शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा गुल्मीको रुरु गाउँपालिकामा अन्र्तक्रिया कार्यक्रम
काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेण्ट बैंकले रुरु गाउँपालिकाको थोर्गाका कृषकहरुसगँ सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण रहेकाले ग्रामिण क्षेत्रका जनताको बैंकिङ्ग पहुंच पुराउन उक्त कार्यक्रम गरिएको हो । कृषि तथा कृषिजन्य उद्यम र पशुपालन व्यवसायमा संलग्न कृषकहरुको उपस्थितिमा सहुलियत पुर्ण कर्जाका लागी व्याज अनुदान सम्वन्धी व्यवस्थाको बारेमा जानकारी प्रदान गर्ने उदेश्यले अन्तरकृया कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । सहुलियतपूर्ण कर्जाको सम्बन्धमा जानकारी प्रदान गरि सर्वसाधारण जनतालाई कृषि उद्यम तर्फ आर्कषित गरी आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ ।
‘१८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्छौं’
काठमाडौं। मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरु सक्षम र तयार रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीहरुले बताएका छन् । केयुकेएल अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनको शुक्रबार भएको एकता भेलामा कर्मचारीहरुले १८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न सक्षम रहेको बताएका हुन् । खानेपानी मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा कर्मचारी युनियन एकीकरण कार्यदलका उपसंयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न आफूहरु १८ घण्टासम्म खट्न तयार रहेको बताए । कर्माचार्यले मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउन केयुकेएलका कर्मचारीहरु दिनरात खटिन तयार रहेको प्रतिबद्धता जनाएका छन्। भेलालाई सम्बोधन गर्दै उनले भने, “मेलम्ची आएपछि हामी पानीको आपूर्ति व्यवस्थापन गर्न सक्षम छौं । दिनरात नभनी काम गर्छौं । हामी आफैं सक्षम छौं ।” भेलामा अधिकांश कर्मचारीहरुले छिटो भन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए । भेलालाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केही तत्वहरुले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौंमा ल्याएरै छाड्ने प्रतिबद्धता जनाए । केही त्यस्ता तत्वहरुले मेलम्ची नआओस् भन्ने चाहेको बताउँदै उनले भने, “ मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारलाई बिफल बनाउन स्वार्थ बोकेर केही व्यक्ति लागेका छन् । सरकारप्रति जनताको अविश्वास पैदा गराउन केही व्यक्तिले भ्रम सिर्जना गरिरहेका छन् । तर सरकार कहीँ कतै विचलित हुने छैन । काममा दृढ संकल्पका साथ मन्त्रालय अघि बढेको छ ।” मन्त्री मगरले मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न कर्मचारीहरुमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको औंल्याए । उनले मेलम्ची आयोजना मात्रै नभई देशैभरि रहेका मुख्य मुख्य शहरहरुमा खानेपानीको आपूर्ति गर्न केही ठूला आयोजनाहरु सुरु गर्न लागिएको जानकारी दिएका छन् । खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मन्त्रालयले साझा ऐन कानुन बनाउन लागिएको उनले स्पष्ट पारे । अहिलेको अवस्था र भोलिको आवश्यकतालाई ध्यानमा राखेर खानेपानीको क्षेत्रमा विधेयक बनाउन लागिएको उनको भनाई छ ।
मदिरा उत्पादन तथा नियन्त्रण सम्बन्धि मस्यौदा पेश, यस्ता छन्र विषयहरू
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधि मण्डलले गृहमन्त्री रामबहादुर थापा ’बादल’संग भेटमा मदिरा उत्पादन र बिक्रि वितरणको विषयलाई जोड दिएका छन् । मदिरा नियमन तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धि कार्यकारी आदेश, २०७५ को मस्यौदा उपर सुझाव पेश गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले पेश गरेको सो सुझावपत्रमा नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ, नेपाल मदिरा उत्पादक संघ, नेपाल वाइन उत्पादक संघ, नेपाल मदिरा महासंघ, होटल संघ नेपाल लगायतका अन्य सम्बन्धित व्यवसायीहरुबाट प्राप्त सुझावहरु समेत समावेश गरेका थिए । उक्त सुझावपत्रमा समावेश गरिएका बुँदाहरु निम्न बमोजिम रहेका छन् : १.