विकासन्युज

काठमाडौं उपत्यकाभित्र २७ रुपैंयासम्म भाडा तिनुपर्ने, कुन ठाउँमा जान कति भाडा हेर्नुहोस् (सूचिसहित)

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर  १४ रूपैयाँ कायम गरेको छ । अधिकतम  २७ रूपैयाँ  हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु १४ रूपैयाँ तिर्नुपर्नेछ । साविकमा १३ रूपैयाँ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग  १५  रूपैयाँ लिँदै आएका थिए । नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म  १६, छ किलोमिटरसम्म १७, आठ किलोमिटरसम्म  १८, १० किलोमिटरसम्म  २१, १३ किलोमिटरसम्म २३, १६ किलोमिटरसम्म  २५, १९ किलोमिटरसम्म २६ र सोभन्दा माथि २७ रूपैयाँ भाडा कायम भएको छ । विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर १०१  पेट्रोलको मूल्य  ११४ का आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा  ५ रूपैयाँ भन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ । यस्तै चक्रपथ बाहिर ४ किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी २ रुपैयाँ ५ पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर १ रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ । तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर १ रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर २ रुपैयाँ ९ पैसा भाडा कायम गरिएको छ । यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर ३९ रूपैयाँ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको रु सातलाई बढाएर ७ रुपैयाँ ८० पैसा कायम गरिएको छ । पर्यटक ट्याक्सीको भाडा ४८१ रूपैयाँ रहेकामा हाल बढाएर रु ५२९ पु¥याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटक ट्याक्सीको हकमा उक्त भाडादर कायम हुनेछ । उक्त दर ५ किलोमिटरको हकमा मात्रै लागू हुनेछ । सो भन्दा बढी भएमा १ हजार १५७ सम्म कायम गरिएको छ । विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो । मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा २० हजार ७७३, वीरगञ्ज–पोखरा १८ हजार ८८३ कायम भएको छ । काँकडभिट्टा–महेन्द्रनगरको भाडा  ४५ हजार १८९ रूपैयाँ कायम गरिएको छ । कुन स्थानमा जान कति भाडा काठमाडौँ–सिलगढी रु १६७५ काठमाडौँ–इलाम रु १३४८ काठमाडौँ–उर्लाबारी रु १०८४ काठमाडौँ– कटारी रु ८०४ काठमाडौँ– कलैया रु ५६३ काठमाडौँ– काँकडभिट्टा रु ११७२ काठमाडौँ–कुमारखोज ९झापा० रु ११७२ काठमाडौँ–कुरिनटार रु २०९ काठमाडौँ–कृष्णनगर रु ६८६ काठमाडौँ–कोठियाघाट रु ११३६ काठमाडौँ–खोपासी रु ८४ काठमाडौँ–गल्छी रु ९९ काठमाडौँ–गाइघाट रु ८६८ काठमाडौँ–गुलरिया रु १०९१ काठमाडौँ–गोरखा रु ३०७ काठमाडौँ–गोलधाप रु ११६९ काठमाडौँ–गौर रु ६५१ काठमाडौँ–गौरीगञ्ज रु ११२३ काठमाडौँ–महोत्तरी रु ७१३ काठमाडौँ–चिसापानी कर्णाली रु ११०० काठमाडौँ–चौतारा रु १९५ काठमाडौँ–जनकपुर रु ७३६ काठमाडौँ–जलेश्वर रु ७६५ काठमाडौँ–जिरी रु ५३२ काठमाडौँ–तातोपानी रु २७५ काठमाडौँ–त्रिशूली रु १७५ काठमाडौँ–धनगढी रु १३२१ काठमाडौँ–साँफेबगर रु १८७३ काठमाडौँ–धरान रु १०४१ काठमाडौँ–धादिङबेँसी रु १८४ काठमाडौँ–धुन्चे रु २९७ काठमाडौँ–धुलिखेल रु ६३ काठमाडौँ–नारायणगढ रु ३०७ काठमाडौँ–नारायणगढ– हेटौडा रु ४५३ काठमाडौँ–नेपालगञ्ज रु १०२५ काठमाडौँ–पनौती रु ६३ काठमाडौँ–पोखरा रु ४२८ काठमाडौँ–बालिङ रु ५८५ काठमाडौँ–फत्तेपुर रु ९२२ काठमाडौँ–भालुवाङ–प्यूठान रु ९२८ काठमाडौँ–भैरहवा रु ५६१ काठमाडौँ–मटिहानी रु ७८४ काठमाडौँ–मलङ्गवा रु ६७१ काठमाडौँ–महेन्द्रनगर रु १३३२ काठमाडौँ–मेलम्ची रु १६२ काठमाडौँ–राजगढ रु ११६६ काठमाडौँ–बाग्लुङ रु ६०८ काठमाडौँ–वीरगञ्ज रु ५४० काठमाडौँ–सिन्धुली रु ७३५ काठमाडौँ–सुर्खेत रु १२११ काठमाडौँ–सिराहा रु ८०० काठमाडौँ–बुटवल रु ५१९ काठमाडौँ–स्याङ्जा रु ५१० काठमाडौँ–तम्घास रु ८४० काठमाडौँ–तानसेन रु ६१५ काठमाडौँ–धनकुटा रु १२०१ काठमाडौँ–वसन्तपुर रु १३२२ काठमाडौँ–सन्धिखर्क रु ७८८ काठमाडौँ–सल्यान रु ७९९ रासस

