एसइई कक्षा १० को परीक्षा चैत्र १० गते देखि सुरु हुने (तालिकासहित)
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)परीक्षा तालिका आइतबार सार्वजनिक गरेको छ। सार्वजनिक गरेको सूचना अनुसार आगामी यहि चैत्र १० गते देखि सुरु हुने भएको छ । समयतालिका तल हेर्नुहोस् !
स्मार्ट काठमाडौंमा अब ट्वाइलेट पनि स्मार्ट, गठन भयो कार्यदल
काठमाडौं । स्मार्ट काठमाडौं बनाउने घोषणा गरेका मेयर विद्या सुन्दर शाक्यले अब ट्वाईलेट पनि स्मार्ट बनाउने भएका छन् । स्मार्ट ट्वाईलेट निर्माण तथा सञ्चालनका लागि महानगरमा आइतबार २ वटा कार्यदल गठन भएका छन् । महानगरकी उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा बसेको “अधिकार सम्पन्न स्मार्ट ट्वाइलेट निर्माण तथा सञ्चालन समिति”ले कार्यदल गठन गरेको हो । यीमध्ये प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्व गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्नका लागि कार्यविधि तयार गर्नेछ भने सार्वजनिक निजी साझेदारी इकाइका प्रमुख ध्रुबकुमार काफ्लेको संयोजकत्वमा गठित समितिले शौचालय निर्माणका लागि स्थान पहिचान गर्ने र स्थान अनुसारको डिजाइन प्रस्ताव गर्नेछ । डंगोलको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले, राजस्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख बसन्त आचार्य र कानुन महाशाखाकी शाखा अधिकृत शरि वाग्ले सदस्य छन । त्यस्तै काफ्लेको अध्यक्षतामा गठित कार्यदलमा निर्देशक रविनमान श्रेष्ठ, इञ्जिनियरहरु निर्मलराज बराल, निशा कोइराला र प्रमिला पराजुली सदस्य छन । नगर कार्यपालिकाको २८ औं बैठकले उपप्रमुख श्रेष्ठ खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको अधिकार सम्पन्न समिति गठन गरेको छ । यस समितिमा आवश्यकता अनुसार सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्न सक्ने अधिकार दिइएको छ भने स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन एकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको छ । जिम्मेवारी पूरा गराउने क्रममा यही समितिले कार्यदल गठन गरेको हो । २०७४ सालको स्थानीय निर्वाचन हुनुअघि महानगरले सडक विभागसँगको समन्वयमा ४० ठाउँमा शौचालय निर्माण गर्ने तयारी गरेको थियो । सडक विस्तारका क्रममा पहिचान गरिएका स्थानको अवस्था परिवर्तन भएकोले तत्काल काम अघि बढेको थिएन । पछि जनप्रतिनिधिको वहाली भइसकेपछि शौचालय निर्माण तथा सञ्चालन गर्ने ठाउँको पहिचान जनप्रतिनिधिमार्फत गराउनु पर्ने भएकोले पनि काम अघि बढ्न सकेको थिएन ।
अब बैंकका डेपुटी सीईओलाई पनि कुलिङ पिरियड
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका डेपुटी सीईओमाथि पनि कुलिङ पिरियडको प्रावधान राखेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन इ.प्रा. निर्देशन नं ६ को बुँदा नम्बर २० लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको जनाएको छ । यसअघि प्रमुख कार्यकारी अधिकृतलाई मात्र त्यस्तो व्यवस्था थियो । त्यस्तै एउटा कार्यकालमा सञ्चालक छाडेका जोकोहीले पनि सोही कार्यकालमा सञ्चालक हुन नपाउने तथा छ महिनासम्म अर्को कम्पनीको सञ्चालक हुन नपाउने व्यवस्था संशोधन गर्दै पहिलो व्यवस्था मात्रै कायम गरेको छ । त्यस्तै, प्रमुख कार्यकारी छाडेको छ महिनासम्म सोही कम्पनीको सञ्चालक बन्न समेत नपाउने व्यवस्था गरिएको छ । यद्यपि समस्याग्रस्त संस्थाको हकमा भने समस्याग्रस्तबाट मुक्त भएको २ बर्षसम्म सो नियम लागु नहुने समेत राष्ट्र बैंकले स्पष्ठ पारेको छ ।
वित्त आयोगमा बालानन्द पौडेल, समावेशी आयोगमा शान्तराज सुवेदी सिफारिस
काठमाडौं । संवैधानिक परिषदले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्ति आयोगका अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ । आइतबार बसेको परिषद बैठकले समावेशी आयोगमा पुर्व अर्थ सचिव शान्तराज सुवेदीलाई सिफारिस गरेको हो । पौडेलले यस अघि स्थानीय तह पुनंसरचना आयोगको अध्यक्ष भएर काम गरिसकेका छन् । उनी स्थानीय स्वशासनका विज्ञ मानिन्छन् । यसैबिच समावेशी आयोगमा सिफारिस भएका सुवेदी पुर्व अर्थ सचिव हुन् । मधेशी आयोगको अध्यक्षमा डा. विजय कुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद थारु र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीलाई सिफारिस गरेको हो ।
धनगढीमा टाटाको नयाँ उत्पादन एनआरजी सार्वजनिक