मदिरालाई लागु औषध जस्तै हानिकारक दर्जामा राखेर हेरिएकोमा यसमा पुनर्बिचार हुन आवश्यक छ । २. विस्तारै बामे सर्न लागेको नेपालको पर्यटन क्षेत्र तथा सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई नै प्रतिकूल हुने गरी यो आदेश जारी भएको महशुस भएको छ । ३. पर्यटन विभाग अन्तर्गत रहेको २०७० सालको होटलहरुको स्तर निर्धारण मापदण्डमा तारे होटलहरुमा अनिवार्य रुपमा २४ सै घण्टा खुल्ला हुने रेस्टुरेन्ट र ५ तारे होटलको प्रत्येक कोठामा मिनी बारको व्यवस्था हुनुपर्ने भन्ने बाध्यात्मक व्यवस्था रहेकोले उक्त नीति प्रतिकूल भई विरोधाभाषपूर्ण रहने देखिएको छ । ४. होटल ब्यावसाय उद्योग रहेको हुंदा नेपालमा आउने ९० प्रतिशत विदेशी पर्यटकहरुको जिवनस्तर, रहनसहन र इच्छाअनुसारको सेवा उपलब्ध गराउनुपर्ने बाध्यता रहने र प्रस्तावित मदिरासम्बन्धी आदेशले पर्यटकहरुले लिने होटल भित्रकै सुविधामा पनि बन्देज लाग्ने भएकोले आतिथ्यतामा उद्योगको अभिवृद्धिमा समेत प्रत्यक्ष असर हुने भन्ने आम व्यवसायीको गुनासो आएको । ५. संसारभरि नै उपभोक्ता अधिकारको बलियो सक्षरण रहेको हुंदा नेपाल आउने कुनै पनि विदेशी पर्यटकहरुले १ वर्ष अघि नै बुकिङ गरी नेपाल आउने प्रचलन रहेको र बुकिङ गर्दा मदिरा सेवा उपलब्धता बारे गरिएको प्रतिबद्धता र नयां आदेश बीचको सामन्जस्य नभएको सम्झौता अनुसार सेवा नपाएको भनेर ठूलो रकम बराबरको हर्जाना पाउनुपर्ने जिकिर गरी मुद्दा मामिला हुन सक्ने हुदा अहिलेको मदिरा सम्बन्धी कार्यकारी आदेशका सम्बन्धमा अन्तर्राष्ट्रिय प्रचलन समेतलाई मनन गरिनुपर्ने । ६. पर्यटन प्रवद्र्धनको दृष्टिकोणले गृह प्रशासनले काठमाडौंको ठमेल र दरबारमार्ग, चितवनको सौराहा र पोखराको लेकसाइड २४ सै घण्टा खोल्ने तर्फ प्रक्रिया मिलाएको सन्दर्भमा समेत सरकारले हाल जारी गर्न खोजेको कार्यकारी आदेश एक आपसमा नीतिगत रुपमा विरोधाभाषपूर्ण रहेको देखिएकाले पर्यटकीय क्षेत्रलाई विशेष व्यवस्था हुन अपरिहार्य रहेको ।
बैद्य माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई दले कालोमोसो
काठमाडौँ । मोहन बैद्य नेतृतवको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमा कालोमोसो दलेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै कालोमोसो दलिएको बैद्य माओवादीका कार्यकर्ताले जनाए । प्रतिनिधि सभा अन्तरगत लेखा समितिले गठन गरेको उपसमितिले कंसाकारलाई कारबाहीको सिफारसि गरेको थियो ।
नेशनल डेभलपमेन्ट को-अपरेटिभको १० प्रतिशत नगद र ५ प्रतिशत बाेनस पारित
काठमाडौं । नेशनल डेभलपमेन्ट को-अपरेटिभ सोसाइटी लिमिटेडको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बाेनस पारित भएको छ । संस्थाको शुक्रबार सम्पन्न २१औँ वार्षिक साधारणसभा सेयरधनीलाई सो मात्रा अर्थात १५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष राजेशहरि जोशीले संस्थाले शेयर पुँजी बढाउँदै लगेको बताए । सहकारीको २०७५ मंसिर मसान्तसम्ममा कुल चुक्ता पुँजी ३ करोड ८७ लाख रुपैयाँ रहेको थियो । ५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ४ करोड रुपैयाँ नाघ्ने छ । साथै, संस्थाले निक्षेप तर्फ ८८ करोड ३३ लाख रुपैयाँ संकलन गरि ८९ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ ।
सिप्रदी अर्थमुभर्सले टाटा हिटाचि एक्स १३० र एक्स ७० सार्वजनिक
काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्सले नयाँ प्रोडक्ट लन्च गरेको छ । हालैमात्र आफ्नो नयाँ प्रोडक्ट टाटा एक्स १३० र एक्स ७० लन्च गरेको छ । विविध विशेषता युक्त टाटा इ एक्स १३० ले कम इन्धन खपतमा कार्य गर्न सक्नुका साथै कम समयमा नै लगानिको प्रतिफल प्रदान गर्ने कुरा उक्त कार्यक्रममा जानकारी दिएका थिए । साथै सिप्रदी अर्थमुभर्सले विगत लामो समयदेखी नेपाली बजारमा बिभीन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउदै आएको छ ।
यी तीन मध्ये नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कस्ले मार्ला बाजी ?
