सनराइज बैंकको ११ प्रतिशत नगद लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित
काठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार(आज) सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेबमोजिम बैंकले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश(कर सहित) वितरण गर्ने भएको छ । सो सभाबाट संस्थापक समूह‘क’तर्फबाट ३ जना सञ्चालक मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका छन् । साथै, सोही साधारण सभाबाट सर्वसाधरण समूह ‘ख’तर्फबाट ३ जना सञ्चालक शैलेन्द्र गुरागाई, शारदा शर्मा पुडासैनी र दीपक नेपाल निर्वाचित भएका छन् । साथै, संचालक समितिको तर्फबाट मोतीलाल दुगडलाई सवर्सम्मत रुपमा अध्यक्षमा चयन गरिएको छ ।
एनएमबि माइक्रो फाइनान्सको १५ प्रतिशत बोनस र १५० प्रतिशत हकप्रद पारित
काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको १५ प्रतिशत बोनस सेयर पारित भएको छ । आइतबार सम्पन्न संस्थाको छैठौं वार्षिक साधारणसभा सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । संस्थाले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बोनस सेयर जारी गरे पश्चात कायम हुने कुल चुक्ता पुँजीको १५० प्रतिशत अर्थात १ः१.५ दरले हकप्रद सेयर जारी गरी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको संस्थाका अध्यक्ष उतम भ्लोनले बताए । सभामा सञ्चालक समितिका अध्यक्ष उतम भ्लोनले प्रस्तुत गरेको आ.व. २०७४/०७५ को वार्षिक प्रतिवेदन सर्बसम्मतीले पारित गरेको जनाइएको छ । पोखरा महानगरपालिका वडा नं. २५ हेम्जामा केन्द्रीय कार्यालय रहेको यस माइक्रोफाइनान्सले हाल देशका ५४ वटा जिल्लाहरुमा १०० वटा शाखा कार्यालयहरु स्थापना गरी लघुवित्तीय सेवा प्रदान गर्दै आएको छ । एनएमबि बैकको सहायक कम्पनीका रुपमा रहेको यस वित्तीय संस्थाको हाल करीब २ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी र निक्षेप करीब ८५ करोड रुपैयाँ रहेको निमित प्रमुख कार्यकारी अधिकृत रामप्रसाद मिश्रले बताए ।
चौधरी फाउण्डेसनले नेपालमा पाँच सय व्यक्तिलाई कृतिम खुट्टा उपलब्ध गराउने
काठमाडौं । चौधरी फाउण्डेसनले नेपालमा कृतिम खुट्टावितरण शुरू गरेको छ । दुर्घटना वा अन्य कुनै पनि कारण खुट्टा गुमाउनु परेका नागरिकहरू यसबाट लाभान्वित हुनेछन् । आईतबार काठमाडौंको नर्भिक इन्टरनेशनल अस्पतालमा आयोजित एक विशेष समारोहकाबीच उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले कृतिम खुट्टा वितरण कार्यक्रमको औपचारिक शुभारम्भ गरे । उक्त अवसरमा नेपालका लागि भारतीय राजदूत मन्जिव सि“ह पुरी, भगवान महाविर विकलांग सहायता समिति (विएमभिएसएस)का फाउण्डर डा. डि. आर. मेहता, समितिका निर्देशक शतिस मेहता लगायतका महानुभावहरूको उपस्थिती रहेको थियो । चौधरी फाउण्डेसनले विएमभिएसएस स“गको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस ३० गतेसम्म र दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज अस्पतालमा माघ ३ गतेदेखि ४५ दिनसम्मका लागि यो सेवा उपलब्ध हुनेछ । दुवै ठाउँबाट ५०० व्यक्तिहरूका लागि कृतिम खुट्टा उपलब्ध गराउने योजना छ । यो सेवा पूर्ण रुपमा निःशुल्क उपलब्ध गाइएको छ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले खुट्टा गुमाएका व्यक्तिहरुका लागि कृतिम खुट्टा उपलब्ध गराउने विशेष सेवा उपलब्ध गराएर चौधरी फाउण्डेसनले संवेदनशिल मानवीय सेवाको काम गरेको बताए । यस्तो सेवालाई थप प्रभावकारी बनाउन सरकारको तर्फबाट आवस्यक सहयोग गर्ने उनले बताए । फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले मानव सेवा आफ्नो व्यवसायको अभिन्न अंग रहेको बताउदै व्यवसायिक सफलताका लागि समाजबाट आफूले धेरै कुरा प्राप्त गरेको भन्दै अब आफ्नो जिम्मेवारी समाजलाई फिर्ता गर्नु रहेको बताए । ‘मलाई नेपाली समाजले धेरै कुरा दिएको छ । त्यसैले यो समाजका लागि योगदान गर्नु मेरो महत्वपूर्ण जिम्मेवारी हो’, अध्यक्ष चौधरीले भने । ‘अहिले म व्यवसायमाभन्दा सामाजिक सेवाकाकामहरूलाई प्राथमिकतामा राखेको छु । कृतिम खुट्टाउपलब्ध गराउने यो अभियान त्यसैको परिणाम हो ।’ अध्यक्ष चौधरीले नेपालमा स्थाई रुपमा कृतिम खुट्टा उपलब्ध गराउने योजना कार्यान्वयनका लागि सरकारस“ग सहकार्यको प्रस्ताव पनि गरेका छन् । सरकारको साथ पाएमा आफुले दिगो रुपमा यो कार्यक्रम नेपालमा संचालन गर्ने र सेवा आवस्यक रहेका सम्पूर्ण नागरिकलाई यो सेवा उपलब्ध गराउन सकिने विश्वास उनले व्यक्त गरे । एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवस्यकता रहेको छ । ‘खुट्टा गुमाएका व्यक्ति हिडडुल गर्नन सक्ने मात्रै होइन । उसको सारा जीवन नै समस्याबाट गुज्रिएको हुन्छ’ अध्यक्ष चौधरीले भने, ‘उसका लागि खुट्टा पाउनु भनेको जीवनलाई नै उज्यालो बाटोमा प्रवेश गराउनु हो ।’ नेपालका लागि भारतीय राजदूत पुरीले एउटा व्यक्तिले कृतिम खुट्टापाउनु भनेको उसले नया“ जीवन पाउनु त हो नै राष्ट्रले समेत सवल नागरिक पाउनु हो भन्दै यस्तो उत्कृष्ट मानव सेवाको काममा संगल्न भएकोमा चौधरी फाउण्डेसन र बिएमभिएसएसलाई धन्यवाद दिए । कार्यक्रममा विएमभिएसएसका फाउण्डर डा. डि आर मेहताले जयपुर फुट्सका कृतिम खुट्टाहरूबाट विश्वभरका नागरिकहरू लाभाविन्त भएकोमा आफुलाई गौरवको महसुस हुने बताए । जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृतिम खुट्टा उपलब्ध गराउने सस्था हो । र, यो विश्वब्यापी रुपमा प्रतिष्ठित सस्था पनि हो । अमेरिकी टाईम म्यागेजिन यस सस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने सस्थाका रुपमा अवार्ड गरेको थियो ।
प्रदेश आर्थिक ऐन संशोधनसहित दर्जन कार्यविधि मन्त्रिपरिषद् बैठकबाट पास
