डिसहोमको सहकार्यमा बैशाख २८ गते रेस्लिङ च्याम्पियनसिप हुने
काठमाडौँ । रिङ रेस्लिङ संघले डिस होमको सहकार्यमा बैशाख २८ गते एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । त्रिपुरेश्वरस्थित कर्भडहलमा हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागी हुने जनाइएको छ । राष्ट्रिय खेलकुद परिषद्को विशेष सहयोग र एमकेडब्लु चीनको समन्वयमा हुन लागेको प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागिता रहेको छ । नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर, ठाकु, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी अमेरिकाबाट एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग साम, चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा प्रतिस्पर्धा गर्ने छन् । हङकङका के सी, चियरम्यान एएल, मिचेल र न्यूजिल्यान्डका टोमी कम्ब्याट भिड्दैछन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश थयोखड्का रहेका छन् । प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने छ । प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोपन एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् । प्रतियोगिताको मिडिया पार्टन डिस मिडिया नेटवर्क लिमिटेडले एक्सन स्पोर्टसबाट प्रसारण गर्ने कार्यक्रम रहेको छ । संघले यस अघि पनि महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरेको थियो । काठमाडौंमा २०७३ साल बैशाख ०४ गते पहिलो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप गरेको थियो भने पोखरामा २०७३ साल फागुन १८-२१ मा नेपाल भारत मैत्रिपूर्ण प्रतियोगिता र २०७४ साल कात्तिक २५ गते दोश्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप काठमाडाँै र ईटहरीमा सम्पन्न गरिसकेका छ । २०७४ फागुनमा आरडब्लु संग्राम आयोजना भएको थियो ।
नेपाल बैंकको साधारण सभा सम्पन्न, ‘प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल’
काठमाडौँ । नेपाल बैङ्क लिमिटेडको ५९ औं साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले प्रस्तुत गरेको गत वर्षको कारोवार समीक्षा, राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिवेश, बैंकले हासिल गरेका उपलव्धि र भावी योजना सम्बन्धी प्रस्ताव पारित गरेको छ । , लेखापरीक्षकको प्रतिवेदन सहितको ०७५ असार मसान्तको वासलात, आव ०७४/०७५को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण आव ०७५/०७६का लागि लेखा परीक्षकको नियुक्ति सहितको प्रतिवेदनलाई सर्वसम्मत्तिले पारित गरेको बैंकद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ । उक्त साधारण सभामा प्रा.डा.मनोहरकृष्ण श्रेष्ठ, हरि ढकाल, रोजकुमार श्रेष्ठ, जयन्द्रमानसिंह वानिया, शिवप्रसाद पौडेल, गुणराज भट्ट, भक्तिप्रसाद उप्रेती ,चन्द्रनारायण श्रेष्ठ, डम्वरवल्लभ जोशी, अमृतनाथ रेग्मी, उद्धवप्रसाद घिमिरे लगायतका शेयरधनीहरुले डिभिडेण्ड लगायत विभिन्न विषयमा जिज्ञाशा तथा सुझाव दिएका थिए । बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले शेयरधनीको पूँजी १० अर्बबाट ३० अर्बमा अभिवृद्धि भएको र कानुनी प्रकृया पुगेपछि शेयरधनीलाई प्रतिफल हस्तान्तरण हुने वताउँदै सभामा आएका सुझाव तथा मार्गनिर्देशनलाई बैंकले गंभीरतापूर्वक आत्मसात गर्ने वताए । सशस्त्र प्रहरी वलको हलचोक स्थित सभाकक्षमा बैंकका शेयरधनीहरु र नियामक निकायका प्रतिनिधिहरुको सहभागितामा नेपाल बैक लिमिटेडका कम्पनी सचिव केशवप्रसाद भण्डारीको सहजिकरणमा साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभामा बैंक संचालक समितिका सदस्यहरु हरिशरण पुडासैनी, दीपेन्द्रविक्रम थापा, डा.उमाकान्त सिलवाल, भरतराज वस्ती, गंगाप्रसाद ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मी, सहायक प्रमुख कार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रादेशिक कार्यालय प्रमुखहरु लगायतका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।