काठमाडौँ । टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भेइकलमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी सार्वजनिक गरेको छ । रावत कन्सर्न प्रालि मार्फत सो नयाँ उत्पादन सार्वजनिक गरिएको हो । ग्राहकहरुको बढ्दो आकांक्षालाई ध्यान दिंदै टाटा मोटर्सले एसयुभीबाट प्रेरित सवारी साधन शुरु गरेको हो । जसलाई नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल(सियुभी) को रुपमा राखिएको छ । १.२ लिटरको रिभोट्रोन इञ्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिशनमा उपलब्ध हुनेछ । यो तीनवटा आकर्षक रंगमा उपलब्ध हुने कम्पनीले जनाएको छ । मालावार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रुप रेल पनि हुने जनाइएको छ । आइतबारदेखि नै बिक्री शुरु गरिएको टाटा एनआरजी धनगढीको शोरुममा पेट्रोल संस्करण २९.५५ लाखको शुरुवाती मूल्यमा उपलब्ध हुने कम्पनीले द्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ ।
बारामा वोमी माइक्रोफाइनान्सले शुरू गर्याे पशुपालन तालिम कार्यक्रम
काठमाडौं । बारा जिल्लामा वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पशुपालन तालिम कार्यक्रम सञ्चालन गरेको छ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १७ स्थित जैतापुरमा २७ जना सदस्य तथा स्थानियलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ । पशुपालन तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय विकास प्रसाद दाहाल तथा प्रभातकुमार यादवले बताएका छन् । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको बारा जिल्लामा सिमरा तथा परवानीपुर गरी २ वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेका छन् ।
नेपालको सिटिजन्स र भारतको एक्सिस बैंकबीच रेमिटेन्स सम्झौता
काठमाडौं । नेपालको सिटिजन्स बैंक र भारतको एक्सिस बैंकबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता बमोजिम एक्सिस बैंक लिमिटेड मार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभरका ८१ वटा शाखाहरुबाट प्राप्त गर्न सक्ने भएका छन् । सिटिजन्स बैंकसँग यस अघि कतारको दोहा बैंक, यू.के कोक्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड,यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसंग सम्झौता गरि विप्रे्रषण कम्पनीहरुबाट बैंकिङ्ग प्रणाली मार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको छ । यसको अतिरिक्त स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरी बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइएमई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि. एम. इ. रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट, ओभरसिज रेमिट,सिजिमनिर मुक्तिनाथ रेमिट बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
हाइड्रो एक्स्पो सकियो, तीन दिनमा ६० हजारले गरे अवलोकन
राजधानीको भृकुटीमण्डपमा जारी दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो सकिएको छ । शुक्रबारदेखि सुरु भएको एक्स्पोमा अवलोकनकर्ताको उत्साहजन उपस्थिती देखिएको छ । तीन दिनमा ६० हजार बढीले अवलोकन गरेको एक्स्पोले जलविद्युत क्षेत्रका बारेमा विविध आयाममा टेवा पुर्याउने विश्वास आयोजकको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा जारी एक्स्पोमा शुक्रबार १२ हजारले अवलोकन गरेका थिए । शनिबार २८ हजारले अवलोकन गरेको एक्स्पोको अन्तिम दिन २० हजार बढीले अवलोकन गरेका छन् । विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको छ । यसका साथै रोबो कम्पििटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी लगायतमा पनि अवलोकनकर्ताको चासो धेरै देखिएको छ । एक्स्पोमा सहभागिहरुलाई हेलिकप्टरबाट विभिन्न जलविद्युत आयोजनाको स्थलगत अवलोकन गराइएको छ । शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको एक्स्पोमा दैनिक रुपमा विभिन्न सरकारी निकाय, सम्बद्ध पक्षका उच्च व्यक्तिहरुले अवलोकन गरेका थिए । यसै क्रममा आइतबार पुर्व उर्जामन्त्री राधा ज्ञवालीका साथै संघीय संसदका सदस्यहरुले एक्स्पोको अवलोकन गरेका छन् । पहिलो संस्करणबाट दोस्रो संस्करणमा आईपुग्दा जलविद्युत क्षेत्रसँग सम्बद्ध व्यक्ति तथा संस्थाको उल्लेख्य सहभागिताले आगामी दिनहरुमा एक्स्पोलाई अझै परिष्कृत रुपमा आयोजना गरिने एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्मिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श उपलब्ध गराएका थिए । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रा. लि. ले गरेको हो । एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता थियो । विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य आकर्षण बनेका थिए ।