
काठमाडौं । आकासे पुल बन्ने भएपछि राजधानीको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पस त्रिभुवन विश्वविद्यालय रहेको कीर्तिपुर क्षेत्रमा सारिने भएको छ ।
ठाउँ साँघुरो भएकाले स्थानान्तरण गर्न लागिएको क्याम्पस प्रमुख जनार्दन भट्टले बताए । ४८ करोड रुपैयाँ लागतमा कीर्तिपुरमा क्याम्पसका लागि भवन निर्माण हुने भएको छ । भवन निर्माण गर्न ६ अर्ब रुपैयाँ लाग्ने उनले जानकारी दिए । निर्माण हुन लागेको भवनको उपराष्ट्रपती नन्दबहादुर पुनबाट शिलान्यास भैसकेको छ । केहि दिनबाट भवन निर्माण सुरु हुने भट्टले जानकारी दिए। क्याम्पसमा कक्षाकोठा, पुस्ताकालय, ल्याबलगायत पूर्वाधार बनाउन आवश्यक देखिएको छ ।
सडक विभागले क्याम्पस परिसरसँग जोडेर त्रिपुरेश्वर जानका लागि फ्लाइओभर (गाडी गुड्ने आकाशे पुल) बनाउने योजना तयार पारेपछि क्याम्पस प्रशासनले स्थानान्तरण गर्ने निर्णय लिएको हो । बाँकी जग्गामा क्याम्पसलाई पूर्वाधार बनाउन साँघुरो हुने भएकाले कीर्तिपुर सार्ने गुरुयोजना बनेको बताए । संस्थानका अनुसार क्याम्पस सार्न कीर्तिपुरमा १७५ रोपनी जग्गा प्राप्त भएको छ । कीर्तिपुरमा क्याम्पस सार्ने गुरुयोजना बनिसकेको छ,’ वज्राचार्यले भने, ‘पूर्वाधार निर्माण गरेर सार्छौ ।’