हेटौँडा । प्रदेश नं ३ को साेमबार बसेको मन्त्रिपरिषद् बैठकले एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकार समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको एकीकृत बस्तीका लागि जग्गा उपलब्ध गराउन नेपाल सरकारसमक्ष सिफारिश माग गर्नेसम्बन्धी प्रस्तावलाई बैठकले स्वीकृत गरेको हो । बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालन सम्बन्धमा अध्ययन कार्यदल गठन गर्ने, आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश आर्थिक ऐन, २०७५ संशोधन र प्राकृतिक स्रोत शुल्कको विषयलाई पनि स्वीकृत गरेको छ । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको गाई प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, पाडापालन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा र बोयर जातको बाख्रा स्रोत केन्द्र निर्माण तथा सञ्चालन कार्यविधि २०७५, बाख्रा प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, दूध चिस्यान केन्द्रका लागि चिलिङ भ्याट स्थापना कार्यविधि २०७५, साझेदारीमा आधारित पशु बधस्थल स्थापना तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, पिग एण्ड पोर्क पार्क निर्माण कार्यक्रम सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, डिप बोरिङ निर्माण तथा सञ्चालन कार्यविधि २०७५ को मस्यौदा, कृषि यान्त्रीकीकरण प्रवद्र्धनसम्बन्धी कार्यविधि २०७५ को मस्यौदा र सहकारी सङ्घसंस्थालाई अनुदान प्रदान गर्ने कार्यविधि २०७५ को मस्यौदालाई पनि बैठकले स्वीकृत गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।
ठूलो सोच र सानो पूँजीबाट गर्न सकिने व्यवसाय ‘पर्यटन’, उद्यमी श्याम थपलियाकाे अनुभव
ओशो वल्र्ड ट्राभल नेपाल प्रालिका प्रबन्ध निर्देशक श्याम थपलिया ट्राभल एण्ड टूर क्षेत्रका पायोनियर पर्सन हुन् । बाल्यकालमा पढेर स्कूलको टिचर बन्ने सोच थियो उनको । घरमा पैसाको अभाव टार्न उनले १७ वर्षको उमेरमा किराना पसल खोले । पछि महेन्द्र प्रकृति संरक्षण कोषमा १० वर्ष सरकारी जागिरपनि गरे । सन् १९९५ मा कम्यूनिकेशन साईबर चलाए । २० वर्षअघि साईबर बन्द गरेर ओशो वल्र्ड ट्राभल नेपाल कम्पनी खोले । यो कम्पनी ट्राभल, टुर तथा टिकेटिङमा लिडर कम्पनी हो, जसले उत्कृष्ट सेवा प्रदान गरेबापत हरेक वर्ष विभिन्न क्षेत्रबाट अवार्डहरु प्राप्त गर्दै आईरहेको छ । पछिल्लो समय उद्यमशीलताको लागि अनुकूल समय बन्दैछ । नयाँ पुस्ताले प्रोफेशनल तरिकाबाट काम गर्न चाहेको छ । राजनीतिक स्थायित्वसँगै नेपालमा घुमफिर गर्न, लगानी गर्न, व्यवसाय सञ्चालन गर्न अनुकूल वातावरण बन्दैछ भन्ने सन्देश विश्वमा गईरहेको छ । पर्यटन व्यवसाय अरु व्यवसायसँग अन्तर सम्वन्धित र परिपूरक छ । पर्यटन व्यवसाय विस्तार हुँदा कृषि, उद्योग, सेवा सबै क्षेत्रको व्यवसाय विस्तार हुन्छ । पर्यटक आउँदा साग बिक्छ, आलु बिक्छ, फलफूल बिक्छ । होम स्टेदेखि होटलको आम्दानी हुन्छ । बैंकलाई किस्ता नियमित हुन्छ । इन्स्योरेन्स कम्पनीलाई प्रिमियम आउँछ । दूरसञ्चार कम्पनीहरुको सेवा बिक्छ । पर्यटन क्षेत्रले व्यवसायिक गतिविधि विस्तारसँगै विश्वलाई नजिक ल्याउँछ । ज्ञान र सिपको स्थान्तरण तथा हस्तान्तरण गर्छ । पर्यटन क्षेत्रको विकासतर्फ राम्रा सूचक देखिएका छन् । हरेक वर्ष नेपाल भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भईरहेको छ । सन् २०१८ मा करिव ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सरकारले लिएको छ । ५ वर्षसम्ममा ५० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा भएको छ । घोषणा मात्र होइन, कार्यस्थलमा सुधारपनि देखिन्छ । दुई वर्षअघि एउटा पाँच तारे होटलले जेनेरेटर चलाउन मासिक २० लाख रुपैयाँ डिजेल खरिदमा खर्च गर्नु पथ्र्यो । आज लोडसेडिङ अन्त्य भएको छ । २० लाखको सट्टा २ लाख बिजुलीमा खर्च होला । मासिक १८ लाख बचत भएको छ । पूर्वाधार निर्माणतर्फ पनि धेरै काम भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य दु्रत गतिमा हुँदैछ । पहिला एउटा मात्र अन्तर्राष्ट्रिय बिमानस्थल थियो भने अब दुई वटा हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तार हुँदैछ । यसले हवाई सेवा विस्तार, अन्तर्राष्ट्रिय बजारसँगको सञ्जाल बिस्तारमा सहयोग नै गर्छ । होटलहरुमा नयाँ लगानी थपिएका छन् । स्तरीय होटलमा एक हजार भन्दा बढी कोठा थपिंदैछन् । सञ्चार सुविधा राम्रो भईरहेको छ । पर्यटकीय गन्तव्य नजिकसम्म स्वस्थ्य सेवा बिस्तार हुन जरुरी छ । पर्यटन सेवाको क्षेत्रमा जनशक्ति विकासमा जोड दिनुपर्छ । भाषामा निखारता आवश्यक छ । सभ्य र मिठास भाषाको प्रयोगमा जोड दिनुपर्छ । हस्पिटालीटिमा सीप र दक्षताको विकास जरुरी देखिन्छ । नयाँ मान्छे पर्यटन क्षेत्रमा प्रवेश गर्नु पूर्व विषयबस्तुको ज्ञान हासिल गर्नुपर्छ । नेपालमा कति पर्यटक आउँछन्, कति होटल छन्, कति ट्राभल एजेन्सी छन्, कति ट्रेकिङ कम्पनी छन् ? कुन क्षेत्रको सेवास्तर कस्तो छ ? अध्ययन हुनुपर्छ । त्यसपछि कुन सेवा दिन तयार हुने हो ? त्यसमा नयाँपन के दिने हो ? स्पष्ट सोच हुनुपर्छ । अरुको कपी गर्ने र अरुको व्यवसाय खोस्ने सोच बनाएर यस क्षेत्रमा आउनेहरु पछि अलमलमा पर्छन्, संकटमा पनि पर्छन् । एउटा ट्राभल कम्पनी खोल्ने हो भने त्यसको लागि आवश्यक पूर्वाधार के–के हुन् ? अफिस कहाँ राख्ने, कस्तो पूर्वाधार बनाउने, यातायातको प्रबन्ध कसरी मिलाउने ? पर्यटकीय गन्तव्यहरुको छनौट कसरी गर्ने, त्यसबारे पर्याप्त जानकारी कसरी लिने, जनशक्ति परिचालन कसरी गर्ने, सबै कार्य गर्नको लागि पूँजी कसरी जुटाउने जस्ता विषयमा सोच, योजना र पूँजीको प्रबन्ध हुनु पर्यो । त्यसपछि व्यवस्थापकीय कार्य अरुले भन्दा राम्रो गर्दै जानुपर्यो । सानो पूँजी, ठूलो सोच युरोपमा दाउरा बेचेर धनाढ्य भएका छन् । त्यहाँ ठूला मुढाको व्यापार गर्नेहरु धेरै