विकासन्युज

५  भन्सार कार्यालयमा प्रभु बैंकका एक्स्टेन्सन काउण्टर सञ्चालन

काठमाडौँ । नेपाल भारत सीमामा रहेका ५ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । सर्लाही जिल्लास्थित सर्लाही भन्सार, सिराहा जिल्लास्थित माडर भन्सार, रौतहट जिल्लास्थित गौर भन्सार, सप्तरी जिल्लास्थित राजविराज भन्सार र धनुषा जिल्लाको जनकपुरस्थित जटही छोटी भन्सार कार्यालय गरी ५ वटा भन्सार कार्यालयमा आइतबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई बैंकिङ्ग सेवा प्रारम्भ गरेको हो । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका बैंकका एक्स्टेन्सन काउण्टरहरुको सेवाबाट सम्बन्धित भन्सार कार्यालयहरुको स्तरोन्नतीसँगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुन गई राजश्व संकलनको आंकडामा वृद्धि हुन जाने तथा स्थानीय सेवाग्राही तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

नेपाल बङ्गलादेश बैँकबाट एसियन लाईफको बीमा सेवा पाइने

काठमाडौँ । नेपाल बङ्गलादेश बैक लि. र एसियन लाईफ ईन्स्योरेन्स कं. लि.बीच आइतबार बीमा सुविधा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतामा बैकको तर्फबाट बैकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठ तथा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौतापछि बैंकका सम्पूर्ण ग्राहकहरुले बैँकका ८८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने छन् ।

चेम्बर अध्यक्ष श्रेष्ठले भने-‘चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । चीन भ्रमणमा रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एण्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भष्ेटमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गर्दै गरेको बताए । चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य पनि उनले बताए । चीनको बेजिङ्गमा आइतबार बिहान भएको गोष्ठिमा अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत, पर्यटन लगायतका क्षेत्रहरु रहेको जानकारी दिदै विश्व सम्पदा सूचिमा रहेका विभिन्न स्थान, विभिन्न वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि, पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएको स्थान, खुल्ला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले हाम्रो चाइनासँगको व्यापरिक सम्झौता रहनुका साथै शुन्य प्रतिशत भन्सार दरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने जानकारी दिए । नेपालको छिमेकी मुलुक भारतसँगको लागि उपयुक्त सम्झौताले भारतमा निर्वाध रुपमा सुन्य भन्सार दरमामा वस्तु निर्यात गर्न पाउने भएकाले चीनका लागि पनि लगानीको वातावरण उपयुक्त देखिने औंल्याए ।

स्वाभिमान माइक्रोफाइनान्सले करिब दुई करोडको आईपीओ जारी गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले कूल एक करोड ९८ लाख रुपैयाँ बराबरको साधारण सेयर(आईपी)ओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई सो मात्राको आईपीओ जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाए पश्चात संस्थाले अब अंकित मूल्य १०० रुपैयाँ दरको एक लाख ९८ हजार ६१० कित्ता सेयर निष्काशन गर्ने छ । संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमार्फत सो मात्राको सेयर बिक्री गर्ने छ ।

