विकासन्युज

४ घन्टा पछि खुल्यो कालीमाटी–कलंकी सडक, स्थानीय र ठेकेदारबीच वार्ता हुँदै

काठमाडौं । बिहान ८ः३० देखी स्थानीयले गरेको आन्दोलनका कारणले अवरुद्ध भएको कालीमाटी कलंकी सडक सुचारू भएकाे छ । स्थानिय र ठेकेदारबिच वार्ता गर्ने सहमति भएपछि सडक सुचारु भएको हो । सडकमा धुलो बढेर स्वास्थ्यमा असर गरेको भन्दै स्थानियले बिहिबार बिहानै देखि सडक अवरुद्ध गरेर आन्दोलन गरेका गरेका थिए । आन्दोलनका कारण कालीमाटी कलंकी सडक-खण्ड पुरै अवरुद्ध पारेका थिए । सो क्षेत्रका व्यवसायीहरुले धुलोको कारणले पसल सञ्चालन गर्न अप्ठ्यारो परेको भन्दै पसलहरु समेत बन्द गरेरे समेत आन्दोलनमा सहभागी भएका थिए । ठेकेदारले समयमै सडकको काम नगरेकाले धुलो र हिलोको कारण स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै स्थानीय र व्यवसायीहरु आन्दोलनमा उत्रिएको रामचन्द्र रिजालले जानकारी दिए । पटक-पटकको सहमती हुँदा पनि बाटोके अवस्था उस्तै भएर आन्दोलमा उत्रिन परेको बताए ।

अर्घाखाँचीकाे सन्धीखर्कमा अान्तरिक विमानस्थल बन्दै, टेण्डर आह्वान गर्ने तयारी

काठमाडौं । अर्घाखाँची जिल्लामा आन्तरिक विमानस्थल बन्ने भएको छ । ‘अर्घा भगवती विमानस्थल’ नाम दिएको आयोजना निर्माण प्रक्रिया अघि बढेको हो । विमानस्थलको काम अघि बढीसकेको नागरिक उड्ययन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौडेलले जानकारी दिए । विमानस्थलका लागि यस आर्थिक वर्षमा ४ करोड ४२ लाख बजेट विनियोजन गरिएको छ । विमानस्थलको अध्ययन अन्तिम चरणमा पुगेको एराेड्रोम इन्जिनियरिङका उपनिर्देशक नल बिक्रम थापा मगरले बताए । उनका अनुसार सो विमानस्थलमा ट्वीनटर विमान अवतरण गर्न सक्नेछ । यस विमानस्थलको धावनमार्ग ६०० देखि ७०० मिटरको हुनेछ । विमानस्थल अर्घाखीचीको सन्धीखर्क नगरपालिका वडा नम्बर १० मा बन्नेछ । १२ हेक्टर जमिनमा बन्ने विमानस्थल २ देखि ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विमानस्थल बन्ने कुराले स्थानिय बासिन्दा हर्षित भएका नेपाल कम्युनिस्ट पार्टिका स्थाई कमिटी सदस्य टोप बहादुर रायमाझीले बताए । उनका अनुसार विमानस्थल बन्ने १२ हेक्टर जमिन सबै सार्वजनिक नमिन हो । यस क्षेत्रमा पर्ने सबै रुखहरु फडानी भैसकेका छन् । विमानस्थल निर्माणकाे लागि टेण्डर प्रक्रिया अघि बढाउने तयारी भैरहेको छ । आयोजनाको यसअघि नै वातावरणीय प्रभाव मुल्याङकन भैसकेको छ भने धावनमार्ग लगायत विषयमा थप अध्ययन भैरहको छ । विमानस्थलमा रुख कटानीको काम भैसकेको छ । ४ विमानस्थल स्तरोन्नती गर्न बोलपत्र आह्वान प्राधिकरणले ४ विमानस्थलको स्तरोन्नतीका लागी बोलपत्र आव्हान गरेको छ । धनगढी, सिमीकोट, भद्रपुर र भरतपुर विमानस्थलको धावनमार्ग पुन निर्माण गर्नका लागि बोलपत्रको आब्हान गरिएको छ । धावनमार्गमा पिच उप्किएर खाल्टाखुल्टी देखिन थालेपछि पिच गर्न लागिएको सुचना अधिकारी पौडेलले बताए । प्राधिकरणले त्रिभुवन अन्तराष्ट्रियसहित धनगढी, चन्द्रगिरी, सिमिकोट, विराटनगर, जनकपुर लगायत ५ विमानस्थलमा पिच गर्न लागेको हो । धनगढी विमानस्थल ओभरले गर्ने काम भैरहेको छ । भरतपुर, चन्द्रगढी र सिमिकोट विमानस्थलको पिच गर्नका लागि ५-५ करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ ।