थिए । ठूलो मुढा बाल्नको लागि साना दाउरा आवश्यक सबैलाई हुन्थ्यो । त्यहि बेला एक जनाले सानासाना दाउरा बनाएर ठूला मुढा बाल्नेलाई बेच्न थाले । उनी पनि यूरोपका ठूला धनाढ्य भए । शुरुमा उनको लगानी नै थिएन । थोरै दाउरा संकलन गरेर बेच्न थालेका हुन् । पर्यटन क्षेत्रमा व्यवसाय गर्न चाहानेसँग राम्रो सोच छ, योजना छ भने पूँजी ठूलो कुरा होइन । सानोपूँजीबाट पनि पर्यटन सेवाको क्षेत्रमा उद्यमी बन्न सकिन्छ । कामको प्रकृति हेरेर पूँजीको आवश्यकता पर्छ । एक लाख पूँजी लगानी गरेर पनि पर्यटन क्षेत्रमा सेवा शुरु गर्न सकिन्छ । काम गर्दै जाने, सिक्दै जाने, सुधार गर्दै जाने, क्षमता बिस्तार गर्दै जाने विधि सबैभन्दा राम्रो हो । शुरु मै राम्रो होटल बनाउँछु भन्यो भने कम्तिमा १ अर्ब पूँजी चाहिन्छ । भर्खरै ठमेलमा सञ्चालन हुन लागेको छायाँ सेन्टरमा ५ अर्ब लगानी भएको समाचार पढ्याैं। त्यो भन्दा राम्रो होटल खोल्न अथाहा पूँजीको आवश्यकता पर्छ । पर्यटन क्षेत्रमा प्रवेश गर्न चाहाने उद्यमीहरुले ध्यान दिनु पर्ने कुरा के हो भने पूँजी भन्दा ठूलो मानव संशाधन हो । राम्रो सोच र योजना छ, बैंकलाई धितो दिने सम्पत्ति पनि छ, मानव संशाधन राम्रोसँग परिचालन गर्न सक्ने क्षमता छ भने पैसा बैंकले दिन्छ । सानो पूँजी लगानी गरेर अरुले भन्दा फरक काम थाल्ने उद्यमीहरु नै सफल हुन्छन् । आज विश्वका धनाढ्यहरुको सूचि केलाएर हेर्ने हो भने अधिकांश धनाढ्यहरु पहिलो पुस्तामा नै धनाढ्य भएका छन् । ठूला लगानीले नभई नविन सेवा तथा बस्तु उत्पादनले उनीहरुलाई धनी बनाएको छ । अर्गानिक ग्रोथ राम्रो हुन्छ । आफ्नो क्षमताले भ्याउने मात्र काम गर्नुपर्छ । सोचेजस्तो राम्रो कसैले गर्न सक्दैनन् । अरु विलिनियर भए भन्दैमा त्यसको कपी गर्नेहरु सफल हुँदैनन् । उद्यमी बन्ने कुरा कपी गरेर हुँदैन, भित्रबाट पलाएर आउनुपर्छ । जुनसुकै व्यवसाय गर्दा पनि त्यसको अध्यारो पक्ष हुन्छ । अध्यारो पक्ष देख्न सक्ने, अध्यारो पक्षलाई चिर्न सक्ने र अप्ठ्यारो अवस्थामा नआत्तिने व्यक्ति व्यवसायमा सफल हुन्छ । खुशी र तनाव औसतमा हाम्रो जीवन २९००० दिनको हुन्छ । हामी हाम्रा आफन्त गुम्दा करिव २०० दिन मात्र दुःखी हुन्छौं । बाँकी दिन खुशी नै हुने हो । तर, खुशी हुन जान्नुपर्छ । उद्यमी कै कुरा गर्दा पहिलो पटक कम्पनी दर्ता गरेपछि खुशी भईन्छ । कार्यालय खोल्ने क्रममा एउटा फोन जोड्दा पनि खुशी हुइन्छ । अफिसमा फर्निचर सेट गर्दा एउटा खुशी मिल्छ । कर्मचारीहरु राखिसकेपछि अर्को खुशी थपिन्छ । व्यवसाय राम्रो हुँदै गर्दा खुशी थपिदै जान्छ । अरुको भन्दा राम्रो गर्न सकियो, पहिलो स्थानमा नै आउन सकियो भने झनै खुशी हुइन्छ । उद्यमी सधैं खुशी मात्र रहन सक्दैन, तनावपनि हुन्छ । तर, तनावलाई पनि खुशीको रुपमा लिन सक्नुपर्छ । किनकी तनाव नै आवश्यकता आविश्कारको जननी हो । जब मान्छेमा तनाव हुन्छ, तब उसलाई अगाडि बढ्नु पर्ने आवश्यकता पनि हुन्छ । आवश्यकता भएपछि त्यो पूर्ति गर्न नयाँ सोच आउँछ । कर्मचारीलाई तलब खुवाउनु पर्छ । घर भाडा तिर्नु पर्छ । कार्यालयको आवश्यक सरसामान किन्नुपर्छ । कम्पनीको लागि बस्तु तथा सेवा प्रदायकलाई भुक्तानी दिनु पर्छ । बैंकको ब्याज र किस्ता तिर्नुपर्ने हुन्छ । सरकारलाई कर तिर्नुपर्छ । सरकारी नीति नियमको परिपालना गर्नुपर्छ । यी सबै पक्षको व्यवस्थापन गर्न धेरै चुनौतिहरु हुन्छन् । एउटा उद्यमीले यी सबै चुनौतिहरुमा रमाउनु सक्नुपर्छ । मानिस पहिला हातमुख जोड्ने प्रयासका लागि काम गर्छ । त्यसपछि केही बचत गरेर घरबार जोड्न प्रयास गर्छ । त्यसपछि केही कमाउनु पर्छ भन्ने हुन्छ । त्यसपछि बचाउने दिशामा जानु पर्छ । त्यसपछि मानिस आस्थिक बन्छ । धर्म, चिन्तन मनन्मा जाने हो । उद्यमशीलताकाे विकास र वातावरण सम्बन्धि स्टाेरीहरू उद्यमीका व्यवस्थापकीय चुनाैती; पूँजी, जनशक्ति र जमिनको आकाशिंदो मूल्य -उद्यमी अन्जन श्रेष्ठकाे विचार सफल उद्यमी बन्न चन्द्र ढकालको सूत्रः उपभोक्तालाई हीत, सरकारलाई राजश्व, उद्यमीलाई नाफा नेपालमा उद्यमशीलता विकासका चुनौतीः अर्थशास्त्री डा. अच्युत वाग्लेको विचार उद्यमशीलता विकासमा बैंकको भूमिकाः ५० रुपैयाँ धितो राखेर १०० रुपैयाँ कर्जा दिन शुरु
सिन्धुज्वाला हाइड्रोपावरको दास्रो साधारणसभा, सञ्चालकमा ध्रुवकुमार पोखरेल नियुक्त
काठमाडाैं । सिन्धुज्वाला हाइड्रोपावरले आफ्नो दोस्रो साधारणसभा काठमाडौँमा सम्पन्न गरेको हो । सञ्चालक समितिले रिक्त रहेको सञ्चालक पदमा ध्रुवकुमार पोखरेललाई नियुक्त गरेको थियो । कम्पनीका अध्यक्ष चुर्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा जलविद्युत क्षेत्रको वर्तमान अवस्था तथा कम्पनीले निर्माण गर्न लागेको नेसम खोला जलविद्युत आयोजनाको अवस्थाका बारेमा गणेशकुमार श्रेष्ठले जानकारी गराएका छन् । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं ३ मा ४३ मेगावाटको अपर नेसम खोला जलविद्युत आयोजना र २१ मेगावाटको अपर नेसम खोला ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ । साधारणसभाले आर्थिक प्रतिवेदन २०७४/०७५, लेखापरीक्षकको प्रतिवेदन २०७४/०७५, वित्तीय अवस्थाको विवरण, आय विवरण तथा सो अवधिको नगद प्रवाह विवरण पारित गर्दै आर्थिक वर्ष २०७५/०७६ को लागि लेखापरीक्षक नियुक्त गरेको छ । आयोजना प्रमुख देवेन्द्र केसीले आयोजनाको कार्यप्रगति तथा आयोजना निर्माणको अवस्थाको जानकारी गराएका छन् । कम्पनीका सञ्चालक इ. ध्रुवकुमार पोखरेलले आयोजनाको प्राविधिक पक्षको बारेमा जानकारी दिएका छन् ।
उदयपुरको देउरीमा एनआईसी एशिया बैंक शाखारहित बैंकिङ्ग सेवा
