विकासन्युज

वीरेन्द्रको अर्बौको जग्गा कौडीको भाउमा उपयोग गर्ने को ?

भीम प्रसाद उपाध्याय, पूर्व सचिव काठमाडौं । पुर्वराजा बिरेन्द्र विरविक्रम शाहको अपुताली नेपाल ट्रष्टको जग्गाहरू कतै पनि राम्ररी सदुपयोग भई आम्दानीका लागि उपयोग हुन सकेको छैन । ताहाचलमा भएका जग्गाहरू जसले पायो उसले उपभोग गरिरहेका छन् । त्यस्तै ठमेलको जग्गाको पनि यस्तै हाल भैरहेको छ । पोखराको फेवाताल किनारमा करिब २०० रोपनी जग्गा पनि त्यतिकै छ । लिजमा दिईएको जग्गा गोकर्ण रिसोर्ट र लैनचौरको स्टाण्डर्ड चार्टर बैंकले प्रयोग गरिरहेको छ । लिजमा दिएको घर जग्गा बाहेक अरू कमलादीको काठमॉडौं प्लाजा, टेकुको प्लाजा, खासै आम्दानी हुन सकेको छैन । ती जग्गा र सम्पत्तिको लिज अवधि पनि सकिने वेला भएको छ तर नयॉ लिज दिन कुनै कार्यवाही सुरू गरिएको छैन । हेटौडा, दियालो वंगला, धनकुटाका जग्गा पनि उपयोग बिहीन छन् । ठमेल र ताहाचलमा रेडक्रस र सोल्टीले फोकटमा उपभोग गरिरहका जग्गालाई म त्यहॉको सचिव हुदा करार गरेर भाडा लिने गराएं । पोखराको रत्न मन्दिर , दियालो बंगला र हेटौडा दरवार पर्यटकलाई खुला गरेर वर्षेनि करोडौं आम्दानी गर्न पूरा तयारी सम्पन्न गरेको थिएं । तर त्यसपछि चुपचाप कसैको ध्यान जान सकेको छैन । पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाकर्मी बस्ने ट्रष्टको निर्मल निवास स्थित डेढ रोपनी जग्गार घर फोकटमा कब्जा गरिदै आएको छ जसलाई मैले खाली गर्न आईजीलाई कडा पत्र लेखेको थिएं । अख्तियारलाई पनि लेखेको थिएं, तर काम अघि बढाएन ।

सुमीट माइक्रोफाइनान्सको २ लाख कित्ता बोनस र हकप्रद सेयर सूचिकृत

काठमाडौं । सुमीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको एकैदिन बोनस र हकप्रद सेयर सूचिकृत भएको छ । आइतबार फाइनान्सको बोनस र हकप्रद गरी कुल २ लाख ५८ हजार ४४० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा थपिएको हो । सो मध्ये सबैभन्दा बढी बोनस सेयर थपिएको छ । कम्पनीको २ लाख ५० हजार कित्ता बोनस र ८ हजार ४४० कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ ।

काठमाडौंमा भूमिगत विद्युत् प्रणाली आयोजना, महंगो प्रस्ताव आएपछि पुनः बोलपत्र आह्वान

