विकासन्युज

लोक सेवा आयोगले खुलायो सातै प्रदेशबाट १९२ जना नासुका लागि जागिर

काठमाडौं । लोक सेवा आयोगले १९२ जना नायब सुब्बा(नासु)को जागिर खुलाएको छ । आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गरेर खुल्ला तथा समावेशी कोटामा सो मात्रामा नायब सुब्बाका लागि दरखास्त आव्हान गरेको हो । न्युनतम दस्तुर तिरेर माघ १५ गतेसम्म फारम भर्न सकिन्छ भने दोब्बर दस्तुर तिरेर माघ २२ गतेसम्म फारम भर्न सकिनेछ । आयोगले धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायल कार्यालयका लागि दरखास्त आव्हान गरेको हो ।

सुधिर बस्नेतको सम्पति जफत सुरु, श्रीमतिको पौने ४ करोडको सेयर लिलामीमा

काठमाडौं । विवादास्पद व्यवसायी सुधिर बस्नेतको सम्पति लिलामी प्रक्रिया सुरु भएको छ । ग्लोबल आईएमई बैंकमा बस्नेतकी श्रीमति नितु थापा बस्नेतको नाममा रहेको संस्थापक तथा साधारण सेयर लिलामी प्रक्रिया अघि बढेको छ । ऋण असुली न्यायधिकरणले बस्नेतकी श्रीमतिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको संस्थापक र साधारण सेयर लिलामी गर्न लागेको हो । बस्नेतकी श्रीमतिको नाममा संस्थापक तर्फ १ लाख ३६ हजार २ सय ३३ कित्ता सेयर र साधारण तर्फको ५० हजार ३ सय ८७ कित्ता सेयर लिलामी गर्न लागेको हो । लिलामीबाट ३ करोड ८२ लाख, २७ हजार २ सय ४ रुपैंयाँ असुलिनेछ । ग्लोबल आईएमई बैंकको संस्थापक सेयरका लागि प्रति कित्ता मूल्य १८० रुपैंयाँ तोकिएको छ भने साधारण सेयरको मूल्य २७२ रुपैंयाँ तोकिएको छ । ग्लोबल आईएमई बैंकले आफ्नो ऋण नतिरेपछि बस्नेतको सेयर जफत गर्न ऋण असुली न्यायाधिकरणमा मुद्धा हालेको थियो । अबको १५ दिनभित्र ३ हजार रुपैंयाँको फारम खरिद गरेर आफुले खरिद गर्न चाहेको सेयरको १० प्रतिशत रकम धरौटी बुझाउनुपर्नेछ । व्यक्ति वा फर्म जो सुकैले लिलामिकोे सेयर खरिद गर्न सक्नेछन् ।

सबै स्थानीय तहमा बैंकिङ सेवा पुग्याे, सामाजिक सुरक्षा भत्ता बैंकबाट दिने तयारी

फिदिम । पाँचथरका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ । सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज भएको छ । सोमबार तुम्बेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा प्राइम बैंक लिमिटेडको शाखा स्थापना भएसँगै जिल्लाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको हो । केही दिन अघिमात्रै फालेलुङ गाउँपालिकाको मच्छेबुङमा सोही बैंकले शाखा विस्तार गरेको थियो । तुम्बेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या समाधान हुने बताए । “योजनाको भुक्तानी फिदिम पुगेर लिनुपर्ने बाध्यता थियो”, उनले भने, “शिक्षक तथा कर्मचारीले समेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए ।” गाउँपालिकाले प्रक्रिया मिलाएर प्राइम बैंकको शाखाबाटै सबै प्रकारका भुक्तानी दिने व्यवस्था गर्न लागेको छ । “सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने लक्ष्य छ,” उनले भने । स्थानीय तह निर्माण भएपछि जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तार गरेको थियो । याङवरकमा सप्तकोशी डेभलपमेन्ट बैंकको शाखासमेत छ । हिलिहाङ र याङवरकले सिभिल बैंकको शाखाबाटै कारोबार गर्दै आएको छ । दक्षिणी मिक्लाजुङमा सरकारी स्वामित्वको कृषि विकास बैंक र फाल्गुनन्द गाउँपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा विस्तार भएको छ । फाल्गुनन्द गाउँपालिकाले फिदिममा रहेको नेपाल बैंकबाटै निकासा दिने गरेको छ । यी स्थानीय तहमा अन्य बैंकका शाखासमेत स्थापना भइसकेका छन् । कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ । गाउँपालिकाले यही बैंकबाट बैंकिङ कारोबार गर्दै आएको छ । तुम्बेवा गाउँपालिकामा स्थापना भएको बैंकको शाखा उद्घाटन गर्दै गाउँपालिका प्रमुख होमनाथ थापाले स्थानीयस्तरमै बैंकिङ सेवा प्राप्त हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्ने बताए । स्थानीय तहमा बैंकिङ सेवा नहुँदा सयौँ विकास निर्माणका योजनाको सम्पूर्ण कार्य स्थानीय तहमै सम्पन्न भए पनि निकासा लिन भने सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । विप्रेषणका लागि समेत सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । रासस

माधव नेपाललाई भेटेर के भने बेलायती राजदुतले ?

