विकासन्युज

नेपाल इन्भेष्टमेण्ट बैंकको ७८ औं शाखा दार्चुलामा विस्तार

काठमाडौैं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सुदूरपश्चिम जिल्ला दार्चुलामा शाखा विस्तार गरेको छ । प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८औं शाखा विस्तार गरेको हो । नौ लाखभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को १०७ वटा एटिएम पुगेको छ । ११ हजार जनसंख्या बसोबास गर्ने उक्त क्षेत्रका स्थानीयको मुख्य पेसा जडीबुटी रहेको छ । विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई ४ अर्ब ११ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लि. एक मात्र बैंकको रुपमा रहेको छ । बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका १ हजार भन्दा बढी एटिएम रहेका छन भने ३ हजार बढी टर्मिनल जडान भइसकेका छन् । बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द रहेका छन् । ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार निरन्तरता दिएकाे हाे ।

पुराना शैलीका घरको नक्सा पासमा ५० प्रतिशत छुट, पर्यटकको आकर्षण बढ्दाे

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकाले प्राचीन कला तथा संस्कृतिको संरक्षण हुने गरी घर निर्माण गर्दा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । गाउँपालिकाले बजार क्षेत्रको ५०० मिटर क्षेत्रभित्र बन्ने घरको नक्सापासका लागि ५० प्रतिशत छुट दिने व्यवस्था गरेको हो । गाउँपालिकाले बन्दीपुर चक्रपथभित्र र चक्रपथ बाहिर ५०० मिटर क्षेत्रलाई संरक्षित उपक्षेत्र घोषणा गरेको छ । यस क्षेत्रभित्र घर बनाउँदा बस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ का साथै गाउँपालिकाले बनाएका केही नियम पालना गर्नुपर्ने अध्यक्ष पूर्णसिहं थापाले जानकारी दिए । बन्दीपुर बजारमा भएका पुराना घरको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले यस क्षेत्रभित्र घर बनाउँदा आधुनिक र पश्चिमेली शैली झल्काउन नपाइने निर्णय लागू गरिएको उनले बताए । बजार क्षेत्रभित्र बनिसकेका घरको अगाडिको भाग प्राचीन शैलीमा निर्माण गर्न अनुरोध गरिने थापाले बताए । बजार क्षेत्रभित्र घर निर्माण गर्दा परम्परागत नेपाली शैली एवं आकारप्रकार काठका झ्याल, ढोका पसलको कबलमा समेत राख्नुपर्ने, चोकमाथि पर्ने गरी क्यान्टिलिभिर, बार्दली, कोठा निकाल्न नपाइने, बाहिरी गाह्रोमा प्लाष्टर नगरी प्रष्टसँग इट्टा देखाउनुपर्ने, बाटो वा चोकतर्फ देखिने भागमा स्लोप छाना हुनुपर्ने लगायतका नियम बनाइएको छ । कला, वास्तुकला एवं धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ठाउँमा, स्मारक वा स्मारकको कम्पाउण्डको वरिपरिका पहिलो पङ्तिका घर स्मारक भन्दा होचो हुने गरी निर्माण गर्नुपर्नेछ । बन्दीपुर स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यको रुपमा परिचित भइसकेको छ । यहाँ वर्षेनी लाखौं पर्यटक घुम्न आउने गर्दछन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि लगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । रासस

समता माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको बुधबार ६.६६६७ प्रतिशत बोनस पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०२२.५८ रुपैयाँ रहेको थियो ।

द्वन्द्व पीडित परिवारका छोराछोरीलाई छात्रवृत्ति खुला, मंसिर १५ गते निवेदन दिने अन्तिम दिन

काठमाडौं। शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंले शहीद तथा द्वन्द्व पीडित परिवारका छोराछोरीबाट छात्रवृत्तिका लागि निवेदन मागेको छ । मंसिर १५ गते सम्म त्यसको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ । त्यसको लागि आवश्यक कागजातहरु, नेपाल सरकार गृह मन्त्रालयबाट शहीद घोषणा भएको प्रमाणको प्रमाणित प्रतिलिपि भएको हुनुपर्ने छ । त्यस्तै, शहीद तथा द्धन्द्ध पीडित परिवारसँगको नाता प्रमाणित प्रतिलिपी, अध्ययनरत्त शिक्षण संस्थाको नाम, कक्षा, तह रोल नम्बरसमेत स्पष्ट खुल्ने गरी अध्ययन गरिरहेको संस्था प्रमुखबाट प्रमाणित गरेको पत्र र जन्म दर्ताको प्रमाणित प्रतिलिपी हुनुपर्ने जनाइएको छ।

आठ लाख भूकम्प पीडितका घरकाे बीमा गरिँदै, ५०० प्रिमियम तोकियो

काठमाडौं । आठ लाख भूकम्प पीडितहरूका घरको बीमा गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त बीमाको फाइल मन्त्री परिषद्मा पुगिसकेकाे बताएकाे छ। प्रतिघर ५०० रुपैंया प्रिमियम लिएर ५ लाख रुपैयाँको जोखिम वहन गर्न लागिएको हो । कुल प्रिमियमको ५० प्रतिशत सरकारले व्यहोर्नेछ भने बाँकी ५० प्रतिशत लाभग्राहीबाट असुलिने व्यवस्था प्रस्ताव गरिएको छ । सरकारले राष्ट्रिय बीमा कम्पनी मार्फत भूकम्पपछि पुननिर्माण भएका घरको बीमा गराउन लागेको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले राष्ट्रिय बीमा कम्पनीको भूकम्प पीडितको घरको बीमा गरिने निर्णयलाई बीमा समितिले स्वीकृत दिईसकेको बताएका छन् ।

वायुसेवा निगम बेच्ने/नबेच्ने २ हप्ताभित्र निर्णय हुन्छ: रबिन्द्र अधिकारी

काठमाडौं । नेपाल वायु सेवा निगममा आर्थिक संकट चुलिदैं गएपछि निगमलाई निजिकरण गर्ने तयारी भैरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी बताएका छन् । वायु सेवा निगम कमाउने संस्था भएकोले सधै घाटामा सरकारले चलाउन नसक्ने भन्दै अधिकारीले निगमलाई साझेदारी संस्थाको खोजी भैरहेको बताएका हुन् । ‘निगम एउटा कमाउने संस्था हो, यसमा यो वर्षको लागि ६ अर्ब लगिसकेको अब यसमा सरकारले थप हेर्ने अवस्था छैन, हामी निगमको बारेमा २ हत्ताभित्र कम्पनी मोडेलमा लैजाने गरी काम गरिरहेका छौं मन्त्री अधिकारीले भने ।’ रिर्पोटर्स क्लबमा आयोतित एक कार्यक्रममा उनले वाइड बडी खरिदमा भ्रष्ट्राचार गर्ने जो कसैलाई नछोड्ने समेत बताएका हुन्  । खरिद प्रक्रियामा घोटला भएको विषयमा सार्वजनिक लेखा समिती, संसदिय समिती र अख्तियारले समेत अध्ययन गरिरहेकोले यसको रिर्पोट आएपछि मात्र कारबाहि प्रक्रिया अघि बढ्ने मन्त्री अधिकारीको भनाई थियो । निगमलाई रणनितिक साझेदार खोज्नका लागि फा्इल अघि बढिसकेको छ । वाइड बडी ल्याएपछि निगमको ऋण चुलिएको हो । तर यसलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्दा निगमले आर्थिक संकट बेहोरेको हो । वाइड बडीलाई जापनको नारिता र ओसाकामा उडान भर्ने तयारी भैरहेको छ । आगामी मार्चमा चीनमा समेत उड्नेछ । यो हुँदा २ वटा वाइड बडीले पुग्दैन । अनियमितताको नाममा वायु सेवा निगमलाई कमजोर बनाउन नहुने मन्त्री अधिकारीको भनाई रहेको थियो ।

सानिमा जनरल इन्स्योरेन्सको थप शाखा ललितपुरमा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ललितपुर शाखा विस्तार गरेकाे छ । कम्पनीका संचालक डा. माणिक लाल श्रेष्ठले उक्त शाखा समुद्धाटन गरेका हुन् । कार्यक्रममा  कम्पनीका नायब महाप्रवन्धक सुबोधलाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेल लगायतकाे उपस्थिति थियाे । पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायीहरुलाई वीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले यस क्षेत्रमा शाखा विस्तार गरिएकाे कम्पनीले जनाएकाे छ ।

गुँरास लाईफद्धारा बीमित मृत्यु दावीवापतको १४ लाख रूपैयाँ हस्तान्तरण

काठमाडौं । गुँरासलाई इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमित पक्ष प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेकाे छ । वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गत गरिएकाे बीमा दावीमा उक्त भुक्तानी गरिएकाे कम्पनीले जनाएकाे छ । वैदेशिक रोजगारको क्रममा तनहुँ चोक चिसोपानी (हाल :भानु नगरपालीका वडा नं.१०) निवासी बीमित विष्णुबाबु तिवारीको दुर्घटनामा परि ओमानमा मृत्यु भएको थियो । मृत्युपश्चात दावी भुक्तानी वापतको रकम कम्पनीका सहायक महाप्रबन्धक बालमुकुन्द रुपाखेतीले बीमितको श्रीमती प्रतिमा पौडेललाई १४ लाख रूपैयाँ हस्तान्तरण गरेका छन् ।