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले लागतभन्दा महङ्गो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।काठमाडौँ उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनःअन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । प्राधिकरणले अनुमानित लागतभन्दा महङ्गो दर आएपछि करीब १० महीनाअघि शुरु गरिएको बोलपत्र प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया शुरु गरेको जनाएको छ । प्राधिकरणले आज ४५ दिनको समयसीमा राखी बोलपत्र आह्वान गरेको हो । काम गर्न इच्छुक कम्पनीले आगामी २७ मङ्सिरसम्ममा आवेदन दिनसक्ने प्राधिकरणले जनाएको छ । ठेक्का प्रक्रियामा सिर्जना भएको जटिलताले गर्दा काममा ढिलाइ हुन पुगेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त योजनालाई रणनीतिक महत्वको योजनाको रुपमा अगाडि सारेका छन् । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले आयोजनामा सहुलितपूर्ण ऋण लगानी गर्ने दातृ निकाय एशियाली विकास बैँक (एडीबी) को खरीद निर्देशिकाअनुसार पुनः बोलपत्र आह्वान गरिएको जानकारी दिए । पहिलोचरणमा काठमाडौँको पूर्व तथा दक्षिणमा पर्ने वागबजार, असन, दरबारमार्गलगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा बालुवाटार, गङ्गबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा पर्ने विद्युत् वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागेको हो । यस अघिको बोलपत्रमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम गर्न भारतीय कम्पनी क्रमशः लार्सन एण्ड टर्बो र केइआई इण्डष्ट्रिज लिमिटेडले सबैभन्दा कम रकम प्रस्ताव गरेका थिए । दुवै कम्पनीले प्रस्ताव गरेको रकम प्राधिकरणले तय गरेको अनुमानित लागतभन्दा बढी रहेको थियो । त्यसैले एडिबीको खरिद निर्देशिकाअनुसार पुरानो प्रक्रियालाई रद्द गरी नयाँ प्रक्रिया शुरु गरिएको हो । ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । पहिलोचरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४०० भोल्टका प्रणालीलाई भूमिगत र स्वचालित गरिने छ । तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करीब ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ । वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्याङ्क राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्र्माट मिटर) जडान गरिने योजना छ । दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ । सडक खन्दा सर्वसाधारणलाई धेरै सास्ती खेप्न नपरोस् भनेर ‘होराइजेन्टन डाइरेक्सनल ड्रिलिङ’ प्रविधि अपनाइने छ । यो प्रविधि अपनाउँदा केही मिटरको दुरीमा दुई खाल्डा खनेर बीचमा भूमिगत तरिकाले नै पाइप हाल्ने विधि अपनाउने तयारीमा प्राधिकरण रहेको छ । रासस याे पनि पढ्नुहाेस्ः रत्नपार्क–महाराजगञ्ज भूमिगत विद्युत वितरण योजनामा अनियमितता, २५ प्रतिशत महंगोलाई ठेक्का दिने तयारी  

नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि मन्त्री पुनको आग्रह

काठमाडौं । सर्विया भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गरेका छन्। मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच शनिबार भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गरेका हुन् । ‘युरो-एसिया इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन सर्विया पुगेका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुबै देशका बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमासमेत कुराकानी भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री पुनले केही समय पहिले उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार, परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवादसमेत व्यक्त गरेका थिए । भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मञ्चमा प्रस्तुत हुँदा साझा धारणा बनाएर जाने प्रस्तावसमेत राखेका थिए । उनले दुबै देशको सम्बन्ध मजबुत बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानमा जोड दिनुपर्ने बताए । मन्त्री पुनले भेटमा भने, “हामी पुराना सहयात्री मुलुक पनि हौँ, नेपाल र सर्वियाको द्वन्द्व र शान्तीको उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्वमञ्चमासमेत साझा धारणा बनाएर अघि बढौँ ।” नेपाल लामो समय द्वन्द्वमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायित्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजबुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई गराएका थिए । मन्त्री पुनले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीको लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गरे । उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफूले पहल गरिरहेको धारणा राखे । सरकारले नेपालमा बाह्य पर्यटकलाई भित्र्याउन नेपाल भ्रमण वर्षको कार्यक्रम अघि सारेको भन्दै त्यसमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाइदिन पनि उनले उपप्रधानमन्त्रीसँग आग्रह गरे । “तपाई आफै पनि नेपाल भ्रमणमा जानुभएको छ, नेपाल निकै सुन्दर छ, सरकारले अघि सारेको अभियानमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणको लागि उत्प्रेरित गरेर सहयोग गर्नुभयो भने हामी आभारी हुने थियौंँ ।’ भेटमा मन्त्री पुनले भने । जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसँगको सम्बन्ध मजबुत बनाउन सर्विया इच्छुक रहेको भन्दै नेपालमा लगानीको लागि आफूले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागि वातावरण बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । उनले इनर्जी फोरममा नेपालले सहभागिता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजबुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा समेत दुबै देशको बिचमा थप सहकार्य हुने विश्वास व्यक्त गरेका थिए । रासस

