विकासन्युज

सरकारले फेरि धोका दिएको भन्दै डा. केसीले शुरु गरे १६ औं अनशन

काठमाडौं। सरकारले फेरि धोका दिएको भन्दै डा. केसिले आफ्नो १६ औं अनसन सुरु गरेका छन्। सरकारसँग गरेको सहमति विपरित संसदको शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि डा. केसिले अनसन सुरु गरेका हुन्। डा केसीले इलामस्थित सहरी विकास तथा भवन निर्माण विभागको डिभिजन कार्यालयमा बुधबार साँझ ५ बजे अनसन सुरु गरेका हुन्। सत्याग्रहका मागहरुः १) १५ औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक संसदबाट पारित गरियोस् । २) गौरी बहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगको प्रतिवेदनले दोषि ठहर गरेका त्रि.वि. पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिश बमोजिम बर्खास्ती लगायतका कारवाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थान मै फिर्ता गरियोस् । कृषि तथा वन विश्वविद्यालयमा सम्बन्धन रोक्ने मन्त्री परिषदको निर्णय बाबजुद चोर बाटोबाट दिन लागिएको सम्बन्धन तत्काल रोक्दै दोषी पदाधिकारीहरुलाई कारवाही गरियोस् । ३) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस् । साथै पूर्वी पहाडका ताप्लेजुंग, इलाम ,पाँचथर,तेह्रथुम लगायतका जिल्लाका नागरिकलाई सहज स्वास्थ्य सेवा तथा मेडिकल शिक्षाका लागि लागि इलाममा; सोलुखुम्बु, ओखलढुंगा, खोटांग, भोजपुर, उदयपुर, सिराहा र सप्तरी लगायतका जिल्ला समेटेर उदयपुरमा; सुदुर पश्चिमका पहाडका डडेल्धुरा, डोटी, बैतडी, बझांग, अछाम, दार्चुला लगायतका जिल्ला समेटेर डोटी वा डडेल्धुरामा अबिलम्ब सरकारी मेडिकल कलेज तथा अस्पताल खोलियोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना शुरु गर्ने व्यवस्था गरियोस् । ४) निर्मला पन्तको बलत्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झुठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न चलेको आन्दोलनमा गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस्। ५) द्वन्द्वकालका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई अन्तर्राष्ट्रिय कानुन अनुसार दण्डित गरियोस् । द्वन्द्वपीडितहरुको माग सुनुवाइ गर्दै संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याइयोस् । ६) नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाण्डौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारवाही गरियास् ।

उदयपुरको ताप्ली गाँउपालिकामा प्राइम कमर्सियल बैंकको शाखा

काठमाडौं । प्राइम कमर्सियल बैंकले उदयपुरको ताप्ली गाँउपालिकामा शाखाको उद्घाटन गरेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच ताप्ली गाँउपालिका अध्यक्ष उद्धवसिंह थापाले शाखा कार्यालय ताप्लीको उद्घाटन गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको जनाएको छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बैंकले जानकारी दिएको छ ।

नेपालगञ्जमा सुजुकी वर्गम्यान १२५ स्कूटरको र्याली सम्पन्न

काठमाडौं । नेपालगञ्जमा सुजुकी वर्गम्यान १२५ स्कूटरको भब्य र्याली सम्पन्न भएको छ । सुजुकी टु ह्वीलर्सको नेपालगञ्जका लागी आधिकारीक विक्रेता नेपाल ट्रेड इंटरनेशनलले सुजुकी वर्गम्यान १२५ सी सी को भब्य र्याली सम्पन्न गरेसँगै, केही दिन अगाडी एउटा कार्यक्रमबीच बिक्री शुभारम्भ गरेसँगै उक्त र्याली गरेका हुन् । नेपाल ट्रेड इंटरनेशनलले सेल्स, सर्भिस र स्पियर्स सजिलो संग उपलब्ध गराउदै आएको छ । सानिमा बैंकका नेपालगञ्ज ब्रान्च म्यानेजर प्रमुख अतिथि मौसम केसीबाट सुजुकी वर्गम्यान १२५ सीसीको र्यालीको शुभारम्भ भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथि पत्रकार महासंघ निवर्तमान अध्यक्ष झलक गैरेको उपस्थिति थियो । साथै अतिथिमा नेपालको लागी भी जी सुजुकी कम्पनीका मार्केटिंग म्यानेजर नवराज कोइराला ले पनि दैनिक जीवनमा मानवको लागी स्कूटर जीवन साथी जस्तै भएको छ । सबैलाई समयमा पुर्याउने सुजुकी ब्राण्ड जापनिज कम्पनिको भएकोले ५ बर्षको वारन्टी दिएके छ । सुजुकी बर्गम्यान नेपालगंज परिक्रमा हुने गरी ¥याली पनि सम्पन्न भएको थियो । हाल नेपालमा उपलब्ध स्कुटरहरु मध्य १४ इन्चको आकारको ट्युबलेस ठूला टायरहरु छन्, सुजुकी वर्गम्यान १२५ मा ७ हजार ५ सय आरपिएममा ८.७ बिएचपि को शक्ति उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्रह भागमा डिस्क ब्रेक छ भने ५.६ लिटर क्षमताको प्रेट्रोल अट्ने क्षमता राख्दछ । यो स्कूटर सबै १२५ सिसिका स्कूटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापितहुने कुरा निर्विवाद रहेको कुरा नेपाल ट्रेड इंटरनेशनलका संचालक पुष्कल नेपालले जानकारी गराएका थिए । हाल यसको बजार मूल्य रु.२ लाख २९ हजार ९०० रहेको छ । नेपालभर ८३ ठाउबाट एउटै छाना मुनि सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स बिक्री वितरण नेपालको ठुलो घराना भी जी अटोमोबाइलसले गर्दै आएको छ ।

