विकासन्युज

नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा प्रभाव, तथ्याङ्कले यस्तो देखाउँछ

काठमाडौँ । नियमित रुपमा विद्युत् उपलब्ध भएपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कूल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ४० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७५ वैशाखदेखि औद्योगिक क्षेत्रमा समेत विद्युतभार कटौतीको अन्त्य गरेको थियो । यस्तै २०७३ कात्तिकदेखि राजधानी काठमाडौँलगायतका प्रमुख शहरी क्षेत्रमा समेत विद्युतभार कटौतीको अन्त्य गरेको थियो । नियमित विद्युत् प्रवाहका कारण औद्योगिक क्षेत्रमा सकारात्मक मात्रै होइन रणनीतिक प्रभाव परेको उक्त लेखा तथ्याङ्कले उल्लेख गरेको छ । मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा विद्युत्, ग्यास र पानीको योगदान एक दशमलव २५ प्रतिशत हुन पुगेको छ । चालू आर्थिक वर्षमा विद्युत् उत्पादन गत वर्षको तुलनामा वृद्धि भएका कारण पनि सकारात्मक प्रभाव परेको पाइएको हो । चालू आर्थिक वर्षमा वाग्मती जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । सो आयोजनाको क्षमता २२ मेगावाट रहेको छ । गत फागुन तथा चैत महिनामा वर्षाका कारण आन्तरिक उत्पादनमा वृद्धि तथा आयातमा कटौती भएको सो क्षेत्रको वृद्धि दर बढी भएको हो । सरकारको सकारात्मक पहल तथा ऊर्जा क्षेत्रलाई दिइएको प्राथमकितामा राखेका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणमा रहेका आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउन गरेको सहजीकरण तथा नेपाल विद्युत् प्राधिकरणले तदारुकताले पनि अर्थतन्त्रलाई बढावा दिएको हो । प्राधिकरणले गत चैतमा १७८.८ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको विभागको तथ्याङ्कमा समावेश छ । त्यसमा आन्तरिक रुपमा मात्रै १२९.९ गिगावाट घण्टा खरीद गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा उक्त मात्रा २५.४ प्रतिशत बढी हो । आव २०७४÷७५ मा कूल ५२१.४ गिगावाट घण्टा विद्युत् उत्पादन भएको थियो । प्राधिकरणका अनुसार यही वैशाख १७ गते मङ्गलबारदेखि लामो समयदेखि समस्यामा परेको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको पहिलो यूनिट सञ्चालनमा आउने छ । हाल सो आयोजनाको परीक्षण भइरहेको छ । यस्तै केही समयभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट १४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ । यस्तै चालू आवको गत चैतसम्म मदम्यू खोला १३ मेगावाट, रुदी खोला ए ८.८ मेगावाट, माई साना क्यास्केड ८ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सो अवधिमा सुपर माई हाइड्रोपावर ७.८ मेगावाट, मोलुङखोला ७ मेगावाट, ठेउलेखोला १.५ मेगावाट, विष्णुप्रिया सोलामार फार्मबाट ०.९६ मेगावाट, सोबुवा खोला दुई मेगावाट र लेगुवा खोला ०.०४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । मन्त्रालयका अनुसार गत चैतसम्म कूल ७०.१६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएका छन् । नियमित विद्युत् आपूर्तिसँगै उद्योग क्षेत्रको पनि कूल ग्राहस्थ उत्पादनमा ५.५९ प्रतिशत योगदान पुगेको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालू आवमा कूल मूल्य अभिवृद्धि ५.७८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । ऊर्जाको नियमति उपलब्धता, अनुकूल औद्योगिक वातावरण आदि कारणले उद्योगको क्षमतामा विस्तार भएको हो । विभागको प्रतिवेदन अनुसार निर्माण क्षेत्रले समेत कूल गहस्थ उत्पादनमा ८.९४ प्रतिशत योगदान दिने अवस्था देखिएको छ । चालू आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायतका ठूला आयोजनाको निर्माण कार्यले पनि निर्माण क्षेत्रले सकारात्मक प्रभाव पारेको हो । पर्यटकको आवागमनमा भएको वृद्धि तथा होटल तथा रेष्टुरेन्टमा भएको लगानीका कारण पनि कूल ग्रार्हस्थ उत्पादनमा यस क्षेत्रले २.०५ प्रतिशत योगदान दिने देखिएको विभागको भनाइ छ । रासस