‘शान्तिमण्डल’ मुआब्जा विवाद केन्द्र सरकारले मिलाउनु पर्ने

काठमाडौं । तीनकुने शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवाद केन्द्र सरकारले मिलाउनुपर्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । ‘शान्तिमण्डल’ स्थानीयवासीलाई दिइने मुआब्जा विवादका कारण काम अघि बढ्न सकेको छैन । मुआब्जाको कुरा कामपाले नभई केन्द्र सरकारले मिलाउनुपर्ने कामपाका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । “तीन वर्षअघि नै नमूना तयार गरी काम अघि बढाउने तयारी कामपाको भए पनि मुआब्जा विवादले गर्दा काम शुरु हुन नसकेको हो”, शाक्यले भने । तीन वर्ष पहिले नै कामपाले नक्शाङ्कनको काम सम्पन्न गरिसकेको छ । तीनकुनेमा रहेको ५० रोपनी जग्गामा उक्त मण्डल निर्माण गर्ने तयारी कामपाको भए पनि स्थानीयवासीलाई दिइँदै आएकोे मुआब्जा विवादले गर्दा काम अघि बढ्न नसकेको कामपा, भौतिक पूर्वाधार महाशाखा प्रमुख रामबहादुर थापाले जानकारी दिए । अत्याधुनिक ‘तीनकुने शान्तिमण्डल’का लागि यसअघि दिइएको मुआब्जा आफूहरुलाई अपुग भएको लिनेहरुको भनाइ छ भने केहीले लिन नै मानेका छैनन् । पच्चीस घरधनीले अहिलेसम्म मुअब्जा लिएका छैनन् । उनीहरुले पहिलेको मुआब्जा पुनःमूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् । कामपाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ गौतमबुद्धको विशाल मूर्तिसहितको मण्डल निर्माण गर्ने तयारी गरेको थियो । महानगरको योजनानुरुप आगामी २०७६ सालसम्म उक्त मण्डल निर्माण सम्पन्न गर्ने तयारी रहे पनि अहिलेसम्म कुनै काम अघि बढ्न सकेको छैन । अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने तोकिएको समयमा निर्माण नहुने पक्का छ । मूर्तिको वरिपरि रूख–बिरुवा रोपिने बताइएको छ । संरचनाको तीन वटै कोणमा चौबीसै घण्टा पानी आउने फोहरा निर्माणको योजना छ । हरेक वर्ष बजेट छुट्याइँँदै आएको कामपाले चालू आर्थिक वर्षमा रु एक करोड बजेट विनियोजन पनि गरेको छ । योजनानुरुप सो शान्तिमण्डलको बीच भागमा बुद्धको विशाल मूर्ति हुनेछ । मण्डल हिन्दू र बौद्ध धर्मलाई समायोजन गरी तयार गर्ने बताइएको छ । मण्डलको प्रत्येक कुनामा हिन्दू धर्मको प्रतिनिधित्व हुने गरी ब्रह्मा, विष्णु र महेश्वरका मूर्ति पनि राखिनेछ । कामपाले चालू आव २०७५/७६ का लागि करीब रु १३ अर्ब दुई करोड बजेट प्रस्तुत गरेको छ । सोअन्तर्गत भौतिक पूर्वाधार निर्माण गर्न चालू आवमा रु चार अर्ब छ करोड बजेट विनियोजन गरिएको छ । पहिलो पटक केशव स्थापित कामपा प्रमुख भएका बेला उनले उक्त स्थानमा ‘काठमाडौंका निर्माता’ मञ्जुश्रीको शालिक राख्ने अडान लिएका थिए । रासस

