विकासन्युज

खुला विश्वविद्यालयमा विद्यार्थीको उत्साहपूर्ण सहभागिता, २ वटा नयाँ विषय थपिँदै

काठमाडौँ । नेपालकाे पहिलाे विश्वविद्यालयकाे रुपमा रहेकाे नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीहरुकाे उत्साहपूर्ण सहभागिता देखिएकाे छ । विश्वविद्यालयमा यस वर्ष कुल ६२६ जना विद्यार्थी अनलाइनकाे माध्यमद्वारा नियमित रुपमा पढिरहेका बताइएकाे छ । खुला विश्वविद्यालयमा स्नातकोत्तर र एमफीलसम्मको अध्ययन गर्न ७४० विद्यार्थीले आवेदन दिएका थिए । खुला विश्विद्यालय पहिलो पटक सञ्चालनमा आएकाले धेरै विद्यार्थीले भर्ना हुन इच्छा देखाए पनि स्रोत र साधनको सीमितताले सिमीत विद्यार्थीहरुलाई मात्रै लिएको बताए । भर्ना भएका विद्यार्थीमध्ये ९५ प्रतिशत नियमित अध्ययनमा सहभागि रहेकाे विश्वविद्यालयले जनाएकाे छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माका अनुसार ३ अाेटा संकायमा कुल १६ अाेटा विषयमा उक्त संख्यामा विद्यार्थीले अध्ययन गरेका हुन् । उनले देशलार्इ अावश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न विश्वविद्यालय अग्रसर भएकाे र यसमा विद्यार्थीकाे सहभागिताले उत्साहित बनाएकाे बताए । ‘हामीले विद्यार्थीको चाहाना र माग अनुसर म्यानेजमेन्ट एमफील पिएचडी र कानुन संकायको डिप्लोमा कोर्ष ल्याउने तयारीमा लागेको हो । सोचेकोभन्दा पनि बढी विद्यार्थीहरुले खुला विश्वविद्यालयमा चासो र सहभागिता जनाएका छन्, यसले हामीलार्इ थप हाैसला मिलेकाे छ ।’ उपकुलपति शर्माले भने । खुला विश्वविद्यालयका कुल सचिव कमल ढकालका अनुसार सामाजिक शास्त्र तथा शिक्षामा संकायमा विभिन्न १० वटा विषयमा ३१३ जना अध्ययन गरिरहेका छन् । विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा एमफिल इन आईसीटीमा ४० जना र मास्टर्स इन इ–गर्भनेन्समा ५२ जनाले अध्ययन गरिरहेका छन् । दुबै विषयमा गरि सो संकायमा ९२ जनाले अध्ययन गरिरहेको बताए । व्यवस्था तथा कानुन संकायमा ४ वटा विषयमा २२१ जनाले अध्ययन गरिरहेको छन् । यस्तो छ खुल्ला विश्वविद्यालयमा विषय अनुसारको शुल्क कोर्ष सम्पन्न गर्न न्युनतम २४ हजार ४०० देखि १ लाख ६७ हजार ३०० लाग्नेछ । खुला विश्वविद्यालयमा किस्तामा पनि पढ्न सकिनेछ । यो शुल्क अन्यको भन्दा सस्तो भएको विश्वविद्यालयको दाबी छ । खुला विश्वविद्यालयमा विद्यार्थीले कसरी अध्ययन गर्छन त ? मुडलको युजर आईडीमा जुनसुकै स्थानमा रहेर पनि आफ्नो अनुकुलता अनुसार बुझ्न सकिन्छ । नबुझेका कुरा विद्यार्थीले पढाई भैरहेको बेला मुडलमार्फत प्रश्न गर्न सक्छ । गरेका प्रश्नको उत्तर दिन सक्ने कोही छ भनेर सोध्छौ‌ं । तर त्यसको उत्तर राम्रो आएन भने शिक्षकले नै प्रश्नको उत्तर दिने छन् । हामीले कुनै पनि विषयको पढाई हुनु भन्दा पहिले नै यो दिन यो विषयको यो शिक्षकले पढाउने छन् भनेर मुडलमा जानकारी हुन्छ । र विद्यार्थी त्यो समयमा आउन सकेन भने पनि उसले त्यो सामाग्री पछि मुडलमा हेर्न सक्छन् र नबुझेका प्रश्न गर्न सक्छन् ।

