विकासन्युज

लाखौं मध्यम वर्गका मानिसकाे करोडाै‌ं रुपैंया शेयरबजारमा डुबिसकेको छ : शेखर गोल्छा

शेखर गाेल्छा काठमाडौँ । नेपाल उद्याेग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गाेल्छाले मध्यमवर्गीय व्यक्तिहरुकाे कराेडाैं रुपैंया शेयर बजारमा डुबेकाे भन्दै प्रतिपक्षिलार्इ जनताकाे सम्पत्तिकाे रक्षा गर्नेगरी सरकारलार्इ घच्घच्याउन अाग्रह गरेका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघमा अायाेजित काँग्रेसकाे नयाँ अार्थिक एजेन्डा निर्माणका लागि उद्याेगीहरुसँग सुझाव संकलन गर्न अायाेजित कार्यक्रममा बोल्दै  उपाध्यक्ष  गाेल्छाले सरकारी नीति र व्यवहार नै निजी क्षेत्रमैत्री नभएकाे गुनासाे गरेका छन् । यसले गर्दा हाम्रो अर्थतन्त्र झन गरिब हुँदै गएकाे उनकाे भनार्इ थियाे । उनले नेपालमा उद्योग सञ्चालका लागि बैंकमा भएको तरलता, ढुवानी खर्च धेरै र विदेशबाट लगानीभन्दा पनि विकृति आउनुका कारणले नेपालमा उद्योग सञ्चालन र उद्योग स्थापनाका लागि समस्या भएको बताएका छन् । काँग्रेसले वर्तमान सरकारकाे नीति र व्यवहारकाे कारणले अार्थिक क्षेत्रमा कस्ताे प्रभाव पारेकाे छ भन्ने सम्बन्धमा व्यवसायी एवं विज्ञहरुसँग सुझाव स‌ंकलन सुरु गरेकाे छ । बुधबार विज्ञहरुसँग छलफल गरेकाे काँग्रेसले बिहीबार अाफूनिकट चेम्बरका पदाधिकारीहरुसँग छलफल गरेकाे थियाे । साे कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणासहित दर्जनाै‌ं व्यवसायीहरुकाे सहभागिता थियाे । काँग्रेसले महासमिति बैठककाे पूर्वसन्ध्यामा अार्थिक क्षेत्रका व्यक्तिहरुसँग छलफल गरेकाे हाे । छलफलका क्रममा काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्री प्रकाशशरण महत लगायतले उद्याेगीहरुसँग काँग्रेसले प्रतिपक्षकाे फाेरमबाट सरकारमाथि दिनुपर्ने दवावबारे सुझाव दिन अाग्रह गरेकाे थियाे ।

बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि

काठमाडौं । बैंक अफ काठमाण्डूको नाफा १५ करोडले वृद्धि भएको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा २२ करोड नाफा कमाएको बैंकले यसपाली ३७ करोड कमाएको हो । बैंकले ३० करोड ब्याज आम्दानी बढाउन सफल भएको छ । गत आवको असोज मसान्त अवधीमा ५७ करोड खुद ब्याज आम्दानी गरेको बैंकले यसपाली ८७ करोड पुर्याएको छ । तीन महिनामा ३ अर्ब निक्षेप वृद्धि गरेको बैंकले कर्जा भने ४ अर्बले बढाएको छ । ७ अर्ब ७ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ९६ करोड रुपैंयाँ रहेको छ । बैंकको आधार ब्याजदर १०.६२ प्रतिशत छ भने खराब कर्जा १.६१ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी भने २२.०२ रुपैंयाँ रहेको छ ।

एनएमबी बैंकको नाफा ५५ करोड, प्रतिशेयर आम्दानी २६.२१ रूपैयाँ

काठमाडौं । एनएमबी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख रूपैयाँ नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार उक्त अवधिमा ८५ अर्ब ८३ करोड कुल निक्षेप संकलन गरी ८२ अर्ब ७७ करोड रुपैंया कर्जा प्रवाह गरेको देखिएको हो । बैंकको उक्त नाफाका आधारमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैंया २१ पैसा हुन आउँछ । यो अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा २ रुपैंया कम हो । बैंकले गत वर्ष चुक्ता पुँजीमा वृद्धि गर्दा ईपीएस घट्न पुगेको हो । बैंकको पुँजी पर्याप्तता अनुपात १५.२६ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.७६ प्रतिशत, पुँजीकोषको लागत ७.३६ प्रतिशत र आधार ब्याजदर १०.६८ प्रतिशत छ ।

नेपाल एसबिआईको नाफा ५ करोडले ओरालो

काठमाडौं । नेपाल एसबिआई बैंकको नाफा ५ करोडले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३२ करोड नाफा कमाएको बैंक यसपाली सोही अवधीमा भने जम्मा २७ करोड मात्रै कमाउन सफल भएको हो । बैंकको ब्याज आम्दानी गत बर्षको पहिलो त्रैमासिकको तुलनामा १० करोड बढेको छ । गत आवको पहिलो त्रैमासिकमा ९० करोड थियो भने यसपाली १ अर्ब पुर्याएको हो । बैंकको निक्षेप तीन महिनामा ८४ अर्बबाट ९४ अर्ब पुर्याएको छ । बैंकको आधार ब्याजदर १०.४३ प्रतिशत छ भने खराब कर्जा ०.२० प्रतिशत रहेको छ । ८ अर्ब ४ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ५ अर्ब २८ करोड छ ।  बैंकको प्रति सेयर आम्दानी २४ रुपैंयाँ ३५ पैसा रहेको छ ।

