
काठमाडौं । नेपाल वायु सेवा निगमको दोस्रो वाइडबडी मकालु विमान बिहीबार काठमाडौंमा अवतरण गरेको छ । ए ३०३–२०० सिरिजको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानमा अवतरण भएको हो ।
नयाँ विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको लागत १२ अर्ब रुपैयाँ छ ।
यसअघि असार २४ गते वाइड वडी एयरबस आई परीक्षण उडान समेत गरेको छ । विमानमा २७४ सिट छ । जसमध्ये १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।