मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा विश्वविद्यालयविच सम्झौता
काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा विश्वविद्यालय स्कूल अफ विजनेस विच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयवाट विविए, विआइ र एमविएमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने,विभिन्न विभाग अन्तर्गत अध्ययनग र्ने विद्यार्थीहरुलाई इन्टर्नशीप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदान प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सके पछि देखिने वेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्षविश्वस्त रहेका छन् ।उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट क्षेत्रीय प्रवन्धकश्री बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कूल अफ विजनेसका निर्देशक डा। रविन्द्र घिमिरेकोे हस्ताक्षर भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ल्यायो नयाँ योजना, प्लस टुमा डी प्लस ल्याउनेले पनि स्नातक पढ्न नपाउने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कुनै बिषयमा डी प्लस वा सो भन्दा कम ग्रेड ल्याएको बिद्यार्थीले उच्च शिक्षा अध्ययन गर्न नपाउने प्रस्ताब अघि बढाएको छ । स्रोतका अनुसार अब ११ र १२ को कुनै पनि एक बिषय वा एक भन्दा बढिमा डी प्लस वा सो भन्दा कम ग्रेड ल्याउने बिद्यार्थीले स्नातक(ब्याचलर्स) पढ्न पाउने छैनन् । कक्षा ११ र १२ मा कुनै एक विषयमा डी प्लस वा सो भन्दा कम ग्रेड आएमा ट्रान्सक्रिप्ट, प्रोभिजनल तथा माईग्रेसन प्रमाणपत्र पाउने छैनन् । यी प्रमाणपत्र नभए पछि प्लस टुको शिक्षा पुरा गरेको मान्यता पाइँदैन् । यस सम्बन्धि बोर्डको आधिकारीक लिखित धारणा नआएको भएपनि यहि प्रस्तावलाई नियमको रुपमा अघि बढाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अब डी प्लस वा सो भन्दा कम ग्रेड प्राप्त गरेका बिद्यार्थीले ग्रेड बृद्धि परीक्षामा सामेल भई ग्रेड बढाएपछी मात्र प्रमाणपत्र पाइने छ । शिक्षामा सबैको पहुच पु¥याउने भनेर प्लसटुमा गे्रडिङमा लगेको थियो । यस सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षाफलमा डी प्लस ३५ हजार ५८४ र डी ल्याउने ५८ हजार ६८८ विद्यार्थी छन् ।
ज्योति विकास बैंक लिमिटेड स्थापनाको एघारौं वर्षमा प्रवेश
काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकउत्सव भब्यताको साथ मनाएको छ। बैंक हिजो आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ। बैंकको स्थापना २०६५ साल श्रावण ९ गते भएको हो । वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्ष पनि बैंकले कमलादी स्थीत प्रांगणमा तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ र आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै यहि आषाढ २८ गते नागरिक दैनिक पत्रिकाको अघिल्लो पृष्ठमा प्रकाशित “बिपन्नताले पुछिएको सिन्दुर” शिर्षकमा प्रकाशित समाचार अनुसारको मुस्ताङ्ग जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान सहित सबै परिवार गमाउन पुगेकी रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका ५ उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोका संग हाल बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले निजलाई बैंकमा रोजगारी प्रदान गरी बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्च का लागि बैंकले सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने गरी निर्णय गरेको छ । बैंकले विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गर्नुको साथै देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गर्नुको साथै बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरेको छ। बैंकले यसै उपलक्ष्यमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ भने १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरि उक्त स्मारीकालाई त्रैमासिक रुपमा प्रकाशनको निम्ति औपचारिक शुभारम्भ समेत गरेको छ । उक्त विकास बैंकको हाल मुलुक भरिमा ६० वटा शाखा संजाल तथा २० वटा {ATM मार्पत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आउँदो बर्षभित्र यस बैंकले ९० वटा शाखाहरु पु¥याउने लक्ष्य सहित कार्य गरिरहेको जानकारी गराउँदछौं । ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । बैंकले हालसम्म २ लाख भन्दा बढि खाताबाट रु. १९ अर्व ५६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व ९ करोड ऋण लगानी गर्न सफल भएको छ ।
चितवनको बकुलहर अस्पताललाई रोटरी क्लबद्वारा तीन वटा डाईलायसिस मेसिन प्रदान
काठमाडौं। चितवनको रत्ननगर बकुलहर अस्पताललाई रोटरी क्लबले तीन थान हेमो डाइलायसिस मेसिन हस्तान्तरण गरेको छ । विगत चार वर्षदेखि मिर्गौला रोगीका लागि डाइलायसिस सेवा दिँदै आएको रतननगर बकुलहर अस्पतालको सेवा प्रभावकारी बनाउन तीन वटा डाइलायसिस मेसिन उपलव्ध गराइएको रत्ननगरका रोटरियन राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। रु ३८ लाखभन्दा बढीको लागतमा रोटरी डिष्ट्रिक २८२० जापानको साझेदारीमा रोटरी ग्लोबल ग्रान्ट परियोजनामार्फत मेसिन उपलब्ध गराइएको हो । यहाँको नारायणगढ, रत्ननगर, नारायणी मिड टाउन, भरतपुर, गैँडाकोटका रोटरी क्लबको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । यसअघि यहाँ छ वटा डाइलायसिस मेसिन रहेकोमा बुधबार थप तीनवटा आएपछि अब भने मिर्गौला रोगीका लागि डाइलायसिस सेवा प्रभावकारी हुने अस्पतालका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। बुधबार रत्ननगरमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले रोटरी क्लबसँगको सहकार्यमा विकास र समृद्धिको सपना पूरा गर्ने प्रतिबद्धता जनाए। उनले रत्ननगर नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमा ध्यान केन्द्रित गरेको भन्दै हरेक क्षेत्रबाट यस्तै सहयोगको खाँचो रहेको बताए। कार्यक्रममा बोल्दै राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्र काठमाडौँका चिकित्सक डा ऋषि काफ्लेले रोग लाग्नुभन्दा लाग्नै नदिनका लागि चेतनामूलक कार्यक्रम जरुरी रहेको भन्दै रोटरी क्लबमार्फत अभियान चल्ने विश्वास व्यक्त गरे। विसं २०७२ मंसिर २० गतेबाट यहाँ मिर्गौला रोग उपचार केन्द्रको सहयोगमा डाइलायसिस सेवा शुरु भएको थियो । अहिलेसम्म सयौँ बिरामीको छ हजारभन्दा बढी पटक उक्त अस्पतालले डायलायसिस सेवा प्रदान गरिसकेको छ । रासस
नेपाल वायुसेवाको दोस्रो एयरवस मकालु काठमाडौंमा अवतरण