 काठमाडौंमा उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ८ डिग्रीमा झर्याे

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुश गरिएको छ । यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौंको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलब सात र अधिकतम तापक्रम १९ दशमलब ६ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम नौ दशमलब सात र अधिकम तापक्रम २९ दशमलब शून्य डिग्री मापन गरिएको छ । त्यस्तै सिमराको न्यूनतम तापक्रम १४ दशमलब शून्य र अधिकतम तापक्रम ३३ दशमलब पाँच डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने ११ दशमलब पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलब चार डिग्री सेल्सियस मापन गएिको छ । धनकुटाको न्यूनतम तापक्रम २६ दशमलब एक र अधिकतम तापक्रम १२ दशमलब आठ डिग्री सेल्सियस रहेको छ । पोखराको न्यूनतम तापक्रम २६ दशमलब पाँच र अधिकतम तापक्रम १२ दशमलब दुई डिग्री सेल्सियस छ । केही दिन यताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम आठ दशमलब शून्य र अधिकतम तापक्रम २५ दशमलब पाँच डिग्री छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम शून्य दशमलब सात डिग्री र सबैभन्दा बढी विराटनगरमा १८ दशमलब शून्य डिग्री र अधिकतम तापक्रम ३२ दशमलब पाँच डिग्री सेल्सियस छ । रासस

भूकम्प पीडितले २ प्रतिशत ब्याजदरको ऋण नपाउने

काठमाडौ । भूकम्प पीडितले २ प्रतिशत सहुलियत ब्याजदरमा २५ लाख र १५ लाख रुपैयाँ ऋण नपाउने भएका छन् । भूकम्प लगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा १५ लाख र उपत्यकामा २५ लाख रुपैयाँ सहुलियत ऋण दिने घोषणा गरेको थियो । हालसम्म २ प्रतिशत ब्याजदरको ऋण करीब १ हजार ३०० पीडितले मात्र पाएका छन् । बैंक तथा वित्तीय संस्थाले २ प्रतिशत ब्याजदरमा ऋण दिन आलटाल गरेपछि यो व्यवस्था हटाइएको हो ।अब ऋण लिनका लागि सरकारले ५ प्रतिशत ब्याज तिरिदिने गरी १ अर्ब रुपैयाँको कोष खडा गर्न लागेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए । “भूकम्प पीडितलाई निजी आवास पुनः निर्माण गर्न, कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी उत्पादन एवं रोजगारी अभिवृद्धि गर्न, शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारी सिर्जना गर्नेलगायत प्रयोजनका लागि सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ ल्याएको छ”, उनले भन्नुभयो । यो कार्यविधि आएपछि कात्तिकदेखि नै २ प्रतिशत ब्याजदरको ऋण प्रवाह रोकिएको हो । यसअघि २ प्रतिशत ब्याजदरमा १५ र २५ लाख रुपैयाँ ऋण लिएकाले भने पाँच वर्षमा साँवा र २ प्रतिशतका दरले नै ब्याज तिरिसक्नु पर्नेछ । यो कार्यविधि मन्त्रिपरिषद्ले गत भदौ २१ गते स्वीकृत गरेको हो । कार्यविधिअनुसार दोस्रो किस्ता नलिएका भूकम्प पीडितले ३ लाख सहुलियतपूर्ण कर्जा पाउनेछन् । कर्जा पाउन पीडितले बैंक तथा वित्तीय संस्थामा कर्जा आवेदन फारम, लाभग्राहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्वघोषणा, निजी आवास पुनः निर्माण अनुदानको सम्झौतापत्रको सम्बन्धित स्थानीय तहका प्रशासकीय अधिकृतबाट प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ । यसैगरी अनुदान सम्झौता गरेको वडा र सम्बन्धित स्थानीय तहबाट हालसम्म निजी आवास अनुदानको दोस्रो किस्ताका लागि निवेदन नदिएको व्यहोरा सम्बन्धित वडा सचिव र प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गरेको सिफारिश पत्र एवं धितोका लागि आवश्यक लालपूर्जालगायत आवश्यक कागजात पेश गरेको २१ दिनभित्र कर्जा दिन बैंकर्स एशोसिएशनमार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइएको सहप्रवक्ता घिमिरेले बताए। सहुलियतपूर्ण ऋण दुई प्रतिशत ब्याजदरको भन्दा सहज हुने प्राधिकरणले जनाएको छ । विसं २०७२ वैशाख १२ गतेको भू्कम्पले भत्किएका निजी आवास पुनःनिर्माण चालु आर्थिक वर्षमा सक्ने सरकारको लक्ष्य छ । प्राधिकरणले पाँच लाख ९६ हजार ५८२ घरको सर्वेक्षण गरेको थियो । त्यसमध्ये आठ लाख ११ हजार ५८७ परिवार लाभग्राही सूचीमा समावेश भएका छन् । लाभग्राही सूचीमा परेकामध्ये सात लाख २८ हजार ७४८ परिवारले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये सात लाख २३ हजार ३७६ ले पहिलो किस्ता बुझेका छन् । घरको जग निर्माण गरी पाँच लाख ९० हजार ६० पीडितले दोस्रो किस्ता लिइसकेका छन् । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिने लाभग्राहीको संख्या दुई लाख ९१ हजार ८६५ पुगेको प्राधिकरणले जनाएको छ । लाभग्राही सूचीमा नपरेका दुई लाख ३७ हजार ८५ जनाले गुनासो दर्ता गराएका थिए । दुई लाख पाँच हजार ५८४ गुनासो पुनरावलोकन भइसकेको प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । सर्वेक्षण र गुनासो व्यवस्थापनबाट प्रबलीकरण सूचीमा ६१ हजार ८९१ लाभग्राही छनौट भएका छन् । रासस

