मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा विश्वविद्यालयविच सम्झौता

<p>काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा विश्वविद्यालय स्कूल अफ विजनेस विच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयवाट विविए, विआइ र एमविएमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता [&hellip;]</p>

काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरा विश्वविद्यालय स्कूल अफ विजनेस विच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयवाट विविए, विआइ र एमविएमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने,विभिन्न विभाग अन्तर्गत अध्ययनग र्ने विद्यार्थीहरुलाई इन्टर्नशीप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदान प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सके पछि देखिने वेरोजगारी समस्यालाई व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्षविश्वस्त रहेका छन् ।उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट क्षेत्रीय प्रवन्धकश्री बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्वविद्यालय, स्कूल अफ विजनेसका निर्देशक डा। रविन्द्र घिमिरेकोे हस्ताक्षर भएको छ ।

Share News