अख्तियारले भेट्यो १ करोड ३४ लाख स्रोत नखुलेको सम्पति, यसरी फसे सह-सचिव चन्द्रमान श्रेष्ठ

काठमाडौं । यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक चन्द्रमान श्रेष्ठमाथि मुद्दा लागेको छ । श्रेष्ठको १ करोड ३४ लाख स्रोत नखुलेको सम्पति भेटेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । श्रेष्ठमाथि पदमा बहाल रहँदा पदको दुरुपयोग गरी गैरकानुनी रुपमा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोप लागेको छ । अख्तियारको अध्ययनले करोडौं रुपैंया स्रोत नखुलेको भेटेपछि उनीमाथि विषेश अदालत काठमाडौंमा बुधबार मुद्दा दायर भएको हो । श्रेष्ठ हाल वन तथा बातावरण मन्त्रालयको सह सचिव पदमा कार्यरत रहेका छन् । सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आयोगले आरोप लगाएको छ । उनले आफ्नो नामका साथै आफ्ना परिवारका सदस्यहरुको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिहरुका सम्बन्धमा संकलित तथ्य प्रमाणहरु उपर छानबिन एवं विश्लेषण गर्दा सार्वजनिक पद धारण गरेको मिति २०३८ साल बैशाख २८ गतेदेखि जाँच अवधिमा २ करोड १० लाख ७७ हजार आर्जन गरेको देखिएको हो । उनले सवारी खरिद, शेयर लगानी, शिक्षा, विदेश भ्रमण, बैङ्क मौज्दात लगायतका शीर्षकहरुमा समेत गरी ३ करोड ४४ लाख ७७ हजार खर्च गरेको देखिंदा वैध आयको तुलनामा १ करोड ३४ लाख बराबरको सम्पत्तिको स्रोत नखुलेको भेटिएको आयोगले जनाएको छ ।

