विकासन्युज

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको थप दुर्इ शाखा विस्तार

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देही जिल्लाको शंकरनगर तथा नवलपरासी जिल्लाको सुनवलमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा विस्तारसंगै बैंकको शाखा संख्या ३८ पुगेको छ भने एउटा एक्सटेन्सन कार्यालय रहेको छ । चुक्ता पूँजी रु १ अर्व ६२ करोड रहेको यस बैंकले रु १५ अर्व ५५ करोड निक्षेप परिचालन गरि रु १४ अर्व कर्जा लगानी गरेको छ । बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको छ । उक्त बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ्ग पहुंच पुरयाउने रणनीति अनुरुप कार्य गर्दै आएको छ । बैंकले रुपन्देही जिल्लाको बुटवल र मणिग्राम, गुल्मी जिल्लाको तमघास र बलेटक्सार, अर्घाखाँची जिल्लाको सन्धिखर्क, प्यूठान जिल्लाकोे विजुवार र कपिलवस्तु जिल्लाको चन्दौटा शाखा कार्यालयहरुवाट ३६५ दिन नै बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

पोखरा फाइनान्सको नयाँ शाखा कास्कीको बाँझापाटनमा

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले कास्कीको पोखरा म.न.पा. १३, बाँझापाटनमा नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सि.ले गरेका छन् । चुक्ता पुँजी रु. ८५ करोड ७२ लाख रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप रु. ५ अर्व ७ करोड तथा कर्जा लगानी रु. ४ अर्व ४३ करोड एवं जगेडा कोषमा रु. २४ करोड ९२ लाख रहेको छ । उक्त बाँझापाटन शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड सेवा प्रदान गरेको छ । हालै सम्पन्न वित्तीय संस्थाको आर्थिक वर्ष २०७४।७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको जानकारी कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले बताएका छन् ।      

काठमाडौँ महानगरमा स्मार्ट सहरी प्रविधिका लागि बुद्धिको प्रतिस्पर्धा हुने, १७ लाख पुरस्कार

काठमाडौँ । महानगरको व्यवस्थित सहरको योजनाअन्तर्गत काठमाण्डौँ महानगरपालिका सहरी योजना आयोगले स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा अवधारणा ल्याएको छ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५ मा काठमाडौँ महानगरको समग्र विकासको लागि विभिन्न क्षेत्रका मानिसहरुलाई  आह्वान गरीने बताए । विशेषगरी समुदाय तथा वातावरण, सहरी पूर्वाधार, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन लगायतका चार क्षेत्रमा विभिन्न उपक्षेत्र बनाएर आइडिया आह्वान गरिनेछ । प्रतिस्पधी च्यालेन्ज विजेता, विषयगत विजेता र विषयगत उपविजेता गरि १७ लाख पुरस्कारको व्यवस्था गरेको छ । महानगरको समग्र विकासको लागि फोहोरमैला व्यवस्थापन तथा वातावरण सुधार, विपत व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण, धूलोधूवाँ, नदी प्रदूषण नियन्त्रण, सहरी कृषि तथा कौसीखेती, खाद्य सहरी प्रणालीलगायत महानगरको विकासको लागि सम्पूर्ण विषयवस्तुमाथि समूह समूहमा प्रतिस्पर्धा गराइने भएको छ । आइडिया आइडियाबीच प्रतिस्पर्धा गराइन्छ र उत्कृष्टलाई पुरस्कृत समेत गरिन्छ र सर्वोकृष्ट आइडियालाई कार्यान्वयन गर्न महानगरले लगानी गर्ने प्रवृत्तिको भए महानगरले र नभएर निजी क्षेत्रले गर्ने वातवरण दिइनेछ  ।  

इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जुटाए एक अर्ब १० करोड डलर लगानी