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले पूर्बप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीको निवास कोटेश्वरमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, संघीयताको कार्यान्वयन, स्थानीय तहको सवलीकरण, नेपालमा वैदेशिक लगानिको वातावरण, भौतिक पूर्वाधार तथा आर्थिक विकास र नेपाल(बेलायत सम्बन्धका विविध पक्षमा कुराकानी भएको माधव नेपालको निजी सचिवालयले जनाएको छ ।

कंगारु एजुकेशन फाउन्डेशनले अष्ट्रेलिया स्कलरशिप विक गर्दै, सहभागिलाई १०० प्रतिशतसम्म छात्रवृत्ति दिने

काठमाडौं । कंगारु एजुकेशन फाउन्डेशनले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरि ‘अष्ट्रेलिया स्कलरशिप विक’ आयोजना गर्ने भएको छ । फाउन्डेशनले उक्त स्कलरशिप विक पुस २९ गतेदेखि माघ ४ गतेसम्म गर्ने भएको छ । यो छात्रवृत्ति सप्ताहमा अस्ट्रेलियाका प्रतिष्ठित १० वटा विश्वविद्यालय र कलेजले सहभागीता जनाउने कंगारु एजुकेशन फाउन्डेशनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत महेशबाबु तिमल्सिनाले बताए । छात्रवृत्ति सप्ताहका अवसरमा सहभागी विद्यार्थीको डकुमेन्ट र विश्वविद्यालय तथा कलेजहरुको नियम अनुसार न्यूनतम २० प्रतिशतदेखि शतप्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिनेछ । नेपाली विद्यार्थीको उच्च प्राथमिकतामा रहेका विषयहरु विजनेस, आइटी, इन्जिनियरिङ, नर्सिङ्ग होटल म्यानेजमेन्ट लगायत अध्ययन गर्न जान चाहने विद्यार्थीलाई यो विशेष छुट एवं छात्रवृत्ति प्रदान गरिने बताइएको छ । यो छात्रवृत्ति सप्ताह कंगारुको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा हुनेछ । स्कलरशिप विक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म एक हप्ता रहने प्रमुख कार्यकारी अधिकृत, तिमल्सिनाले बताए । कार्यक्रममा सहभागी हुने प्रथम पाँच जना विद्यार्थीलाई क्यूएफएक्स सिनेमाको फ्रि टिकट प्रदान गरिनेछ । यो छात्रवृत्ति सप्ताहमा हरेक दिन फरक-फरक विश्वविद्यालयका प्रतिनिधि सहभागी हुने हुदा विद्यार्थी तथा अभिभावकहरुलाई एकै ठाँउबाट त्यस देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी लिन सहज हुने कंगारु ऐजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रबन्ध निर्देशक महेशबाबु तिमल्सिनाले बताए ।

एनआईसी एसिया बैंकले पायो आईएसओ ९००१:२०१५ प्रमाणपत्र

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː२०१५’ अवार्ड पाएको छ । बैंकलाई उक्त अवार्ड यूनाईटेड रजिष्टार अफ स्टिम(युआरएस्)/यूकेएएस–यूकेले प्रदान गरेको हो । पछिल्लो समय बैंकले विभिन्न ग्राहकमुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले यो अन्तर्राष्ट्रियस्तरको प्रमाणपत्र पाएको हो । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

एभरेष्ट बैंकले बानेश्वरमा खोल्यो अपाङ्ग मैत्री एवं ई-लबी शाखा

काठमाडौं । एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्री एवं ई-लबी शाखाको उद्घाटन गरेकोे छ । उक्त शाखाको उद्घाटन यस बैंकका अध्यक्ष बिके श्रेष्ठले गरेका थिए । यस शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान गर्न उपाङ्गता मैत्री प्रवेशद्वार निर्माण गरिएको बैंकले जनाएको छ । त्यस्तै ई-लबी आधुनिक बैंकिङ सुविधा जस्तै डेबिट कार्ड, उपोभोग्ता भूक्तानीबिल, एटिएम जस्ता सुविधा प्रदान गर्न जडान गरिएको छ । कार्यक्रममा प्रमुख कार्यकारी निर्देशक सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

माघमा बिहे गर्ने हो ? बलिया र आकर्षक जुत्ता किन्न जानुस नेपाली जुत्ता घर

काठमाडौं । माघमा बिहे गर्ने सोँचमा हुनुहुन्छ ? साला सालीले जुत्ता तान्छन् भन्ने चिन्ता छ ? त्यसो भए जानुस नेपाली जुत्ता घर जहाँ पाइन्छ बिहेको सिजनका लागि नयाँ र आकर्षक जुत्ता । साला सालीले जुत्ता तानेपछि चिन्ता गर्नु पर्दैन किने भने नेपाली जुत्ता आकर्षकसँगै बलिया पनि छन जसमा पाइन्छ ६ महिनाको वारेन्टी पनि । त्यति मात्रै होइन ५० प्रतिशतसम्म छुट सुबिधा पनि उपलब्ध छ । नेपाली जुत्ताघरले स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित जुत्ताहरुमा बिभिन्न अवसर पारेर बिभिन्न सुबिधाहरु उपलब्ध गराउँदै आएको छ । जाडो महिना सुरु भएसँगै नेपालमा जुत्ता चप्पलहरुको माग बढ्ने गर्दछ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । ‘माघ महिना बिहेका अवसर हो त्यसैले बिशेष अफर ल्याएका हौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने । नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ५ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् । नेपाली जुत्ताघरले नेपाली जुत्ताहरुको बजार प्रवद्र्धन र प्रतिष्पर्धी कम्पनीहरुको सहकार्यतामा जोड दिँदै आएको छ ।