काठमाडौं । उदयपुरको देउरीमा एनआईसी एशिया बैंक शाखारहित बैंकिङ्ग सेवाको शुरुवात भएको छ । एनआईसी एशिया बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा २३औं शाखारहित बैंकिङ्ग सेवा ल्याएको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धवी थापाले गरेका हुन् । उक्त शाखा रहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकद्वारा नियुक्त गरिएको छ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त हुनेछ । मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १४७ अर्ब रहेको छ । बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।
मेसी फकाउने बार्सिलोना सुत्र, उनी कहिलै दुखी भएनन
काठमाडौं । जब मेसी १३ वर्षका थिए । उनलाई बार्सिलोनाका अधिकारीहरुले क्याप नोउ ल्याए । हर्मोनको कारण अस्वस्थ रहेका मेसीलाई बार्सिलोनाले शत प्रतिशत फिट बनायो । उनले बार्सिलोनामा १४ वर्षमुनिका खेलाडीहरुसँग खेल सुरु गरे । आजको दिनसम्म आइपुग्दा मेसी विश्वका एक महान फुटबलर बन्न सफल भएका छन् । उनले व्यक्तिगत रुपमा कुनै पनि अर्वाड जित्न बाँकी रहेको छैन । छोटो कद भए पनि उनको फुटबल स्किललाई मन पराउने धेरै समर्थक छन् । बार्सिलोनाले मेसीलाई उनको बानी बुझेर खुसि बनाइरहेको छ । पेप ग्वार्डिवाला प्रशिक्षक रहदाँ मेसी सबैभन्दा उत्कृष्ट लयमा खेल खेले । ग्वार्डिवालाले ४ वर्षे कार्यकालबाट क्लब छोड्दा मेसी सबैभन्दा दुखी भएका थिए । अहिले पनि मेसी र ग्वार्डिवाला एक अर्काप्रति निकै नजिक रहेका छन् । उनीहरु सार्वजनिक कार्यक्रममै एक अर्काको बखान गर्न छुटाउँदैन । पछिल्लो समय मेसीले अझै ग्वार्डिवालासँग काम गर्न मन छ भन्नुले नै सो कुराको पुष्ठी गर्छ । लुइस इनरिके मुख्य प्रशिक्षकमा आएपछि उनको ३ वर्षे कार्यकालको अन्त्यतिर मेसी केहि असन्तुष्ट देखिए । इनरिके मेसी मात्र बार्सिलोनाको खम्बा नभएको प्रमाणित गर्न चाहान्थे । त्यसमा उनी सफल हुन सकेनन । त्यसपछि क्लब व्यवस्थापनले खेलाडी छनोटको अधिकार समेत मेसीलाई दिएको थियो । अहिलेका मुख्य प्रशिक्षक इर्नेष्टो भाल्डभारे मेसीको मुक्त कण्ठले बयान गरिरहेका छन् । उनले मेसीको बयान गर्ने शब्द नै नभेटेको समेत बताउँदै आएका छन् । पछिल्लो समय मेसीलाई बार्सिलोनाले कप्तानको जिम्मेवारी दिनुले पनि मेसीलाई बार्सिलोनाले कुन तहको सम्मान दिइरहेको छ भन्ने प्रमाणित हुन्छ । बार्सिलोनामा कप्तानको लागि टेर स्ट्रेगन, जेरार्ड पिके, बस्कुइट लगायत अन्य खेलाडी थिए । मेसीको बारेमा अर्जेन्टिनाका पुर्व स्ट्रार डिएगो मारोडोनाले बेलाबेला आलोचना गर्ने गरेका छन् । मेसी आफुलाई माया गर्नेप्रति नरम हुन्छन् भने आफुलाई गाली गर्नेप्रति आक्रामक हुन्छन् । गाली गरेकै कारण मेसीले पुर्व प्रशिक्षक इनरिके र मारोडोनालाई आफ्नो विवाहमा निम्तो समेत गरेनन । मेसी आफैंमा महान खेलाडी भएर पनि कहिल्लै घमण्ड गरेनन । उनलाई बार्सिलोना समर्थनको अथाह माया गरेका छन् । त्यो मायालाई बुझेर नै मेसीले महंगो अफरहरुलाई स्वीकार गरेनन । मेसीसँग बार्सिलोनाले सन् २०२१ सम्म सम्झौता गरेको छ ।