काठमाडौं । इन्डोनेसियाको इ–कमर्स साइट टोकोपेडीयाले जापानको सफ्टबैंक र चीनको अलिबाबा समेतका लगानीकर्ताबाट एक अर्ब १० करोड अमेरिकी डलर लगानी जुटाएको बुधबार घोषणा गरेको छ । नयाँ लगानी भित्रिएसँगै टोकोपेडीयाले अनलाइन व्यापार र रकमको कारोबारलाई इन्डोनेसियामा अझ विस्तार गर्ने भएका छन्। कम्पनीले दक्षिणपूर्वी एसियाली देशहरुमा मौलाएको विद्युतीय कारोबारमा आफूलाई सर्वोत्कृष्ट बनाउने लक्ष्य लिएको जनाएको छ । एक्सपेडीया र चीनको टेन्सेन्ट समेतका ठूला लगानीकर्ताहरुले फस्टाउँदो इन्डोनेसियाली प्रविधि कम्पनीहरुमा अर्बौं डलर लगानी गर्दैछन् ।एक दशकअघि मात्र स्थापना भएको टोकोपेडीयाले तत्कालका लागि इन्डोनेसियामै केन्द्रित रहने जनाएको छ । करिब २६ करोड जनसंख्या रहेको इन्डोनेसियामा तिब्र गतिमा मध्यम वर्गीय समाजको उदय भइरहेको छ ।  कम्पनीले नयाँ लगानीबाट प्रविधि र पूर्वाधार निर्माण गर्नेछ ।  लाखौं स्थानीय व्यवसायीकाे प्रगतिमा थप मद्दत गर्नेछ, टोकोपेडीयाको वक्तव्यमा उल्लेख गरिएको छ । विश्वको अन्य कुनै क्षेत्रको भन्दा दक्षिण पूर्वी एसियामा इन्टरनेटको प्रयोग बढेको विभिन्न अनुसन्धानमा देखिएको छ । सन् २०२० सम्ममा यस क्षेत्रमा ४८ करोड मानिसमा इन्टरनेटको पहुँच पुग्ने जानकारी दिएका छन् । रासस  

सिभिल बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । कमलादीस्थित तीनधारा रोडमा रहेको सिभिल बैंक लिमिटेडको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । बैंकको उक्त शाखा सुन्धारास्थित सिभिल ट्रेड सेन्टरमा स्थानान्तरण भएको छ ।

१३८ मिलियनका डेम्बेलेको नेइमार भुलाउने खेल

काठमाडौं । बार्सिलोनाका युवा खेलाडी ओसामाने डेम्बेले लयमा देखिन थालेका छन् । बार्सिलोनाको उत्कृष्ट ११ मा स्थान बनाउन सघर्ष गरिरहेका डेम्बेलेले टोटेनह्याम विरुद्ध उत्कृष्ट गोल गरेर आफुलाई प्रमाणित गरेका हुन् । जब नेइमारले उच्च आर्थिक प्रलोभनमा बार्सिलोना छाडे, तनावमा रहेका बार्सा पदाधिकारीहरुले जर्मन क्लब बोरुसिया डर्टमन्डबाट १३८ मिलियन युरोमा डेम्बेलेलाई किने । केहि समयमै डेम्बेले घाइते भएपछि बार्साको खेलाडी ट्रान्सफर असफल भएको र क्लब अध्यक्ष बार्टमाउको आलोचना चुलिएको थियो । अहिले डेम्बेले उच्च फर्ममा रहेका छन् । मैदानको दायाँ भागको स्ट्राइकर भुमिका निर्वाह गरिरहेको उनले बार्सा फ्यानको मन जित्न थालेका छन् । मैदानमा सबैभन्दा तेज गतिमा दौडने र २ जना डिफेन्डरलाई सजिलै छलाउन सक्ने डेम्बेलेको प्रमुख विशेषता रहेको छ । साथै उनको दुबै खुट्टाले शक्तिसाली सुट प्रहार गर्न सक्ने क्षमता रहको छ ।डेम्बेलेको विषयमा उनका टिममेट लियोनल मेसीले खुलेर प्रसंशा गरेका छन् । उनलाई इग्लिस क्लब लिभरपुल र आर्सनलले किन्ने हल्ला चलिरहेको अवस्थामा मेसीले डेम्बेले बार्सिलोनामा आवश्यक रहेका बताएका हुन् । बार्सिलोनाले डेम्बेलेलाई बेचेर नेइमार पुन भित्र्याउने योजना बनाइरहेको समाचार बाहिरीरहँदा डेम्बेलेले नेइमार भुलाउने प्रर्दशन गरिरहेका छन् । उनको ठाउँमा बार्सिलोनाले ब्राजिलका म्कलोहम ल्याएपछि उनी क्लबसँग थप रिसाएको हुनसक्ने अनुमान गरिएको छ । अहिले बार्सिलोनाको मिडफिल्डमा समस्या मुख्य समस्या देखिइरहेको छ । फिलिपे कौटिन्हो र मेसि एकैसाथ मैदान उत्रिदाँ डिबक्ससम्म बल पुग्न सकेको छैन । यस अवस्थामा बार्साले तिब्र गतिका डेम्बेलेलाई भरपुर प्रयोग गर्न सक्छ । डेम्बेलेको एटिटिउड समस्या बार्सिलोनामा डेम्बेलेको व्यवहारलाई लिएर प्रशिक्षक भाल्डभारे चिन्तित रहेकोबताइएको छ । उनी क्लबका अधिकारीहरुलाई जानकारी नदिइ बिदामा बस्ने र ट्रनिङमा समयमा नपुग्ने गरेका छन् । यस्तै समस्याका कारण फ्रान्सका मुख्य प्रशिक्षक देशच्याम्पले उनलाई रसिया विश्वकपमा मैदानमा निकै कम समय खेलाए । यद्यपी बार्सा प्रशिक्षक भाल्डभारेले डेम्बेलेसँगको समस्या सुल्झिसकेको दाबी गरेका छन् ।

गण्डकी विकास बैंककाे नयाँ शाखा तुलसीपुरमा

काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखाको औपचारिक रुपमा तुलसीपुरमा उद्घाटन गरेको छ । प्रमुख अतिथिको रुपमा तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेको हुन् । बैंकका संचालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा रहेको उक्त कार्यक्रम बैंकले प्रदान गर्ने सेवा सुविधा एवंम गतिविधिलाई प्रष्ट रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले जानकारी दिएका छन् । आर्थिक वर्ष २०७५ ०७६को पहिलो त्रैमासिक संचालन मुनाफा रु १५ करोड ३० लाख आर्जन गरेको छ भने सोही अवधि निक्षेप रकम २३ अर्ब ७२ करोड, कर्जा तर्फ २१ अर्ब २५ करोड पुगेको छ । केन्द्रिय कार्यलय साथै देशभरीका ७७ शाखाहरु मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाका साथमा एविविएस, एटिएम, सि एसबिए, आईपीएस मोवाइल बैंकिङ्ग सेवा, सुन धितो सेवा, लकर सेवा, रेमिट्यान्स सेवा रहेका छन् ।

‘राष्ट्रिय उद्यमशील महिला मेला’ पुस ५ देखि शुरू, अनुमानित १० करोडको कारोबार हुने

काठमाडौं । नेपाल उद्यमशील महिला महासङ्घले आन्तरिक उत्पादन प्रवद्र्धन गर्न आगामी पुस ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा ‘राष्ट्रिय उद्यमशील महिला मेला’ गर्ने भएको छ । मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका हस्तकलासाथै जुत्ता चप्पल, खेलौना, झोला, टोपीसहितका घरेलु वस्तु प्रदर्शन गरिने छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष देवकी बुढाथोकीले मुलुकको समग्र आर्थिक विकासका लागि घरेलु उद्योगमा लगानी वृद्धि गरी स्वदेशी उत्पादन बढाएर त्यसको प्रवद्र्धन गर्नुपर्ने बताए । उनले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न महिला सशक्तीकरणको खाँचो औँल्याउँदै यस्ता घरेलु वस्तुको प्रवद्र्धन भएमा उनीहरुको पहुँचमा लगानी कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । करीब तीन लाख दर्शकले मेला अवलोकन गर्ने र करीब रु दश करोडको कारोवार हुने अनुमान गरिएको छ । देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको महासङ्घमा हाल एक हजार २०० महिला उद्यमी सहभागी छन् । मेलामा उद्योगको अवस्था, व्यापार घाटा न्यूनीकरणलगायत विषयमा विज्ञसम्मिलीत गोष्ठी बताइएको छ । रासस