चेम्बर अध्यक्ष श्रेष्ठले भने-‘चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य’

<p>काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । चीन भ्रमणमा रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एण्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भष्ेटमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध प्रबद्र्धनका [&hellip;]</p>


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

चीन भ्रमणमा रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एण्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भष्ेटमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा नेपाल र चीनबीचको द्धिपक्षीय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गर्दै गरेको बताए । चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य पनि उनले बताए ।

चीनको बेजिङ्गमा आइतबार बिहान भएको गोष्ठिमा अध्यक्ष श्रेष्ठले नेपालमा लगानीको वातावरणका लागि जलविद्युत, पर्यटन लगायतका क्षेत्रहरु रहेको जानकारी दिदै विश्व सम्पदा सूचिमा रहेका विभिन्न स्थान, विभिन्न वन्यजन्तु तथा आरक्षण क्षेत्रहरु, कृषि, पर्याप्त जडिबुटी, जलवायु परिवर्तन भएको स्थान, खुल्ला जमिनका कारणले नेपालमा लगानी गर्न सकिने वातावरण भएको उल्लेख गरे । अध्यक्ष श्रेष्ठले हाम्रो चाइनासँगको व्यापरिक सम्झौता रहनुका साथै शुन्य प्रतिशत भन्सार दरमा ८ हजार ३० वस्तुको निर्यात गर्न सकिने जानकारी दिए ।

नेपालको छिमेकी मुलुक भारतसँगको लागि उपयुक्त सम्झौताले भारतमा निर्वाध रुपमा सुन्य भन्सार दरमामा वस्तु निर्यात गर्न पाउने भएकाले चीनका लागि पनि लगानीको वातावरण उपयुक्त देखिने औंल्याए ।

Share News