ज्योति विकास बैंक लिमिटेड स्थापनाको एघारौं वर्षमा प्रवेश

<p>काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकउत्सव भब्यताको साथ मनाएको छ। बैंक हिजो आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ। बैंकको स्थापना २०६५ साल श्रावण ९ गते भएको हो । वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्ष पनि बैंकले कमलादी स्थीत प्रांगणमा तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ र आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन [&hellip;]</p>

काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले आफ्नो दशौं वार्षिकउत्सव भब्यताको साथ मनाएको छ। बैंक हिजो आफ्नो स्थापनाको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ। बैंकको स्थापना २०६५ साल श्रावण ९ गते भएको हो ।

वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्ष पनि बैंकले कमलादी स्थीत प्रांगणमा तथा सिमरा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ र आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै यहि आषाढ २८ गते नागरिक दैनिक पत्रिकाको अघिल्लो पृष्ठमा प्रकाशित “बिपन्नताले पुछिएको सिन्दुर” शिर्षकमा प्रकाशित समाचार अनुसारको मुस्ताङ्ग जिल्लामा भएको सवारी दुर्घटनामा आफ्नो श्रीमान सहित सबै परिवार गमाउन पुगेकी रोल्पा जिल्लाको थवाङ्ग गाउँपालिका ५ उवा निवासी २१ वर्षिया लिलासरी पुनमगर रोका संग हाल बृद्ध सासु ससुरा र ५ वर्षे छोरा मात्र रहेकोले निजलाई बैंकमा रोजगारी प्रदान गरी बच्चाको १२ कक्षा सम्मको पढाई लेखाई खर्च का लागि बैंकले सामाजिक उत्तरदायित्व कोषबाट व्यहोर्ने गरी निर्णय गरेको छ ।

बैंकले विराटनगर शाखाबाट श्री जनचेतना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्टेसनरी प्रदान गर्नुको साथै देवघाट शाखाबाट देवघाट समाज कल्याण केन्द्रका वृद्घवृद्घाहरुलाई फलफूल,खाजा तथा रुमाल वितरण गर्नुको साथै बैंकको अन्य शाखाहरु मार्फत पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गरेको छ।

बैंकले यसै उपलक्ष्यमा ज्योति रेमिट तथा ज्योति स्मार्ट मोबाइल बैंकिङ्गको औपचारिक शुभारम्भ गरेको छ भने १०औं वार्षिकोत्सव स्मारिकाका प्रकाशन गरि उक्त स्मारीकालाई त्रैमासिक रुपमा प्रकाशनको निम्ति औपचारिक शुभारम्भ समेत गरेको छ ।

उक्त विकास बैंकको हाल मुलुक भरिमा ६० वटा शाखा संजाल तथा २० वटा {ATM मार्पत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आउँदो बर्षभित्र यस बैंकले ९० वटा शाखाहरु पु¥याउने लक्ष्य सहित कार्य गरिरहेको जानकारी गराउँदछौं । ज्योति विकास बैंकको हालको चुक्ता पुंजी रु. २ अर्ब ५९ करोड ३६ लाख रहेको रहेको छ । बैंकले हालसम्म २ लाख भन्दा बढि खाताबाट रु. १९ अर्व ५६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व ९ करोड ऋण लगानी गर्न सफल भएको छ ।

Share News