लिपमोटर टीओथ्री सार्वजनिक, मूल्य २८ लाख ९९ हजार

काठमाडौं । लिपमोटर टीओथ्री नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको छ। साङ्ग्रिला मोटर्स प्रालिले मंगलबार एक विशेष समारोहको आयोजना गर्दै लिपमोटर टीओथ्री सार्वजनिक गरेको हो । समारोहमा बोल्दै साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे । लिपमोटर टीओथ्रीमा ३७.३ किलोवाट हर्स ब्याट्री रहेको छ जसले डब्ल्यूएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ । यसमा लेभल २ एडभान्स्ड लीप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गरेका थिए। साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ । नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित भएको ‍सांग्रिला मोटर्सले जनाएको छ । साङ्ग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको सदस्य हो ।  

यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा

काठमाडौं । यामाहा नेपालले यही फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना हुने यामाहा मेगा सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकहरूका लागि एक रोमाञ्चक अवसर ल्याएको छ। दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो । यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्: ● उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामा ल्यूबमा १५% छुट ● टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १०% छुट ● लेबर चार्जेजमा ५०% छुट ● सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक-अप ● नि:शुल्क बाइक वाश ● नि:शुल्क एएमसी कार्ड ● सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू नेपालभरि २०० भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ । योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकहरूले यामाहा एफआई स्टेशनहरूबाट जेनुइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्नेछन् ।

बीवाईडीले सेयर बिक्रीबाट जम्मा गर्‍यो ५.५९ अर्ब डलर, अन्तर्राष्ट्रिय व्यापार विस्तारमा लगानी गर्ने

