अब सिभिल बैंकबाटै यूनियन लाईफको इन्स्योरेन्स सेवा पाइने
काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले यूनियन नेपाल लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र यूनियन नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । अब यूनियन नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवा सिभिल बैंकका जुनसुकै शाखाबाट पाइने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।
बारामा दोस्रो खाना महोत्सव सम्पन्न, धरहरामा सेल्फि लिनेको घुईचो(फाेटाेफिचर सहित)
काठमाडाैं । ‘सडक मै खाऔ“, सडक मै रमाऔ“’ भन्ने मुल नाराका साथ प्रदेश नम्बर २ को बारामा आयोजित दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ सफलतापुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले पहिलो भन्दा यसबर्षको महोत्सव सब्य र भब्य रुपमा सम्पन्न भएको बताए । ‘यसबर्ष हामीले सबै क्षेत्रको सहयोग पायौ, त्यसकारण पनि होला अघिल्लो महोत्सवभन्दा यसबर्ष व्यवस्थित ढंगले सम्पन्न भयो’ अध्यक्ष शर्माले भने । महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न बिभिन्न उप–समितिमार्फत काम भएको थियो । खानाका विभिन्न स्टल यसबर्ष पहिलोभन्दा दोश्रो महोत्सवमा झन्डै दोब्बर स्टल राखिएको थियो । ३ दिनसम्म चलेको महोत्सवमा बिभिन्न परिकारका खानाको स्टल देख्न सकिन्थ्यो । यसबर्ष खानाका स्टलमा बिशेष परिकार जस्तै केरा, च्याउ र माछाको मम राखिएको थियो । त्यसबाहेक पनि लोकल कुखुराको मासु र ढिडो, घुङ्गि, पिजा, बर्गर, चाउमनिको पनि परिकार राखिएको थियो । यस्तै महोत्सवमा चार तारे ईच्छा होटलको पनि स्टलसहित दशै लक्षित बिभिन्न लत्ता कपडाका साथै गार्मेन्टको स्टल देख्न सकिन्थ्यो । मध्यरातसम्म तात्यो बारा दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ मा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाएका छन् । ३ दिने महोत्सवमा नेपालका चर्चित गायक राजनराज सिवकोटी, रामजि खाड, दुर्गा खरेल, कमल के. क्षेत्री, सम्झना लामिछाने मगर, दिनेश काफ्ले, विकास पाण्डे, प्रदिप त्रिपाठी, सुनिल पण्डित, देवेन्द्र कार्की, संतोष देउजा लगायतले मध्यरातसम्म आफ्नो प्रस्तुती देखाए । हजारौ दर्शकको उपस्थितिमा सिमराको एयरपोर्ट रोडमा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाउदा बाराको माहोल नै तातिएको थियो । ‘चाडपर्वको समयमा आफ्नै जिल्लामा आएर बिभिन्न खानाको परिकारसंगै संगितमा झुम्न पाउदा निकै खुशि लागेको छ’ काठमाण्डौबाट महोत्सव हेर्न सिमरा आएका डुमरवाना निवासी किशोर साहले भने । महोत्सवमा बिभिन्न समुदायको नृत्यसमेत प्रस्तुत गरिएको थियो । साथै पनाम ब्याण्डसहित स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए । ३ दिनमा ५० हजार दर्शक ३ दिनको अवधीमा ५० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सव हेर्न बारासहित छिमेकी जिल्ला पर्सा, रौतहट, मकवानपुरबाट समेत दर्शकहरु सिमरा आएका थिए । महोत्सव स्थल सिमराको एयरपोर्ट रोड बेहुलीझै सिंगारिएको थियो । महोत्सवको पुर्व संध्यामा कार्यक्रम बारा खाना तथा दशै महोत्सव २०७५ को पुर्व संध्यामा साईकलिङ कार्यक्रम आयोजना गरिएको थियो । विश्व पर्यटन दिवसको अवसर पारेर संघले आयोजना गरेको कार्यक्रममा झन्डै डेढ सय जनाले साईकलिङ गरेका थिए । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको साईकलिङमा बारासहित छिमेकी जिल्ला मकवानपुरबाट समेत साईकल यात्रुहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरीका डिआईजीदेखि शिक्षकसम्मले साईकिङ गरेका थिए । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरको गढिमाई मन्दिरबाट शुरु भएको साईकलिङ अमलेखगञ्जको हात्तिसारमा पुगेर अन्त्य भएको थियो । साईकल यात्रुहरुले गढिमाई मन्दिरबाट झन्डै २२ किलोमिटर दुरीमा रहेको हात्तिसार सहजै तय गरेका थिए । ९ बर्षदेखि ६५ बर्षसम्मका बृद्धले साईकलिङ गर्दा कार्यक्रमको माहोलनै तातिएको थियो । यसअघि विश्व पर्यटन दिवसको अवसरमा आयोजित ३ दिने कार्यक्रमको पहिलो दिन काठमाण्डौबाट सिमरा आउने पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई फुलमाला लगाएर सम्मान गरिएको थियो भने दोश्रो दिन पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिकाको बिषयमा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको थियो । धरहरामा सेल्फि लिनेको घुईचो महोत्सव स्थल सिमरामा काठमाण्डौको झल्को दिने धरहरा राखिएको थियो । महोत्सवको आकषर्ण स्वरुप लामो समयदेखि मेला महोत्सव गर्दे आएको हाम्रो समन क्याम्प सिमराले कार्यक्रम स्थलमा धरहरा राखेको हो । कार्यक्रम स्थलमा धरहरासंगै बिभिन्न रंगले रंगिएको रंगोली बनाईएको थियो । महाभुकम्पले भत्काएपछि सम्झना स्वरुप महोत्सवमा राखिएको धरहरामा सेल्फि लिनेको तिनै दिन घुईचो लागेको थियो । खाना महोत्सव महोत्सवमा आयोजकको रुपमा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २, प्रर्वधकको रुपमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौ, मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उप–महानगरपालिका, बारा, सह–आयोजकको रुपमा नेपाल मत्स्य व्यवसायी संघ बारा, सामुदायीक बिकाशसिल क्लब सिमरा बारा, नव दुर्गा युवा क्लब सिमरा बारा रहेको थियो । यसैगरी महोत्सवको मुख्य प्रायोजकको रुपमा गार्खा ब्रूअरीको उत्पादन टुर्बग र कलाकार व्यवस्थापनमा साङ्गितक कला मञ्च बारा रहेको थियो ।
पाठ्यक्रम विकास केन्द्रले गणित विषय हटाउने, शिक्षामन्त्री भन्छन्: ३ लाख विद्यार्थीको बोझ हट्छ
काठमाडौँ । सरोकारवालाको विरोधकाबीच शिक्षा मन्त्रालयले तयार पारेको नयाँ पाठ्यक्रममा गणित विषयलाई अनिवार्य नभइ वैकल्पिक बनाइएको छ । गणित हटाउदा झन्डै ३ लाख विद्यार्थीमाथिको अनावश्यक बोझ हट्ने मन्त्रालयको दावी छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको संख्या कम भएकाले यसलाई हटाउन लागेको बताएका छन् । “अहिलेसम्मको अध्ययनले ११ र १२ कक्षा उत्तीर्ण भइ विश्वविद्यालय जानेहरूको संख्या साढे ३ लाखको हाराहारीमा रहेको देखाएको उनले बताए। विज्ञान विषय पढ्नेको संख्या ३० देखि ५० हजार जति छन् । त्यसैले ५० हजार सम्मलाई मात्र चाहिने विषय अरु ३ लाखलाई पनि नथोपरौं भनेर मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो” मन्त्री