विकासन्युज

नेपाल राष्ट्र बैंकमा ११४ जनालाई जागिरकाे अवसर, घरबाटै यसरी भर्नुस् दरखास्त फारम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११४ जनालाई जागिर खुलाएको छ । सहायक निर्देशक अधिकृत तृतियदेखि सहायक द्धितिय पदका लागि विज्ञापन खुलाएको हो । बैंकले सहायक निर्देशक प्रशासन तर्फ २१ जना, चार्टड एकाउन्टेन्ट १० जना, वाणिज्य कानून तर्फ २ जना, सहायक प्रशासन तर्फ सबैभन्दा धेरै ६८ जना र १३ जना प्राविधिकको माग गरेको छ । इच्छुक व्यक्तिहरुले अनलाईन फारम भर्न सक्ने बैंकले जनाएको छ । दरखास्त फारम मंसिर २६ गतेसम्म भर्न सकिनेछ ।

१९ बाणिज्य बैंकले ३ महिनामै कमाए ८ अर्ब २४ करोड नाफा, एभरेष्टबाहेक सबै उकालो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १८ वाणिज्य बैंकहरुको नाफा ८ अर्ब नाघेको छ । बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणहरुका आधारमा बैंकहरुको कुल नाफा ८ अर्ब २४ करोड देखिएको हो । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही समयको भन्दा करिब ३८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोही समयमा उक्त आकार ५ अर्ब ९४ करोड थियो । प्रकाशित वित्तीय विवरणहरुमध्ये सबैभन्दा बढी नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले गरेको छ । बैंकले १ अर्ब ५ करोड नाफा गर्दै ३ महिनामै अर्ब भन्दा बढी कमाउने नेपालको पहिलो बैंक बनेको छ । त्यस्तै जनता बैंकले २९४ प्रतिशत नाफा बढाएर सबैभन्दा धेरै नाफा वृद्धि गर्ने बैंक बनेको छ । उक्त अवधिमा नाफाको आकार घटाउने बैंक भने एभरेष्ट मात्र रहेको छ । उसको नाफो अघिल्लो वर्ष भन्दा ४ करोडले घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको भने निक्षेप नै घटेको देखिएको छ ।

कालीमाटी–कलंकी क्षेत्रका स्थानीय आन्दोलनमा, सडक अवरुद्ध

काठमाडौं । कालीमाटी कलंकी सडक खण्डका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । सडकमा धुलो बढेर स्वास्थ्यमा असर गरेको भन्दै उनीहरुले बिहिबार बिहानै देखि सडक अवरुद्ध गरेर आन्दोलन गरेका हुन् । आन्दोलनका कारण कालीमाटी कलंकी सडक खण्ड पुरै अवरुद्ध भएको छ । सो क्षेत्रका पसलहरु समेत बन्द गरेर व्यवसायीहरुले समेत आन्दोलनमा सहभागीता जनाएका छन् । ठेकेदारले समयमै सडकको काम नगरेकाले धुलोका कारण स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै स्थानीय र व्यवसायीहरु आन्दोलनमा उत्रिएको रामचन्द्र रिजालले जानकारी दिए । उनीहरुले ठेकेदारले निश्चित समयभित्र काम सक्ने प्रतिवद्धता जनाउनुपर्ने माग राखेका छन् ।

सनराइज बैंकको नाफा २७ करोड, ब्याज आम्दानीको कमाल

काठमाडौं । सनराइज बैंकको नाफा २७ करोड पुगेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा आफ्नो नाफा ७ करोडले वृद्धि गरेर २७ करोड पुर्याएको हो । सनराइज बैंकको नाफा ब्याज आम्दानीकै हिस्सा बढि देखिन्छ । गत आवको पहिलो त्रैमासिकमा ५१ करोडबाट ८३ करोड पुर्याएको देखिन्छ । पछिल्लो तीन महिनामा बैंकको निक्षेप भने ७५ अर्बबाट घटेर ७४ अर्ब कायम भएको छ । ८ अर्ब १५ करोड चुक्ता पुँजी भएको सनराइज बैंकको जगेडा कोषमा ३ अर्ब ७७ करोड रहेको छ । बैंकको आधार ब्याजदर १०.९७ प्रतिशत छ भने खराब कर्जा १.१२ प्रतिशत मात्रै रहेको छ । सनराइजको प्रति सेयर आम्दानी १६.२६ रुपैंयाँ रहेको छ ।

जनता बैंकको नाफा ३१६ प्रतिशतले बढ्यो, कसरी मार्यो छलाङ ?