ब्रोकर कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्दै

खस्यौली । प्रदेश नं ५ स्थित बुटवलका विभिन्न ब्रोकर (दलाल) कार्यालयमा शेयर बजारका नयाँ लगानीकर्ता बढ्न थालेका छन् । शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशले बुटवलका विभिन्न दलाल कार्यालय पनि उत्साहित भएका छन् । बजारमा नयाँ पुस्ताका लगानीकर्तामा सबैभन्दा बढी बुटवलस्थित केही कर्मचारी, प्राध्यापक, व्यवस्थापन सङ्कायका विद्यार्थीलगायत शेयर बजारमा चासो राख्ने देखिएका छन् । उनीहरुले एकल रुपमा २० हजारदेखि एक लाखसम्म शेयर बजारमा लगानी गरेका छन् । “विद्यार्थीले सिक्ने चरणमा न्यूनतम २० देखि १०० कित्तासम्म लिएका छन्” दक्षिणकाली सेक्युरिटिज प्रालि बुटवलका प्रकाश भण्डारीले भने । उनले बजारबारे केही सिक्ने चरणमा रहेको र केही बुझेर पनि बजारप्रति आकर्षित हुने गरेको बताए । एशियन सेक्युरिटिज प्रालि (२६) नं. दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजारमा नयाँ पुस्ताको लगानी सन्तोषजनक भएको उल्लेख गर्दै विभिन्न कलेजका विद्यार्थीको आर्कषण बढेको जानकारी दिए । एकल रुपमा छात्रले लगानी गरेको पूँजी बजारमा आम्दानीको स्रोत बढाउन उनीहरुले लगानी गरेको अनुमान गर्दै उनले बजारको मनस्थिति कमजोर भएकाले केही हतोत्साहित हुने गरेको बताए । शेयर बजारका जानकारले पूँजी बजार अहिले ‘वियरिस’ अवस्थाको अन्त्यमा भएको दाबी गरेका छन् । रुपन्देहीस्थित सफल नेपाल इन्भेष्टमेण्ट फोरमका अध्यक्ष कमल तिवारीले शेयर बजारमा प्रवेश गर्नेका लागि अहिले सबैभन्दा अनुकूल समय भएकोमा जोड दिँदै शेयर बजार ‘प्यारालाइन स्टेट’ को अवस्थामा भएको बताए । यो अवस्था भनेको नेप्से परिसूचक घट्ने सम्भावना कम भएको र घटिहाले पनि ५० देखि १०० अङ्कको तलमाथि हुने बताइएको छ । यस समयअर्थात् पुस, माघ र फागुन शेयर बजारका लागि ‘अफ सिजन’ मानिन्छ । अध्यक्ष तिवारीले आगामी चैतदेखि पूँजी बजार ‘बुलिस’ अवस्थामा जाने जिकिर गर्दै नयाँ लगानीकर्तालाई सानो सानो आकारमा लगानी बढाउन सुझाव दिए । बुटवलका विभिन्न ब्रोकर कार्यालयमा अहिले कूल दुई हजार बढी नयाँ लगानीकर्ता भएको अनुमान छ । यहाँका ब्रोकर कार्यालयमा झण्डै दैनिक रु एक करोड बढीको कारोवार हुने गरेको बताइएको छ । यता, प्रदेश नं ५ को बुटवल र आसपासका क्षेत्रमा पूँजी बजारमा प्रवेश गर्नेले शेयर बजारसम्बन्धी तालिम लिन थालेका छन् । यसबाट पूँजी बजारमा शेयर बजारको सचेतनाले बजार बढ्नमा मद्दत मिल्ने विश्वास गरिएको छ । पूँजी बजारमा स्नातक तहको व्यवस्थापन सङ्कायका विद्यार्थी, व्यापारी, प्राध्यापक, महिलालगायतका नयाँ लगानीकर्ताले शेयर बजारसम्बन्धी तालिम गरेर लगानी बढाएको सफल नेपाल इन्भेण्टमेण्ट फोरम रुपन्देहीले जनाएको छ । तालिममा शेयर बजारको वर्तमान अवस्था, खरिद तथा बिक्री, कस्ता कम्पनीमा लगानी गर्ने र कसरी फाइदा लिने, कस्ता कम्पनीमा बढी जोखिम हुन्छ भन्ने विषयमा जानकारी दिइएको इन्भेण्टमेण्ट फोरमका अध्यक्ष तिवारीले जानकारी दिए । बुटवलमा नेपाल पत्रकार महासङ्घ रुपन्देही, लायन्स क्लब अफ बुटवलसँग मिलेर इन्भेण्टमेण्ट फोरमले शेयर बजारसँग सम्बन्धित तालिम दिएको थियो । दुवै तालिममा ९० जना सहभागी थिए । रासस

नेपाल बङ्गलादेश बैंकका ग्राहकलाई संजिवनी हस्पिटलमा २५ प्रतिशत छुट

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडका ग्राहकले विराटनगरको संजिवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रालिको उपचार सेवामा २५ प्रतिशत छुट पाउने भएका छन् । सो मात्राको छुट दिने सम्बन्धी दुई संस्थाबीच बुधबार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको विराटनगर शाखाकाका शाखा प्रबन्धक बालकृष्ण श्रेष्ठ र संजिवनी अस्पतालका प्रशासन विभागका तर्फबाट अञ्जनी पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार संजिवनी हस्पिटलले नेपाल बङ्गलादेश बैंकद्धारा जारी भएका डेविट/क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुलाई अस्पतालद्धारा प्रदान गरिने विभिन्न सेवामा २५ प्रतिशत छुट दिने छ । उक्त सम्झौताले दुबै संस्थाका ग्राहकहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सले अपाङ्ग उपाध्यायलाई दियाे ३ लाख बीमा भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लम्की कैलालीका बीमित डिल्लीराज उपाध्यायलाई ३ लाख रुपैयाँ बराबरको बीमा भुक्तानी गरेको छ । उक्त कम्पनीमा बीमा गरेका उपाध्याय बस दुर्घटनामा परि अपाङ्ग भएकाले कम्पनीले निजलाई अशक्तता लाभ बापतको चेक हस्तान्तरण गरेको हो । उपाध्यायले यस कम्पनीमा ३ लाख रुपैयाँ बीमाङ्ककाे बीमा गरेका थिए । कम्पनीले निजलाई मासिक सुविधा रकम १२० महिनासम्म प्रदान गर्नेछ । निजले वार्षिक रुपमा भुक्तानी गर्नुपर्ने बीमा शुल्क मिनाहा गरी १५ वर्षपछि बीमाङ्क वापतको तीन लाख रुपैयाँ र सोमा आर्जित बोनस रकम एकमुष्ठ भुक्तानी गर्नेछ । साथै, कम्पनीले सोही दिन लम्कीमा हजारौँ जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । उक्त कार्यक्रममा कम्पनीका महाप्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुमुस” र कुञ्जना घिमिरे “सुन्तली”लम्की चुहानगरपालिकाका मेयर महादेब बजगाईको उपस्थिती थियो ।