विकासन्युज

मुक्तिनाथ विकास बैंकद्धारा कोटेश्वर पब्लिक स्कुललाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कोटेश्वर पब्लिक स्कुललाई सहयोगलाई स्टेशनरी सामग्री सहयोग गरेको छ । तेह्रौं वार्षिक उत्सवको अवसरमा कोटेश्वर पब्लिक स्कुल, कोटेश्वर काठमाण्डौंका नर्सरी देखि कक्षा तिन सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । बैंकले वार्षिक उत्सवको अवसरमा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम गर्ने योजना राखेको छ र बैंकले साप्ताहिक वार्षिक उत्सव विशेष कार्यक्रम शुरु गरेको छ । यहि अवसरमा बैंकले आफ्नो १००र्औ शाखा लामाचौर, कास्कीमा सञ्चालन गरेको छ ।

सन् २०१८ मा दक्षिण कोरियाको निर्यात ६०० अर्ब डलर माथि

काठमाडौं । दक्षिण कोरियाको सन् २०१८ को निर्यात ६०० अर्ब अमेरिकी डलर नाघेको छ । सरकारी तथ्याँकहरुका अनुसार दक्षिण कोरियाको यो निर्यात अहिलेसम्मकै सबैभन्दा उच्च हो । व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कोरियाली सामान निकासीले अहिलेसम्मका रेकर्ड तोडेको जनाएको छ । दक्षिण कोरियाले विदेशमा सामान निर्यात गर्न थालेको ७० वर्ष पुगेको छ । संयुक्तराज्य अमेरिका, जर्मनी, जापान र चीन समेतका छ वटा मुलुकको मात्र वार्षिक निर्यात ६०० अर्ब डलर पुगेको छ । एसियाको चौथो सर्वाधिक ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको औसत वार्षिक आर्थिक वृद्धिदर सन् १९४८ यता १६.१ प्रतिशतको हाराहारीमा रहेको छ । कोरियाले ७० वर्षअघि वार्षिक करिब १९ लाख अमेरिकी डलर बराबरको निकासी गरेको थियो । मन्त्रालयले वार्षिक निर्यात ६०० अर्ब डलर पुर्याउन झण्डै २३ वर्ष लागेको जनाएको छ । विश्वका सात सर्बाधिक ठूला निर्यातकर्ता मुलुकमध्ये चौथो रहेको कोरियामा औद्योगिक उत्पादन र निकासीका क्षेत्रमा विगत ११ वर्षमा अत्यधिक प्रगति गरेको छ । विश्वमा यस वर्ष अत्यधिक माग रहेको सेमिकन्डक्टर्स, मेसिनरी र पेट्रोकेमिकल्सको उत्पादनमा कोरियाले फड्को मारेको छ । खासगरी, वार्षिक गणना गर्दा कोरियामा निर्मित इलेक्ट्रोनिक चिप्सको बिक्री पहिलो पटक १०० अर्ब डलरभन्दा बढी भएको छ । अर्को वर्ष, विश्व व्यापारमा नकारात्मक प्रभाव पर्ने खतरा बढेको छ । जस्तै, ठूला औद्योगिक अर्थतन्त्र भएका मुलुकहरुमा अर्थतन्त्रमा केही मन्दी आउने तथा अमेरिका र चीनबीचको व्यापार विवाद लम्बिने खतरा छ, मन्त्रालयको विज्ञप्तिमा उल्लेख रहेको छ । तर दक्षिण कोरिया सरकारले सन् २०१९ मा समेत ६०० अर्ब डलर बराबरका सामान निकासी गर्नेगरी योजना बनाइरहेको छ । रासस, योनहाप

तारकेश्वर नगरपालिकामा ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

काठमाडौं । तारकेश्वर नगरपालिकाले ८० वर्षमाथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने भएको छ । ज्येष्ठ नागरिकमा उमेरसँगै रोगले पनि चाप्ने र टाढा रहेका स्वास्थ्य संस्थासम्म उपचारका लागि जान नसक्ने भएकाले घरैमा पुगेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । सो कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा स्वास्थ्यकर्मीको टोली बनाइएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापन गरिएको प्रमुख गिरीले बताए । नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पुर्याउन चार शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एक एक स्वास्थ्यचौकी सञ्चालन गरेको छ । स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन यस वर्ष नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्यका १२ कार्यक्रम स्वीकृत गरेको छ । रासस

प्रभु बैंकको नयाँ शाखा कार्यालय गुल्मी जिल्लाको रानीबासमा

काठमाडौं । प्रभु बैंकको नयाँ शाखा कार्यालय गुल्मीको रानीबासमा सुरुवात भएको छ । प्रभु बैंकले गुल्मी जिल्लाको रुरुगाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको सभापत्विमा आयोजित उक्त कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले शाखा कार्यालयको समुद्घाटन गरेका छन् । रानीबास शाखा कार्यालय समुद्घाटन कार्यक्रममा नेपाल सरकारका पुर्व मुख्य सचिव एवं छिमेकी देश चीनका लागि नेपाली राजदुत लिलामणी पौडेल र रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम विशिष्ट अतिथिका रुपमा रहेको थिए । बैंकले रानीबास शाखाकार्यालय समुद्घाटनको उपलक्ष्यमा विपन्न वर्ग, महिला उद्यमी तथा भूकम्प पिडित कर्जा शीर्षक अन्तर्गत ५ जनालाई सहुलियत व्याजदरको कर्जा उपलब्ध गराएको छ । गुल्मी जिल्ला स्थित बैंकको रानीबास शाखा कार्यालय उद्घाटन कार्यक्रममा गुल्मी जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

६ कम्पनीको बोनस सेयर पछि मूल्य समायोजन, कसकाे कतिमा खुल्याे काराेबार ?

