विकासन्युज

शाखारहित बैंकिङ्ग संचालन ग्लोबल आइएमई बैंकले पार गर्यो कोशेढुङ्गा, सेवा संख्या १०० पुग्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग संञ्चालनमा नयाँ कोशेढुङ्गा पार गरेको छ । बैंकले सोमबार(आज) आफ्नो १०० औँ सेवा सञ्चालनमा ल्याएर शाखारहित बैंकिङ्ग संचालनमा ल्याएर बैंकले कोशेढुङ्ग पार गरेको हो । बैंकले सोमबार एक समारोहकाबीच सुनसरी जिल्लाको कालाबन्जरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सेवा शुरु गरेको हो । उक्त सेवाको उद्घाटन सुनसरीकी १०५ वर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, क्रेडिट कार्ड बिक्री तथा बजार प्रबर्धन, मिडिया एवम् ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकालले संयुक्त रुपमा गरेका हुन् । बैंकले जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै आफ्नो १००औँ शाखारहित बैंकिङ्ग सेवा १०५ बर्षकी ज्येष्ठ नागरिकको हातबाट उद्घाटन गरेको हो । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम/सीडीएमए/यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले त्यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको हो । हाल १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १०० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

खुला विश्वविद्यालयमा व्याच्लर र मास्टर पढ्न दुई लाख शुल्क

काठमाडौं । नेपाल खुला विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका लागि व्यवस्थापन र कानून संकायको ४ विषयको पढाइ शुरु गर्न लागेको छ । विश्वविद्यालयले एमबीए, एमएसडीएमजी, एलएलबी र बीबीएस विषयको शुल्क तोकेको छ । विश्वविद्यालयका ईलनिङ्गं तथा सूचना प्रविधि विज्ञ पदमराज पन्तले भने बीबीएस पढ्नका लागि जुनसुकै संकायमा प्लस टु गरेकाले पनि पढ्न पाँउने छन् । बीबीएसको भर्ना शुल्क २ हजार, पुस्तकालय शुल्क १ हजार ५०० र एक वर्षको मासिक शुल्क १५ हजार तोकेको छ । बीबीएस ३ वर्षे कोर्षको लागि ४५ हजार रुपैयाँ लाग्ने छ । एमएसडीएमजी (एमएस इन डेभलोमेन्ट म्यानेजमेन्ट एण्ड गर्भनेन्स) विषय नेपालका लागि नयाँ विषय हो । एमएसडीएमजीको लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटको ४ हजार तोकेको छ । अध्यापन शुल्क एक वर्षमा ६० हजार लाग्ने छ । एमएसडीएमजीको २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम हो । यो २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम पढ्नका लागि २ लाख ५० हजार रुपैयाँ लाग्ने छ । एमबीए पढ्नका लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटको ४ हजार रुपैयाँ तोकिएको छ । अध्यापन शुल्क एक वर्षको लागि ६० हजार रुपैयाँ तोकेको छ । एमबीए २ वर्षेे सेमेस्टर स्नातकोत्तर कार्यक्रम हो । यो कार्यक्रम पुरा गर्न २ लाख ५० हजार लाग्ने छ । एलएलबी पढ्नका लागि भर्ना शुल्क २ हजार, पुस्ताकालय शुल्क १ हजार ५०० र एक क्रेडिटमा २ हजार तोकेको छ । एलएलबी पढ्न एक वर्षको लागि ६० हजार तोकेको छ । एलएलबी ३ वर्षे वार्षिक स्नातक कार्यक्रम हो । यो कार्यक्रम पुरा गर्न १ लाख ८० लाग्ने पन्तले बताए । एमबीए र एमएसडीएमजी भर्ना साउन ३१ गतेसम्म तोकेको छ । बीबीएसको साउन १५ गतेसम्म तोकेको छ । एलएलबीको भने अर्काे सूचना निकालिने प्रा. डा. लेखनाथ शर्माले बताए । एमबीए र एमएसडीएमजीको प्रवेश परीक्षा साउन १९ गते बिहान ८ः३० बजे काठमाडौं, पोखरा, वीरगञ्ज, इटहरी र कोहलपुरमा हुने विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले यस अघि लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ईलर्निङ, मास्टर एण्ड ईगर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु गरिसकेको थियो ।