लोक सेवा आयोगले काट्यो ४ निकायलाई पत्र, मंसिर १५ भित्र माग संख्या पठाउन आग्रह

काठमाडौं । लोक सेवा आयोगले कर्मचारीहरुको माग संख्या पठाउन पत्र काटेको छ । आयोगले ४ वटा निकायलाई मंसिर १५ गतेभित्र माग संख्या पठाउन आग्रह गरेको हो । सरकारले २ महिना लोक सेवा नखुलाउन आग्रह गरेपछि आयोगले आफ्नो कार्यतालिका परिवर्तन गरी मंसिर २६ बाट खुलाउने तयारी गरेको छ । तर अधिकृतको माग संख्या आउने बेला भैसक्दा पनि सामान्य मन्त्रालयले नपठाए पछि आयोगले पत्र काटेको हो । प्राविधिक र अप्राविधिक दुबै तहको माग संख्या पठाउन सामान्य प्रशासन मन्त्रालय, न्यायपरिषद सचिवालय, स्वास्थ्य मन्त्रालय र व्यवस्थापिका संसदलाई पत्र काटेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार आयोगले पछिल्लो पटक सार्वजनिक गरेको कार्यतालिका अनुरुप परिक्षा सञ्चालन गर्न मंसिर १५ भित्र माग संख्या पठाउन सबै निकायलाई पत्राचार गरिएको छ । याे पनि हेर्नुहाेस् मंसिरको अन्तिम बुधबारदेखि विज्ञापन खुल्नेगरी लोक सेवाको नयाँ कार्यतालिका सार्वजनिक (तालिकासहित)

नेपाल टेलिकमले ल्यायो नयाँ एप, गुगल प्ले र एप्पल स्टोरबाट सेवा लिन सकिने

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले बताए । पछिल्लो समयमा विभिन्न प्रकारका प्याकेज खरीद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरीद गर्नका लागि यो एपबाट सहज हुने टेलिकमले जानकारी दिएको छ । यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरीद गरेको भए सोबारे जानकारी प्राप्त गर्न सकिने भएको छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जिएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुने भएको छ । पिनकोड राखेर वा रिचार्ज कार्ड स्क्यान गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ ।यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेज गिफ्ट (उपहार) दिन पनि सक्ने साथै रिचार्ज कार्डबाट कम्पनीका विभिन्न सेवाको बिल भुक्तानी पनि यही एपमार्फत गर्न सकिनेछ । कम्पनीको फेसबुक लगायतका सोसल मिडियासमेत यहीबाट प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ । प्रवक्ता वैद्यका अनुसार यस एपबाट १००, १०१, १०२ जस्ता इमर्जेन्सी नम्बर डायल गरी आवश्यक सेवा लिनुका साथै १९७, १४९८ आदि नम्बरमा डायल गरी कम्पनीका विभिन्न सेवाका बारेमा सोधपुछ गर्न पाइने छ । उक्त एपमा कम्पनीले उपलब्ध गराउँदै आएका सम्पूर्ण सेवाको महशुलदरबारे जानकारी लिन पनि सकिने व्यवस्था गरिएको छ । गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट ‘नेपाल टेलिकम’ एप डाउनलोड गरी नेपाल टेलिकमको मोबाइल नम्बरमार्फत रजिष्टर गरेपछि यो एप चलाउन जानकारी दिएको छ ।

बागलुङमा दैनिकी गुजार्न मादल व्यवसायीलाई धौ धौ

बागलुङ । पछिल्लो समयमा मादलको कारोबारमा निकै कमी आएको छ । गत वर्ष झण्डै डेढ सयसम्म मादल बिक्री भएको तर अहिले भने त्यसको तुलनामा निकै कम भएको छ । यो वर्ष हालसम्म १५/१६ वटा मात्र मादल बिक्री भएको रेसुङ्गा नगरपालिका–१ तम्घास बजारका मादल व्यवसायीले जानकारी दिएका छन् । नयाँ मादल त निकै कम मात्रामा बिक्री भयो, पुराना १२/१३ वटासम्म मादल मर्मतसम्भारका लागि आइका छैनन् । दैनिकी गुजार्न मादल व्यवसायलाई धौधौ पर्ने गरेको स्थानीय व्यवसायीले बताएका छन् । बागलुङ गल्कोटदेखि मादल व्यवसाय गर्न गुल्मी आएका डिलबहादुर नेपालीले पाँच वर्षयता निरन्तर रूपमा सदरमुकाम तम्घासबजारमा गोल्कोटे मादल पसलको नामबाट व्यावसायिक रूपमा मादल व्यवसाय गर्दै आएको जानकारी दिएका छन् । रासस