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्से)मा विभिन्न ६ वटा कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । आइतबार मात्रै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडीसी वित्तीय संस्था, सिर्जना फाइनान्स (वित्तीय संस्था), ग्लोबल आईएमई बैंक, काबेली विकास बैंक र एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनसपछिको सेयरको मूल्य समायोजन भएको हो । सो मध्ये फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको २५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता १४८७ रुपैयाँ पुगेको छ । जसको आधार मूल्य प्रतिकित्ता १२८१ रुपैयाँ रहेको थियो । त्यस्तै, आरएसडीसीको १० प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात संस्थाको सेयर प्रतिकित्ता ३९८ रुपैैयाँबाट कारोबार शुरु भएको छ । १५ प्रतिशित बोनस सेयरपछि सिर्जना फाइनान्सको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर प्रतिकित्ता २३२ रुपैयाँमा खुलेको छ । १६ प्रतिशत बोनस पछि मूल्य समायोजन भएको ग्लोबल आईएमई बैंकको सेयर प्रतिकित्ता २७९ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३३४.१६ रुपैयाँ रहेको थियो । त्यसैगरी, नेप्सेले काबेली विकास बैंकको ३५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २४० रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ३६१ रुपैयाँ रहेको थियो । साथै, १५ प्रतिशत बोनसपछि एनएमबि माइक्रोफाइनान्सको मूल्य समायोजन भएको छ । समायोजन पछि संस्थाको सेयर कारोबार प्रतिकित्ता ११६१ रुपैयाँमा खुलेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३०९ रुपैयाँ रहेको थियो ।

सिटिजन्स बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगंजमा

काठमाडौं । सिटिजन्स बैंकको प्रादेशिक कार्यालय वीरगंजको आदर्श नगरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रदेश नं २ अन्तर्गत बैंकका ८ वटाशाखाहरु (बीरगंज, औरही, बर्दिवास, गौशाला, जनकपुर, निजगढ, पथलैया तथा कोल्हवी) बाट व्यापार विस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवंम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने बैंकले जनाएको छ । ८० वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने सुविधा रहेको छ । ,

सबैको लघुवित्तको दोश्रो वार्षिक साधारण सभामा ९१ लाख नाफा सार्वजनिक

काठमाडौं । तनहुको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले चालु आर्थिक वर्षमा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको संस्थाका अध्यक्ष सृजना जोशीले बताइन । संस्थाले गत मंसिर मसान्त सम्म ३३ शाखाहरु मार्फत् १९ हजार १२९ सदस्यहरुमा असुल गर्न बाँकी कर्जा रु. १ अर्ब ५ करोड ८२ लाख २८ हजार लगानी गरी रु. २१ करोड ३२ लाख ५७ हजार बचत गरेको छ । यस अवधीमा संस्थाले रु ९१ लाख २ हजार खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।

सिन्धु विकास बैंक र फिनिक्स क्यापिटलबीच ग्राहक निर्माण तथा कर्जा सहजिकरण सम्बन्धि सम्झौता

काठमाडौं । सिन्धु विकास बैंकबाट सेवा लिन चाहने सवै ग्राहकहरुले फिनिक्स क्यापिटलद्घारा संचालित डिजीटल मार्केट प्रणाली कर्जाबजार डटकम अन्र्तगत प्रदान गर्ने सम्पुर्ण सेवा सुविधा प्राप्त गर्न सक्ने भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र फिनिक्स क्यापिटलका तर्फबाट प्रमुख संचालन अधिकृत बिकल चौलागाईंले हस्ताक्षर गरेका छन् । सिन्धु विकास बैंकका सेवा सुविधा लिन चाहने जोसुकै व्यक्तिलाई फिनीक्स क्यापिटलका विशेषज्ञ कर्मचारीहरुले बैंकका सेवा सुविधाहरुको बारेमा जानकारी दिने, उपयुक्त सेवा सुविधा छनौट गर्न तथा बैंकलाई आवश्यक पर्ने कागजात तथा कर्जा प्रस्ताव निर्माण भएको छ । कर्जाबजार डटकम नेपालको पहिलो र एकमात्र डिजिटल कर्जा बजार रहेका र सिन्धु विकास बैंक यस बजार मार्फत पनि आफ्नो सेवा सुविधा प्रदान गर्ने भएकाे छ ।