बैंक तथा वित्तीय संस्थाका शाखा आठ हजार नाघ्यो, ७२४ स्थानीय तहमा पुगे

काठमाडौँ । मुलुकको समृद्धिका लागि नागरिकलाई वित्तीय पहुँचमा पुर्याइ आर्थिक गतिविधिमा संलग्न गराउने सरकारी लक्ष्यअनुसार अहिलेसम्म ७२४ स्थानीय तहमा आठ हजार बढी बैंक तथा वित्तीय संस्थाको शाखा विस्तार भएको छ । वित्तीय संस्था एकापसमा गाभिई संस्थागत सबलीकरण र सङ्ख्यात्मक व्यवस्थापनमा जोड दिँदै सर्वसाधारणलाई आर्थिक गतिविधिमा संलग्न गराउने उद्देश्यअनुरुप चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको शाखा आठ हजार २०५ पुगेकोे नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको असारसम्ममा छ हजार ६५१ रहेकामा पुस मसान्तसम्म बढेर सात हजार ५९१ पुगेको थियो । औसत प्रतिशाखाले सेवा प्रदान गर्नसक्ने जनसङ्ख्या तीन हजार ५६० रहेको जानकारी दिँदै बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको सङ्ख्या दुई करोड ५७ लाख नाघेको बताए । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ९ दशमलव ७ प्रतिशत रहेको छ । निजी क्षेत्रतर्फको कर्जा १४ दशमलव ६ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर २१ प्रतिशत र कर्जाको वृद्धिदर २२ दशमलव ६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । सरकारले हालै मात्र खोलौँ बैंक खाताअन्तर्गत ‘समृद्धिसँग जोडौँ नाताः सबै नेपालीको बैँक खाता’, अभियानसमेत सञ्चालन गरेको छ । गभर्नर डा नेपालका अनुसार गत फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप रु तीन हजार ९ अर्ब र कर्जा लगानी रु दुई हजार ७४९ अर्ब पुगेको छ । चालू आर्थिक वर्षदेखि नै ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले आफ्नो वित्तीय विवरण नेपाल फाइनान्सियल रिपोर्टिङ मापदण्ड (एनएफआरएस) बमोजिम तयार गर्नुपर्ने नीतिगत व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय ‘घ’ वर्गका संस्थाका लागि जोखिम व्यवस्थापन मार्गदर्शन, २०७५ लागू गरिएको, इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि आर्थिक वर्ष २०७६÷७७ को शुरुदेखि लागू हुने गरी युनिफम चार्ट अफ एकाउन्ट जारी गरिएको छ । विद्युतीय माध्यमबाट बैंकिङ क्षेत्रमा हुनसक्ने साइबर अपराध न्यूनीकरण गर्दै साइबर