विकासन्युज

उखु क्रसिङ सकियो, किसानलाई अझै सात अर्ब तिर्न बाँकी

काठमाडौं । समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैयाँ दिएका छैनन् । उखु क्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन् । नेपाल उखु उत्पादक महासंघका अनुसार किसानले यो वर्ष करिब १० अर्ब रुपैयाँको उखु उद्योगीलाई बेचेका छन् । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पौने ६ अर्ब रुपैयाँ उद्योगीबाट र अनुदानबापतको एक अर्ब ३२ करोड रुपैयाँ सरकारबाट पाउन बाँकी रहेको बताए । ‘मोटामोटी सात अर्ब रुपैयाँ बक्यौता छ,’ अध्यक्ष मैनालीले भने, ‘चिनी बिक्री नभएको बहाना बनाएर उद्योगीले भुक्तानी दिएका छैनन्।’ प्रारम्भिक तथ्यांक सात अर्ब रुपैयाँ भए पनि अझै धेरै हुन सक्ने उनले बताए। मैनालीका अनुसार केही उद्योगले गत वर्ष उखु किनेको रकमसमेत तिरेका छैनन् । यो वर्ष दुई करोड क्विन्टल उखु क्रसिङ भएको छ। सरकारले तोकेको न्यूनतम मूल्य प्रतिक्लिन्टल पाँच सय ३६ रुपैयाँले उक्त उखुको मूल्य १० अर्ब ७२ करोड रुपैयाँ हुन्छ। धेरै उद्योगले सरकारले तोकेभन्दा कम दिएकाले करिब १० अर्ब रुपैयाँ हुने महासंघको अनुमान हो। सरकारले किसानको रकम भुक्तानी गर्न पहल गर्ने बताउँदै आए पनि नपाएपछि भुक्तानी कहिले रु भनेर सरकारसँग प्रश्न गर्न थालेका छन्। सरकारी अधिकारी र उद्योगी गैरजिम्मेवार भएको किसानको आरोप छ। चिनी आयातमा रोक लगाउँदा उद्योगीले आफूलाई झुक्याएको प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रममा बताएका थिए। प्रधानमन्त्रीलाई झुक्याएका चिनी उद्योगीले किसानलाई वर्षौंदेखि धोका दिँदै आए पनि कुनै कारबाही भएको छैन। आजको नागरिक दैनिकमा समाचार छ ।

रोयल पेन्ट्सको उपहार स्वरूप बिर्तामोडका ग्राहक सुनिल शाहले जिते ३५० सीसीको बुलेट बाईक