इडिभीको नतिजा सार्वजनिक, यस्तो छ हेर्ने तरिका
काठमाडौं । इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । गत वर्ष (२०१८)मा भरेको इडिभीको नतिजा मंगलबार राती १२ बजेदेखि हेर्न सकिने छ । सो नतिजा हेर्नका लागि अनिवार्य रुपमा इडिभी भर्दा पाइने कन्फर्मेशन नम्बर चाहिने छ । इडिभी परेको र नपरेको थाहा पाउनका लागि www.dvlottery.state.gov काे प्रयाेग गरेर हेर्न सकिन्छ । हरेक वर्ष विभिन्न मुलुकबाट लाखौं मानिसहरू यही चिठ्ठा कार्यक्रम मार्फत अमेरिका जाने गरेका छन् ।
एलआईसीकाे बोनस दर सर्वाधिक, ६६-८५ को बोनस दरलाई कसरी बुझ्ने ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसीएन)ले सार्वधिक बोनसदर घोषणा गरेको छ । कम्पनीले बीमा लेखमा प्रतिहजार वार्षिक न्युनतम ६६ देखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर घाेषणा गरेको हाे। जुन नेपालको जीवन बीमा क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा उच्च दर हो । कम्पनीले ३ र ५ वर्ष अवधिको जीवन आस्था योजनामा क्रमशः प्रतिहजार ८० र ८५ रुपैयाँ बाेनस सुनिश्चित भएकाे जनाएकाे छ । कम्पनीले आव २०७४/७५ का लागि नयाँ बोनस दर कायम गरेको हो । कम्पनीले ५ देखि १९ वर्षसम्मको सावधिक जीवन बीमालेखमा प्रतिहजार ६६ रुपैयाँ, २० देखि २४ वर्षसम्म ७०, २५ वा सोभन्दा माथि प्रतिहजार ८० रुपैयाँ बोनस दर तोकेको छ । त्यस्तै, १५ वर्षे अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा प्रतिहजार ६६, २० वर्षेमा ६७ रुपैयाँ र २५ वर्षेमा ६८ रुपैयाँ बोनस दर तोकेको छ । साथै, १०, १५ र २० वर्षे जीवन तरङ्ग बीमालेख रहेको छ । जसमा क्रमशः प्रतिहजार ६६, ६८ र ७७ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । यो बोनसदर बीमा व्यवसायको आगामी बीमाङ्कीय मूल्याङ्कन नभएसम्मको लागि कायम हुने छ । यसअघि नेपाल लाईफ इन्स्योरेन्स प्रतिहजार अधिकतम् ८२ रुपैयाँसम्म बोनसदर सहित पहिलाे स्थानमा थियाे । के हो बोनस दर? कुनै पनि बीमा कम्पनीले आफ्नो नाफाबाट बीमितलाई दिइने प्रतिफललाई बीमा बोनस दर भनिन्छ । जुन बीमितले नभई कम्पनी आफैले घोषणा गर्छ । बीमा समितिको नीति अनुसार कुनै पनि कम्पनीले आम्दानी गरेको कूल नाफाको ९० प्रतिशत रकम बीमितलाई र बाँकी रहेको १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्ने व्यवस्था रहेको छ । यसको मतलब जुन कम्पनीको नाफा जति बढी छ उसले त्यति नै बढी बोनसदर निर्धारण गर्छ । यो बोनसदर प्राय वार्षिक रुपमा परिवर्तन भइरहेको हुन्छ । यदि वर्षेनी परिवर्तन भएन भने अर्को वर्षको बोनसदर पनि त्यही अघिल्लो वर्षकै बोनसदर कायम हुने व्यवस्था रहेको छ । किन आवश्यक छ त बोनसदर ? यदि कुनै पनि व्यक्तिले आफ्नो वा जो कोहीको जीवन बीमा गर्न चाहेको छ वा गरिरहेको छ भने उसले उक्त कम्पनीको बोनसदर के-कस्तो छ सम्पूर्ण बुझ्न आवश्यक देखिन्छ । किनभने जुन कम्पनीको बोनसदर उच्च हुन्छ, उक्त कम्पनीबाट जीवित लाभ, कर्जा लगायत मृत्यु दावी भुक्तानी लिँदा राम्रो प्रतिफल पाइन्छ । बीमा शुल्क २६ प्रतिशतले वृद्धि कम्पनीले चालु आवको चैत मसान्तसम्म खुद बीमा शुल्क आर्जनमा २६.