हिमालयन बैंकको नाफा ४७ करोड, ब्याज आम्दानी ५४ करोडले बढ्यो

काठमाडौं । हिमालयन बैंकले ४७ करोड नाफा आर्जन गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ४७ करोड ५८ लाख नाफा आर्जन गरेको हो जुन अघिल्लो आवको सोही अवधीमा ४१ करोड थियो । हिमालयन बैंकले ब्याज आम्दानीमा उल्लेख्य प्रगति गरेको छ । गत आवको असोज मसान्तमा ७७ करोड ब्याज आम्दानी गरेको बैंकले यसपाली १ अर्ब ३१ करोड पुर्याएको हो । बैंकले तीन महिनामा ४ अर्बले निक्षेप बढाएर १ खर्ब २ अर्ब पुर्याएको छ । त्यस्तै ऋण भने ८ अर्बले वृद्धि गरेको छ । ८ अर्ब ११ करोड चुक्ता पुँजी भएको बैंकले जगेडा कोषमा ६ अर्ब ८९ करोड रहेको छ । हिमालयनको आधार ब्याज दर ९.२२ प्रतिशत छ भने खराब कर्जा १.४६ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी ३२.०२ रुपैंयाँ रहेको छ ।

नेपाल टेलिकमले ३ महिनामा कमायो ४ अर्ब ४९ करोड, ईपीएस ११९ रुपैंया

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ अर्ब ४९ करोड रुपैंया खुद मुनाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही समयको तुलनामा करिब ४९ करोडले बढी हो । टेलिकमको उक्त नाफाको आधारमा प्रतिशेयर आम्दानी ११९ रुपैंया ७५ पैसा कायम भएको छ । टेलिकमले उक्त अवधिमा कुल १० अर्ब ८५ करोड रुपैंया आम्दानी गरेकोमा ९ अर्ब ४९ करोड सेवा शुल्कबापत र बाँकी १ अर्ब ३६ करोड अन्य लगानीबाट कमाएको छ । कम्पनीको उक्त अवधिको कुल खर्च भने अर्ब ९५ करोड रुपैंया भएको विवरणमा उल्लेख छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६.५१ गुणा र प्रतिशेयर नेटवर्थ ६८६.६० रुपैंया छ ।

नबिल बैंकको नाफा ९३ करोड, प्रतिशेयर आम्दानी सर्वाधिक

काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९३ करोड ६१ लाख रुपैंया नाफा गरेको छ । बैंकले उक्त अवधिमा १ खर्ब ४३ अर्ब कुल निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब रुपैंया कर्जा प्रबाह गर्दा उक्त परिमाणको नाफा देखिएको हो । बैंकको उक्त नाफाका आधारमा बैंकले ५१ रुपैंया ६४ पैसा हुन आउँछ, जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो । उक्त अवधिमा बैंकले १ अर्ब ८५ करोड ब्याज आम्दानी गरी करिब ७३ करोड सञ्चालन खर्च गरेको छ । बैंकको पुँजी पर्याप्तता अनुपात १२.७५ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.५८ प्रतिशत, पुँजीकोषको लागत ५.६५ प्रतिशत, आधार ब्याजदर ८.०६ प्रतिशत, ब्याजको स्प्रेडदर ४.९६ प्रतिशत छ ।

निक्षेप वृद्धिमा फेरि एनआईसी एशियाको छलाङ, ईपीएस तेब्बर नजिक

काठमाडाैं । आक्रामक बजार विस्तारको नीति लिएर अघि बढेको एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा व्यवसाय विस्तारमा छलाङ मारेको छ । वित्तीय बजारमा निक्षेप संकलनको मात्रा ठप्प हुँदैगर्दा एनआईसी एशिया बैंकले भने चालु आवको पहिलो ३ महिनामा निक्षेपमा ११ अर्ब ३४ करोड रुपैंया भन्दा बढीले विस्तार गरी १ खर्ब ६३ अर्ब रुपैंया पुर्याएको छ । सो अवधिमा बैंकले १७ अर्ब ४४ करोडले वृद्धि गरी १ अर्ब ५१ करोड रुपैंया पुर्याएको छ । निक्षेप र कर्जाको उक्त आकारको आधारमा बैंकको कर्जा निक्षेप अनुपात ७७.६८ प्रतिशत पुगेको छ । बैंकले त्रैमासको अन्त्यसम्म प्रतिशेयर ३६.७८ रुपैंया (वार्षिक) कमाएको छ जुन अघिल्लो आर्थिक वर्षको भन्दा करिब तेब्बर हो । उक्त अवधिमा बैंकले १ अर्ब ८२ करोड खुद ब्याज आम्दानी गरी करिब १ अर्ब सञ्चालन खर्च गर्दा कुल नाफा ५८ करोड २२ लाख पुर्याएको छ । यो अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनाको नाफा भन्दा दोब्बर बढी हो । बैंकको पुँजी पर्याप्तता अनुपात १४.४८ प्रतिशत, निष्क्रिय कर्जा अनुपात ०.२६ प्रतिशत, पुँजीकोषको लागत ७.१५ प्रतिशत, आधार ब्याजदर १०.७७ प्रतिशत, ब्याजको स्प्रेडदर ४.९९ प्रतिशत छ ।