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, यस्ता छन् सुविधा

काठमाडौँ । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर उपलब्ध गराएको छ । उक्त अफर अन्तर्गतको सेवा पुस २९ गतेदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको छ । यो भन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा उपलब्ध गराएर विन्टर अफर ल्याइएको छ । १. ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुनेछ । २. अल टाइम डाटा प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । यस अन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने भएको छ । अल टाइम डाटा प्याक अन्तर्गत १० रुपैयाँ देखि ५ सय रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत बोनससहित २३ एमबी देखि ४ हजार ५ सय एमबी सम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि २८ दिन सम्म हुनेछ । ३. नाइट टाइम भोलुम बेस्ड डाटा प्याक जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा नाइट टाइम भोलुम बेस्ड डाटा प्याक प्रयोग गर्न सकिन्छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी नाइट टाइम भोलुम वेस्ड डाटा प्याक अन्तर्गत ५ रुपैयाँमा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिने छ । त्यसैगरी ७ दिनसम्मको अवधिमा ४५ रुपैयाँमा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७६८० एमबी डाटा तीन सय रुपैयाँमा प्रयोग गर्न सकिने छ । यो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । ४. अनलिमिटेड नाइट टाइम डाटा प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । यसको अवधि डाटा खरिद गरेको एक दिनसम्म हुनेछ । त्यसैगरी ८५ रुपैयाँमा ७ दिनसम्म र २ सय ४० रुपैयाँमा २८ दिनसम्म अनलिमिटेड डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिन्छ । उपरोक्त सबै प्याकमा १ जीबी डाटासम्म थ्रिजी÷फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा अनलिमिटेड चल्ने छ । ५. अल टाइम सोसियल मिडिया डाटा प्याक अल टाइम सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस समेत गरी ५ रुपैयाँमा ३० एमबी डाटा १ दिन, २५ रुपैयाँमा १३५ एमबी डाटा ७ दिन र १०० रुपैयाँमा ६७५ एमबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी २०० रुपैयाँमा १५०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुनेछ । ६. अल टाइम डाटा स्ट्रिमिङ प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलका लागि अल टाइम स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब र वाउटाइम एप्स चलाउन सकिने छ । यसमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । थप बोनस डाटा समेत गरी १० रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ४५ रुपैयाँमा ६०० एमबी डाटा ७ दिनका लागि र ११५ रुपैयाँमा १९५० एमबी डाटा २८ दिनका लागि उपलब्ध हुने छ । ७. अल टाइम फोरजी डाटा प्याक अल टाइम जीएसएम फोरजी डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । यस अन्तर्गत १२ रुपैयाँ देखि ५ सय रुपैयाँ सम्मका बोनससहित ३८ एमबी देखि ४६०८ एमबी सम्मको प्याकेज उपलब्ध हुन्छ । यी प्याकेज १ दिन देखि २८ दिन सम्म उपयोग गर्न सकिन्छ । ८. जीएसएम/सीडीएमए थ्रिजी/फोरजी एक जीबी प्रतिदिनको डाटा प्याक जीएसएम/सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रति दिन डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ जीबी डाटा १ दिनका लागि, २५० रुपैयाँमा ७ जीबी डाटा ७ दिनका लागि र ८५० रुपैयाँमा २८ जीबी डाटा २८ दिनका लागि उपलब्ध हुनेछ । यसमा प्रतिदिन २० मिनेट स्ट्रिमिङ प्याक बोनसको रुपमा प्राप्त हुनेछ । ९. अल टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा भ्वाइस प्याक अन्तर्गत एक दिन देखि ६० दिन समयावधि सम्म प्रयोग गर्न सकिने प्याकेज प्राप्त गर्न सकिने छ । यी प्याकेजहरु १० रुपैयाँ देखि ५५० रुपैयाँ सम्ममा खरिद गर्न सकिने छ । यसरी प्राप्त प्याकेजमार्फत गरिने कल नेपाल टेलिकमको नेटवर्कभित्रका लागि मात्र उपलब्ध हुनेछ । १०. नाइट टाइम भ्वाइस प्याक जीएसएम तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट टाइम भ्वाइस प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म ३० मिनेट, १२ रुपैयाँमा १ दिनसम्म असीमित (अनलिमिटेड) समय, २५ रुपैयाँमा ७ दिनसम्म २४० मिनेट र १०० रुपैयाँमा २८ दिनसम्म ११०० मिनेट कल गर्न सकिने छ । सो प्याक राती १० बजेदेखि बिहान ६ बजेसम्म कम्पनीकै नेटवर्क भित्र मात्र प्रयोग गर्न सकिने छ । ११. सीयूजी प्याकेज कम्पनीले कर्पोरेट ग्राहकहरुका लागि सीयूजी (कर्पोरेट युजर ग्रुप) प्याकेज उपलब्ध गराएको छ । जीएसएम÷सीडीएमएका प्रिपेड÷पोष्टपेड सबैमा यो सुविधा उपलब्ध हुनेछ । यस अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम/सीडीएमएका प्रिपेड ग्राहकले २०० रुपैयाँमा ६५ मिनेट भ्वाइस कल गर्न तथा १२५ एमबी डाटा चलाउन र २५ वटा एसएमएस पठाउन सक्ने छन् । त्यसैगरी कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमए पोष्टपेड प्रिपेडका ग्राहकले ४०० रुपैयाँमा १५० मिनेट भ्वाइस कल गर्न, ३०० एमबी डाटा चलाउन र ५० वटा एसएमएस पठाउन सक्ने छन् । यो वाहेक ७०० रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न, ८०० एमबी डाटा चलाउन र १०० वटा एसएमएस पठाउन सकिने छ । १००० रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न, १५०० एमबी डाटा चलाउन र १५० वटा एसएमएस पठाउन, १३०० रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न, २१०० एमबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन तथा १६०० रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न, २७०० एमबी डाटा चलाउन र २५० वटा एसएमएस पठाउन सकिने छ । १२. डे प्याक डे प्याक अन्तर्गत ६ रुपैयाँमा भ्वाइस र डाटा चलाउन मिल्ने छुट्टाछुट्टै प्याकेज लिन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजे सम्म ६० मिनेट कल गर्न वा ३६ एमबी डाटा चलाउन सकिने छ । १३. एसएमएस प्याक जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा एसएमएस प्याक प्रयोग गर्न सकिने छ । यो प्याक अन्तर्गत ५ रुपैयाँमा १ दिनसम्म उपभोग गर्न पाउने गरी २० वटा एसएमएस र थप २५ प्रतिशत बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १५ रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७० वटा एसएमएस र ६० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३०० वटा एसएमएस गर्न सकिने छ र यसमा पनि थप २५ प्रतिशत बोनस एसएमएस उपलब्ध गराइएको छ । १४. एफटीटीएच ब्यक्तिगत प्याकेज नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था गरेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । यी प्याकेज ८ सय देखि १८ हजार ४ सय रुपैयाँ सम्ममा खरिद गर्न सकिन्छ । १५. एफटीटीएच कर्पोरेट युजर प्याकेज नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत कर्पोरेट ग्राहकका लागि विभिन्न प्याकेजको व्यवस्था पनि गरेको छ । कर्पोरेट तर्फ १० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १०,३०० रुपैयाँ, ६ महिनाका लागि १८,४०० रुपैयाँ र १ वर्षका लागि ३४,५०० रुपैयाँमा उपलब्ध गराइएको छ । त्यसैगरी २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १९,५०० रुपैयाँ, ६ महिनाका लागि ३६,८०० रुपैयाँ र १ वर्षका लागि ६९,००० रुपैयाँमा उपलब्ध गराइएको छ । १६. एडीएसएल भोलुम बेस्ड प्याकेज नेपाल टेलिकमले भोलुम बेस्ड एडीएसएल इन्टरनेट प्याकेज ५ एमबीपीएस सम्मको गतिमा १५ जीबी डाटा २०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएस सम्मको गतिमा २५ जीबी डाटा ३०० रुपैयाँमा र ४० जीबी डाटा ४०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । १७. एडीएसएल अनलिमिटेड प्याकेज अनलिमिटेड एडीएसएल इन्टरनेट प्याक ५ एमबीपीएससम्मको गतिमा ८०० रुपैयाँमा ३० दिनसम्मका लागि उपलब्ध गराएको छ । त्यसैगरी ५ एमबीपीएससम्मको गतिमा ४३०० रुपैयाँमा १८० दिनसम्म र ८००० रुपैयाँमा ३६० दिनसम्मका लागि उपलब्ध गराइएको छ । १८. एक घण्टा अनलिमिटेड प्याक यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले १८ रुपैयाँमा प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असिमित रुपमा प्रयोग गर्न सक्ने छन् । १९. विद्यार्थी अफर यस अफर अन्तर्गतको सिम लिए पछि नयाँ सिममा उपलब्ध हुने ५० रुपैयाँ मध्ये कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले १० रुपैयाँ बराबर कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न वा यी सबै सेवा प्रयोग गर्न सक्ने छन । त्यसैगरी बाँकी ४० रुपैयाँमा ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस गर्न सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्नेछ । साथै बोनसको रुपमा कम्पनीकै नेटवर्कमा विद्यार्थीहरुले प्रति महिना ४० मिनेट भ्वाइस कल गर्न, ६० एमबी डाटा चलाउन र २० वटा एसएमएस पठाउन सक्ने छन । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ । प्रति महिना प्राप्त हुने उपरोक्त बोनस ६ महिनासम्म उपलब्ध हुनेछ । साथै विद्यार्थीहरुलाई ५० रुपैयाँको रिचार्जमा १० मिनेटको भ्वाइस र ५० एमबी डाटा बोनस उपलब्ध हुनेछ । यो सुविधा उपभोग गर्ने समयावधि ३ दिनको हुनेछ । रिचार्ज बोनस ५० रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने उपरोक्त बोनस एक वर्षसम्म उपलब्ध गराइने छ । २०. इन्डिया कल अफर नेपालबाट भारतमा कल गर्नका लागि सस्तो दरको प्याकेज लिन सकिने छ । यसका लागि कम्पनीले डेली प्याक, विक्ली प्याक र मन्थ्ली प्याक गरी तिन प्रकारको प्याक अफर ल्याएको छ । डेली प्याक अन्तर्गत ३५ रुपैयाँमा १५ मिनेट कल गर्न सकिने छ । सो प्याक १ दिनका लागि मात्र उपलब्ध हुनेछ । त्यसैगरी विक्ली प्याक अन्तर्गत १५० रुपैयाँमा ६५ मिनेट र मन्थ्ली प्याक अन्तर्गत ५०० रुपैयाँमा २१५ मिनेट कल गर्न सकिने छ । यी प्याक क्रमशः ७ दिन र एक महिनासम्म प्रयोग गर्न सकिने छ । २१ . मिस्ड कल अलर्ट यो सेवाबाट सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको अवस्थामा र स्वीच अफ भएको अवस्थामा कसैको कल आएमा पछि त्यसको बारेमा एसएमएस मार्फत नोटिफिकेसन आउनेछ । यो सेवा लिन मासिक ६ रुपैयाँ शुल्क लाग्ने छ । यो सुविधाको समयावधि ३० दिनको हुनेछ । यो सुविधा लिनका लागि *1400# डायल गर्नु पर्छ । २२. एफटीटीएचमा निःशुल्क भ्वाइस एफटीटीएच सेवा लिने नयाँ तथा पुराना ग्राहकले ९० दिनसम्म कम्पनीकै नेटवर्कभित्र निःशुल्क भ्वाइस सेवा अर्थात सिप कल सेवा उपयोग गर्न सक्ने छन् । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1400# मा डायल गर्नु पर्ने छ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् ।