सुरक्षालाई प्रवद्र्धन गर्न वाणिज्य बैंकले अनिवार्य रूपमा आर्थिक सूचना प्रविधि प्रणालीको लेखा परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । वाणिज्य बैंकहरूले प्रत्येक आर्थिक वर्षको लागि निक्षेप, दायित्व तथा कर्जा सापटसहितको वार्षिक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई साउन मसान्तभित्रमा सुपरीवेक्षण विभागसमक्ष अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै देशमा सुरक्षित, स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने सन्दर्भमा सम्बन्धित कार्यको नियमन, सुपरीवेक्षण र निगरानी गर्ने उद्देश्यले तयार गरिएको ‘भुक्तानी तथा फछ्र्यौट ऐन, २०७४’ संसद्बाट पारित भई लागू भएको छ । तोकिएका उद्योग तथा परियोजनामा विदेशी लगानीकर्ताले भित्र्याएको परिवत्र्य विदेशी मुद्राको रकम नेपालका वाणिज्य बैंकहरूमा निक्षेप राखी धितोमा नेपाली मुद्रा कर्जा लिनसक्ने व्यवस्था गरिएको गभर्नर डा नेपालले बताए । शेयर बजार तथा शोधनान्तर घाटाका बीच अर्थतन्त्रका सकारात्मक सङ्केतहरु देखिएको भन्दै वित्तीय स्थायित्व कायम गर्ने विषयमा गम्भीर रहेको बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिए । उनले सन् २०१९ भित्रैमा देशका ७५३ वटै स्थानीय तहमा बैंकका शाखा पुर्याउने लक्ष्य राखिएको बताए । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न मौद्रिक नीतिमार्फत स्रोत व्यवस्थापनका लागि बैंक तथा वित्तीय संस्थालाई अनिवार्य रूपमा दीर्घकालीन ऋणपत्र जारी गर्ने नीति लिएको, बैंक वित्तीय संस्थाले विदेशबाट ऋण लिन पाउने ढोका खोलेको तथा विदेशबाट ऋण लिएर परियोजना सञ्चालन गर्न सहयोग गर्ने उद्देश्यले हेजिङ विनियमावली लागु गरेको शिवाकोटीले जानकारी दिए । भारतले एनएफआरएस लागू नगरेको अवस्थामा नेपालले लागू गर्नु महत्वपूर्ण उपलब्ध भएको भन्दै नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले बैंकको सुपरीवेक्षणमा राष्ट्र बैंक गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । उनले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुर्याउने प्रयासमा लागेको बताउँदै करीब ९० प्रतिशतमा पुगेको र यो वर्षमा सबै तहमा पुर्याउने लक्ष्य राखेको उल्लेख गरे । रासस