काठमाडौं । नेपाल वायु सेवा निगमको दोस्रो वाइडबडी मकालु विमान बिहीबार काठमाडौंमा अवतरण गरेको छ । ए ३०३–२०० सिरिजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा अवतरण भएको हो । नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत १२ अर्ब रुपैयाँ छ । यसअघि असार २४ गते वाइड वडी एयरबस आई परीक्षण उडान समेत गरेको छ । विमानमा २७४ सिट छ । जसमध्ये १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।
दुग्ध उद्योग सञ्चालन, किसानले राम्रो मूल्य पाउने
पथरी, मोरङ । गोठगाउँमा १ करोड रूपैयाँको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएको छ । सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा सो दुग्ध उद्योग सञ्चालनमा ल्याइएको हो ।सो क्षेत्रका किसानले दूधको मूल्य राम्रो पाउने भएका छन् । साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आर्चायका अनुसार पूर्वी मोरङमै दूध उत्पादन बढी हुने गोठगाउँका किसानको दुग्ध उत्पादनले बजार पाउने भएको छ । किसानबाट संकलन हुने दूधबाट आफ्नै ठाउँमा दूध प्रशोसन गरी दूधजन्य सामग्री उत्पादन हुने भएपछि संस्थाले समेत सहयोग पुरयाएको आचार्यको भनाइ छ ।गत जेठ महिनादेखि सञ्चालनमा आएको उद्योगबाट दैनिक दूध प्रशोधन गरी प्याकेजिङ गर्ने, दही, मोही, नौनी उत्पादन गर्ने काम गर्ने गरेको उद्योगका सञ्चालक सीताराम भट्टराईले जानकारी दिए । साउन महिनामा दैनिक १ हजार २०० लिटर दूध संकलन तथा ४०० लिटर दूध प्याकेजिङ गरी बजारमा बिक्री गर्ने गरिएको, त्यसैगरी दही मोही र नौनीसमेत बिक्री गर्न थालिसकेको छ । उद्योगले किसानसँग राम्रो मूल्य दिएर गाई र भैंर्सीको दूध खरीद गर्दै आएको छ । रासस
महिला कामदार पठाउन थप ३ देशसंग श्रम सम्झौताको तयारी
काठमाडौं । घरेलु कामदारका रुपमा महिलाको माग आएपछि कतार, साउदी अरेबिया, युनाइटेड अरब एमिरेट्स लगायतका देशसँग द्विपक्षीय श्रम सम्झौताका लागि छलफल सुरु भएको छ ।ती देशमा महिलालाई घरेलु कामदारको रुपमा पठाउन अहिले प्रतिबन्ध लगाइएको छ। श्रम सम्झौता नहुँदा महिलाहरू जोखिम उठाउँदै अवैध रुपमा ती मुलुक जाने गरेको वैदेशिक रोजागरका जानकारहरू बताउँछन्। द्विपक्षीय श्रम सम्झौता भएपछि केही महिना अघिदेखि नेपाली महिलाहरूलाई घरेलु कामदारको रुपमा जोर्डन जाने बाटो खुल्ला भएको छ।दक्षिण कोरिया भने करिब एक दशकदेखि ईपीएस प्रणालीमार्फत मात्र कामदारहरू जाने गरेका छन्। इजरायलमा भने वृद्धवृद्धा र अशक्तको हेरचारका निम्ति केयर गिभरको रुपमा गइरहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलका सचिव महेश दाहालका अनुसार श्रम सम्झौता गरी कतार, साउदी अरेबिया, कुवेत लगायत देशमा जान लगाइएको प्रतिबन्ध फुकाउनेबारे छलफल भइरहेको छ। उनले भने, कतार, साउदी अरेबिया, युएई लगायतका देशले घरेलु कामदारको माग गरेका छन्। यसरी महिलालाई ती मुलुकमा पठाउन दुई देशबीच श्रम सम्झौता वा घरेलु कामदारको सन्दर्भमा छुट्टै सम्झौता गर्नुपर्छ भनेर हामी छलफल गरिरहेका छौं मंगलवार राति भारत हुँदै अवैध रुपमा कुवेत र इराक पठाइन लागिएका १६ जना नेपाली महिलालाई भारतको दिल्लीस्थित एउटा घरबाट उद्धार गरिएको थियो।अधिकांश महिला राम्रो कमाइको प्रलोभनमा परेर मानवतस्करीको शिकार हुने गरेको वैदेशिक रोजगार क्षेत्रका जानकारहरू बताउँछन्।