विकासन्युज

टेलिकमको प्रबन्ध निर्देशक बन्न ११ जना प्रतिस्पर्धामा, पूर्व एमडी आचार्यसहित क कस्ले दिए आवेदन ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशक बन्न ११ जनाले आवेदन दिएका छन् । आवेदन दिने अन्तिम दिन बुधबार ४ बजेसम्म ११ जनाको आवेदन परेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अब प्रारम्भिक छनोट सुरु गरेको छ । मन्त्रालयले माग गरेको मापदण्ड अनुसार भए नभएको रुजू गरी अन्तिम नामावली निकाल्नेछ । निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा. बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्र कुमार दास, चन्द्र मोहन झा, प्रदिपराज उपाध्यय, संगिता पहाडी (आचार्य) लगायत ११ जनाले निवेदन दिएका छन् । यी मध्ये मन्त्रालयले योग्यता नपुगेको भन्दै २ जनाको आवेदन अस्वीकृत गरेको छ । सरकारले प्रबन्ध निर्देशक नियुक्तिको लागि ३ सदस्यीय समिति गठन गरिसकेको छ । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन भएको हो । समितीमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी छिन् । सरकारले मंसिर १७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको थियो । प्रारम्भिक छनोट भएपछि समितिले प्रतिस्पर्धीको अध्ययन गर्नेछ । आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ । गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि टेलिकममा कार्यकारी प्रमुखको पद रिक्त थियो । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कुल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पुँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । टेलिकममा हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि टेलिकममा प्रमुख कार्यकारी नहुँदा कम्पनीको दैनिक प्रशासनिक कार्यमा समेत असर परेको टेलिकम स्रोतको दाबी छ ।

गरिमा विकास बैंकले दाङ र कैलालीमा खोल्यो नयाँ शाखा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दाङ र कैलालीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बुधबार एक कार्यक्रमकाबीच दाङको घोराही र कैलालीको धनगढी शाखा कार्यालयको उद्घाटन गरेको छ । घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप-महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखाको उद्घाटन धनगढी उप-महानगरपालिकाका मेयर निर्प ओडले गरेका छन् । काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हालसम्म ६६ वटा शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने तयारी गरिरहेको छ

८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली जडान, जोखिमबाट बचाउन सकिने नाष्टको दाबी

गोदावरी । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले भूकम्पको २० सेकेन्डअगावै पूर्वसूचना दिने प्रणालीको विकास गरिरहेको छ । हाल नाष्टले कास्की र भैरहवाका ८० स्थानमा भूकम्प पूर्वसूूचना प्रणाली (सेन्सर) जडान गरिसकेको छ । देशका महत्वपूर्ण स्थानमा त्यस्ता सेन्सर जडान गर्न लाग्ने खर्चको विवरण तयार पार्न नाष्टले सर्वेक्षण गरिरहेको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । “सेन्सर जडान भएका हरेक स्थानका मानिसमा भूकम्पको सूचना प्रवाह गरिन्छ”, ढकालले भने, “नाष्टले हरेक १५ किलोमिटर दूरीमा नेपालको मध्यभागमा पर्ने कास्की र भैरहवाको ८० वटा स्थानमा भूकम्प मापन प्रणाली सेन्सर जडान गरिसकेको छ ।” भूकम्प आउनु पूर्व सेन्सरमा तरङ्ग आउँछ । पहिलो तरङ्ग आएको २० सेकेन्डमा दोस्रो तरङ्ग आउने क्रममा मानिसलाई यसको जोखिमबाट बचाउन सकिन्छ । काठमाडौँलाई केन्द्रबिन्दु बनाएर भूकम्प आउँदा भूकम्प पूर्वसूचना प्रणालीले जानकारी दिएता पनि मानिसलाई तत्काल नजिकै पर्ने जोखिमका बारेमा बताउन नभ्याइने ढकालले जानकारी दिए । यस सूचना प्रणालीको सुविधा स्मार्ट फोन र मोबाइल एप्समा प्रत्यक्ष दिन नाष्टले नेपाल टेलिकम र एनसेलका प्रमुखसँग छलफल अघि बढाएको थियो । ढकालले भने, “नेपाल टेलिकम र एनसेलका प्रमुखले नाष्टको योजनालाई समर्थन गरेता पनि आर्थिक सहयोग गर्र्ने प्रतिबद्धता प्राप्त भएको छैन ।” चाइनिज लाइफ इन्सुुरेन्स कम्पनीले यस सूचना प्रणालीको विकास गरेको हो । यस प्रणालीले चिनियाँ भाषामा सूचना दिने गर्छ । नाष्टले नेपालमा भित्र्याउन लागेको यस सूचना प्रणालीलाई अङ्ग्रेजी भाषामा रूपान्तरण गर्न चिनियाँ कम्पनीसँग आग्रह गरेको ढकालले बताए ।

कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक, २१ दिनभित्र अनलाइन फारम भर्नै पर्ने

काठमाण्डौ । सरकारले निजामती कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक गरेको छ। सामान्य प्रशासन मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै सूचना सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समायोजनमा जाने कर्मचारीले मन्त्रालयको वेबसाइटबाट फारम भर्नुपर्ने बतायो । मन्त्रालयले २१ दिनभित्र अनलाइन फारम भर्न बाध्यकारी सूचना जारी गरेको हो । कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ५ को उपदफा १ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समयोजन गर्न समायोजन डट जिओभी डट एनपीमार्फत् अनलाइन फारम भर्नु पर्नेछ । पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा अध्यादेशअनुसार अनलाइन फारम नभर्ने कर्मचारीलाई जर्बजस्ती समायोजन प्रक्रियामा सामेल गराइने उल्लेख छ। मन्त्रालयले देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरिएको जानकारी दिएको छ। नयाँ दरबन्दीअनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी रहने छन्।

सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ उद्घाटन, भारतले भन्यो–सीमाना सुरक्षाको आधार भो

बोगिविल, भारत । भारतले मङ्गलबार उत्तरपूर्वी राज्य आसाममा रहेको सबैभन्दा लामो ‘रेल–रोड ब्रिज’ को उद्घाटन गरेको छ । पुलको सञ्चालनले भारतको चीनसँगको संवेदनशील मानिएको सीमानामा सुरक्षालाई प्रत्याभूत गर्न नयाँ बाटो खुलेको भारतीय अधिकारीले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रम्हपुत्र नदीमा बनाइएको ४.९ किलोमिटर लामो बोगिविल पुलको एक भब्य समारोहबीच उद्घाटन गरे । पुल निर्माण गर्न करिब दुई दशक लागेको र निर्माण खर्च ८० करोड अमेरिकी डलर खर्च लागेको भारतीय अधिकारीले बताएका छन् । दिब्रुगढ शहर नजिकै बनाइएको उक्त पुलका कारण चीनसँग नाका रहेको अरुणाञ्चल प्रदेशमा सुरक्षाका लागि सैन्य गतिविधिलाई पुर्याउन सहज हुनेछ । भारतले चीनसँग १९६२ को युद्धमा सैनालाई सहज तैनाथ गर्न नसक्दा अरूणाञ्चल प्रदेशको केही भूमि गुमाएको बुझाई भारतीय पक्षको रहेको छ । पुलले ६० टन बराबरको वजन धान्नसक्ने दावी गरिएको छ जसका कारण युद्धका लागि आवश्यक लडाकू जेटलाई पुलमा नै अवतरण गर्न सकिनेछ । भारतले रणनीतिक सुरक्षाका लागि महत्व राख्ने ९.१ किलोमिटर लामो अर्को एउटा पुलको पनि सन् २०१७ मा निर्माण सम्पन्न गरेको थियो । रासस÷एएफपी

सुजुकी बर्गम्यान १२५ स्कूटरको पोखरामा पनि बिक्री शुरु, २ लाख २९ हजार रुपैयाँमा पाइने

काठमाडौं । सुजुकी टु ह्वीलर्सको आधिकारीक विक्रेता हिमालय अटो वर्ल्ड पोखराले सुजुकी बर्गम्यान १२५ स्कूटरको बिक्री शुरु गरेको छ । बजारमा यस स्कूटरको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । म्याक्सी-स्कूटरको नामले चिनिने यो स्कूटरमा १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन् । सुजुकी बर्गम्यान १२५ मा ७५०० आरपिएममा ८.७ बिएचपिको शक्ति उत्पादन गर्ने क्षमता रहेको छ । त्यस्तै, यसमा १२४.३ सीसीको शक्तिशाली इन्जिन जडित रहेको कम्पनीले जनाएको छ । ५.६ लिटर क्षमताको पेट्रोल अट्ने क्षमता रहेको यस स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् । एरो डाइनामिक डिजाइन, क्रोम फिनिसिङ, सेन्ट्रल लक प्रणाली, मोबाइल चार्जको लागि युएसबि पोर्ट, पञ्जा राख्ने भाग जस्ता विविध सुविधाजनक विशेषताहरु पनि यस स्कुटरमा रहेका छन् ।

ज्योति विकास बैंक र चिरायु हस्पिटल एण्ड मेडिकलबीच विशेष छुट सम्बन्धी सम्झौता

काठमाडौं । ज्योति विकास बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट बसुन्धाराबीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना  सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक सुशील कुमार शर्मा र अस्पतालका तर्फबाट हस्पिटल डाइरेक्टर सन्जिबराज भण्डारीले हस्ताक्षर गरेका छन् । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ सुविधाको प्राप्त गर्न सकिने छ । ८२ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ८ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।

आईएमएस ग्रुपले ल्यायो बजारमा क्रेनका उत्पादन नेपाली बजारमा

काठमाडौं । विश्वकै नम्बर १ ब्राण्ड हुमिडिफियर ब्रान्ड क्रेनको नेपाल स्थित आधिकारिक बिक्रेता आई.एम.एस ग्रुपले यसका उत्पादनमा नेपाली बजारमा ल्याएको छ  । यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थय एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु हुमिडिफियर  (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उपकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो । क्रेन ब्राण्डले नविन एवम उत्कृष्ट बस्तुहरु उत्पादन गरे वापत ब्रेस्ट हुमिडिफियर फर स्मल स्पेस २०१५, पिटिपिए कन्सुमेर रिपोट म्यागेजिन बेस्ट प्रोडक्ट २०१२ र फ्याम्ली च्वाइस्स २०१८ लगायत पुरस्कार प्राप्त गरेका छन् ।क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसै गरी क्रेन हुमिडिफियरको प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई बाह्रे फाइदाजनक रहने छ । यसका उत्पादनहरु स्वास्थ्य लगाएत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक छन । आ.एम.एस. ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरु छिमेकी राष्ट्रको मूल्य भन्दा पनि कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने बताएका छन् । आई.एम.एस सन्  १९९८ मा  पहिलो पल्ट नेपालमा मोबाइल भित्रयाउने आधिकारिक गु्रपको रुपमा रहेको छ । यस गु्रपले स्थापना भएको २५ वर्ष मा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुराको पुस्टि यस गु्रपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्याबाट बुझ्ने गरिएको छ ।