चन्दा लिएर एनसेलसँग कर नअसुल्ने राजनीतिक नेतृत्वलाई बहिष्कार गरौं

काठमाडौं । नो ट्याक्स नो एनसेल’ अभियान संचालन गर्दै आएका अभियान्ताहरुले एनसेलको सिमसँगै कर छलिलाई संरक्षण र प्रोत्साहान गर्नेहरुलाई बहिस्कार गर्नुपर्ने समय आएको धारणा राखेका छन् । आइतबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा बोल्दै उनिहरुले उक्त धारणा राखेका हुन् । कार्यक्रममा बोल्दै पूर्वसचिव डा. द्वारीकानाथ ढुङ्गेलले ठूला भनिएका दलका शिर्ष नेताहरुले नै एनसेललाई कर नतिर्न प्रोत्साहान गरिरहेको आरोप लगाएका छन् । “एनसेल कर तिर्ने सर्तमा नेपाल आएको हो र उ कर तिर्न पनि चाहन्छ । तर हाम्रो सिंहदरबार निदाएको छ, नेताहरु कमिशनको पछि कुदिरहेका छन्” ढुंगेलले भने । देश कुशासनको दलदलमा फस्दै गएकोमा भन्दै चिन्ता व्यक्त गर्दै ढुङ्गेलले आफ्नो अभियान राष्ट्रको हितमा रहेको भन्दै आम जनता समक्ष अपील गरे । आफुहरुले अहिंसात्मक रुपमा आवाज उठाइरहेको भन्दै उनले शान्तिपूर्ण आवाजको सुनुवाइ नभए समाजमा हिंसाप्रतिको मोह बढ्न सक्ने खतरा औंल्याए । एनसेललाई लाभकर तिराउनुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर समेत गरेका ढुंगेलले एनसेलले कर नतिरेसम्म आफूहरुको अभियान जारी रहने बताए । अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक एवं नेपाल कम्युष्टि पार्टीका युवा नेता नरबहादुर कार्कीले एनसेलले नेपालमा ब्यापार गर्ने नैतिक आधार गुमाइसकेको बताए । उनले दलाल राजनीतिक नेतृत्व, कर्पोरेट मिडिया र अदालतको संरक्षणमा एनसेल टिकिरहेको आरोप लगाए । ‘नो ट्याक्स नो एनसेल’ अर्थात एनसेलको सिम बहिस्कार अभियान्ता समेत रहेका कार्कीले एनसेल करछलि प्रकरण एउटा उदाहरण मात्रै भएको भन्दै बालुवाटार, खुलामञ्च, निर्मला पन्त, सुन तस्करीलगायत सबै प्रकरण वर्तमान राजनीतिक प्रणलीको उपज भएको बताए । राजनीतिक ब्यवस्था र पार्टीलाई रेलसँग तुलना गर्दै उनले भने,“रेलको ट्«याक, गति बिग्रिन थाल्यो भने रेल नै फेनु पर्छ । एक डिब्बाबाट अर्को डिब्बामा सरेर सहि गन्तब्यमा पुगिदैन । डबल नेकपा, काँग्रेस, मधेशी दल, नयाँ शक्ति, विवेबशीललगायत संसदिय पार्टीहरु एउटै रेलका भिन्नभिन्न डिब्बा मात्रै हुन् ।” त्यसैगरी चर्चित नायीका एवं सामाजिक अभियान्ता रेखा थापाले जुनसुकै सर्तमा पनि सरकारले एनसेलबाट कर असुल्नु पर्ने धारणा राखेकी छन् । भ्रष्टाचार र व्यथितिका विरुद्ध बोल्ने व्यक्तिलाई विभिन्न किसिमको ट्याग लगाउने गरिएको भन्दै उनले सरकारलाई प्रश्न गरिन्,“उता गाउँमा सिटामोल नपाएर गरिब जनताको मृत्यु भइरहेको छ । सामान्य अस्पताल बनाउन चन्दा उठाउनु पर्ने अवस्था छ । यता एनसेलले अर्बौं कर तिर्न मानिरहेको छैन, कसले संरक्षण गरिरहेको छ रु” परिवर्तनका लागि आवाश्यक परे आफु मर्न पनि तयार रहेको बताउँदै थापाले कर नतिर्ने एनसेलको सिम बहिस्कार गर्न युवाहरुलाई आग्रह समेत गरिन् । उनले आफरु एनसेललाई कर तिराउने अभियान जारी रहेको बताइन् । वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारीले एनसेल कर छलि विरुद्धको आन्दोलन कुनै व्यक्ति,संगठन्, पार्टी विशेषको नभएर तीन करोड नेपालीसँग सरोकार राख्ने विषय भएको बताए । अदालतबाट सकारात्मक निर्णय हुने अपेक्षासहित आफुहरुले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको जानकारी दिँदै भण्डारीले सडकबाट पनि निरन्तर खबरदारी गर्न आम नागरिकलाई आग्रह गरे । एनसेलका करविरुद्ध सर्वोच्चमा परेको रिटमाथि बहस गरेका बरिष्ठ अधिबक्ता भण्डारीले एनसेलसँग सम्बन्धीत सर्बोच्चको पछिल्लो अन्तरिम आदेश त्रुटिपूर्ण रहेको बताए । सर्वोच्चले यसअघि गरेको निर्णय कार्यान्वनय गर्न सबै क्षेत्रबाट दवाव आवश्यक रहेको बताए ।

