४ घन्टा पछि खुल्यो कालीमाटी–कलंकी सडक, स्थानीय र ठेकेदारबीच वार्ता हुँदै

<p>काठमाडौं । बिहान ८ः३० देखी स्थानीयले गरेको आन्दोलनका कारणले अवरुद्ध भएको कालीमाटी कलंकी सडक सुचारू भएकाे छ । स्थानिय र ठेकेदारबिच वार्ता गर्ने सहमति भएपछि सडक सुचारु भएको हो । सडकमा धुलो बढेर स्वास्थ्यमा असर गरेको भन्दै स्थानियले बिहिबार बिहानै देखि सडक अवरुद्ध गरेर आन्दोलन गरेका गरेका थिए । आन्दोलनका कारण कालीमाटी कलंकी सडक-खण्ड पुरै [&hellip;]</p>

काठमाडौं । बिहान ८ः३० देखी स्थानीयले गरेको आन्दोलनका कारणले अवरुद्ध भएको कालीमाटी कलंकी सडक सुचारू भएकाे छ । स्थानिय र ठेकेदारबिच वार्ता गर्ने सहमति भएपछि सडक सुचारु भएको हो ।

सडकमा धुलो बढेर स्वास्थ्यमा असर गरेको भन्दै स्थानियले बिहिबार बिहानै देखि सडक अवरुद्ध गरेर आन्दोलन गरेका गरेका थिए ।
आन्दोलनका कारण कालीमाटी कलंकी सडक-खण्ड पुरै अवरुद्ध पारेका थिए । सो क्षेत्रका व्यवसायीहरुले धुलोको कारणले पसल सञ्चालन गर्न अप्ठ्यारो परेको भन्दै पसलहरु समेत बन्द गरेरे समेत आन्दोलनमा सहभागी भएका थिए ।

ठेकेदारले समयमै सडकको काम नगरेकाले धुलो र हिलोको कारण स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै स्थानीय र व्यवसायीहरु आन्दोलनमा उत्रिएको रामचन्द्र रिजालले जानकारी दिए । पटक-पटकको सहमती हुँदा पनि बाटोके अवस्था उस्तै भएर आन्दोलमा उत्रिन परेको बताए ।

Share News