बजार १७ अंकले घट्दा एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजार नीति ल्याउने दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । बोर्डले आगामी आर्थिक बर्ष २०७५।७६ का लागि ल्याउन लागेको नीतिमा पुँजीबजारलाई लगानीको विश्वसनीय विकल्पका रुपमा स्थापित गराउने प्रतिवद्धता समेटिए पनि सेयर बजार बढ्न सकेन । सोमबारको बजारमा १७ दशमलब ९६ अंकको गिरावट आएको छ । सो दिनको नेप्से परिसूचक १.४७ प्रतिशतले घटेर १२०६ अंकमा झरेको छ । परिसूचकसँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । कुल १६७ कारोबार भएको बजारमा ४१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लाे  दिनकाे तुलनामा ७ कराेड रूपैयाँ घटी हाे । अघिल्लाे दिनकाे बजारमा कूल ४८ कराेड रूपैयाँ बराबरकाे सेयर  काराेबार भएकाे थियाे । परिसूचक दोहोरो अंकले ओरालो लागेको दिन पनि एभरेष्ट इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । सोमबार बीमा समूह उच्च अंक १३० ले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र ट्रडिङ समूह बाहेक कारोबारमा आएका सबै समूहको सूचकहरु राताम्मे छन् ।

प्रोग्रेशिभ फाइनान्सको बुक क्लोज साउन २३ गते, २८१ प्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको आगामी साउन २३ गते बुक क्लोज हुने भएको छ । फाइनान्सले २८१ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनको लागि उक्त दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । असार २२ गते बसेको फाइनान्सको संचालक समितिको बैठकले गत आवमा सम्पन्न विशेष साधारणसभाबाट पारित भए बमोजिमको सेयर निष्काशन गर्न लागेको बताएको छ । हाल संस्थाको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ ।

कास्की प्रहरी प्रमुख ओम राना आक्रमक बन्दै, एकै सातामा १५ टोलेगुन्डा पक्राउ(नामसहित)