बीमा कम्पनीलाई मर्जरमा छुटैछुट, चुक्तापूँजी पुर्याउनै नपर्ने

काठमाडौ । बीमा कम्पनीहरु एक आपसमा गाभ्न, गाभिन वा एउटा बीमा कम्पनीले अर्को बीमा कम्पनीलाई आफूमा गाभ्ने बाटो खुलेको छ । बीमा समितिले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ ल्याएसँगै बीमा कम्पनीहरुलाई मर्जर मार्फत चुक्तापूँजी पुर्याउने बाटो खुल्ला भएको हो । समितिले बीमा ऐन २०४९ को दफा ८ को खण्ड (घ २) ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्देशिका ल्याएको हो । समितिले जारी गरेको निर्देशिका अनुसार २ वा २ भन्दा बढी बीमा कम्पनीहरु एक आपसमा गाभिन चाहेमा बीमा समितिसँग सैद्धान्तिक सहमति लिइ संयुक्त मर्जर समिति गठन गर्नुपर्ने र मर्जरमा जाने सबै कम्पनीहरुको साधारण सभाले मर्जर प्रस्ताव पारित गरि मर्जर प्रकृया अघि बढाउनुपर्ने व्यवस्था गरिएको छ । बीमा समितिले ल्याएको निर्देशिका अनुसार मर्जरमा जान चाहने कम्पनीहरुलाई चुक्तापूँजी पुर्याउने अवधि बढाउनेदेखि प्रमुख कार्यकारी अधिकृतलाई कुलिङ पिरियड नलाग्नेसम्मको छुट दिइएको छ । जसअनुसार दुइ वा साे भन्दा बढी बीमा कम्पनीहरु एक आपसमा मर्ज हुदाँपनि सो कम्पनीको न्यूनतम चुक्तापूँजी नपुगेमा समितिले चुक्तापूँजी पुर्याउन १ बर्ष थप समय दिनेछ । त्यस्तै, कुनै मर्जरमा गएका बीमा कम्पनीहरुमा हाल कार्यरत प्रमुख कार्यकारी अधिकृतहरु तत्कालै अर्को कम्पनीको व्यवस्थापकीय जिम्मेवारीमा जान सक्ने व्यवस्था गरिएको छ भने मर्जरपछिको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्यकाल पहिलो कार्यकाल भएको सरह गणना गरिने छ । त्यस्तै, हालको बीमा ऐन अनुसार कुनैपनि बीमा कम्पनीमा एउटा व्यक्ती संस्था वा समूहकोे नाममा १५ प्रतिशत भन्दा बढी स्वामीत्व हुन नपाउँने व्यवस्था छ तर मर्जरमा जान चाहने कम्पानीहरुमा मर्जर पछि यदि स्वामित्व सोभन्दा बढी कायम हुन गएमा स्वामित्वालाई सो सिमा भित्र ल्याउन २ वर्षको समय दिइने व्यवस्था गरिएको छ । साथै, मर्जर प्रकृयामा धेरै व्यवस्थापकिय खर्च लाएमा समितिले आवश्यक छुट दिन सक्ने व्यवस्था समेत गरिएको छ भने संञ्चालकको संख्या समेत हालको भन्दा २ जना बढी हुन सक्ने व्यवस्था गरिएको छ । मर्जरमा गएका बीमा कम्पनीको सल्भेन्सी मार्जिन कम हुन गएमा समेत वा लगानीकाे अवस्था लगानी निर्देशिका विपरित भएमा त्यसलाई ताेकिएकाे सीमामा ल्याउन १ बर्षको समय उपलब्ध गराउने व्यवस्था समितिले ल्याएको निर्देशिकामा उल्लेख छ । समितिले ल्याएकाे निर्देशिकासँगै बीमा कम्पनीहरुकाे मर्जरका लागि मार्ग प्रशस्त भएकाे र यसले बीमा क्षेत्रकाे विकासमा नयाँ आयाम थपिने समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले विश्वास व्यक्त गरे । हेर्नुहाेस् बीमा समितिले ल्याएकाे निर्देशिकाकाे पूर्णपाठ

जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैंकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन् । जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका शाक्यको विभिन्न बैंक तथा वित्तीय संस्थामा दुई दशक भन्दा बढी लामो अनुभव रहेको छ । जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टेशन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवम् नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदानगर्न इजाजत प्राप्त संस्था हो । नेपाल धितोपत्रबोर्डबाट ईजाजत प्राप्त गरेसंगै जनता क्यापिटलले जनता बैंक नेपाल लिमिटेड र स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरिसकेको छ । अरु थुप्रै संस्थाहरुसँग शेयर रजिष्ट्रारको सम्झौता गर्ने तयारी गरिरहेको जनता क्यापिटलले लगानी व्यवस्थापन तथा संस्थागत परामर्श लगायतका सेवाहरु समेत प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ ।

सोमबारदेखि प्रिपेड मोबाइलमा अन्तर्राष्ट्रिय रोमिङ सेवा, शुल्क कति ?