काठमाडौं । जनता बैंकको नाफा ३१६.६६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ६ करोड नाफा कमाएको जनता बैंकले चालु आवको सोही अवधीमा भने २५ करोड पुर्याएको हो जुन ३१६.६६ प्रतिशले बढि हुन्छ । जनता बैंकले ब्याज आम्दानीबाट आफ्नो नाफा वृद्धि गरेको देखिन्छ । गत आवको पहिलो त्रैमासिकमा ५१ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली ७९ कारोड पुर्याएको छ । ८ अर्ब चुक्ता पुँजी भएको जनताको जगेडा कोषमा २ अर्ब ३५ करोड रुपैंयाँ रहेको छ । जनता बैंकले तीन महिनामा ३ अर्बले निक्षेप वृद्धि गरेको देखिन्छ भने ४ अर्ब कर्जा बढाएको छ । आधार ब्याजदर ११.२२ प्रतिशत रहेका जनता बैंकको प्रति सेयर आम्दानी १६ रुपैंयाँ २५ पैसा रहेको छ ।

सानिमा बैंकले बढायो ४२ प्रतिशत नाफा, प्रतिशेयर २५.८८ रुपैंया आम्दानी

काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक बर्षको पहिलो ३ महिनामा नाफा ४२ प्रतिशतले बढाएर करोड पुर्याएको छ । अघिल्लो आवको सोही समयमा यो आकार ३३ करोड थियोे । उक्त अवधिका बैंकले निक्षेप र कर्जामा करिब ५÷५ अर्बको वृद्धि गर्दा खुद ब्याज आम्दानी ९८ करोड २६ लाख पुर्याएको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १२.२१ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.०८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७९.१४ प्रतिशत, कुल कोषको लागत ७.४८ प्रतिशत, आधार ब्याजदर १०.५५ प्रतिशत, ब्याजको स्प्रेडदर ४.४४ प्रतिशत, प्रतिशेयर आम्दानी २५.८८ रुपैंया, मुल्य आम्दानी अनुपात १३.१६ गुणा प्रतिशेयर नेटवर्थ १४१.३० रुपैंया रहेको छ ।

बैंकहरुले बोलाए सहुलियत कर्जा लिन, प्रमाणपत्र बोकेर बैंक जानुस्

काठमाडौं । बैंकहरुले सहुलियत कर्जा लिन बोलाएका छन् । बिहिबार नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल वित्तिय संस्था संघले संयुक्त रुपमा सुलियत कर्जा लिन आव्हान गरेका हुन् । कसरी लिने सहुलियत कर्जाको ऋण ? विस्तृत बुझ्न यहाँ थिच्नुहोस सरकारले अघि सारेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाका छाता संगठनहरुले ऋण लिन आव्हान गरेका हुन् । सहुलियतपूर्ण कर्जा सम्बन्धी कार्यबिधीलाई मन्त्रिपरिषद बैठकले भदौ २१ गते स्वीकृत गरेको थियो भने अर्थमन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको थियो । नेपाल राष्ट्र बैंकले गत परिपत्र जारी गरेर सहुलियत पूर्ण कर्जा लिन बैंक तथा वित्तिय संस्थाहरुमा जानका लागि सर्वसाधारणलाई आव्हान गरेको थियो । प्रक्रिया पुर्याएर ऋण लिन जाँदा पनि नदिएमा उजुरी गर्न पनि केन्द्रिय बैंकले सर्वसाधारणलाई आग्रह गरेको थियो । अब शैक्षिक योग्यताको प्रमाणप धितो राखेर पाइने शिक्षित युवा स्वरोजगार कर्जा, व्यवसायीक कृषि तथा पशुपन्छि कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राबिधिक तथा व्यवसायीक शिक्षा कर्जा र भूकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा सहुलियत ब्याजदरमा पाइनेछ । यस्तो छ प्रमणपत्र धितोमा राखेर ऋण पाउने प्रक्रिया स्नातक तहसम्म उतिर्ण गरेकाहरुले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म् ऋण पाउनेछन् । शैक्षिक प्रमणपत्र धितोमा राखे ऋण पाउन ४० बर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग विभाग, समिति, शिप विकास तालिम केन्द्र, प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद लगायतका सरकारी निकायबाट कम्तिमा ७ दिनको शिप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नु पर्छ । आवेदन दिएको २१ दिनभित्र ऋण दिने वा नदिने भन्ने निर्णय गरिसक्नुपर्नेछ । त्यससँगै कम्पनी दर्ता गरेर स्थायी लेखा नम्बर(प्यान)मा दर्ता हुनुपर्नेछ ।

टुरिजमलाई गाभेको मेगा बैंकले पहिलो ३ महिनामा गर्यो यस्तो प्रगति

काठमाडौं । मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ९१ लाख रुपैंया खुद मुनाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही समयका भन्दा करिब तेब्बर हो । अघिल्लो आवको अन्तिममा टुरिजम डेभलपमेन्ट बैंकलाई एक्वायर गरेको बैंकले उक्त निक्षेपमा ३ महिनामा ३ अर्ब वृद्धि गर्दा कर्जा प्रवाह करिब ५ अर्बले बढाएको छ । बैंकले तीन महिनाको अवधिमा ९३ करोड ३३ लाख रुपैंया खुद ब्याज आम्दानी गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १७.२७ प्रतिशत, निष्क्रिय कर्जा अनुपात १.०८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७९.६१ प्रतिशत, कुल कोषको लागत ७.५६ प्रतिशत, आधार ब्याजदर १०.५५ प्रतिशत, प्रतिशेयर आम्दानी १५.४४ प्रतिशत, मुल्य आम्दानी अनुपात १३.१४ गुणा प्रतिशेयर नेटवर्थ १२७.३० रुपैंया रहेको छ ।