४१ प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्ष (आव)को चैत मसान्तमा ६ अर्ब ९५ करोड ३६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा आठ अर्ब ७९ करोड रुपैयाँ कमाएको हो । इन्स्योरेन्सले २०७५ चैतमा १० करोड ७१ लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो । उक्त नाफा गत पुस मसान्तको तुलनामा साढे तीन करोड रुपैयाँले बढी हो । याे नाफा बीमाङ्कीय मुल्याङ्कन अघिकाे हाे । कम्पनीले लगानी, कर्जा तथा अन्यबाट दुई अर्ब ९० करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत चैत मसान्तको तुलनामा ५२ करोड ६२ लाख रुपैयाँ बढी हो । त्यस्तै, कम्पनीले बीमा लेखको धितोमा कर्जाबाट ६० करोड ९९ लाख र अन्य प्रत्यक्ष आय ११ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा बढी हो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४९ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५८ करोड, जीवन बीमा कोषमा ५१ अर्ब ४८ करोड र महाविपत्ति जगेडामा १४ करोड ३९ लाख रुपैयाँ संचित रहेको छ । हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले बीमा लेखको संख्या ७१ करोड कायम गरेको छ । हालसम्म कम्पनीले ११ हजार ४१७ दाबी भुक्तानी मार्फत कूल २ अर्ब २४ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । त्यस्तै, ४० हजार दाबी बापत ३ करोड ६६ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको कम्पनीको विवरणमा उल्लेख छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ७.१७, प्रतिसेयर नेटवेर्थ १४७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तीको मूल्य ३७६७.२३ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात २३७ रहेको छ ।
गलत समुहको रगत चढाइएकी बालिकाको मृत्यु
काठमाडौं। गलत समुहको रगत चढाउँदा बाँसबारी स्थित शाहीद गंगालाल अस्पतालमा एक बालिकाको मृत्यु भएको छ। गलत रगत चढाउँदा ५ वर्षीया बालिका आकृतिकुमारी साहको आईतबार साँझ मृत्यु भएको हो। १७ गते गलत रगत चढाएको कारण बालिकाको स्वास्थ्यमा गम्भिर समस्या आएको थियो। मृतक बालिकाको आफन्तले अस्पतालको लापरवाहीको कारण ज्यान गएको भन्दै आक्रोशित भएका छन्। अस्पतालले सम्बन्धित चिकित्सकलाई कारबाही नगरे र उचित छातीपुर्ती नदिएसम्म शव अस्पतालबाट नउठाउने बताएका छन्। बालिकालाई मुटुमा समस्या भएपछी बैशाख १३ गते अस्पताल भर्ना गरिएको थियो।
संगीतकार न्ह्यू बज्राचार्य मातृशोकमा
काठमाडौं । नेपालको चर्चित संगीतकार न्ह्यू बज्राचार्य मातृशोकमा परेका छन् । आमा कृष्णदेवीको निधन भएको अर्का संगीतकार कालीप्रसाद बास्कोटाले आफ्नो फेसबुक स्टाटसबाट खुलासा भएको छ । उनले आफ्नो फेसबुकको स्टाटसमा बज्राचार्य आमाप्रति श्रद्धान्जली व्यक्त गरेका थिए । संगीत यात्रा मात्र भई कालीप्रसाद बास्कोटा र संगीतकार न्ह्यू बज्रचार्यको यात्रा चर्चित रियालिटी शो नेपाल आइडल सम्म पुग्दा पनि उत्तिकै मजबुत रहेको देखिन्छ ।
नेप्से २१ अंकले बढ्दा शिवमकाे बढी कारोबार, दुई कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । गत सातादेखि निरन्तर ओरालो लागेको सेयर बजार सोमबार उकालो लागेको छ । सोमबारको बजार दोेहोरो अंकले उकालो लागेर १२९९.४१ अंकमा पुगेको छ । पछिल्लो समय लगातार बढेर गत साताको आइतबार १३१४ अंकमा पुगेको नेप्से यस साताको आइतबारसम्ममा निरन्तर घटेर १२७७ अंकमा झरेको थियो । तर सोमबार(आज)को नेप्से अघिल्लो दिनको तुलनामा १.७० प्रतिशतले बढेर १२९९.