पोखरेलले भने । उनले गणित विषयलाई ऐच्छिक बनाउने र त्यसको स्थानमा सबै संकायका विद्यार्थीको लागि आवश्यक जीवन उपयोगी शिक्षा विषय थपिएको पनि जानकारी दिए । शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ’विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ मा कक्षा ११ र १२ बाट गणित विषय हटाउने प्रस्ताव गरेपछि, गणित केन्द्रीय विभाग र नेपाल गणित समाज त्रिभुवन विश्वविद्यालयले विरोध जनाएका छन् । कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय हटाउने निर्णयको विरोधमा उत्रिएका गणित विषयका विज्ञहरूले त्यसो गरिए विद्यार्थीको शैक्षिक उन्नतिमा बाधा पुग्ने बताएका छन् । त्रि वि का गणित विषयका उपप्राधापक खगेन्द्र अधिकारीले भने, “आधुनिक शिक्षामा गणित विज्ञान जुनसुकै क्षेत्रमा आवश्यक हुने भन्दै उनीहरूले विना अध्ययन गणित हटाइँदा विद्यार्थीको शैक्षिक जीवन प्रभावित हुने बताउछन् ।” गणित विषय नपढेकाले विश्वविद्यालयहरूमा अण्डर ग्रयाजुएट लेभलमा भर्ना नै हुन पाउँदैनन् । बीए, बीएस्सी, बीबीए वा इन्जिनियरिङ विषयहरू पढ्नलार्इ उनीहरूलाई असर पर्छ ।
९ अर्ब लागतमा मस्र्याङ्दी करिडोर प्रसारणलाइनको काम अघि बढ्यो, ४ वर्षमा सकिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर विद्युत् प्रसारणलाइन निर्माणका लागि ठेकदार छनोटको प्रक्रिया शुरु गरेको छ ।मस्र्याङ्दी तथा त्यसका सहायक नदीमा निर्माणमा रहेका र निर्माणमा जाने तयारीका आयोजनाबाट उत्पादित विद्युत् प्रसारणका लागि उक्त प्रसारण लाइन निर्माण गर्न लागिएको हो । सो करिडोरमा १ हजार ६०० मेगावाट क्षमताका आयोजना निर्माणक्रममा छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको र त्यस अवधिमा प्राधिकरणले सब स्टेसन तथा प्रसारणलाइन बनाइसक्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् । उनले केही महीनाअघि प्रसारणलाइन तथा त्यस भेगमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी प्रसारणलाइन निर्माण प्रक्रिया शुरु भएको बताएका थिए । कार्यकारी निर्देशक घिसिङले मस्र्याङ्दी करिडोर प्रसारणलाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताए । मस्र्याङ्दी करिडोरअन्तर्गतको लमजुङको उदिपुर र चितवनको भरतपुरमा २२०÷१३२÷३३ केभी क्षमताको सबस्टेसन बनाउन ठेकेदार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रतिस्पर्धामा रहेका कम्पनीको प्राविधिक प्रस्ताव मूल्याङ्कन गरी सारभूतरुपमा प्रभावग्राही कम्पनीको आर्थिक प्रस्ताव खोलिसकिएको छ । अहिले सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीको प्रस्ताव मूल्याङ्कनको चरणमा रहेको आयोजनाले जनाएको छ । प्राधिकरणले करिडोरको पहिलो खण्डमा पर्ने मनाङ (धारापानी०–खुदी–उदीपुर र लमजुङ) प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि ठेकेदार छनोटका लागि ठेक्का सार्वजनिक गरेको छ । प्राधिकरणले मनाङको धारापानी र लमजुङको खुदी तथा उदिपुरमा पनि २२०÷१३२÷३३ केभीको सबस्टेसन निर्माण गर्नेछ । इच्छुक कम्पनीलाई आवेदन दिन १८ मङ्सिरसम्मको समयसीमा दिइएको आयोजनाले जनाएको छ । छनोट भएको