कामदार माग भइरहेका देशमा सक्दो छिटो श्रम सम्झौता गर्नुपर्ने उनीहरूको सुझाव छ। वैदेशिक रोजगारमा अवैध रुपमा जान लागेका महिलाको उद्धार र पुनर्स्थापनामा संलग्न मञ्जु गुरुङ भन्छिन, कुनै पनि महिला पुरुषसरह सरकारी अभिलेखमा अभिलेखीकरण भएर स(सम्मान रोजगारीका लागि जाने वातावरण सिर्जना गर्नुपर्यो। ूअधिकाशं महिला घरेलु कामका लागि जान्छन् र उनीहरू जोखिमपूर्ण रुपमा जाने अवस्था सरकारले नै गरेको छ। यसलाई सम्बोधन गर्नका लागि घरेलु कामदार श्रम सम्झौता गर्नुपर्यो। सरकारले प्रतिबन्ध नलगाएका मुलुकसँग पनि श्रम सम्झौता नगर्दा पनि महिलाहरू अवैध बाटो रोज्न बाध्य हुनुपर्ने कतिपयको भनाइ छ।
सरकारी हस्तक्षेपमा एनसेलको डीडीए हुँदै, ६१ अर्ब रूपैयाँ पुरानाे कर विवाद फेरि बल्झियाे
काठमाडौं । सरकारले एनसेलको सम्पति दायित्व मूल्यांकन(डीडीए) गर्न लागेको छ । टेलियासोनेरा र एक्जियटाबीच एनसेल प्राइभेट लिमिटेडको सेयर किनबेच सम्बन्धमा भएको खरिदबिक्री सम्झौता पत्र सरकारलाई नबुझाएको र ठूला करदाता कार्यालयले पटक पटक दिएको निर्देशन अनुसार सम्पति दायित्व मूल्यांकन नगराएपछि सरकारले कम्पनीमा हस्तक्षेप गर्न लागेको हो । सरकारले सम्पति दायित्व मूल्यांकन(डीडीए) गर्न लागेकामा एनसेलले अाश्चर्य व्यक्त गरेकाे छ । ‘सरकारले हरेक वर्ष एनसेलकाे लेखापरिक्षण गरेकाे छ । कम्पनीले वार्षिक रूपमा बुझाउनु पर्ने कर बुझाउँदै अाएकाे छ’ एनसेल स्राेतले भन्याे-‘अहिले सरकारले डीडीए गर्नुकाे अाैचित्य के हाे, हामीले बुझेका छैनाै ।’ ठूला करदाता कार्यालयले एनसेलको डीडीए गराउन परामर्श दिने कम्पनी खोज्दै बोलपत्र नै आव्हान गरिसकेकाे छ । उक्त कम्पनीको डीडीए गर्न लाग्ने सबै खर्च सरकारको आन्तरिक स्रोतबाट बोहोर्ने जनाइएको छ । डीडीए गर्न सक्षम कम्पनीले एकल वा संयुक्त रुपमा यहि साउन २५ गतेसम्म इच्छा पत्र पेस गर्न सक्नेछन् । टेलियासोनेरा र एक्जियटाबीच एनसेलको सेयर किनबेच गर्दा पुँजीगत लाभ कर छलि भएको र त्यस कारोबारबाट सरकारले अझै ६१ अर्ब रुपैयाँ कर प्राप्ति गर्न बाँकी रहेको बताइएको छ । सेयर किनबेच गर्नु पूर्व भएको डीडीए रिपोर्ट लुकाएर उक्त रिपोर्ट माग्दा सरकारलाई नदिएको, पुँजीगत लाभ कर छल्ने उदेश्यले कम मूल्यमा कारोबार गरेको, सेल्स पर्चेज एग्रिमेन्ट (एसपीए) लुकाएको, सरकारले माग्दा नदिएको सरकारको आरोप छ । ठूला करदाता कार्यालयले एनसेलको स्वामित्व खरिद बिक्रीको एकिन विवरण मागेको थियो । एक्जियटाले सो विवरण दिन अस्विकार गरेपछि कर कार्यालय आफैंले डीडीए गर्न लागेको हो । ‘एक खर्ब ८० अर्बमा एनसेलको स्वामित्व खरिद बिक्री भएको भनियो तर कर कार्यालयलाई नै त्यसको एकिन विवरण दिईएको छैन, हामीले माग्दा पनि आनाकानी गरेपछि डीडीए गर्न जुटेका हौं’, ठूला कर दाता कार्यालय उच्च स्रोतले भन्यो । कार्यालयले २०७२ साल चैत २९ गते अघिको डीडीए गराउन लागेको हो । डीडीएपछि एनसेलको सेयर खरिद बिक्री तथा सम्पति र दायित्वको एकिन मूल्यांकन भएर कर असुलीमा सघाउ पुग्ने बताइएको छ । एनसेल नेपालकाे सबैभन्दा ठूलाे काराेबार गर्ने र सबैभन्दा बढी कर बुझाउने कम्पनी हाे । यस कम्पनीले अार्थिक वर्ष २०७३।७४ मा ५७ अर्बकाे काराेबार गर्दै सरकारले करिब २९ अर्ब कर बुझाएकाे थियाे ।