४१ अंकमा पुगेको छ । त्यस्तै, सो दिन क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ अंकले बढेर २७८ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशत बढी हो । बजारमा परिसूचकमा दोहोरो अंकको सुधार देखिएता पनि कारोबार रकममा भने ३ करोड रुपैयाँ बराबरको गिरावट देखिएको छ । आइतबार ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार जम्मा ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कूल १७२ कम्पनीको कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको सेयर किनबेच भएको छ । कम्पनीको एकैदिन ४ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ३८८ रुपैयाँ रहेको छ । त्यस्तै, जनता बैंक नेपाल, नेपाल बैंक र एनएमबी बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार दुई कम्पनीको लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सो दिन साल्ट ट्रेडिङ कर्पोरेसन र मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले क्रमशः ९.७८ र ९.७० प्रतिशत कमाएका हुन् । यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ४४० र १८१ रुपैयाँ रहेको छ । सोमबार ११ समूह सेयर कारोबारमा आएका छन् । सो मध्ये अन्य बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७५ अंकले उकालो लागेको छ । अन्य समूह भने ०.८५ अंकले घटेको छ ।
धमाधम निर्माण सम्पन्न हुँदै जलविद्युत आयोजना, ऊर्जा क्षेत्रमा कुराभन्दा काम बढी
काठमाडौँ । नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि विकास भएको छ । त्यसले देश बन्दैछ र नयाँ केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ । एकाध मान्छेले सकारात्मक सोच मात्रै राख्ने हो भने पनि देशमा केही न केही परिवर्तन हुन्छ भन्ने तथ्य पनि स्थापित हुँदै गएको छ । कुनै समय विद्युत्भार कटौती अन्त्यको कुरा निकै गाह्रो भन्ने लाग्थ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पनि त्यस्तै लाग्थ्यो । तर समय बदलियो, सोच बदलियो, नेतृत्व पनि बदलियो । केही न केही नयाँ गर्नैपर्छ भन्ने मान्यता काम गर्ने ठाँउमा भएकामा विकसित भयो । पछिल्ला केही दिनमा प्रकाशमा आएका जल तथा ऊर्जा क्षेत्रसँग जोडिएका केही आशालाग्दा समाचारले सुखद सन्देश सञ्चार भएको छ । करीब दश वर्ष निर्माणमा लागेको माथिल्लो त्रिशुली थ्री ए ले परीक्षण उत्पादन शुरु गरेको छ । पहिलो चरणमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन शुरु भएको छ । आइतबार मात्रै त्रिशुली–काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइन चार्ज भएको छ । प्राधिकरणले नै रुग्ण भन्दै आएको ६० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न भएको छ । निकट भविष्यमा नै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिदैछ । निकट भविष्यमा नै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिदैछ । कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटक–पटक म्याद थप । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरेर समयमै सम्पन्न गर्ने उद्घोष गरेपनि आयोजनाले गति लिन सकेको थिएन । प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन । प्राधिकरणमा नयाँ नेतृत्वसँगै सरकारले आयोजनामा कुनै अवरोध हुन नदिने प्रतिवद्धता जनायो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई सम्पन्न गर्न सबैखालको सहयोग उपलब्ध गराएकोले पनि लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । रुग्ण आयोजनालाई गति दिन सानो प्रयासले सफल हुने अवस्था थिएन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर आयोजना प्रमुख फणिन्द्रराज जोशीसँग त्यहाँको अवस्थाबारे जानकारी लिए । ऊर्जामन्त्री वर्षमान पुनले आयोजनाका कामबारे निरन्तर चासो र विवरणको खोजी गरिरहनुभयो । निरन्तरको प्रयासपछि मात्रै सफलता हासिल हुन्छ भनेजस्तै मन्त्रालय, प्राधिकरण र सम्बन्धित आयोजनाको लामो प्रयत्नपछि सफल परीक्षण सम्पन्न भएको छ । कूल अनुमानित लागत रु १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग विसं २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो । एकाध मान्छेले सकारात्मक सोच मात्रै राख्ने हो भने पनि देशमा केही न केही परिवर्तन हुन्छ भन्ने तथ्य पनि स्थापित हुँदै यस्तै शनिबारदेखि प्राधिकरणको अर्को टाउको दुःखाई बन्दै आएको काबेली करिडोरको दोस्रो खण्डको काम सकिएको छ । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रणालीमा थप ७२ मेगावाट विद्युत् थप हुनेछ । ऊर्जामन्त्री पुन, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको निरन्तरको इमान्दार प्रयासका कारण धमाधम राष्ट्रिय प्रणालीमा विद्युत् थप हुन थालेको छ । कूल १३२ केभी क्षमताको प्रसारण लाइन सम्पन्न नहुँदा केही निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न समस्या हुँदै आएको थियो । प्राधिकरणका अनुसार सो प्रसारण लाइनको इलामको सोयाक–पाँचथरको खण्डको निर्माण सम्पन्न भएको छ । पाँचथर र ताप्लेजुङका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण भएको हो । सो करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४ दशमलव ९ मेगावाटको हेवाखोला ‘ए’ र २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिनेछन् । यस्तै सोही करिडोरमा कूल ३७ दशमलव ६ मेगावाट क्षमताको को काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङलगायत निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् तेस्रो खण्डमा जोडिनेछ । मन्त्रालयले लिएको कामकाजी नीतिका कारण धमाधम आयोजना सम्पन्न हुने चरणमा पुगेको र बाँकी रहेका अन्य आयोजना तोकिएको समयमै सम्पन्न गर्न विशेष पहल गरिने मन्त्री पुनको भनाइ छ । अन्य करिडोरको पनि सम्पन्न गरौँः इपान निजी क्षेत्रको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागाईं पछिल्लो समयमा धमाधम आयोजना सम्पन्न हुनु खुसीको विषय भएको बताए । उनले दुई वटा आयोजना सम्पन्न भएर चुप लागेर बस्नेभन्दा पनि अन्य करिडोरमा रहेका आयोजना सम्पन्न गराउनतर्फ मन्त्रालय र प्राधिकरण लाग्नुपर्नेमा जोड दिए । सरकार र निजी क्षेत्रको प्रयासकै कारण चालू आर्थिक वर्षको अन्त्यसम्म २७८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । सरकार र निजी क्षेत्रको प्रयासकै कारण चालू आर्थिक वर्षको अन्त्यसम्म २७८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने मन्त्रालयका अनुसार २० मेगावाट क्षमताको तल्लो मोदी, ६.४ मेगावाटको माथिल्लो मैलुङ ए, २२.२ मेगावाटको माथिल्लो चाकु ए, १२ मेगावाटको नामर्जुन मादी, ३.२ मेगावाटको गुलुन खोला, २५ मेगावाटको काबेली बि एक, २१.६ मेगावाटको तल्लो हेवा खोला र ८.८ मेगावाटको रुडी ए राष्ट्रिय प्रसारण लाइनमा जोडिने छन् । चालू आवको अन्त्यसम्म विद्युत् उत्पादन शुरु गर्ने अन्य आयोजनामा माथिल्लो खिम्ती सात मेगावाटको छ । त्यस्तै गत चैतमा नै निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको वाग्मती सानो जलविद्युत् आयोजनासमेत उक्त सूचीमा छ । घट्टे खोला पाँच मेगावाट, विजयपुर खोला ४.५, माथिल्लो मर्दी खोला सात मेगावाट, रुडी खोला ६.६ मेगावाट र सोलू २३.५ मेगावाट रहेका छन् ।