चितवन । रोयल पेन्ट्स प्रा.लि.को डिलर मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा कम्पनीको ग्राहक उपहार योजना अन्तर्गत बिर्तामोडको सत्यनारायण हाडवेयरका ग्राहक सुनिल शाहल बम्पर उपहार ३५० सीसीको बुलेट बाईक जितेका छन् । पेन्ट्सले पर्यटकीय नगरी सौराहामा शनिबार आयोजना गरेको डिलर मिट कार्यक्रममा गरिएको लक्की ड्र मार्फत ३५० सीसीको बुलेट बाईक शाहले जितेका हुन् । यस्तै, योजना अन्र्तगत दोश्रो पुरस्कार होण्डाको स्कृटर मोरङ्ग विराटचोकको नानोकन ईन्टरप्राईजेजका ग्राहक नरेन्द्र भूर्तेलले पाए । तेस्रो पुरस्कार ३२ ईन्चको सामसङ्ग एलईडी टीभी ३ जनाले प्राप्त गरे । सौर्य ईन्टरप्राईजेज वेशीशहरका ग्राहक सुकल चौधरी, एबि सप्लार्यस बुटबलका ग्राहक वीरेन्द्र पौडेल र न्यौपाने हाडवेयर चितवन फूर्तीचोकका ग्राहक सुर्दशन लम्सालले यो पुरस्कार प्राप्त गरेको रोयल पेन्ट्सका निर्देशक कृष्ण भण्डारीले जानकारी दिए । यस्तै, ६ जनालाई ६ वटा सामसङ्ग जेसेभेन मोबाईल, १० जनालाई १० वटा जेटु सामसङ्ग मोबाईल र २० जनालाई २० वटा राईस कुकर उपहार पाएका थिए । सोही अवसरमा बर्षभरी रोयल पेन्ट्सको विक्री लक्ष्य पुरा गर्ने पेन्ट्सका विक्री केन्द्रलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो । यस अन्तर्गत प्लाटिनियम अवार्ड धरानको श्रीशक्ति ईन्टरप्राईजेजले पायो भने डायमण्ड अवार्ड ११ जनालाई, गोल्डेन अवार्डबाट १२ जनालाई, सिलभर अवार्डबाट ११ जनालाई सम्मानितसँगै पुरस्कृत गरिएको थियो । ग्राहकवर्गहरुको माग अनुसार २०७५ साल साउनदेखि चैत मसान्तसम्म कम्पनीले रोयल पेन्ट्स ग्राहकवर्गका लागि यो योजना ल्याएको थियो । रोयल पेन्ट्सले नेपालभरी आफ्नो २०० सय बढी विक्रेतालाई सौराहामा नै बोलाएर डिलर मिट गरेको हो । हाल कम्पनीले ६० जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको छ । कार्यक्रममा चर्चीत हास्य कालाकार मनोज गजुरेल, लोक दोहर गायक पशुपति शर्मा र युवा गायक महेन्द्रराज बरालले सांगीतिक प्रस्तुती मार्फत मनोरञ्जन समेत प्रदान गरेका थिए ।

मिडिया काउन्सिल सम्बन्धि विधेयकको चौतर्फी बिरोध, पत्रकारहरु आन्दोलित

काठमाडौँ । मिडिया काउन्सिल सम्बन्धि विधेयकले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्न खोजेपछि नेपाली पत्रकारहरु आन्दोलित भएका छन् । सो विधेयकमा राखिएका स्वतन्त्र प्रेस विरोधी प्रावधानका विरुद्धमा नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ । महासंघका महासचिव रमेश विष्टले सरकार प्रेसप्रति कठोर बन्दै गएको बताउँदै मिडिया काउन्सिल सम्बन्धी विधेयक प्रेस विरोध रहेको बताए । त्यसका विरुद्ध महासंघ आन्दोलनमा उत्रिएको र आन्दोलनमा साथ दिन सम्पूर्ण मिडियाकर्मी र आम नागरिकलाई अनुरोध गरे । यता, नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले मिडिया काउन्सिल सम्बन्धि विधेयकको विरोध गरेको छ । नाफिज आइतबार विज्ञप्ति जारी गर्दै स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने प्रावधान हटाउन भनेको छ । संघीय संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्बन्धि विधेयकमा स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने व्यवस्था अघि सारिएको सन्दर्भमा संघ (नाफिज) को गम्भीर ध्यानाकर्षण भएको छ–विज्ञप्तीमा उल्लेख छ । विधेयकमा प्रस्तावित व्यवस्थाविरुद्ध नेपाल पत्रकार महासंघ लगायतका संघ–संस्थाले शुरु गरेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँँदै आफ्ना सम्पूर्ण सदस्यहरुलाई आन्दोलनमा सहभागिताका लागि आग्रह समेत गरेको छ । यता, नेपाल मिडिया सोसाइटीले आइतबार नै विज्ञप्ती प्रकाशित गरी मिडिया काउन्सिल सम्बन्धि विधेयकप्रति आपत्ति जनाएको छ । सरकारले बनाउने ऐन कानून प्रेस स्वतन्त्रताका पक्षमा हुनु पर्ने सोसाइटीद्वारा प्रकाशित विज्ञप्तीमा उल्लेख छ । यसैगरी नेपाली काँग्रेसले पनि मिडिया काउन्सिल सम्बन्धि विधेयकको विरोध गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल सम्बन्धि विधेयक स्वतन्त्र प्रेस माथिको कू भएको बताए ।