नेपाल बंगलादेश बैंकको नाफा २२ करोड, खुद ब्याज आम्दानी बढ्दा नाफामा उत्साहजनक सुधार

काठमाडौं । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उत्साहजनक प्रगति गरेको छ । बैंकले नाफामा करिब ४३ प्रतिशतले वृद्धि गरी खुद नाफा २२ करोड पुर्याएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा नाफाको यो आकार १५ करोड ४० लाख थियो । यो प्रतिशेयर १४.९३ रुपैंया हो । बैंकको नाफा बढ्नुमा बैंकले आर्जन गरेको खुद ब्याज आम्दानीले प्रमुख भूमिका खेलेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा दोब्बरभन्दा बढी पुर्याएर ३४ करोडबाट ६९ करोड पुर्याएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा निक्षेप १ अर्बले घटाएको बैंकले तथा कर्जाको आकार भने करिब ५ अर्बले बढेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १३.६५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.५५ प्रतिशत, कुल लगानी कोषको लागत ७.४३ प्रतिशत, आधार ब्याजदर १०.८४ प्रतिशत छ ।

सेञ्चुरी बैंकको नाफा २७ करोड

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीन महिनामै २७ करोड नाफा कमाएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड नाफा कमाएको बैंकले यसपाली सोही अवधीमा २७ करोड नाफा कमाउन सफल भएको हो । यो नाफामा ब्याज आम्दानीको हिस्सा धेरै रहेको छ । बैंकले ब्याज आम्दानीलाई ४६ करोडबाट बढाएर ८० करोड पुर्याएको छ । ८ अर्ब ६ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैंयाँ रहेको छ । बैंकले ६२ अर्ब निक्षेप संकलन गरेर ५८ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको आधार ब्याजदर ११.५१ प्रतिशत रहँदा खराब कर्जा ०.८२ प्रतिशत मात्रै रहेको छ । बैंकको प्रति सेयर आम्दानी भने १३ रुपैंयाँ ६४ पैसा रहेको छ ।

ट्राफिककाे  सिसिटिभी क्यामराले समात्याे २० हजार जना सवारी चालक, चालकलाई घरमा चिठी पठाएर कारवाही 

काठमाडौं । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ । महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ । विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो । आव २०७३/७४ मा १३ हजार २२७, आव २०७४/७५ मा दुई हजार ७१६ र आव २०७५/७६ मा दुई हजार ७५२ जनालाई कारवाही गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कारवाहीलाई तीव्रता दिएको बताए । “उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही सङ्ख्या बढाएका हौँ”, उनले भने । साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ । चालकलाई घरमा चिठी पठाएर कारवाही महाशाखाले सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३२९ सवारी चालकलाई घरमा चिठी पठाएर कारवाही गरेको छ । विसं २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कारवाही गर्ने अभियान शुरु गरेको थियो । आव २०७४/७५ मा ५५१ र आव २०७५/७६ को हालसम्म ७७८ जनालाई कारवाही गरेको हो । महाशाखाले सवारीसाधनमार्फत एक हजार ९५८ सवारी चालकलाई कारवाही गरेको छ । आव २०७४/७५ मा एक हजार २५३ र आव २०७५/७६ मा ७०५ सवारी चालकलाई कारवाही गरेको छ । महाशाखाका प्रमुख पन्त सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई रु ५०० देखि एक हजारसम्म जरिवना र जनचेतना दिँदै आएको बताउछन् । महाशाखाले सिसिटीभिका अलावा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कारवाही गर्दै आइरहेको छ । ट्राफिक उभिएर गर्ने कारवाही, सामाजिक सञ्जालमार्फत हेरेर गरिने कारवाही, यात्रुले खबर गरेर गरिने कारवाहीसमेत रहेका छन् । महाशाखाले सिसीटिभीमार्फत उपत्यकामा हुने कतिपय सवारी दुर्घटनाको अनुसन्धान गर्दै आइरहेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्, जसमध्ये आठ लाख सवारीसाधन काठमाडौँ उपत्यकामा मात्र सञ्चालनमा रहेका छन् । उपत्यकामा साँघुरा सडक र सवारीसाधन धेरै भएका कारण ट्राफिक व्यवस्थापन दिनानुदिन जटिल बन्दै गएको छ ।