थापाथली–त्रिपुरेश्वरमा पुल बन्ने भएपछि थापाथली क्याम्पस कीर्तिपुर सारिँदैं

काठमाडौं । आकासे पुल बन्ने भएपछि राजधानीको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पस त्रिभुवन विश्वविद्यालय रहेको कीर्तिपुर क्षेत्रमा सारिने भएको छ । ठाउँ साँघुरो भएकाले स्थानान्तरण गर्न लागिएको क्याम्पस प्रमुख जनार्दन भट्टले बताए । ४८ करोड रुपैयाँ लागतमा कीर्तिपुरमा क्याम्पसका लागि भवन निर्माण हुने भएको छ । भवन निर्माण गर्न ६ अर्ब रुपैयाँ लाग्ने उनले जानकारी दिए । निर्माण हुन लागेको भवनको उपराष्ट्रपती नन्दबहादुर पुनबाट शिलान्यास भैसकेको छ । केहि दिनबाट भवन निर्माण सुरु हुने भट्टले जानकारी दिए। क्याम्पसमा कक्षाकोठा, पुस्ताकालय, ल्याबलगायत पूर्वाधार बनाउन आवश्यक देखिएको छ । सडक विभागले क्याम्पस परिसरसँग जोडेर त्रिपुरेश्वर जानका लागि फ्लाइओभर (गाडी गुड्ने आकाशे पुल) बनाउने योजना तयार पारेपछि क्याम्पस प्रशासनले स्थानान्तरण गर्ने निर्णय लिएको हो । बाँकी जग्गामा क्याम्पसलाई पूर्वाधार बनाउन साँघुरो हुने भएकाले कीर्तिपुर सार्ने गुरुयोजना बनेको बताए । संस्थानका अनुसार क्याम्पस सार्न कीर्तिपुरमा १७५ रोपनी जग्गा प्राप्त भएको छ । कीर्तिपुरमा क्याम्पस सार्ने गुरुयोजना बनिसकेको छ,’ वज्राचार्यले भने, ‘पूर्वाधार निर्माण गरेर सार्छौ ।’