निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै
निसानको ईभी लिफसँग कम्पनीका सीईओ माकोटो उचिडा । फाइल तस्बिर । काठमाडौं । जापानी अटो निर्माता कम्पनी निसानले अर्को महिना आफ्ना उच्च पदस्थ व्यवस्थापनमा ठूलो फेरबदल गर्ने तयारी गरेको छ । निसानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माकोटो उचिडा हालसम्म आफ्नो पदमा रहने सम्भावना रहेको तीन जना जानकार स्रोतहरूले बताएका छन् । निसानमा व्यवस्थापन पुनर्गठन निसाले मार्च १२ मा निसान व्यवस्थापन सुधारको घोषणा गर्ने जनाइएको छ । यो योजनासँगको असफल विलय वार्तापछि ल्याइएको हो । निसान लगातार दुई त्रैमासिक कमजोर प्रदर्शनपछि गहिरो संकटमा परेको छ । निसानको बोर्डले यस पुनरुद्धार योजनाको प्रभावकारिता र हालको टोलीको क्षमताको मूल्यांकन गरिरहेको छ । के उचिडा हट्न सक्छन् ? स्रोतहरूका अनुसार यदि उचिडाले राजीनामा दिए भने कम्पनीले स्थायी सीईओ चयन गर्नुभन्दा पहिले एक अन्तरिम सीईओ नियुक्त गर्न सक्छ । ब्लुमबर्ग न्युजले भने निसान उचिडालाई हटाउने तयारीमा रहेको बताएको छ । निसानका निर्देशकहरू सम्भावित उत्तराधिकारीको खोजी गरिरहेका छन् । उचिडा सन् २०१९ को अन्त्यदेखि निसानको सीईओ रहेका छन् । निसानको पुनरुद्धार योजना तीनवटा कारखाना बन्द गरी व्यवस्थापनलाई अझ प्रभावकारी बनाइने स्रोतहरूले जनाएका छन् । कम्पनीले आफ्नो वर्तमान आर्थिक वर्षको पूर्वानुमान तेस्रो पटक घटाएको छ, जसले अमेरिका र चीनजस्ता प्रमुख बजारहरूमा चुनौतीहरू देखाएको छ । उचिडाको अन्तिम लक्ष्य उचिडाले निसानलाई संकटबाट निकाल्नु आफ्नो मुख्य उद्देश्य बताउँदै आएका छन् । उनी भन्छन्, ‘मिसन पूरा भएपछि म राजीनामा दिन तयार छु ।’ तर, उनी हटेपछि कसले उनको ठाउँ लिनेछ भन्ने अझै स्पष्ट छैन । निसान–होन्डा मर्जर असफल किन ? निसान र होन्डाको ६० अर्ब डलरको मर्जर योजना फेब्रुअरी असफल भएको थियो । दुवै कम्पनीले डिसेम्बरदेखि मर्जरबारे वार्ता गरिरहेका थिए, तर होन्डाले निसानलाई आफ्नो सहायक कम्पनी बनाउन खोजेपछि वार्ता टुंगिएको हो । यो योजना पूरा भएको भए विश्वव्यापी कार उद्योगमा ठूलो परिवर्तन ल्याउने आँकलन गरिएको थियो । नयाँ साझेदारीको खोजीमा निसान निसान अब विशेषगरी प्रविधि कम्पनीहरूसँग सहकार्य गर्न खुला रहेको छ । कम्पनी इलेक्ट्रिक गाडी, स्वचालित कार र चीनमा छिटो अगाडि बढिरहेका कार निर्माताहरूसँग प्रतिस्पर्धा गर्न चाहन्छ । एक स्रोतका अनुसार निसान ताइवानको ‘फक्सकन’सँग पनि सहकार्य गर्न इच्छुक छ । फक्सकन जो विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स निर्माण कम्पनी हो र एप्पलको आईफोन उत्पादन गर्छ । उसले आफ्नो इलेक्ट्रिक गाडी निर्माण व्यवसाय विस्तार गर्न खोजिरहेको छ । डिसेम्बरमा फक्सकनले निसानसँग सहकार्य गर्ने प्रस्ताव राखेको थियो तर निसानले अस्वीकार गरेको थियो । निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने
‘एमएडब्लू ईभी कार्निभल’ सुरु
काठमाडौं । नेपालका लागि दिपल, नामी र सेरेस ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले आइतबारदेखि काठमाडौं नक्सालस्थित अमरपाली ब्यांक्वेट लगायत देशभरिका शोरुमबाट ‘ईभी कार्निभल’ सुरु गरेको छ । आगामी बुधबारसम्म चल्ने नेपालकै ठूलो ईभी कार्निभलमा ग्राहकले दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ र एक्स्चेन्ज गर्न सक्ने एमएडब्लू वृद्धिले जनाएको छ । ईभी कार्निभलमा ग्राहकले हरेक ईभी मोडेलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनुका साथै हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि उपहार पाउने कम्पनीले जनाएको छ । कार्निभलमा चांगानको अफरोड क्यापेबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिएको छ, जसलाई १० प्रतिशतमात्र डाउन पेमेन्टमा खरिद गर्न सकिने छ । त्यसैगरी हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा निःशुल्क बास बस्न पाउने छ भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन–१६ प्रोम्याक्स पाउने एमएडब्लू वृद्धिले जनाएको छ । कम्पनीका अनुसार ईभी कार्निभलमा ग्राहकले भर्खरै सार्वजनिक भएको संसारकै पहिलो ट्रान्सफर्मर एसयूभीको अनुभव पनि लिन सक्नेछन् । यो एसयूभी एउटा सिंगल बटनमा एसयूभीबाट पिकअप ट्रकमा परिणत हुन्छ । साथै, यो ग्राहकले दिपलको चर्चित मोडेल एस०७, एस०७ एल, एल०७ का साथै नामी बक्स र सेरेस थ्रीको टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
पूर्वी क्षेत्रको सफल यात्रापछि प्रोटन इमास ७ अभियान पश्चिमतर्फ बढ्दै
काठमाडौं । नेपालको पूर्वी क्षेत्रको सफल भ्रमणपछि, प्रोटन इमास ७ अब नेपालका सात प्रदेशको आफ्नो भ्रमण जारी राख्दै पश्चिमतर्फको यात्रा सुरु गरेको छ । अत्याधुनिक विद्युतीय सवारी साधन, प्रोटन इमास ७ ले पूर्वका दर्शकहरूलाई मोहित पारेको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार विविध भू–भागहरूमा आफ्नो दक्षता, स्थायित्व र अनुकूलन क्षमता प्रदर्शन गर्दै, प्रोटन इमास ७ ले नेपालको अटोमोटिभ उद्योगमा गेम चेन्जरको रूपमा आफ्नो बलियो स्थान बनाउदैछ । पूर्वी नेपालमा प्रोटन इमास ७ को यस अभियानले चुनौतीपूर्ण सडकहरू, फरक उचाइहरू र अप्रत्याशित मौसमी अवस्थाहरूमा उल्लेखनीय प्रदर्शन गरेको छ । यात्राभरि, गाडीले प्रयोगकर्ता, वातावरणविद र उद्योग विशेषज्ञबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ, जसमध्ये सबैले यसको पर्यावरण-मैत्री प्रविधि र प्रभावशाली दायराको प्रशंसा गरेका छन् । दिगो यातायातको बढ्दो मागसँगै, प्रोटन इमास ७ पश्चिम नेपालभर आफ्नो उपस्थिति विस्तार गर्न तयार छ । भ्रमणका क्रममा धेरै भन्दा धेरै इभीका पारखीले प्रत्यक्ष रूपमा गाडीको अनुभव गर्न पाउने छन्, जसले नवीनता र दिगोपनमार्फत नेपालको अटोमोटिभ परिदृश्यमा क्रान्तिकारी परिवर्तन गर्ने प्रोटोनको प्रतिबद्धतालाई बल पुर्याउछ।