  बीवाईडीको हान ईभी । काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बीवाईडीले मंगलबार ५.५९ अर्ब डलर प्राथमिक सेयर बिक्रीबाट संकलन गरेको घोषणा गरेको छ । उक्त सेयर बिक्री हङकङमा चार वर्षयताकै सबैभन्दा ठूलो सेयर बिक्री हो । कम्पनीले १२९.८ मिलियन प्राथमिक सेयर बिक्री गरेको बताएको छ, जुन सोमबार सुरुवात गरिएको योजनाअनुसार ११८ मिलियन सेयरभन्दा धेरै हो । बीवाईडीका हङकङ सूचीबद्ध सेयरहरू मंगलबार ८ प्रतिशतले घटे, जुन सम्झौतामा तय गरिएको छुट अनुरूप हो, जबकि ह्याङ सेङ इन्डेक्स १.५ प्रतिशतले घट्यो । बीवाईडीका अनुसार यो लेनदेन अटोमोबाइल क्षेत्रको विगत १० वर्षयताकै सबैभन्दा ठूलो इक्विटी फलो–अन अफरिङ हो । संयुक्त अरब इमिरेट्स (यूएई) मा आधारित अल-फुटाइम फ्यामिली अफिस प्रमुख लगानीकर्ता रहेको थियो । दुबै कम्पनीहरू रणनीतिक साझेदारी बनाउने योजनामा रहेको बीवाईडीले बताएको छ तर उक्त परिवारले कति लगानी गरेको छ भन्ने खुलाइएको छैन। बीवाईडीको बृहत् विस्तार रणनीति हालका वर्षहरूमा धेरै चिनियाँ कार निर्माता कम्पनीहरूले मध्य पूर्वलाई निर्यात बजारका रूपमा हेरिरहेका छन्, तर चीनको तुलनामा यो बजार अझै सानो मानिन्छ। बीवाईडीले सस्तो ब्याट्री चालित गाडीहरूको प्रतिस्पर्धात्मक सूची प्रयोग गर्दै २०२२ देखि चीनकै सबैभन्दा ठूलो कार निर्माता बन्ने यात्रा तय गरेको छ । २०२४ मा बीवाईडीले कुल ४० लाख कार बिक्री गर्‍यो, जसको ९० प्रतिशतभन्दा बढी चीनमै बिक्री भएको थियो । बीवाईडीले विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनभित्र इलेक्ट्रिक र प्लग-इन हाइब्रिड गाडीहरूको एक-तिहाइभन्दा बढी बिक्री ओगटेको छ। चिनियाँ प्रविधि क्षेत्रमा सकारात्मक संकेत ५.५९ अर्ब डलरको सेयर बिक्री २०२१ पछि हङकङमा भएको सबैभन्दा ठूलो सेयर बिक्री हो । २०२१ मा मेइटुअनले ६.९ अर्ब डलर उठाएको थियो । युरोपियन कमिसनले कार्बनडाइअक्साइड (सीओ टू) उत्सर्जन लक्ष्यहरू परिमार्जन गर्ने निर्णय गरेपछि लगानीकर्ताहरू सकारात्मक देखिए । सम्झौताले हङकङ र चीनमा विशेष गरी प्रविधि क्षेत्रमा लगानीको सकारात्मक भावनालाई प्रतिबिम्बित गर्छ । राष्ट्रपति सी जिनपिङको नेतृत्वमा उच्चस्तरीय प्रविधि कार्यकारीहरूको सम्मेलनपछि चीनले निजी व्यवसायहरूलाई बढी समर्थन गर्ने संकेत दिएको छ । वैश्विक विस्तार योजना बीवाईडीका हङकङ सूचीबद्ध सेयरहरू यस वर्ष ३६.३८ प्रतिशतले बढेका छन्, जबकि यसको शेन्जेन सूचीबद्ध सेयरहरू २७.४ प्रतिशतले उकालो लागेका छन् । बीवाईडीले सेयर बिक्रीबाट उठेको रकम अनुसन्धान तथा विकासमा लगानी, अन्तर्राष्ट्रिय व्यापार विस्तार, कार्यशील पूँजी पूर्ति र अन्य सामान्य व्यावसायीक प्रयोजनहरूका लागि प्रयोग गर्ने योजना बनाएको छ । कम्पनीले २०२५ सम्म ५० देखि ६० लाख कार बेच्ने लक्ष्य राखेको छ । कम्पनीको लक्ष्य जनरल मोटर्स (जीएम) र स्टेलान्टिससँग प्रतिस्पर्धा गर्ने रहेको छ । सेप्टेम्बरको सुरुवातसम्म बीवाईडीसँग झण्डै १० लाख कर्मचारी थिए, जुन टोयोटा र फक्सवागनभन्दा बढी हो। फेब्रुअरीमा बीवाईडीले २१ नयाँ इलेक्ट्रिक र प्लग–इन हाइब्रिड मोडेलहरू ९ हजार ५०० डलरको सुरुवाती मूल्यमा ‘गड आइज’ स्मार्ट ड्राइभिङ सिस्टम सहित लन्च गरेको थियो । अन्तर्राष्ट्रिय व्यापार विस्तार बीवाईडीले ब्राजिललाई आफ्नो सबैभन्दा ठूलो विदेशी बजार बनाएको छ । युरोपमा कम्पनीले नयाँ हाइब्रिड मोडेलहरू ल्याएको छ किनभने बीवाईडीका इलेक्ट्रिक गाडीहरूमा १७ प्रतिशत अतिरिक्त ट्यारिफ लगाइएको छ । सिटीग्रुपको एक विश्लेषण अनुसार बीवाईडीले हङकङमा पूँजी संकलन गर्नुले अन्तर्राष्ट्रिय व्यापार योजना छिटो कार्यान्वयन गर्न मद्दत गर्छ । ‘बीवाईडीसँग चीनभित्र प्रशस्त नगद प्रवाह छ, तर त्यसलाई विदेशी मुद्रामा रूपान्तरण गर्न महँगो पर्छ,’ सिटी विश्लेषक जेफ चुंगले टिप्पणी गरे । यसका साथै विदेशमा पूँजी खर्च गर्दा सरकारबाट अनुमतिहरू लिनुपर्ने बाध्यता पनि चीनभित्रका कम्पनीहरूका लागि चुनौतीपूर्ण रहँदै आएको छ । (एजेन्सीहरूको सहयोगमा) निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने