तिहारपछि प्रदेशसभा बस्छ, राजधानीको टुङ्गो नलगार्इ उठ्दैन : मुख्यमन्त्री
काठमाडौं। प्रदेश नं ३ कामुख्यमन्त्री डोरमणि पौडेलले एक महीनाभित्र राजधानीको टुङ्गो लाग्ने बताएका छन् । आइतबार पत्रकारसँग बोल्दै उनले भने “तिहारपछि बस्नेसंसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ ।” मुख्यमन्त्री पौडेललेराजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको तर हतार नगरेको उल्लेखगरे । हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दैमुख्यमन्त्रीले ढिलो नभएको दावी गरे । प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दैपौडेलले भने, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।” केन्द्र रप्रदेश सरकारका बीचमा कुनै समस्या नरहेको भन्दै ऐन कानून बनिनसक्दाकेही असहज भए पनि काम गर्न रोकावट नभएको बताए । रासस
साफ यू–१५ मा नेपाल– बङ्गलादेश भिड्दै
काठमाडौं। साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र बङ्गलादेशबीचको खेल दिउँसो २ः३० मा शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाल र बङ्गलादेश यसअघिको एक एक खेल जित्दै सेमिफाइनल प्रवेश गरिसकेका छन् । आजको विजेता समूह विजेता बन्दै सेमिफाइलन पुग्नेछ । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ४–० गोलले पराजित गरेको थियो भने बङ्गलादेशले पनि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ९–० गोलले पराजित गरेको थियो । समूह ‘बी’ अन्तर्गतको अन्तिम खेलमा आज भारतले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । यो समूहबाट पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनल पुगिसेकको छ । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स र बङ्गलादेशले सहभागिता जनाउँदैछन् । प्रतियोगिताका सबै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछन् । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, बङ्गलादेश र माल्दिभ्स छन् भने समूह ‘बी’मा भारत, भूटान र पाकिस्तान छन् । श्रीलङ्काले भने प्रतियोगितामा सहभागिता जनाएको छैन । प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ । प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल बङ्गलादेशसँग शनिबार खेल्नेछ। नेपाली टोलीमा गोलकिपर रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ, डिफेन्डरमा जान लिम्बू, निवास फुयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी, मिडफिल्डरमा प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रवीन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर र स्ट्राइकरमा नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई तथा मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ छन्। सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली अहिलेसम्म उपविजेतामै सीमित हुँदै आएको छ, यसअघि भएको तीन संस्करणमध्ये भारतले सन् २०१३ र १७ गरी दुई तथा बङ्गलादेशले सन् २०१५ मा उपाधि जितेका थिए । रासस
जग्गाको कित्ताकाट तिहारअघि खुल्दै, कार्यविधिलार्इ पूर्णता दिने तयारी अन्तिम चरणमा
काठमाडौं । जग्गाको कित्ता काट तिहार अगावै खुल्ने भएको छ ।कित्ताकाट सम्बन्धी कार्यविधि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले अध्ययन गरिरहेकी छिन् । कार्यविधि तिहार अगावै पारित गर्ने अर्यालले तयारी गरेकी छिन् । अर्यालले कार्यविधिको विषयमा विभिन्न विज्ञ तथा जानकारहरुसँग परामर्श गरिरहेकी छिन् । मन्त्रीले केहि दिनमै निर्णय गरी जिल्ला स्तरमा निर्देशन दिन सक्ने मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । ‘हामीले जग्गा व्यवस्थापन सम्बन्धी सबै तयारी सकेर मन्त्री कहाँ पेस गरिसकेका छौं, मन्त्रीले यस विषयमा थप अध्ययन गरिरहकोले केहि दिनमै निर्णय हुनेछ’ प्रवक्ता जोशीले विकासन्युजसँग भने-‘तिहार अघि नै जिल्ला मातहत कार्यालयलाई निर्देशन दिन सक्नेछ ।’ जोशीका अनुसार मन्त्रालयले कार्यविधिलाई नियमावली नै बनाएर कानुनी रुप दिन लागेको हो । यसका लागि मन्त्रालयले कार्यविधिलाई मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषदबाट पारित कार्यविधिले कानूनी रुप लिनेछ । मन्त्रालयले जग्गा कारोबारलाई व्यवस्थित बनाउन उक्त गृहकार्य सुरु गरेको हो । कित्ताकाट व्यवस्थित गर्ने कार्यविधिको मर्म खेतीयोग्य जमिन बचाउने रहेको प्रवक्ता जोशीले बताए । कित्ताकाट रोकिदाँ उद्योगी व्यवसायी मात्र नभएर हरेक जनता समस्यामा परेको घर जग्गा व्यवसायी महासंघका अध्यक्ष इच्छाराम तामाङले बताएका छन् । मन्त्रालय स्रोतका अनुसार कित्ताकाट खोल्नका लागि मन्त्री अर्यालले मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिनु पर्नेछ । जग्गाको कित्ताकाट नखुल्दा जग्गा व्यवसायीहरु भने समस्यामा परेका छन् । सरकारले २०७४ साउन २६ गते खेतीयोग्य जमिन कित्ताकाट गर्न रोक लगाएको थियो । यसअघि सर्वोच्च अदालतले २०७४ भदौ ४ गते संविधानको धारा २५ सम्पत्तिको हक व्यवस्थापनमा प्रतिकूल असर पुगेको भन्दै जग्गा प्लानिङ नरोक्न सरकारलाई आदेश दिएको थियो । मन्त्रालय टुक्रिनु भन्दा पहिले कृषि मन्त्री चक्रपाणी खनालले जग्गा कारोबारमा अनियमितता भएको भन्दै उनले कित्ताकाट खोल्ने तयारी गरेका थिए । तर मन्त्रालय टुक्रिएपछि खनालले सो प्रयासले पूर्णता पाउन सकेकाे थिएन ।
सागका लागि उपसमिति गठन
काठमाडौं। नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) का लागि गठित तयारी तथा व्यवस्थापन समितिको बैठकले आज विभिन्न उपसमिति गठन गरेको छ । युवा तथा खेलकूद मन्त्रालयमा समितिका अध्यक्ष एवं युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको तेस्रो बैठकले उपसमिति गठन गरेको राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए। उपसमितिअन्तर्गत आवास व्यवस्थापनमा तेज गुरुङ, यातायात व्यवस्थापनमा शिव कोइराला, सुरक्षा व्यवस्थापनमा विज्ञानराज शर्मा, स्वयंसेवक परिचालनमा विनोद श्रेष्ठ, खेलस्थल तयारीमा टासी घले र काठमाडौँ महानगरपालिका स्रोतसाधन परिचालन तथा समन्वयमा महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई तोक्ने निर्णय भएको छ । त्यसैगरी पोखरा महानगरपालिका स्रोत साधन परिचालन तथा समन्वयमा महानगर प्रमुख मानबहादुर जिसी र ललितपुर महानगरपालिका स्रोत साधन परिचालन तथा समन्वयमा महानगर प्रमुख चिरीबाबु महर्जनलाई संयोजक तोक्ने निर्णय भएको छ । त्यस्तै मस्कट, प्रतीकचिह्न, गीत र नारा मूल्याङ्कन तथा सिफारिश उपसमितिमा राखेपका सदस्य–सचिव विष्ट, निर्देशिका तथा कार्यविधि तयार गर्ने कार्यदलमा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र बजेट तयारी कार्यदलमा राखेपका सदस्य–सचिव विष्टलाई संयोजक तोकिएको छ । बैठकले यसअघि आगामी फागुन – चैतमा गर्ने भनिएको १३ औँ साग आगामी वर्ष भदौ–असोजमा सार्न सम्बन्धित निकायमा प्रस्ताव गर्ने निर्णयसमेत गरेको सदस्य–सचिव विष्टले जानकारी दिए। रासस
माथिल्लो तामाकोसी जलविद्युतमा स्थानीयवासी ठगिए, ३ बर्षसम्म लगानी फ्रिज, साधारण सेयरमा आवेदन दिनबाट वञ्चित