भैरहवामा अजोड इन्स्योरेन्सको नयाँ बिस्तार

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले भैरहवामा आफ्नो सेवा शुरु गरेको छ । भैरहवा शाखा कार्यालयको उद्घाटन सिदार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, सिद्दार्थ उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष कुलप्रसाद न्यौपाने, उद्योग ब्यापार संगठन का अध्यक्ष नारायण भण्डारी तथा अजोड इन्स्योरेन्स लिका संस्थापक संचालक सम्भु अधिकारी र नेपालि सेनाका पूर्व उपरथी तथा संचालक समितिका रामबहादुर गुरुङ्गले संयुक्त रुपमा गरेका हुन् । उक्त समुद्घाटन समारोह नेपाल इन्भेस्टमेन्ट बैङ्क लि क्षेत्रीय कार्यालय भैरहवा प्रमुख रामराज उपाध्याय, पूर्णिमा बिकास बैङ्कका अध्यक्ष सुरज उप्रेती, नबिल बैंक क्षेत्रीय कार्यालय भैरहवा प्रमुख पुस्करराज भट्टराई सिद्धार्थ ग्रुपका अध्यक्ष दिनेशमान अमात्य, सिद्धार्थ यातायात प्रालिका अध्यक्ष सूर्यकुमार सारु मगर, लुम्बिनी ट्रक समितिका महासचिब रुमाखर गौतम, पुर्णिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङ लुम्बिनी प्रेस क्लबका अधक्ष्य दिपेश पछाई, सिद्धार्थ यातायात व्यबसायी समितिका महासचिब लगायत भैरहवा क्षेत्रमा रहेका बिभिन्न बैंक तथा बित्तिय संस्था सहकारी लगायत अन्य संघसंथाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई समापन गर्दै सभापति तथा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले अजोड इन्स्योरेन्सको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै संस्थाले ग्राहकको हरेक समस्यालाई यथासिघ्र समाधान गरी ग्राहकमुखी सेवा प्रदान बताए ।

मुक्तिनाथले ल्यायो तीन नयाँ बचत खाता, ‘क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा’ पाइने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आइतबारबाट ‘मुक्तिनाथ जीवन बरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् । ग्राहकले १० हजार रुपैयाँ न्युनतम मौज्दातमा रु. ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु. १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् । २० हजार रुपैयाँ न्युनतम मौज्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा) प्राप्त गर्न सक्नेछन् । बचत योजना अन्तर्गतका बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज(मासिक ब्याज भुक्तानी), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिसा डेबिट कार्ड र देशैभरी भिसा नेटवर्क अन्तर्गत रहेकाकरिब ३००० एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । बैंकको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिने जनाइएको छ । यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाइन स्टोरसँग सहकार्य गरी रु ५००/– बराबरको किराना अनलाइन किनमेलको भौचर सुविधापनि उपलब्ध गराउने छ । हाल यो सुविधा काठमाडौं, ललितपुर तथाभक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुने बैंकले जनाएको छ ।

काठमाडौँपछि ललितपुर महानगरमा ब्रुमरले सडक सफा गर्ने, २ वटा खरिद गर्दै

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रुमर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि ब्रुमर खरीद प्रक्रिया अघि बढाइएको हो । ब्रमुर खरीदका लागि ठेक्का सम्झौता प्रक्रिया अघि बढाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्विट्रल्याण्डमा बनेको बु्रमर खरीद गर्न लागेको महानगरका प्रवक्ता राजु महर्जनले बताए । ललितपुर महानगरपालिकाको शहरी क्षेत्रमा धुलो सफा गर्नका लागि दुई वटा बु्रमर पर्याप्त हुने उनले बताए । उनले भने, “नगरका भित्री क्षेत्रमा सफा गर्न दुई वटा बु्रमर पर्याप्त हुनेछ ।” महानगरपालिकाले खरीद गर्न लागेको बु्रमर काठमाडौँ महानगरपालिकाले अहिले सञ्चालन गरिरहेको बु्रमरजस्तै आधुनिक प्रविधिको भएको प्रवक्ता महर्जनले बताए । ललितपुर महानगरपालिकामा अहिले एउटा सानो बु्रमर भए पनि सञ्चालनमा नभएको बताए । उनले भने, “अहिले हामीसँग भएको पुरानो प्रविधिको ब्रुमर धेरै धुवाँ फल्ने भएकाले वातावरण प्रदूषण गर्ने भएकाले अहिले सञ्चालनमा छैन ।” महानगरभित्रका सडक सफा गर्नका लागि महानगरपालिकाले गाडी र कर्मचारी पनि थप्ने तयारी गरेको छ । यसअघि काठमाडौँ महानगरपालिकाले ५ वटा ब्रुमर खरिद गरी रातको समयमा सडक सफा गर्दै आएको छ । रासस

समीट माइक्रोफाइनान्सको बोनस सेयर सूचिकृत

काठमाडौं । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ४ लाख कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको आइतबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।