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउँदै, लुम्बिनी भ्रमण गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथो पटक नेपाल आउने भएका छन् । बिमिस्टेक सम्मेलनका लागि तेस्रो पटक नेपाल आएका मोदी पुन नेपाल आउने भएका हुन् । मोदी आगामी नोभम्बर महिनामा नेपाल आउने तयारी रहेको नेपाल स्थीत भारतीय दुतावासको उच्च श्रोतले जनाएको हो । मोदी मंसिर १२ गते काठमाडौं आइपुग्ने श्रोतले बताएको छ । दुई दिने भ्रमणमा मोदीले लुम्बिनी भ्रमण र उच्च स्तरीय राजनितिक भेटघाट गरी मंसिर १३ गते भारत फर्किने कार्यक्रम रहेको भारतीय समाचार एजेन्सी एएनआइले जनाएको छ । यसअघि मोदीले दोस्रो भ्रमणमा  जनकपुर, मुक्तिनाथ गएका थिए । तर सुरक्षाको कारण देखाउँदै लुम्बिनी भने गएका थिएनन । मोदी नेपालमा सबैभन्दा धेरै भ्रमण गर्ने भारतीय प्रधानमन्त्री बन्दैछन् ।

विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम “मोदीकेयर” लागु, १६ अर्ब अमेरिकी डलरमा ५० कराेड जनाकाे बीमा

नयाँदिल्ली । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम आइतबार घोषणा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताएका छन । “मोदीकेयर” उपाधि दिइएको यो कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । यो कार्यक्रमका लागि केन्द्र र २९ वटा राज्य सरकारलाई प्रतिवर्ष १६ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । माग बमोजिम लगानीलाई बिस्तारै थप गर्दै लगिने केन्द्र सरकारको योजना छ । प्रधानमन्त्री मोदीले झारखण्ड राज्यको राजधानी राँचीमा आयोजित समारोहमा पहिलो मेडिकल कार्ड आइतबार हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री मोदीले स्वास्थ्य क्षेत्रमा भारतको यो पहिलो ऐतिहासिक दिन भएको बताए । उनले यो बीमा कार्यक्रम भारतका गरिब परिवारका लागि स्वास्थ्य सेवाको पहुँच र गुणस्तर कायम गर्न ठूलो कदम भएको बताउँदै यसबाट बर्सेनि १० करोडभन्दा बढी परिवारले लाभ लिन सक्ने बताए । भारतमा अस्पताल र चिकित्सकको अभावका कारण अधिकांश भारतीयले निजी स्वास्थ्य क्लिनिक र अस्पतालबाट उपचार लिइरहेको पाइन्छ । तर निजी क्लिनिकमा उपचार गर्न चाहने व्यक्तिले चिकित्सकको शुल्कबापत भारु १००० तिर्नु पर्दछ । दैनिक २ डलरभन्दा कम आम्दानी हुने यहाँका गरिब परिवारका लागि यो रकम ज्यादै बढी हो । सरकारी अनुमान अनुसार भारतमा आम्दानीको ६० प्रतिशतभन्दा बढी रकम स्वास्थ्य उपचारमा खर्च हुने गरेको छ । विज्ञहरुले सरकारको पछिल्लो अभियानलाई स्वागतयोग्य भनी प्रशंसा गरेका छन् । तर उनीहरुले यो सेवा सामान्य र दैनिक उपचार सेवामा पनि उपलब्ध हुनुपर्ने बताएका छन् । एजेन्सी

एभरेष्ट बैंकका कार्ड होल्डरले स्टार हस्पिटलमा छुट पाउने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडका डेबिट तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुले स्टार हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् । उक्त छुट दिने सम्बन्धि एभरेष्ट बैंक र स्टार हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतामा बैंकका जनरल मेनेजर राजिव जैन तथा हस्पिटलका प्रमुख संचालन अधिकृत सन्देश जीसीले हस्ताक्षर गरेका छन् । यो छुट बैंकका डेविड तथा क्रेडिट कार्ड होल्डरहरुले बेड चार्ज, ल्याव टेष्ट, एक्स्रे, इसिजी, अपरेशन चार्ज, इन्डस्कोपि तथा कोलोनोस्कोपी, यूएसजी, सीटी स्क्यान, तथा पीटीएफ मेडिसिनमा पाउन सक्नेछन् ।

