विकासन्युज

रातो झण्डा देखाएर बिदा गर्यो नेप्सेले २०१८ लाई, २०१९ मा के होला ?

काठमाडौं । काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्सेले सन् २०१८ को अन्तिम दिन जाँदाजाँदै १७.२६ अंकको गिरावट देखाएर गएको छ । वर्षको अन्तिम दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर १२०० अंक तल झरेको छ । तीव्र गिरावटपछि सरकारी सुधारका प्रयासका वावजुत नेप्ससे परिसूचकले यो गिरावटको सामना गरेको हो । कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेको बजारमा परिसूचक १७.२६ अंकले घटेर ११८७.२८ अंकमा अडिएको छ । दिनभर निरन्तर ओरालो लागेको सोमबारको बजारमा कुल ४५ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १६८ कम्पनीको १२ लाख ३६ हजार कित्ता सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको बजारमा निर्जीवन बीमा समूह तेहेरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा निर्जीवन बीमा समूहको सूचक १६० अंकले घटेर ५६६६.७३ अंकमा झरेको छ । त्यस्तै, उत्पादनमूलक, हाइड्रोपावर र फाइनान्स समूह सामान्य अंकले बढेका छन् भने कारोबारमा आएका बाँकी समूह राताम्मे भएका छन् । बजारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी ३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसकोे सेयर मूल्य प्रतिकित्ता ११४१ रुपैयाँ रहेको छ । सो दिन सबैभन्दा बढी महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ८.२४ प्रतिशत गुमाएका छन् । त्यस्तै, पूर्णिमा विकास बैंकको सेयर मूल्य ७.१८ प्रतिशतले घटेको छ । दोहोरो अंकले घटेको बजारमा जेबिल्स फाइनान्स, सांग्रिला डेभलपमेन्ट बैंक र कालिका पावर कम्पनीको सेयर मूल्य ४ प्रतिशत बढी अर्थात ५ प्रतिशत भन्दा कमले बढेको छ । २०१८ को पहिलो दिन अर्थात् २०७४ पुस १७ गते परिसूचक १३९०.५८ विन्दुबाट खुला भएको थियो । यो अंक पहिलो दिनको तुलनामा १४.६२ अंकको गिरावट हो । यसरी बजार घट्नुमा सरकार पपरिवर्तन र वर्तमान सरकारले लिएको नीतिलाई प्रमुख कारण मानिएको छ । शेयर बजारप्रति अनुदार मानिने अर्थ मन्त्रालय नेतृत्व बजारको वृद्धि र विकासप्रति सचेत हुनु र समग्र अर्थतन्त्रको अवस्था सुधार हुँदै जानुले आगामी बर्षहरुमा अर्थतन्त्रको ऐना मानिने शेयर बजार पनि सुधार हुनसक्ने अवस्था आउन सक्छ ।