पर्वतमा स्वास्थ्य शिविर, ६ सयभन्दा बढीकाे निःशुल्क उपचार

काठमाडौं । पर्वतको देउपुरस्थित पातीचौरमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा सञ्चालन गरिएको छ । उक्त शिविरमा ६०० भन्दा बढीको स्वास्थ्य परीक्षण गरिएका छन् । पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो । रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर सञ्चालन गरिएको हो । शिविरमा पायल्स, फिस्टुला, फिसर, नसा तथा बाथ रोग, प्यारालाइसिस, जण्डिस, स्त्रीरोगका बिरामीको परीक्षण गरिएको आयोजक पार्वती युवा क्लबका अध्यक्ष समिर मल्लले जानकारी दिएका छन् । शिविरमा ग्याष्ट्रिक र स्त्रीरोगसम्बन्धी बिरामीको बढी भीड लागेको थियो । एलोपेथिक पद्धतिबाट उपचार गराउने परम्परा बढ्दै गएका बेला आयुर्वेदतर्फ पनि नागरिकको उत्तिकै विश्वास रहेको मल्लले जानकारी दिएका छन्। वरिष्ठ आयुर्वेदिक डाक्टरको उपस्थिति रहेको शिविरमा उपचार गराउनका लागि मोदी गाउँपालिकाका विभिन्न वडाका साथै कुश्मा नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट समेत बिरामी सहभागी भएका थिए । शिविरमा वरिष्ठ आयुर्वेद विशेषज्ञ डा ओमप्रकाश कलोनी, डाक्टर सुजना शर्मा, डा दीपक भुसाल, ल्याब टेक्नोलोजिष्ट डा नरेशप्रसाद पाण्डे, फिजियोथेरापिष्ट डा दिनेश गुरुङलगायतका चिकित्सवकबाट स्वास्थ्य परीक्षण गरिएको थियो । रासस

नर्भिक अस्पताल र चौधरी ग्रुपले सुरु गर्‍यो कृत्रिम खुट्टा वितरण, ५ सयलाई बाँड्ने लक्ष्य

काठमाडौं। नर्भिक अस्पताल र चौधरी ग्रुपले अपांगता भएको ब्यक्तिको लागि कृत्रिम खुटा वितरण सुरु गरेका छन्। भारतको भगवान महावीर अपाङ्गता सहायता नर्भिक अस्पताल र चौधरी ग्रुपले काठमाडौं र नवलपुरमा ५ सय भन्दा बढीलाई नि : शुल्क कृत्रिम खुट्टा उपलब्ध गराउने योजना रहेको छ। दुर्घटना र् अन्य विभिन्न कारणले खुट्टा गुमाएकाहरुलाई अस्पतालले आईतबारबाट खुट्टा कृतिम वितरन सुरु गरेको हो। नवलपुरमा भने बिशेष सिविर मार्फत खुट्टा गुमाएकाहरुमा कृत्रिम खुट्टा प्रत्यारोपण गर्ने योजना रहेको छ। एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवश्यकता रहेको छ।

काठमाडौंको गोंगबुमा कामना सेवा विकास बैंकको ६३औं शाखा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा ६३औं शाखा कार्यालय स्थापना गरेको छ । बैंकका संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । कार्यक्रम कामु. प्रमुख कार्यकारी अधिकृत बस्नेतलेले बैंकले प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण भईरहेका जानकारी दिएका छन् । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय उक्त बैंकको ६३ वटा शाखा तथा १७ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस, व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्बिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बागबजारका घरघरमा ढल पस्याे, स्थानीयवासीकाे विचल्ली