कम्पनीले तीन वटा सबस्टेसन र धारापानी–उदिपुर करीब ४६ किलोमिटर प्रसारणलाइनको निर्माण गर्नेछ । उदिपुर–भरतपुर खण्डमा पर्ने करीब ६४ किलोमिटर प्रसारणलाइन निर्माण गर्न ठेकेदार छनोट गरी काम शुरु भइसकेको छ । युरोपेली लगानी बैंकको सहुलियतपूर्ण ऋणमा मस्र्याङदी करिडोर प्रसारण लाइनको निर्माण गर्न लागिएको हो । आयोजनाको अनुमानित लागत ९ अर्ब रुपैयाँ रहेको छ । यसको निर्माण आर्थिक वर्ष २०७८÷७९ मा सक्ने लक्ष्य छ । स्थानीयवासीले प्रसारणलाइन परिवर्तन गर्नुपर्ने माग राख्दै खुदी–उदीपुर खण्डमा पर्ने केही क्षेत्रमा विरोध गरिरहेका छन् । उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास भइरहेको छ । दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्न ११ किलोमिटर स्थानीय कीर्तिपुर–उदिपुर १३२ केभी ‘डबल सर्किट’ प्रसारणलाइन बनाउन ठेक्का सम्झौता भई निर्माण शुरु भइसकेको छ । उदिपुरमा सबस्टेसन निर्माण गर्न ठेकेदार छनोट अन्तिम चरणमा पुगेकाले दोर्दी करिडोरमा निर्माण भइरहेका जलविद्युत् आयोजनाको विद्युत् खेर नजाने अवस्था देखिएको छ । उदीपुरमा सब स्टेसन र उदिपुर–मार्किचोक (तनहुँ) प्रसारणलाइन निर्माण भएमा दोर्दी करिडोरमा निर्माण भएका आयोजनाको विद्युत् प्रसारण प्रणालीमा जोड्न समस्या नहुने प्राधिकरणको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको एक युनिट विद्युत् पनि खेर जान नदिने र त्यसका लागि हरसम्भव सबै प्रयास गर्ने जानकारी दिए । सो प्रसारण लाइनमा २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ए, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ख लगायतका जलविद्युत् आयोजनाको विद्युत् जोडिनेछ । उदिपुर–मार्किचोक (तनहुँ–भरतपुर) प्रसारणलाइन निर्माणका लागि ठेकेदार छनोट भइ काम शुरु भइसकेको छ । मार्किचोक र काठमाडौँको मातातीर्थमा सबस्टेसन निर्माण भइरहेको छ । मस्र्याङ्दी करिडोर प्रसारणलाइनबाट प्रवाह भएको विद्युत् मार्किचोकबाट मस्र्याङ्दी र काठमाडौँ आउनेछ । मार्किचोक–काठमाडौँ २२० केभी लाइनको निर्माण धमाधम भइरहेको छ । लाइन तथा सबस्टेसनको निर्माण आगामी वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । रासस
१८ वर्ष अघि १ करोड २३ लाख भ्रष्ट्राचार गर्ने राम कुमार खड्का यसरी परे पक्राउ
काठमाडौं । १८ वर्ष अघि १ करोड २३ लाख भ्रष्ट्राचार गर्ने राम कमार खड्का पक्राउ परेका छन् । खड्कालाई केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले धापाखेल ललितपुरबाट पक्राउ गरेको हो । खड्कामाथी पुनरावेदन अदालत २०५७ कात्तिक २१ गतेको फैसलाले अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको मुद्दामा १ करोड २३ लाख ५३ हजार ८ सय ८० रुपैंया जरिवाना र १ वर्ष कैद तोकेको थियो । ललितपुर जिल्ला धापाखेल गाविस वडा नं ९ बस्ने ४९ बर्षका खड्का १८ वर्षदेखि फरार रहेको थिए । बिहिबार पक्राउ परेका खड्कालाई जरिवाना वेरुजु भुक्तानी गरी फैसला कार्यान्वयनको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजार पठाईएको सीआइबीका प्रहरी नायब उपरिक्षक निरञ्जन दत्त भट्टले बताए ।
‘उपभोक्ता ठग्ने होसियार ! तीन लाख जरिवानामा परिएला’
