दीपल एक्सचेन्ज कानिर्भलको आयोजना हुँदै, कुनै पनि ब्रान्डका पुराना गाडी साट्न सकिने

  काठमाडौं । नेपालका लागि चांगान तथा दीपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले दीपल एक्सचेन्ज कार्निभलको आयोजना गर्ने भएकाे छ । आगामी साेमबारदेखि बिहीबारसम्म काठमाडौं, गैरीधारास्थित सिल्भरओकमा एक्सचेन्ज कानिर्भल हुन लागेकाे हाे । कार्निभलमा ग्राहकले आफ्नो कुनै पनि ब्रान्डका पुरानो गाडीलाई साटेर दीपलका नयाँ इभी खरिद गर्न सकिने कम्पनीले जनाएकाे छ । एक्सचेन्ज कार्निभलमा प्रि–बजेट ७१ लाख ९९ हजार रुपैयाँमा दीपलको निकै रुचाइएको प्रिमियम इभी एस ०७ खरिद गर्न सक्नेछन् । ग्राहकले नेपालकै टप ६ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने पनि कम्पनीले जनाएकाे छ । कम्पनीले एक्सचेन्ज बोनस पनि दिने जनाइएकाे छ । यसबाहेक कार्निभलमा अनस्पट डेलिभरी, अनस्पट फाइनान्स र फ्री एसेसोरिज पाइनेछ जसमा ३ किलोवाटको ट्राभल चार्जर र ७ किलोवाटको होम चार्जर उपलब्ध हुनेछ । साथै ग्राहकले गाडीको भ्यालुएसन र बुकिङमा गिफ्ट पनि पाउनेछन् । नेपालमा एमएडब्लु वृद्धिले दीपल एस ०७ र एल ०७ गरी दुई मोडल बिक्री गर्दै आएको छ । यी इभीहरू एड्भान्स्ड फिचर, लक्जरियस इन्टेरियर र इन्टेलिजेन्ट डिजाइनमा आधारित छन् । पाँच महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल एस ०७ लाई यसको डिजाइन र फिचरका कारण नेपाली बजारले तुरुन्तै रुचाएको थियो ।

केई गाडीको टेष्ट ड्राइभ कार्यक्रम आयोजना हुने

काठमाडौं । नेपालको लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले ‘एक्सपेरियन्स केई’ टेष्ट ड्राइभको आयाेजना दुई दिन गर्ने भएकाे छ । शनिबार केई शोरुम थापाथली र आइतबार केई शोरुम भाटभटेनी नक्शालमा टेष्ट ड्राइभ हुन लागेकाे हाे । केईको इलेक्ट्रिक एसयूभ एक्स थ्री प्राे इभी, इलेक्ट्रिक ह्याचब्याक ई-क्वेट ०४ र ई-क्वेट ०४ टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएकाे छ । प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरी आकर्षक उपहार राखिएको छ । सहभागीहरूमध्ये एकजना भाग्यशाली सहभागीले जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बाेस्चको मिक्सर ग्रिन्डर प्राप्त गर्नेछन् । योजनामा सहभागी हुन र यस कार्यक्रमको विस्तृत जानकारीको लागि ९८०१२०११०३ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनअन्तर्गत बिक्री वितरण गरिएको केई चाइनिज ब्रान्ड हो । जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो। हालैमात्र कम्पनीले केई ब्रान्डको सर्भिसको लागि लक्ष्मी न्यू इनर्जी सर्भिस तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।

टीभीएसले सार्वजनिक गर्‍याे तीन नयाँ भेरिएन्ट

काठमाडौं । टीभीएस मोटर कम्पनीले नेपालमा आफ्नो २०२४ टीभीएस रेडर (एफआइ), टिभिएस एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरिएन्ट र टिभिएस रेडिअन (एफआइ) सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक विशेष कार्यक्रममा टीभीएसले आफ्ना नयाँ भेरिएन्ट सार्वजनिक गरेकाे हाे । नयाँ पुस्तालाई ध्यानमा राखी नयाँ भेरिएन्टहरू सार्वजनिक गरिएकाे हाे । टीभीएस रेडर, टिभिएस एनटर्क र टिभिएस रेडिअन नेपालका सबै अधिकृत टीभीएस डिलरहरूमा उपलब्ध छन् । रेडरको मूल्य २ लाख ९२ हजार ९००, टीभीएस एनटर्ककाे मूल्य २ लाख ७९ हजार ९०० र टीभीएस रेडिअनको मूल्य २ लाख ३६ हजार ९०० रुपैयाँ रहेकाे छ । कार्यक्रममा टीभीएस मोटर कम्पनीका उपाध्यक्ष राहुल नायकले ग्राहकहरूका लागि नयाँ शैली र सुविधासहितका स्कुटर र मोटरसाइकलको विकास गरिएको बताए । जगदम्बा माेटर्स प्रालिका कार्यकारी निर्देशक अखिल गुप्ताले नयाँ भेरियन्टले सबैकाे मन जित्ने विश्वास व्यक्त गरेका छन् । जगदम्बा मोटर्स प्रालि नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी वितरकहरू रहेका छन् ।