कैलाश विकास बैंकद्धारा सिरहाका उकृष्ठ विद्यार्थीलाई साईकल वितरण

काठमाडौं । कैलाश विकास बैंक सिरहाको बेलाहा शाखाको बार्षिक उत्सवको उपलक्ष्यमा विद्यालयलाई साईकल वितरण गरेको छ । बैकले सामाजिक उत्तरदायित्व अन्तरर्गत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. १२, बेलहा स्थित बिष्णु चरण श्रेष्ठ मा.बि.का उकृष्ठ विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । साथै, बैंकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलालि शाखाले शनिबार घरदैलो कर्यक्रम गरि स्थानीय जनतालाई वित्तीय साक्षरता सम्बन्धि जानकारी दिएको बताएको छ । आगामी दिनहरुमा पनि बैंकले यस किसिमका सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । हालसम्म बैंकले ९६ बटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै अएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।

कैलाश विकास बैंकद्धारा सिरहाका उकृष्ठ विद्यार्थीलाई साईकल वितरण

काठमाडौं । कैलाश विकास बैंक सिरहाको बेलाहा शाखाको बार्षिक उत्सवको उपलक्ष्यमा विद्यालयलाई साईकल वितरण गरेको छ । बैकले सामाजिक उत्तरदायित्व अन्तरर्गत सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. १२, बेलहा स्थित बिष्णुचरण श्रेष्ठ मा.बि.का उकृष्ठ विद्यार्थीहरुलाई साईकल वितरण गरेको हो । साथै, बैंकको सिराहा शाखा, कल्याणपुर सप्तरी शाखा र लम्की कैलाली शाखाले शनिबार घरदैलो कर्यक्रम गरि स्थानीय जनतालाई वित्तीय साक्षरता सम्बन्धि जानकारी दिएको बताएको छ । आगामी दिनहरुमा पनि बैंकले यस किसिमका सामाजिक सेवाका कार्यहरु गर्दै जाने प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए । हालसम्म बैंकले ९६ बटा शाखा मार्फत वित्तीय सेवा प्रदान गर्दै अएको छ । बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै आधारभुत बैंकिङ्ग सेवाका साथै मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी-आस्वा सेवा, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आईरहेको बताइएको छ ।

भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालयमा विशेष छात्रावृत्ति दिने घोषणा