काठमाडौं । कुनै वस्तु बिक्री गर्दा तपाईले परिमाणमा थोरै कमी गरी उपभोक्तालाई ठगी गरिरहनुभएको त छैन ? यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्दै आउनुभएको त छैन् ? आजैदेखि उपभोक्ता ठग्ने काम बन्द गर्नुहोस्, नत्र उपभोक्ता संरक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार ठूलो जरिवानामा पर्नुहोला । हालैमात्र जारी ऐनले अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गर्न निषेध गरेको छ । उपभोक्ता संरक्षण ऐनको दफा १६ ले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री गर्न नपाइने व्यवस्था छ । त्यस्तै झुठा वा भ्रमपूर्ण विज्ञापन गर्ने वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु बिक्री गर्ने व्यापारीलाई पनि कानूनले कठघारामा ल्याउनेछ । बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले उपभोक्तालाई ठगी गरेको पाइएमा निरीक्षण अधिकृतले तत्काल जरिवाना गर्न सक्ने उक्त ऐनमा उल्लेख छ । वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी, लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु तथा सेवा बिक्री वितरण गरेमा निरीक्षण अधिकृतले अनुगमन क्षेत्रमै रु दुईदेखि तीन लाखसम्म जरिवाना गर्न सक्ने ऐनमा व्यवस्था छ । बजार अनुगमनमा खटिइएका बजार निरीक्षण अधिकृतले पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता र बिक्रेताले बिक्री प्रयोजनका लागि खरीद गरेको वस्तु वा सेवाका उत्पादक, खरीद बिल वा बिजक नराखेमा ५ देखि २० हजा रुपैयाँसम्म जरिवाना गर्न सक्नेछन् । त्यस्तै कुनै वस्तु वा सेवा सञ्चित गरी वा अन्य कुनै तरिकाले कृत्रिम अभाव खडा गर्ने र निर्धारित समय वा स्थानमा मात्र वस्तु वा सेवा बिक्री गर्ने तथा त्यस्तै प्रकृतिका अन्य कुनै काम गर्ने व्यापारीलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । ऐनले निषेध गरेका कार्य दोहो¥याएमा पटकैपिच्छे दोब्बर जरिवाना गर्न सक्ने व्यवस्था छ । बजार अनुगमन गर्दै उपभोक्ताको अधिकार संरक्षण गर्न लागि परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त ऐनलाई प्रभावकारी कार्यान्वयन गर्दै लैजाने जनाएको छ । विभागले अनुगमनलाई तीव्रतासमेत दिएको छ । अनुगमनका क्रममा दिनुपर्ने भन्दा कम परिमाणमा इन्धन बिक्री वितरण गरेको पाइएपछि बुधबारमात्रै विभागले कागेश्वरी मनहरा नगरपालिका–९ साविक गोठाटार–७० स्थित भद्रकाली आयल स्टोरलाई तत्कालै २ लाख रुपैयाँ जरिवाना गरेको थियो । सो स्टोरले उपभोक्तासँग प्रतिलिटरमा २५ देखि ३५ एमएल इन्धन ठगी गरेको पाइएको थियो । अनुगमन टोलीले उक्त स्टोरलाई जरिवाना रकम एक साताभित्र विभागमा दाखिला गर्न निर्देशनसमेत दिनाका साथै उक्त स्टोरको कारोवारसमेत रोक्का गरेको छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले उपभोक्ता ठगी गर्नेलाई तत्कालै जरिवाना गरिएको ऐन जारी भएपछिको पहिलो घटना भएको बताए । उनले बजारलाई व्यवस्थित, मर्यादित र सन्तुलित बनाउन अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाइ निरन्तरता दिइएको जानकारी दिए ।