काठमाडौं। राजधानीकाे केन्द्रबिन्दु बागबजारकाे बस्तीमा ढल पसेकाे छ । राजधानीमा भेल अाउनेगरी पानी परेकाे त छैन तर वागबजारमा बाढी झै ढल सडकमा उत्रिएकाे छ । ढल घरघरमा पस्दा स्थानीयवासी त्रसित भएका छन् । सडककाे ढल घरभित्र पसेकाे र घर नै लड्ला जस्ताे भएकाे स्थानीयबासी रजनी खड्कीले बताइन् । ढल भरिएर घरकाे ट्वाइलेटबाट माथि अाएपछि अधिकांशकाे घरभित्र दुर्गन्ध फैलिएकाे छ । सडकमा ढल बाढी अाएपछि घरबाहिर निस्कन समेत गाह्राे भएकाे छ । ‘तरकारी  किन्न जान पनि सकिएकाे छैन, जारकाे पानी किन्न जान पनि सकिएकाे छैन’ बागबजारमा डेरा गरी बस्ने काभ्रेकी राधिका पाेखरेलले दुःखेसाे व्यक्त गरिन् । ठमेल, जमेल, असनदेखिकाे ढल बागबजारमा जम्मा भएकाे र वागबजारदेखि टुकुचा खाेलामा जाने मुल ढल जाम्म भएकाेले बागबजार ढुवानमा परेकाे २८ वडा अध्यक्ष भाइराम खड्गी प्रकाशले बताए । ढलनिकासमा समस्या अाएपछि स्थानीयबासीबाट दवाव अाएकाे र रातमा निद्रा पनि पर्न छाेडेकाे उनले बताए । केही दिनमा नै समस्या समाधान हुने उनले अाश्वासन दिए । काम गर्ने मान्छे नपाएर  काम गर्न  ढिला भएकाे उनकाे भनाइ छ । ‘पैसाकाे कमी छैन तर काम गर्ने मान्छे कम भएकाेले ढिला भएकाे हाे’ अध्यक्ष प्रकाशले भने । स्ठानीयवासीले भने ढलनिकास गर्न प्रत्येक घरबाट पैसा संकलन गरिएकाे बताए ।  ‘सरकारले कर पनि बढाएकाे छ । ढल बनाउन पैसा पनि लिएकाे छ । तर ढल निकास बन्द भएकाे एक सातासम्म पनि खाेल्ने काम भएकाे छैन’ स्थानीयबासी कल्याण श्रेष्ठले भने । ढल निकासकाे खाेजीकाे लागि ठाउँठाउँमा ठूला खाडल गनिएका छन् । त्यसैले वागबजारकाे भित्री सडकमा सवारी अावागमन पनि ठप्प भएकाे छ ।    

९ वर्षमै लगानी फिर्ता गर्नेसक्ने पाँचथर पावरको आईपीओ आजदेखि

काठमाडौं । पाँचथर पावर कम्पनीको आईपीओ आजदेखि निष्कासन हुने भएको छ । कम्पनीको ९६ करोड २५ लाख बराबरका ९६ लाख २५ हजार कित्ता शेयर पहिलो चरणमा पाँचथर जिल्लाका आयोजना प्रभावित र स्थानीयवासीका लागि खुल्ला गरिएको हो । उक्त शेयर छिटोमा माघ १४ गते र ढिलोमा माघ २९ गते बन्द हुनेछ । उक्त शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ९६२० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । पाँचथर हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ ८६.६२ छ भने केयर रेटिङको गे्रड ४ रेटिङ प्राप्त गरेको छ । यसको पेब्याक अवधि ८।९४ बर्ष र १० प्रतिशत डिस्काउन्ट सहितको पेब्याक अवधि ११.९९ वर्ष प्रक्षेपण गरिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा केही महिनामै यसरी उड्नेछ जहाज (भिडियोसहित)