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल दूर सञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम)को प्रबन्ध निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरेको छ । मन्त्रालयले संगीता पहाडी (अर्याल), डिल्लीराम अधिकारी, र बुद्धिप्रसाद आचार्यको नाम मन्त्रिपरिषदमा सिफरिस गरेको हो । मन्त्रालयले ९ जनाको व्यवसायिक योजना र अन्तरवार्ताबाट उत्कृष्ट ३ जना छनोट गरी मन्त्रिपरिषद पठाएको हो । छनोट समितीले सोमबार ५ जना र मंगलबार ४ जनाको अन्तरवार्ता लिएको थियो । प्रबन्ध निर्देशकका लागि पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य, डा बिमल आचार्य, सनाउल्लाह खान, गोकर्णप्रसाद सिटौला, डिल्लीराम अधिकारी, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्यय र संगिता पहाडी (आचार्य) गरी ११ जनाले निवेदन दिएका थिए । यी मध्ये ३ जनाको नाम मन्त्री परिषद्मा पेश भएको हो–मन्त्रालयको प्रवक्ता ऋषिराम तिवारीले बताए । मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिको लागि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा विज्ञको रुपमा उमाकान्त पराजुलीलाई राखिएको छ भने मन्त्रालय प्रशासन महाशाखाकी प्रमुख राधिका अर्याल सदस्य रहेकी थिइन् । समितिले आवेदकको योजना, शैक्षिक योग्यता, व्यवसायिक अनुभवलाई आधार मानेर ३ उत्कृष्ट व्यक्तिको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । सिफारिस भएका तीन जनामध्ये एकलाई मन्त्रीपरिषदले प्रबन्ध निर्देशकको रुपमा नियुक्त गर्नेछ । समितिलाई प्राप्त अधिकार अनुसार प्रक्रिया शुरु भएको २१ दिन भित्रैमा ३ जनाको नाम मन्त्रिपरिषदमा पठाएको हो । गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेपछि सो पद रिक्त रहको छ । राजभण्डारीले आफ्नो बर्खास्तीको निर्णय गैरकानूनी भएको भन्दै पुनर्बहालीका लागि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । उक्त रिटविरुद्ध सरकारले अन्तरिम आदेश नदिएपछि सरकारलाई नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि बाटो खुलेको थियो । नेपाल दूरसञ्चार प्रधिकरणको तथ्याङ्क अनुसार हाल टेलिकमका १ करोड ९५ लाख प्रयोगकर्ता छन्, जुन कूल प्रयोगकर्ताको ४० प्रतिशत हो । कूल १५ अर्ब चुक्ता पूँजी भएको उक्त कम्पनीमा जनताको समेत लगानी छ । टेलिकमको बजार पूँजीकरण १ खर्ब १५ अर्ब भन्दा बढी छ, जुन सूचिकृत कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो । हाल सूर्यभक्त पोखरेलले कामु प्रबन्ध निर्देशकको भूमिका निर्वाह गरिरहेका छन् । लामो समयदेखि नेपाल दूर सञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) प्रमुख कार्यकारी नहुँदा दैनिक प्रशासनिक कार्यमा समेत असर परेको स्रोतको दाबी छ ।
माछापुच्छ्रे बैंकको १० प्रतिशत नगद लाभांश पारित, अध्यक्षमा डा. महतो चयन
काठमाडौं । माछापुच्छ्रे बैंकको प्रस्तावित १० प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न बैंकको २०औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त सभा पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन के.सीको सभापतित्वमा सम्पन्न भएकाे छ । सभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.बिरेन्द्रप्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । साथै, सभापछि बसेको सञ्चालक समितिको बैठकले डा.बिरेन्द्रप्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखा परीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैयाँ संचित छ । बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमाससम्ममा ३७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, २०७५ असोज मसान्त सम्ममा बैंकले ७७ अर्ब ९८ करोड रुपैयाँ निक्षेप परिचालन गरी ७१ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले हालसम्म ८८ वटा शाखाहरु लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवाबाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेको छ ।