माथिल्लो तामाकोसीको विद्युतगृह काठमाडौं । दोलखा घर भई हाल स्वयम्भूमा बस्दै आएका सानु मानन्धरले आफ्नो परिवारका ११ जना सदस्यको नाममा माथिल्लो ताकोकोसी जलविद्युत आयोजनाले स्थानीयवासीका लागि जारी गरेको सेयरमा प्रतिसदस्य ३०/३० कित्ता आवेदन दिए । एउटै आवेदकको धेरै कित्ता सेयर नपर्ने सामान्य जानकारी पाएका उनले परिवारका सबै सदस्यको नाममा सेयर आवेदन गर्दा हाल सर्वसाधारणको लागि खुलेको सेयरमा आवेदन दिनबाट वञ्चित भएका छन् भने ३ बर्षसम्म बिक्री गर्नै नपाउने सेयरमा उनको लगानी फ्रिज भएको छ । मानन्धर एक प्रतिनिधि पात्र मात्र हुन् । विवेकपूर्वक लगानी गर्न नजान्दा उनीजस्तै माथिल्लो तामाकोसी आयोजनाका प्रभावित एवं स्थानीयवासी पनि ठगिएका छन् । आयोजनाले विभिन्न चरणमा निष्कासन गरेको सेयरमा उचित लगानी गर्न नजान्दा यस्तो अवस्था आएको हो । स्थानीय जनप्रतिनिधिहरुले समेत आयोजनामा लगानी गर्न सुझाए पनि अरु केही थाहा नभएको उनले बताए । आयोजनाले गत भदौमा प्रभावित एवं स्थानीयवासीका लागि १ अर्ब ५ करोड रुपैंया बराबरका १ करोड ५ लाख कित्ता सेयर छुट्याएको थियो जसमध्ये २ लाख २२ हजार आवेदकले आवेदन दिएका थिए । न्यूनतम आवेदन दिनेको संख्यालाई छोड्दा समेत उक्त सेयर स्थानीयले औसत ४७ कित्ता प्राप्त गरेका छन् तर यो शेयर ३ बर्षसम्म दोस्रो बजारमा बेच्न पाइँदैन भने पअिले नै सेयर पाएका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र स्थानीयवासीले आवेदन दिन पाउँदैनन् । आगामी बिहीबारदेखि तामाकोसीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड बराबरका १ करोड ५८ लाख कित्ता सेयर निष्कासन गर्दैछ । उक्त सेयरमा करिब ३ लाख आवेदक पुग्नसक्ने निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषको अनुमान छ । कोषको सेयर शाखाका प्रमुख किशोरजंग कार्कीका अनुसार सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी र स्थानीयको ठूलो सहभागिता भइसकेको र पहिले भरेका आवेदकले सर्वसाधारणका लागि छुट्याइएको सेयरमा आवेदन दिन नपाउने भएकोले आवेदक संख्या ३ लाखमा सीमित हुनसक्ने पछिल्लो अनुमान गरिएको जानकारी दिए । तर ३ लाखको संख्यामा आवेदक पुग्न पनि हालसम्मको आईपीओ इतिहासमै नयाँ रेकर्ड कायम गर्नुपर्ने अवस्था भएकोले त्यो सहज नभएको विश्लेषकहरु बताउँछन् । त्यसमाथि तामाकोसी आयोजना सम्पन्न हुन ढिलाई हुँदा लागत बढ्दै गएको अवस्थामा लगानीकर्ताको आकर्षण थप घट्ने हुनाले पनि आवेदक संख्याले ऐतिहासिक रेकर्ड बनाउन कठिन हुनसक्छ । कोषले अनुमान गरेकै संख्यामा आवेदकले आवेदक आए पनि एक आवेदकले न्यूनतम ५० कित्ता भन्दा बढी सेयर पर्ने निश्चित छ । आवेदकको संख्या घटेको अवस्थामा यो दर थप बढ्नेछ । साधारण सेयरधनीका लागि खुलाइएको सेयर दोस्रो बजारमा तत्काल बिक्री गर्न मिल्छ तर स्थानीयवासीको सेयर ३ बर्षसम्म बिक्रीका लागि योग्य हुँदैन । यसरी लगानीको लागि विवेकपूर्ण निर्णय गर्न नसक्दा स्थानीय लगानीकर्ताले आफ्नो लगानी ३ बर्ष फ्रिज हुने अवस्था आएको छ भने प्राप्त गरेको सेयर संख्या समेत न्यून देखिएको छ । ४५६ मेगावाटको सो आयोजना आउदो असारसम्म सम्पन्न हुने लक्ष्य लिएको छ । भूकम्प नाकावन्दी र समय लम्बिएका कारण आयोजनाको लागत बढेर ६५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । विद्युत उत्पादनको पहिलो वर्ष ९ अर्ब रुपैयाँ आम्दानी गर्ने छ ।
अब विद्यालयको लेखापरीक्षण स्थानीय तहले गराउने
काठमाडौं। सङ्घीय सरकारले संविधानको मर्मअनुसार विद्यालयको लेखापरीक्षण गर्न स्थानीय तहलाई जिम्मेवारी दिएको छ । संविधानतः माध्यमिक तहसम्मको शिक्षा व्यवस्थाको अधिकार स्थानीय तहको भए पनि विद्यालयको लेखा परीक्षण कुन तहले कसरी गर्ने भन्ने स्पष्ट भइनसकेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले लेखा परीक्षण गराउन पत्र पठाई अधिकार हस्तान्तरण गरेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम लागू भएसँगै विद्यालय तह भन्नाले पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म बुझाउँछ । विद्यालयको लेखा परीक्षणका लागि स्थानीय तहले नेपाल चार्टर्ड एकाउन्ट संस्थाको स्वीकृत मापदण्ड र शिक्षा नियमावली २०५९ को नियम २५ बमोजिम लेखापरीक्षण नियुक्त गर्नुपर्नेछ । हाल देशभर ३५ हजार २२२ विद्यालय छन् । यीमध्ये २९ हजार २०७ सामुदायिक र छ हजार १५ संस्थागत ९निजी० विद्यालय छन् । विद्यालय समायोजनको नीतिले यो सङ्ख्या केही घट्दो पाइएको छ । स्थानीय तहले अधिकार कार्यान्वयन गरेसँगै लामो समयदेखि लेखापरीक्षण नगराएका विद्यालयको समेत लेखा परीक्षणमा सहजता हुने देखिएको छ । केन्द्रले सबै महानगर, उपमहानगर, नगरपालिका र गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाई स्थानीय सरकार कार्य सञ्चालन ऐन, २०७४ को दफा ११ ९२० बमोजिम विद्यालयको लेखा परीक्षण गराउन भनेको हो । यसअघि यो कार्य साविकका जिल्ला शिक्षा कार्यालयबाट हुँदै आएको थियो । त्यसरी गराउँदा समयमा सबै विद्यालयले लेखा परीक्षण नगरानाका साथै त्यसक्रममा अनियमितता हुने घटना पनि सार्वजनिक हुँदै आएका थिए । शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रमा काम गर्न स्थानीय तहलाई स्मरण गराइएकाले विद्यालयको लेखा परीक्षणको केन्द्रको बोझ घटेको बताए। उनले विद्यालयलाई थप सुशासनमैत्री बनाउन स्थानीय तहले भूमिका खेल्ने अपेक्षा व्यक्त गरेका छन्।रासस
कलेजो फोक्सोसँग टाँसिएको जटिल शल्यक्रिया सफल
काठमाडौं। छाती र पेट छुट्याउने डायफ्राम नै च्यातिएर कलेजो फोक्सोसँग टाँसिएको अवस्थामा अस्पताल भर्ना भएकी एक बिरामीको झापाको बिर्तामोडमा रहेको बिएण्डसी अस्पतालले सफल उपचार गरेको छ । पाँचथरको भारपामा भएको सवारी दुर्घटनामा परी गत असोज १४ गते अस्पताल भर्ना हुनुभएकी भारपा–७ पाँचथर निवासी ४९ वर्षीया टेकरानी आङ्वोको अस्पतालले सफल उपचार गरेको अस्पतालमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । छातीको करङ नै भाँचिएर डायफ्राम नै च्यातिदै कलेजो फोक्सोसँग टाँसिदा उपचार गर्न अत्यन्तै जटिल हुन्छ अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उपचारमा सम्लग्न चिकित्सक डा वासुदेव बाँस्कोटाले भने, “यस्तो अवस्था र उपचार अत्यन्तै दुर्लभ हुने गरेको छ ।” आङ्बोलाई उपचारका लागि अस्पताल ल्याई पु¥याउँदा अवस्था ज्यादै जटिल थियो उनले भने, “सायद उनको उपचार अन्य अस्पतालमा उपकरणकै अभावले पनि सम्भव थिएन ।” चार जना विशेषज्ञ चिकित्सकको टिमले तीन घण्टा लामो शल्यक्रियापछि आङ्बोको च्यातिएको डायफ्राम र कलेजो तथा फोक्सोलाई ठीक ठाउँमा राखिएको अर्का चिकित्सक सन्देश दाहालले बताए। उनले भने, “नेपालमा यस्तो अवस्थाको उपचार कति भए कुनै सरकारी तथ्याङ्क छैन तर जर्मनीमा रहेको एक सरकारी अस्पतालमा भने आठ वर्षमा १४ वटा मात्रै शल्यक्रिया भएको तथ्याङ्क छ ।” रासस
नेपाल एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश
काठमाडौं। नेपाली टोली आगामी २०१९ अप्रिलमा थाइल्याण्डमा हुने एएफसी यू–१९ महिला च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको छ । थाइल्याण्डमा आज भएको पहिलो समूहको अन्तिम खेलमा भारतले आयोजक थाइल्याण्डलाई १–० गोलअन्तरले पराजित गरे तापनि नेपाल हेड टु हेडका आधारमा दोस्रो चरणमा छनोट प्रवेश गरेको हो । आजै भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो । त्यसअघि भएको समूहको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भारतलाई २–० गोलअन्तरले पराजित गरेको थियो । नेपालले पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो । पहिलो सहभागितामा नै नेपाली टोलीले ऐतिहासिक नतिजा प्राप्त गरेको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ । च्याम्पियनसिप छनोटमा विभिन्न छ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । थाइल्याण्ड एएफसी यू–१९ महिला च्याम्पियनसिप आयोजकको नाताले यसअघि नै अन्तिम चरणमा छनोट भइसकेको छ । थाइल्याण्ड समूह विजेता, नेपाल समूह उपविजेता र भारत तेस्रो स्थानमा रहेको छ । थाइल्याण्ड समूह विजेता भएसँगै नेपाल अन्तिम चरणमा छनोट हुने पक्का भएको हो । रासस