काठमाडौँ । नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुनेछ । अव नेपाल टेलिकमका जीएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरु चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न, नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन तथा प्राप्त गर्न सक्ने भएका छन् । त्यसैगरी सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने छन् । चीनमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपैयाँ लाग्नेछ भने चीनबाट नेपालमा कल गर्दा प्रतिमिनेट ९० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट ५३ रुपैयाँ लाग्नेछ । भारतमा हुँदा त्यहाँका स्थानीय टेलिकम अपरेटरको टेलिफोन वा मोबाइल नम्बरमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ भने भारतबाट नेपालमा कल गर्दा प्रतिमिनेट ३० रुपैयाँ लाग्ने छ । त्यसैगरी नेपालबाट गरेको फोन कल उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ लाग्ने छ । भारत वा चीनबाट नेपालबाहेकका देशमा कल गर्दा प्रतिमिनेट ३ सय ९७ रुपैयाँ लाग्ने छ । एसएमएसको हकमा चीनबाट नेपाल पठाउँदा प्रति एसएमएस ५४ रुपैयाँ र भारतबाट प्रति एसएमएस २४ रुपैैँया लाग्ने छ । एसएमएस प्राप्त गर्न कुनै शुल्क लाग्ने छैन । कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवाको सफ्ट लन्च गर्नुभएको थियो । सो सेवालाई हाल व्यावसायिक रुपमा सञ्चालनमा ल्याइएको हो । कम्पनीले हालसम्म जीएसएम पोष्टपेड सेवामा मात्र अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको थियो । अब भने प्रिपेड मोबाइलमा समेत यो सेवा प्रयोग गर्न सकिने छ । यसका लागि कुनै थप धरौटी राख्नु पर्दैन र आफ्नो मोबाइलमा भइरहेको ब्यालेन्सबाट उक्त सेवा प्रयोग गर्न सकिने छ ।

विनोद चौधरीको अनुभव: सडकमा टाेलाउँदा सुजुकी भित्रियो, एयरपोर्टको कार्टुनले वाईवाई फ्याक्ट्री खुल्याे