पोखरा । कास्की प्रहरीले १५ जना टोले गुण्डालाई पक्राउ गरेको छ । पर्यटकीय शहर पोखरामा विभिन्न व्यक्तिहरुलाई धम्काइ गुण्डागर्दी, हप्ता असुली र मिटरब्याज र बिटिङ गर्ने काममा संलग्न १५ जनालाई पक्राउ गरेको हो । प्रहरीले टोले गुण्डा नाइके लम्जुङ घर भइ पोखरा १२ बस्ने ललित गुरुङ, स्याङजा रापाकोट घर भइ पोखरा १७ घारीपाटन बस्ने चन्द्र गुरुङ, पोखरा ९ नयाबजारका शनिराज डंगोल, पोखरा ११ का सुमन श्रेष्ठ, स्याङजा पुतलीबजार नगरपालिका ७ लुम्छाकका पुनम गुरुङ र प्रकाश गुरुङ, म्याग्दी अन्नपूर्ण गाउपालिका १ दोवाका धन कुमार पुर्जा, कास्की भरतपोखरीका महेश छोटा भन्ने महेश अर्याल, पोखरा बिरौटाका सुजन लामा, पोखरा १४ काजी पोखरीका जिवन थापा र बिजय गुरुङ, पोखरा १७ छोरेपाटनका नबिन गुरुङ, पोखरा लेकसाइडका बिजय रानाभाट, पोखरा अर्चलबोटका रोहित सुनार र पोखरा बाग्लुङ वसपार्कका रोहित गुरुङ रहेका छन् । पक्राउ परेका टोले गुण्डाहरुलाई सार्वजनिक अपराध अन्तर्गत कारबाही गरिने कास्की प्रहरी प्रमुख ओम बहादुर राना मगरले बताए । कास्की मा गुण्डा अप्रेशन शुरु भएको बताउँदै यसअघिपनि साना तिना हप्ता असुल्ने टोले गुण्डाहरुलाई पक्राउ गरिएको भएतापनि आगामी दिनमा ठूला ठूला गुण्डाहरुलाई समेत पक्राउ गर्न कास्की प्रहरीले अभियान नै सञ्चालन गर्ने रानाले बताएका छन् । कास्की प्रहरीको कमाण्ड सम्हालेको ५१ दिन सम्म आइपुग्दा कास्की प्रहरी प्रमुख रानाले ७६ जना फरार अपराधी पक्राउ गर्न सफल भएका छन । कर्तव्य ज्यान, लुटपिट, चेक अनादर, चोरी, लागुऔषध, लिखित गाली वेईजती, सरकारी छाप किर्ते, जाल-साजी, केही सार्वजानिक अपराध लगायतका मुद्धामा संलग्न भइ फरार रहेकाहरुलाई पक्राउ गरि कारबाही प्रकृया अगाडी वढाएको कास्की प्रहरी प्रमुख रानाले बताएका छन् । ५१ दिनको अवधिमा लागुऔषधमा संलग्न ४० जनालाई पक्राउ गर्न सफल भएको छ । त्यस्तै, ट्राफिक कारबाही अन्तर्गत ८ हजार ५ सय ६६ जना लाई कारबाही गरिएको छ । ट्राफिक कारबाही अन्तर्गत मापसेमा २१४ जना, मोडिफाइ गरेका सवारी ४४, मिटरमा जान नमान्ने १२४ ट्याक्सी, प्रेशर हर्न प्रयोग गर्ने १० वटा सवारी र फुटपाथमा पार्किङ गर्ने ४७० सवारीलाई कारबाही गरेको छ । त्यसैगरी, जुवातासमा संलग्न ५९ जना लाई पक्राउ गरी कारबाही गरिएको कास्की प्रहरीले जनाएको छ । त्यसैगरी, यौन व्यवसायमा संलग्न २७ पुरुष र ५१ महिलालाई पक्राउ गरि मुद्धा चलाइएको र चोरी, लुटपाटमा संलग्न १८ वटा मुद्धामा २४ जना पुरुष र ४ जना महिलालार्इ कारबाही गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, प्राकृतिक श्रोतको दोहन गर्ने १४ वटा सवारी र हराएका मोबाइलहरु ४६ थान फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी, छोरेपाटन, ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गरी २८ थान सिसी क्यामेरा जडान गरिएको कास्की प्रहरी प्रमुख रानाले बताए । रानाका अनुसार चाडपर्व शुरु नहुँदै पोखराका मुख्य मुख्य शहर तथा सडकहरुमा सिसी क्यामेरा जोड्ने तयारी समेत भइरहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको थप तीन शाखा सञ्चालनमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको थप तीन वटा शाखा कार्यालयहरु थप भई कारोबार शुभारम्भ भएको छ । बैंकले सिन्धुलीको कपिलाकोट, बझाङ्गको मष्टा र ताप्लेजुङ्गको हाङ्गपाङ्ग गरी तीन शाखाहरुबाट सेयर कारोबार शुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताएका छन् । यी शाखा सहित बैंकको हाल ७१ जिल्लामा शाखा संख्या १९५ पुगेको छ । साथै, बैंकको १३५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ । चालु आवको तेस्रो त्रैमाससम्म बैंकले १ खर्ब ५३ अर्ब निक्षेप संकलन गरी १ खर्व १२ अर्ब कर्जा लगानी गरेको छ । सोही अवधिमा बैंकले ३ अर्ब ८ करोड खुद मुनाफा कमाएको छ ।

जनता बैंक र प्रुडेन्सियल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकले निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्धार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन बीमा सेवा दिने अभिप्रायले उक्त सम्झौता गरेको हो । सो सम्बन्धि सम्झौता पत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिके महर्जनले हस्ताक्षर गरेका छन् । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको जुनसुकै शाखाहरुबाट बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् । बैंकले हाल ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित बैंकिङ् इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटिएमबाट बैंकिङ् सेवा प्रदान गर्दै आइरहेको छ ।

महालक्ष्मी विकास बैंकको शाखा विराटनगरको मोरङमा, धादिङ्ग बेशीको शाखा स्थानान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विराटनगरको मोरङमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा बैंकको ७३औँ शाखा हो । सोही दिन साबिकको बैंकको धादिङ्ग बेशी शाखा धार्केमा स्थानान्तरणभएको छ । त्यसैगरी गत मिति २०७५/०३/२४ गते साबिकको बैंकको लायन्सचोक नारायणगढ स्थित शाखाको स्थानान्तरण भई हाकिमचोक, चितवनबाट बैकिङ्ग कारोबार सञ्चालनमा आएको बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहको छ । बैंकले हालसम्म २६ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी २१ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल बैंकले ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । बैंकको ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढि रहेको छ ।