
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दाङ र कैलालीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बुधबार एक कार्यक्रमकाबीच दाङको घोराही र कैलालीको धनगढी शाखा कार्यालयको उद्घाटन गरेको छ ।
घोराही शाखा कार्यालयको उद्घाटन घोराही उप-महानगरपालिकाका मेयर नरुलाल चौधरी र धनगढी शाखाको उद्घाटन धनगढी उप-महानगरपालिकाका मेयर निर्प ओडले गरेका छन् ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हालसम्म ६६ वटा शाखा र १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले छिट्टैनै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्ने तयारी गरिरहेको छ