काठमाडौं । ‘कहिलेकाहीँ हाँसेको दिनलाई सम्झेर रुनुपर्छ अनि कहिलेकाहीँ रोएको दिनलाई सम्झेर हाँस्नुपर्छ, यो नै जिन्दगी हो ।’ नेपालका एकमात्र अर्बपति विनोद चौधरीले यसो भन्दैगर्दा करिब २५० जना सहभागी रहेको त्रिभुवन विश्वविद्यालय स्मृति भवनको सभाहल तालीले थर्कियो । विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागको आयोजनामा भएको कार्यक्रममा उनले विगतका आफ्ना दिनहरुमा गरेका चतुर्याईँपूर्ण निर्णयहरु र साहसका कारण आफु अहिले यो स्थानमा आउन सफल भएको भन्दै व्यवस्थापन केन्द्रीय विभागका विद्यार्थीहरुमा आफूले भोलिको मार्क जुकरवर्गदेखि विनोद चौधरीको प्रतिविम्ब देखेको बताए । उनले वाईवाई चाउचाउको उत्पादन र सुजुकी मोटर्सको डिलरसिपको प्रसंग उठाउँदै अवसरहरु आफैं वरिपरि घुम्ने र त्यसलाई आफ्नो ज्ञान अनुभव र साहसद्वारा सदुपयोग गर्न सक्नुपर्ने धारणा समेत राखे । ‘१९ वर्षको हुँदा घुमघामकै सिलसिलामा जापान गएको थिएँ । अल्छी लागेर सडकको छेउमा टोलाउँदै गर्दा सुजुकी कम्पनीको गाडी गुडिरहेको देखेँ । त्यहीबेला मेरो मनमा यो गाडीको डिलरसीप लिएर नेपालमा बेच्ने योजना बन्यो । त्योबेला नेपालमा सडक पनि एकदमै कम थिए । गाडी भन्ने कुरा त राजा महाराजाको दरबारमा मात्रै देख्न पाइन्थ्यो, तर मैले त्यसलाई नेपालमा बेचेरै छाड्ने अठोट लिएर कम्पनीसँग कुरा गरेँ ।’–चौधरीले भने । उनले आफूले डिलरसीप लिने प्रस्तावलाई त्योबेला कम्पनीका अधिकारीहरुले नपत्याएर छ महिने ट्रायल पिरियड राखेको र त्यो बेलासम्म तोकिएको गाडी बेच्न सके मात्रै डिलरसीपलाई निरन्तरता दिँने बताएको स्मरण गरे । ‘१९ वर्षे ठिटो, बाबुबाजे कपडा ब्यापार गर्ने, तर छोरो गाडीको डिलरसीप गर्छु भन्छ, सुरुमा त कसैले पत्याएनन्, तर मेरो अठोटलाई मैले पुरा गरेरै छाडेँ ।’- उनले भने । उनले सुजुकीको डिलरसीपको ट्रायल अवधिमा ६ महिनासम्म नि:शुल्क गाडी चढ्नसक्ने अफर ल्याएको स्मरण पनि गरे । ‘गाडी किनिदेउ भनेर म घरघरमा मार्केटिङ गर्न गएँ, तर कसैले पत्याएनन् । जसरी पनि मलाई डिलरसीप लिएर गाडी व्यापार गर्नु थियो, त्यसैले मैले सबैलाई छ महिना सित्तैमा गाडी चढ्न र चित्त बुझे मात्रै पैसा दिन भनेको थिएँ । मलाई थाहा थियो छ महिना गाडी चढेपछि उनीहरुलाई गाडी चढ्ने बानी पर्छ भनेर, गाडी लिएका कसैले पनि पछि गाडी फिर्ता गरेनन् ।’ चौधरीले स्मरण गरे । नेपालजस्तो विकासशील देशमा अवसर नभएको कुनै क्षेत्र नभएको सुनाउँदै उनले वाईवाई चाउचाउको कारखाना खोल्ने योजनाको रोचक प्रसंग पनि सुनाए । ‘म थाइल्यान्ड जाँदा बैंककको एयरपोर्टबाहिर काटुनहरु देखेँ, त्यो के हो भनेर सोध्दा थाइल्यान्डमा उत्पादन भएको वाईवाई चाउचाउ रहेछ । मैले नेपालमा पनि त्यस्तै चाउचाउ फ्याक्ट्री खोल्ने बताउँदै त्यहाँको कम्पनीका प्रमुखसँग प्राविधिक सहयोग मागेँ । तर, मैले त्यहाँ पनि उल्झन सहनुपर्यो । नेपालको बजार सानो भएकोले यहाँ उद्योग स्थापना गरेर फाइदा नहुने सुझाव मलाई दिइयो ।’ चौधरीले विगत सम्झँदै भने- ‘त्योबेला उद्योग स्थापना गरेर सञ्चालन हुन दिनमा कम्तीमा पनि ३० हजार प्याकेट चाउचाउ बिक्नुपथ्र्यो, तर त्यति मात्रामा चाउचाउ बिक्नै नसक्ने सुझाव सबैले दिए । त्योबेला दैनिक ३० हजार प्याकेट नबिक्ने भनिएको वाईवाई चाउचाउ एशिया र युरोपका ३५ देशमा बिक्री हुन्छ ।’ कार्यक्रममा उनले अर्बपति वारेन बफेट, विश्वकै कान्छी अर्बपति केली जिनर देखि बलिउड अभिनेता आमिर खानसम्मको प्रसंग निकाले । उनले भगवानले जोकोही मान्छेलाई पनि कुनै एउटा क्षेत्रमा अपूर्व क्षमता दिने भन्दै त्यसलाई पहिचान गर्ने र सो विषयमा अठोट र धैर्यताका साथ अघि बढ्ने काम मात्रै मान्छेको भएको दाबी गरे । ‘अबको २५ वर्षपछि मेरो पिक्चर के हुन्छ भन्ने सोच्नुपर्छ, कसैलाई भन्नुपनि पर्छ चाहे अरु किन नहाँसुन्, ठूलै गफ दियो किन नभनुन् ?’ उनले तर यसको लागि समयलाई चिन्नुपर्ने बताउँदै भने- ‘तपाईँ सोच र सपनाको उडान भर्नुस्, नयाँ युगको ठूला बिजिनेसम्यान तपाईँ नै हो, तपाईँहरुको विनोद चौधरी बन्ने दिन टाढा छैन, मार्क जुकरवर्ग, बारेन बफेट पनि बन्न सक्नुहुन्छ ।’ अमेजन, अलिबाबा लगायतका अनलाइन बिक्रेताहरुको प्रसंग निकाल्दै चौधरीले भने- ‘आज संसारका सबैभन्दा ठूलो बिक्रेतासँग न त फ्याक्ट्री छ, न त वायरहाउस नै, यो नयाँ जमानाको व्यापार हो सूचना प्रविधिमा केही नयाँ गर्न खोजौं । अबको समय भनेको डिजिटाइजेसन र आर्टिफिसियल इन्टिलिजेन्सको हो, यसलाई समातेर जुनसुकै व्यवसाय गर्नुहोस् तपाईँको गन्तव्य सफलताबाहेक केही हुन सक्दैन ।’ उनले नेपालमा व्यवसायको लागि राम्रो दिनको सुरुवात भएको समेत दाबी गरे । २५ वर्षमा २४ ओटा सरकार फेरिने हाम्रो देशमा राजनीतिक स्थायित्व आएको छ, सबैको ध्यान विकासमा गयो । देशमा २१०० ओटा पूर्वाधारसम्बन्धी ठूला योजनाहरु निर्माणका लागि अघि बढेका छन्, यो वर्ष पनि ७ प्रतिशत नजिकको आर्थिक वृद्धि हुने सम्भावना देखिएको छ, यसमा मैले भोलिको नेपालको मार्गचित्र देखेको छु ।’ उनले भने । उनले आफूले शिक्षा हासिल गरेको विश्वविद्यालय पनि त्रिभुवन विश्वविद्यालय नै भएको भन्दै आगामी दिनमा पनि त्रिविले देशलाई बदल्नसक्ने सोच र संकल्प भएको विद्यार्थी उत्पादन गर्ने सफलताको शुभकामना समेत व्यक्त गरे ।

आइतबार २३ वटा कम्पनीका लगानीकर्ता मालामाल, क-कसले कति कमाए ?

काठमाडौं । आइतबारको सेयर बजारमा कुल २३ वटा कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सो मध्ये ७ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् भने बाँकी १३ वटा कम्पनीका ९ प्रतिशत भन्दा बढी र १० प्रतिशतभन्दा कम कमाएका छन् । आइतबार अधिकांश बीमा र लघुवित्त संस्थाका लगानीकर्ताले बढी कमाएका छन् । सो दिन एशियन लाइफ इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, विजया लघुवित्त वित्तीय संस्था, राष्ट्रिय बीमा कम्पनीको साधारण र संस्थापक र आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका हुन् । १७६ कम्पनीको कारोबार भएको सो दिनको बजारमा १३२ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ । भने बाँकी ४४ कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । सबैभन्दा बढी सनराइज बैंकको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।