द्वन्द्व पीडित परिवारका छोराछोरीलाई छात्रवृत्ति खुला, मंसिर १५ गते निवेदन दिने अन्तिम दिन

<p>काठमाडौं। शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंले शहीद तथा द्वन्द्व पीडित परिवारका छोराछोरीबाट छात्रवृत्तिका लागि निवेदन मागेको छ । मंसिर १५ गते सम्म त्यसको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ । त्यसको लागि आवश्यक कागजातहरु, नेपाल सरकार गृह मन्त्रालयबाट शहीद घोषणा भएको प्रमाणको प्रमाणित प्रतिलिपि भएको हुनुपर्ने छ । त्यस्तै, शहीद तथा द्धन्द्ध पीडित परिवारसँगको [&hellip;]</p>

काठमाडौं। शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंले शहीद तथा द्वन्द्व पीडित परिवारका छोराछोरीबाट छात्रवृत्तिका लागि निवेदन मागेको छ । मंसिर १५ गते सम्म त्यसको लागि निवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

त्यसको लागि आवश्यक कागजातहरु, नेपाल सरकार गृह मन्त्रालयबाट शहीद घोषणा भएको प्रमाणको प्रमाणित प्रतिलिपि भएको हुनुपर्ने छ । त्यस्तै, शहीद तथा द्धन्द्ध पीडित परिवारसँगको नाता प्रमाणित प्रतिलिपी, अध्ययनरत्त शिक्षण संस्थाको नाम, कक्षा, तह रोल नम्बरसमेत स्पष्ट खुल्ने गरी अध्ययन गरिरहेको संस्था प्रमुखबाट प्रमाणित गरेको पत्र र जन्म दर्ताको प्रमाणित प्रतिलिपी हुनुपर्ने जनाइएको छ।

Share News