“फेरि आयो पाडो किन्दा भैंसी उपहार” योजना, जुत्ता किन्दा कार पाइने

काठमाडौं । शिखर सुजले नजिकिँदै गएका दशैं तिहार लगायतका चाडबाडलाई लक्षित गरी “फेरि आयो पाडो किन्दा भैंसी उपहार” नामक योजना ल्याएको छ । दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने चाड भएकाले ग्राहकलाई उनीहरुको रोजाइ अनुसारका नयाँ डिजाइनका जुत्ता भर्खरै बजारमा ल्याएको शिखरले हरेकलाई हात खाली नजाने गरी उपहार योजनासमेत ल्याएको हो । यस योजनामा जुत्ता किन्ने ग्राहकमध्ये एक जनाले बम्परमा कार उपहार पाउने छन् । ग्राहकले २ हजार रुपैयाँभन्दा बढी मूल्यका हरेक जुत्ता खरिदमा लेडिज स्यान्डल उपहार पाउने शिखरले जनाएको छ । कम्पनीले हरेक जुत्ता चप्पल खरिद गर्ने उपभोक्तालाई हात खाली नजाने गरी स्क्र्याच कुपनसमेत उपलब्ध गराउने छ । स्क्र्याचमा हरेकले नगद उपहार पाउने शिखरका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले जानकारी दिए । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली बिजेताले ह्याच्ब्याक कार जित्ने छन् । शिखरले चाडबाडलाई लक्षित गरेर भर्खरै १ सयभन्दा बढी प्रकारका नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । ती डिजाइनमा पार्टी सुज, स्पोर्टस् सुज, क्याजुअल सुजका विभिन्न मोडल छन् । शिखरका पार्टी, स्पोर्टस, क्याजुअल जुत्ताबाहेक लेडिज तथा जेन्स स्यान्डल, कलेज/स्कुल शु र र अफिसियल शु बजारमा छन् । उक्त जुत्तामा ६ महिनाको वारेण्टी पाइने कम्पनीले जनाएको छ ।

नबिल बैंकका ग्राहकलाई ग्रान्डी अस्पतालमा ७.५ प्रतिशत छुट

काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ७.५ प्रतिशतको विशेष छुट पाउने भएका छन् । उक्त छुट पाउने सम्बन्धि नबिल बैंक र ग्रान्डी अन्तराष्ट्रिय अस्पतालबीच सम्झौता भएकोे छ । उक्त विषेश छुट बा≈य सेवा, औषधी तथा चिकित्सकिय सामाग्री र स्वास्थ केन्द्रको सुस्वास्थ्य प्याकेज बहिरङ् परामर्श शुल्क बाहेक अन्य सम्पूर्ण सुविधाहरुमा लागु हुने बैंकले जनाएको छ ।

डावर नेपाल र इसिमोडबीच दिगो विकास सम्बन्धि सम्झौता

काठमाडौं । डावर नेपाल र इन्टरनेशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड) बीच राष्ट्रिय हितमा आधारित दिगो विकास सम्बन्धि सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा आ–आफ्नो संस्थाको तर्फबाट इसिमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन र डावरका सार्क विजनेस हेड एच.एस वेदीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ । प्रस्तावित डावर र इसिमोड वीचको साझेदारीले उत्तरदायित्व पूर्ण व्यवसायिक दीगो पर्वतीय विकासमा मद्दत पुग्नेछ । यो समझदारीले पहाडी क्षेत्रको जीवनपद्धतिमा सुधार ल्याउने उपायहरुलाई महत्व दिने छ जसमा माहुरी पालन, जडिबुटी खेती, कृषिमाआधारित वनको विकासका विभिन्न योजनाहरु निर्माण, क्षमता विस्तार र प्रविधि हस्तान्तरण गरिने छ । यसका अतिरिक्त दक्षताको विकास, सूचनाको आदानप्रदान र संयुक्त कार्यक्रमहरुलाई पनि सम्झौतामा उल्लेख गरिएको छ । डाबर नेपाल र इसिमोडका बीचमा सन् २००२ देखि पारस्परिक सहयोगको क्षेत्रमा आपसी सम्बन्ध स्थापना हँुदै आएको छ र औषधीजन्य जडिबुटीको क्षेत्रमा नयाँनयाँ उपलब्धि हासिल गरिएको छ । यस्तै, अन्य संयुक्त आयोजनाद्धारा सञ्चालन गरिएको जडिबुटिको महत्व तथा सुगन्धित जडिबुटिको बारेमा नेपालका विद्यार्थीहरुलाई जानकारी प्रदान गरेको छ । इसिमोडले उपलब्ध गराएको गोदावरीको जग्गामा डावर नेपालले सन् २०१३ देखि जडिबुटि उद्यान्न विकसित गरेको छ ।

असोज २१ देखि दशैंका लागि नयाँ नोट, २७ हजारसम्म पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज २१ गतेदेखि दशैंका लागि नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छ । केन्द्रीय बैंकले गत वर्षको जस्तै १ जनालाई २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न लागेको हो । राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकले सर्वसाधारणका लागि नयाँ नोट सटही गर्ने राष्ट्र बैंक नोट विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट सटही गर्ने छन् । ३ वटा बैंकको पायक पर्ने शाखाबाट नयाँ नोट पाइने उनले बताए । निजी क्षेत्रका बैंकहरुलाई निश्चित रकम मात्र सटही सुविधा दिने छ । नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ । राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ। कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।