१० वर्षमा ३० हजार हेक्टरमा रबर खेती, यसरी संभव छ अमेरिकामा निर्यात

काठमाडौं । नेपालमा १० वर्ष भित्र ३० हजार हेक्टरमा रबरको खेती हुने भएको छ । यसका लागि प्रदेश नम्बर १ मा संझौता भैसकेको छ भने कर्णाली प्रदेशको १५ हजार विगाहामा रबर खेतीको लागि संझौता हुने क्रममा रहेको छ । प्रदेश १ मा रबर खेतीको बारेमा अध्ययन भैरहेको छ ।स्वदेश मै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदारहँदै टायरका लागि मुलुकबाट बर्षेनि ठूलो रकम बिदेसिने गरेको छ । तर, अबको १० वर्षपछि भने नेपालले उत्पादन गरेको रबर अमेरिका निर्यात हुने बताइएको छ । सरकारले रबर खेती गर्ने किसानलाई अनुदान सहयोग समेत गर्दै आएको छ । हाम्रो देशको वातावारणपनि रबर उत्पादनका लागि अनकुल रहेको छ । नेपालमा वार्षिक १५ अर्बभन्दा बढीको रबरको माग रहेको छ । मुलुक भित्र उत्पादित रबरले ५ प्रतिशत हिंसा मात्र ओगट्दै आएको छ । हाल नेपालमा १ हजारको हाराहारीमा साना रबर कृषक र ५० वटा ठूला कम्पनीले व्यवसायिक रबर खेती गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य हेमराज ढकालले भने– ‘नेपालले चिया खेती जसरी नै रबर खेतीका लागि काम गरिरहेको छ ।’ विश्वमा पेट्रोलियम पदार्थपछि रबरको बजार माग छ । १० वर्ष पछि नेपालले उत्पादन गरेको रबर अमेरिकाले निर्यात गर्छ–महासंघका सदस्य ढकालले बताए । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा १० अर्ब ५४ करोड ३८ लाख ७४ हजार ८९६ रुपैयाँ बराबरको टायर नेपाल भित्रिएको छ । नेपालमा सबैभन्दा बढी भारतीय टायर प्रयोग हुने गरेको छ । भारतपछि ब्राजिल, इजिप्ट, टर्की, थाइल्यान्ड, चीन र जापानमा निर्मित टायर भित्रन्छ । नेपाली टायर बजारमा पनि भारतकै वर्चश्व छ । रबर कसरी बनाइन्छ ? रबरको बिरुवा रोपेको ७ वर्षपछि कच्चा पदार्थ दिन थाल्छ । एउटा बिरुवाले २५ वर्षसम्म निरन्तर आन्दानी लिन सकिने कृषकहरुको भनाई छ । रबरको रुखबाट दिन बिराएर चोप निकाल्न सकिन्छ । एउटा रुखबाट बार्षिक ८ देखि १० लिटरसम्म कच्चा पदार्थ निकाल्न सकिन्छ । रबरको कच्चा पदार्थ प्रति लिटर २ सय रुपैयाँ भन्दा बढीमा बिक्री हुने गरेको छ । साना कृषकहरुले आधुनिक प्रबिधिको अभावमा रबरको रुखबाट आउने चोपलाई धुँवामा सुकाएर रबम बनाइदै आएको छ । सुरुमा रुखको २० इन्च गोलाइ र १ सय ३० सेन्टीमेटिरको दुरीमा बोक्रा काटिन्छ । त्यहाँबाट दूध जस्तै चोप आउँछ । त्यसमा थोरै एसिड हालेर त्यो चोप जमाइन्छ । अनि फ्याक्ट्रीमा लगी क्रेम मेशिनमा हालेर रबर तयार पारिन्छ । रबर खेतिका लागि लागि २१ देखि ३५ डिग्री सेल्सियस तापक्रम उत्तम मानिन्छ । समुन्द्री सतहबाट ४ सय ५० मिटर उचाइ र वार्षिक २ हजार देखि ३ हजार मिलिलिटर सम्म पानी पर्ने ठाउँमा यसको खेती गर्न सकिन्छ । रबरले ३ हजार भन्दा बढी आइटम बनाउन सहयोग गर्छ । एउटा गाडीमा मात्र रबरको ६० वटा आइटम चाहिन्छ । त्यस्तै अन्य हरेक सामान बनाउन रबरको आवश्यकता पर्दछ । रबरको रुखले उत्पादन दिन छाडेपछि त्यो रुखको काठ पानी जहान बनाउने काममा उपयोग हुन्छ र महङ्गो मूल्यमा विदेश निर्यात गर्न सकिने बताइएको छ ।

सिटी एक्सप्रेस र मलेसियाको “भ्यालू”बीच रेमिटान्स सम्झौता

काठमाडौं । मलेसियाको रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भ्यालूको मलेसिया भरी २ हजार एजेन्ट्लोकेशन् साथै मोबाईल एप र ईन्टरनेट बैंकिङ्को सेवा उपलब्ध रहेको छ । मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजार भन्दा बढि एजेन्टहरु मार्फत सिधैं भुक्तानी लिन सकिने भएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा विगत १२ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ६ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

अब सम्पूर्ण भुक्तानी सीजी पे बाटै गर्न सकिने, राष्ट्र बैंकले दियाे अनुमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रा.लि. लाई भुक्तानी सेवा प्रदायको काम गर्ने अनुमति पत्र दिएको छ । उक्त अनुमति पाएसँगै सीजी पेबाट विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । सीजी पेबाट मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ । यस सीजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर गर्न सकिन्छ । साथै, टेलिकमहरुको रिर्चाज, टि.भी., ईन्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकेट, बस टिकेट, प्लेन टिकेट (विदेशीतथा स्वदेशी) स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेष्टुरेन्टको बिल पेमेन्ट तथा अन्य पेमेन्ट सीजी पे बाटै गर्न सकिने कम्पनीले जनाएको छ । सीजी पे मोवाइल एप तथा वेब दुबै माध्यमबाट चल्ने तथा यसबाट ग्राहक(यूजर)लाई सजिलो तथा समयको बचत हुनेछ । यो सम्पूर्ण कारोबार बैङ्किङ् प्रणाली मार्फत सम्पन्न हुनेछ । सीजी पे सँग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सजिलै यो सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

सान्जेन जलविद्युत कम्पनीको शेयर रजिष्ट्रारकाे काम सनराइज क्यापिटलले गर्ने

काठमाडौं । महाराजगंजमा रहेकाे सान्जेन जलविद्युत कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज क्यापिटललाई नियुक्त गरिएको छ । उक्त कार्यको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ तथा सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

३४ हजार मेट्रिकटन चिनी गोदाममा थन्कियो, नेपाली चिनी किन बिक्री भएन ?