महानिर्देशक गौचनले भने, “हामीले चाडपर्व नभनी अनुगमनलाई निरन्तरता दिँदै आएका छौँ । दशैँका बेलामा पनि उपभोक्ता ठगिनु नपरोस् भनेर काठमाडौँ उपत्यकामा दुई वटा टोली परिचालन गरेर अनुगमनलाई निरन्तरता दियौँ ।” विभागले ऐन जारी हुनुपूर्व अनुगमनका क्रममा कैफियत भेटिए सचेत गराउने र शिलबन्दी गर्दै आएको थियो । “अनुगमनका क्रममा कैफियत भेटिए अब ऐनले व्यवस्था गरेको प्रावधानअनुसार कडाभन्दा कडा कारवाही गरिन्छ”, महानिर्देशक गौचनले भने । ऐनको प्रभावकारी कार्यान्वयनका लागि निमावली, मापदण्डलगायत अन्य व्यवस्था गर्न सरकारले तयारी गरेको उनले बताए। उपभोक्ता अधिकारकर्मी माधव तिम्सिनाले उपभोक्ता संरक्षण ऐनलाई सार्थक रुपमा कार्यान्वयन गर्न सरकारले तत्काल नियमावली र कार्यविधि निर्माण गर्नुपर्नेमा जोड दिए । अहिलेको संरचनाबाट उपभोक्ता ठगी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न नसकिने भएकाले विशेषज्ञसहितको चुस्त र पारदर्शी स्थायी संयन्त्र बनाइनुपर्ने उहाँले बताए। विभागले उपभोक्ताको अधिकार संरक्षणका लागि नियमित रुपमा वस्तु तथा सेवाको आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, लेबल आदिको नियमन र अनुगमन गर्दै आएको छ ।
एनआईसी एशिया बैंक संखुवासभाको मानेञ्ज्याङ्गमा, संख्या २६४ पुग्यो
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले गरेका हुन् । यस शाखा सहित बैंकको शाखा संख्या २६४ पुगेको छ । साथै, बैंकको २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई सञ्चालनमा छन् । साथै, बैंकले थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।
तिहारलाई मकवानपुरबाट २० प्रतिशत फूल ल्याइँदै
हेटौँडा । प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु गरेका छन् । ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन् । ती फूल अहिले काठमाडौँ, ललितपुर कास्की, रुपन्देही, चितवन र मकवानपुरका बजारमा बिक्रीवितरण भइरहेकोे छ । मकवानपुरको उत्तरी भेगमा व्यावसायिक हाल तीन हजार ७३४ हेक्टर जग्गामा कृषकले पुष्पखेती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । एक याममा प्रत्येक कृषकले पुष्पखेतीबाट आफ्नो खर्च कटाएर करीब रु डेढ लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी गरेको इन्द्रसरोवर गाउँपालिका वडा नं ६ का अगुवा कृषक भीमप्रसाद देवकोटाले जानकारी दिनुभयो । प्रत्येक पुष्पगुच्छाको रु ५० देखि रु १०० सम्म र माला रु ७५ देखि रु २०० सम्ममा काठमाडौँबाट तराई जाने यात्रु र तराईबाट काठमाडाैं जाने यात्रुलाई पायक पर्ने होटल र तरकारी पसलमा बिक्रीवितरण भइरहेको थाहा नगरपालिका–७ का अगुवा कृषक कृष्णदेव आचार्यले बताए । जिल्लाको उत्तरी भेगमा व्यावसायिक पुष्पखेतीलाई कृषकमा प्रभावकारी तुल्याउन र उनीहरुको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ चालू आवदेखि आवश्यक प्राविधिक, स्रोत साधन उपलब्ध गराइने तयारी भइरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । तिहारमा काठमाडौंका उपभोक्तालाई मकवानपुरमा उत्पादित उन्नत पुष्पखेतीबाट करीब २० प्रतिशत आपूर्ति हुने जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिए । रासस