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तिब्र गतिमा भैरहेको छ । सरकारले विमानस्थललाई आगामी वर्षको असारदेखि सञ्चालनमा ल्याउने गरी काम गरिरहेको हो। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको हो । अंग्रेजी क्यालेन्डरअनुसार विमानस्थल सन् २०१९ को जुलाइमा सपन्न गर्ने तयारी भएको हो । विमानस्थलको काम ६५ प्रतिशत काम सम्पन्न भएको नेपाल नागरिक उड्डयान प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले बताए । देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा चिनिन लागेको गौतम बुद्धमा ठेकेदारले तिब्र गतिमा काम गरिरहेकोले अबकोले काम समयमै सकिने पौडेलले बताए । अहिले विमानस्थलमा पार्किङ, प्रशासनिक भवन, कन्ट्रोल टावर लगायत पुर्वाधारको काम भैरहेको छ । प्रशासनिक भवनको अन्तिम चरणको काम भैरहेको छ । कन्ट्रोल टावरको पाचौं तलाको काम भैरहेको प्राधिकरणले जनाएको छ । धावनमार्गको पिच चैत सम्ममा सकिए आगामी वर्षको असारसम्ममा विमानस्थल तयार हुनेछ । विमानस्थल निर्माण गर्न चिनीयाँ कम्पनी नर्थ वेस्ट सिभिल एयरपोर्ट कन्स्ट्रक्सनले गरिरहेको छ । कम्पनीले २ सय जना चिनियाँ कामदार झिकाएर धमाधम काम गरिरहेको छ । अहिले हवाई पूर्वाधार र जमिन पूर्वाधारको काम धमाधम भैरहेको छ । पूर्वाधारका १२ विधामा ६० प्रतिशत काम सकिएको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता बिरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विमानस्थलमा हाल २४ घण्टा नै काम भैरहेको छ । कात्तिक १५ गतेदेखि सुरु भएको धावनमार्ग कालोपत्रेको काम अबको ६ महिनामा सकिनेछ । हाल विमानस्थलको ३ हजार मिटर लामो र ४५ मिटर चौडाइको रनवे, ट्याक्सी वे, घाङग्रा खोला, सहायक रोड, टर्मिनल बिल्डिङ, प्यासेन्जर बिल्डिङ, कन्ट्रोल टावर, एयर कार्गो, सब स्टेशन बिल्डिङको काम भैरहेको छ । आयोजनामा चालु आर्थिक वर्षको लागि ६ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ५ महिनामा यस आयोजनामा ३ अर्ब ३९ करोड खर्च भैसकेको छ । विमानस्थलको टेक्निकल काम तर्फको टेण्डरको काम अन्तिम चरणमा पुगेको प्रवक्ता श्रेष्ठले बताए । टेक्निकल कामतर्फ भ्वाइस् कम्यूनिकेटिङ कन्ट्रोल प्रणाली, एटीएम कम्युनिकेशन, मेटोरोलोजिकल इक्युप्मेन्टस्, एटीएम कन्सोलेस्, इस्टुमेन्ट ल्याण्डिङ सिस्टम लगायत कामको लागि टेन्डर अन्तिम चरणमा पुगेको छ । धावनमार्गको ५ चरणको काम मध्ये अर्दन पेमेन्ट, मिक्स ग्राभेल, रिभर बेस म्याटिरीयलको काम सकिसकेको छ भने अहिले एलिग्रेड बेस लेयरको काम भैरहेको छ । तीन किलोमिटर लामो धावनमार्गमा एलिग्रेड बेसको काम सकिइसकेको छ । अहिले अन्तिम चरणको बिटामिन लेयरको काम भैरहेको छ । सरकारले राष्ट्रिय गौरवको रुपमा अघि बढाएको सो आयोजना सन् २०१७ मै सकिने लक्ष्य लिइएको थियो । तर निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा तोकिएको समय भन्दा २ वर्ष ढिलो हुने भएको हो । विमानस्थल निर्माण सम्पन्न भएपछि ६ वटा अन्तर्राष्ट्रिय जहाज र ४ वटा स्वदेशी जहाज पार्किङ गर्न सकिनेछ । आयोजनाको लागि सरकार, एसियाली विकास बैंक एडीबी र ओपेकको अन्तर्राष्ट्रिय सहयोग नियोगले लगानी गरेका छन् । भिडियाे