विराटनगर । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो । नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक विएम गुुप्ताले जानकारी दिए । “गोदाममा नबिकेर थन्केका चिनी समयमै विक्री नहुने हो भने यसको गुणस्तरमा कमी आउने, चिनीको रङमा परिवर्तन आउने र पग्लिने समस्याले मिल घाटामा जाने निश्चित छ”, उनले भने । प्रत्येक वर्ष मिल सञ्चालन हुनु भन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने भएपनि यसवर्ष अहिलेसम्म उखुको मूल्य सरकारले निर्धारण नगरेको उखु उत्पादक सङ्घका पूर्व अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताए । किसानले अहिले उखुको मूल्य प्रति क्विण्टल ५४२ माग गरेका छन् । गएको वर्ष उखुको मूल्य सरकारले प्रति क्विन्टल ५३१ निर्धारण गरेको थियो । चिनी मिल पुसको पहिलो सातादेखि दोस्रो सातासम्म चलिसक्नुपर्ने भए पनि यसवर्ष मूल्यकै कारण सञ्चालन हुनसकेका छैनन् । किसानले पनि खेतमा उखु काट्न शुरु गरेका छैनन् । सुनसरी र मोरङमा अहिले दुई हजार २०० कृषकले पाँच हजार बिघा जग्गामा उखु लगाएका छन् । प्रति बिघा ३०० देखि ४०० क्विण्टल उखु उत्पादन हुने भनिए पनि गएको वर्ष प्रतिबिघा २५८ क्विण्टल मात्र उखु उत्पादन भएको पाण्डेले जानकारी दिए । इस्टर्न सुगर मिलका प्रबन्धक सुरेश मेहताले स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकाले बाहिरबाट चिनी आयातमा रोक लगाउनु पर्नेमा जोड दिए । उनले सरकाले बाहिरबाट आउने सिमेण्टमा रोक लगाएकै कारण स्वदेशमा सिमेण्ट कारखाना फस्टाएकोले चिनी कारखानालाई पनि बढावा दिन सरकारले गम्भीर हुनुपर्छ भने । सुनसरी अमाही बेलहाका उखु कृषक इस्राइल अन्सारीले दुःख र मेहनत गरेर उत्पादन गरेको उखुको उचित मूल्य नपाउँदा समस्या परेको र यसबाट कृषक पलायन हुने निश्चित रहेको बताए ।

कृषि, पर्यटन, उद्योग तथा व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि अर्घाखाँची महोत्सव हुँदै

काठमाडौँ । कृषि पर्यटन उद्योग र व्यापारलाई लक्षित गरि पौष २७ गतेदेखि माघ ८ गतेसम्म अर्घाखाँची महोत्सव हुने भएको छ । अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कृषि पर्यटन उद्योग र व्यापार संवृद्ध र सुखी अर्घाखाची निर्माणको आधार भन्ने मूल नाराको साथ् चौथो अर्घाखाँची महोत्सव अर्घाखाँचीको सन्धिखर्कमा हुनेछ । अर्घाखाची उद्योग बाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको यस महोत्सवमा सन्धिखर्क नगरपालिका तथा लामो समय देखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्थाको व्यवस्थापनमा अर्घाखाची सन्धिखर्कमा आयोजना हुन लागेको हो । धार्मिक, सांस्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले अर्घाखाची जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र अर्घाखाची जिल्लालाइ राष्ट्रिय रुपमा चिनाउने औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले बताएका छन् । २ सय भन्दा बढि स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्ब सुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्सन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष महतले जानकारी दिएका छन् ।

१० हजार घुस सहित पक्राउ परे काठमाण्डौ जिल्ला अदालतका खरिदार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौँमा कार्यरत खरिदार विदुर पोखरेललाई १० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार खरिदार पोखरेलले डोर खटी बण्डा मुचुल्का बनाउन सेवाग्राहीसँग घुस मागेका थिए । आयोगले पोखरेललाई घुस रकमसहित कामनापा– १६ सोह्रखुट्टेको एक रेष्टुरेन्टबाट आइतबार पक्राउ गरिएको भएपनि आज सार्वजनिक गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।