ष चौधरी
काठमाडौं । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले नाडा अटो शो दशैं भन्दा ठूलो चाड रहेको बताएका छन् । आइतबार ‘नाडा अटो शो २०२४’ को समापन कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले अटो शोमा मानिसहरूको किनमेल देख्दा दशैं आएको जस्तै लागेको बताएका हुन् । साथै नाडा अटो शोले दशैंलाइ स्वागत गरेको समेत उनको भनाइ छ । ‘पहिले दशैं ठूलो चाड हो जस्तो लाग्थो । तर, अटो क्षेत्रमा लागेदेखि नाडा अटो शो पो ठूलो रहेछ,’ उनी भन्छन्, ‘अटो शोमा मानिसहरूको किनमेल देख्दा साँच्चै नै दशैं आएको जस्तो लाग्यो ।’ उनका अनुसार नाडा अटो शो २०२४ मा ७४ हजार भन्दा धेरैले अवलोकन गरेका छन् । अध्यक्ष चौधरीले नाडा शोको ६ दिनको समय बितेको पत्तै नभएको बताउँदै नेपाली अटो क्षेत्र शोमा रहेको बताए । शोले अटो सेक्टरको उद्देश्य सरकारलाई बुझाउन सफल भएको उनले बताए । ठाउँ र समयका कारण नाडाको समय थप्न नसकिएको उनको भनाइ छ । ‘अहिले अटो क्षेत्र शोकमा छ, हामीले चाहिने जति लगानी पनि गर्न सकेका छैनौं, यस्तोमा मैले गर्न सक्ने भनेको अटो व्यवसायीको यही समस्या सरकारसँग राख्नु हो, जुन समस्या मैले राखेको छु,’ उनले भने । भदौ ११ गतेबाट सुरु भएको अटो शो आज समापन भएको हो ।
नाडा अटो शोको ५ दिनमा स्काइवेलका ९९ गाडी बुुकिङ, केक काटेर ‘सेलिब्रेट’
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोको ५औं दिनसम्म स्काइवेलका ९९ वटा विद्युतीय एसयूभी गाडी बुकिङ भएका छन् । ५औं दिनसम्मको अवधिमा जि मोटर्स प्रालिले ९९ वटा गाडी बुकिङ गरेको जानकारी गराएको हो । मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा स्काइवेलले ९९ प्रिमियम विद्युतीय एसयूभी बुकिङ गर्न सफल भएको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए । स्काइवेलको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ९९ वट स्काइवेल ईटी फाइभ, बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिएको गेलालले जानकारी दिए । हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटसहित सस्तो मूल्यमा कार उपलब्ध गराएको छ । कम्पनीले ९९ वटा बुकिङ भएको अवसरमा केक काटेर सेलिब्रेट गरेको छ । जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई ११ को ७५.९० लाख, बिई ११ ५२० किमीको मूल्य ८५.९० लाख एबम ईटी ५ को मूल्य १.१० करोड रुपैयाँ कायम गरेको छ । स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो । नाडा शो पश्चात् सबै मोडेलमा ५ लाखले मूल्य बृद्दी हुने कम्पनीले जनाएको छ ।