काठमाडौं। भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यस्तो घोषणा गरेको हो । स्थापनाको पहिलो वर्षमै विश्विद्यालयले विद्यार्थीहरुको मन जित्न सफल भैसकेको छ । हाल उक्त विश्वविद्यालयमा प्यारामेडिकल, बिएस्सी अप्टोमेट्री, रेडियोग्राफी, रेडियोथेरापी, अपरेशन थिएटर, मेडिकल ल्याब टेक्नोलोजी, बि. फार्मेसी, बि. फिजियोथेरापी, ईन्जिनियरिङ, आर्किटेक्चर (बि.टेक र एम.टेक) र व्यवस्थापन (बिबिए र एमबिए), हेल्थ एसिस्टेन्ट, बिएस्सी एग्रिकल्चर लगायतका दर्जनभन्दा बढि कोर्सहरु प्रदान गर्दै आएको छ । उक्त विश्वविद्यालयमा नेपालबाट समेत ५० भन्दा बढि विद्यार्थीहरु हाल अध्ययनरत रहेको विश्विद्यालयका चान्सलर डा. पुनित गोयलले जानकारी दिए । विश्वविद्यालय स्थापनाको एक वर्षमै विद्यार्थीको पहिलो रोजाईमा आफूहरुको विश्वविद्यालय परेको उनले विश्वास दिलाए । उनकाअनुसार विश्वविद्यालयले विदेशबाट आउने विद्यार्थीहरुलाई ध्यानमा राखेर होस्टेलको पनि सुविधा प्रदान गर्दै आएको उनले जनाए । विश्वविद्यालयले गुणस्तरीय शिक्षासमेत प्रदान गर्दै आएको र हाल जिमदेखि खेलकुदको पनि सुविधा प्रदान गरिएको गोयलले बताए । उनले भने,‘हामीसँग सबै पूर्वाधार छ ।’ विश्वविद्यालयले आफ्नै भवन परिसरमा सांस्कृतिक कार्यक्रमपनि सञ्चालन गर्दै आएको उनले सुनाए । विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउनेलाई विशेष छात्रावृद्धिपनि दिईँदै आएको डा. गोयलले जानकारी दिए । उनकाअनुसार हाल उक्त विश्विद्यालयमा २० भन्दा बढि राष्ट्रका विद्यार्थी छन् । भुटान, नेपाल, श्रीलंका, घाना, नाईजेरिया, मुजाम्बिक, केन्या, यमनलगायतका विद्यार्थीहरु अहिले अध्ययनरत रहेको उनले सुनाए । पत्रकार सम्मेलनमा विश्वविद्यालयका भाईस चान्सलर डा. देवेन्द्र पाठकले आफूहरुले विश्वस्तरीय अध्यापन गराउँदै आएको दाबी गरे । उनले भने,‘हाम्रो विश्वविद्यालय व्यवसायिक छ । स्मार्ट छ । अध्याधुनिक प्रविधि छ । नेपाली विद्यार्थीलाई सुहाउँदो कोर्शहरु पनि डिजाईन गरिएको छ । विश्वविद्यालयको अध्ययनपछि विद्यार्थीहरु उद्योग तथा व्यवसायमा जान सजिलो हुन्छ ।’ व्यवहारिक ज्ञान हाँसिल गर्नसमेत विश्वविद्यालयले सहयोग पुरयाउँदै आएको उनले जिकिर गरे । उनले थपे,‘हाम्रो विश्वविद्यालय र भारतका प्रतिष्ठित उद्योगबीच सहकार्य छ ।’ विश्वविद्यालयले कम्युनिकेशन स्किललाई पनि बढावा दिँदै आएको उनले विश्वास दिलाए । विद्यार्थीहरुलाई अनुभव साटासाटको लागि विभिन्न देशमा लैजाने गरेको र यस्ता कार्यक्रमले विद्यार्थीको भीजन ठूलो बनाउनको लागि मद्दत पुग्ने उनले विश्वास दिलाए । उनले थपे,‘हामीले ईन्टरप्रिनरसिप स्किल पनि सिकाउँछौं ।’ यो वर्षको शैक्षिक सत्रमा नेपालबाट करिब दुई सय जना विद्यार्थी भर्ना हुने आफूहरुको विश्वास रहेको पनि पाठकले स्पष्ट पारे । उक्त विश्वविद्यालयमा अहिले कुल तीन हजार विद्यार्थी अध्ययनरत छन् ।

जेठ १ गते सुविसुले ‘कनक्लेभ २०१९’ को आयोजना गर्दै, प्रविधिलाई प्रबर्धन गर्ने उद्देश्य

काठमाडौं । सुविसु केबल नेट प्रालीले आगामी जेठ १ गते दोस्रो संस्करणको ‘कनक्लेभ २०१९’ को आयोजना गर्ने भएको छ । सूचना तथा प्रविधिलाई प्रबर्धन गर्न तथा समय सापेक्ष विषयमा छलफल गर्न सो कार्यक्रमको आयोजना हुन लागेको पाइएको हो । कार्यक्रममा ब्लकचेन टेक्नोलोजी साईबर सेक्यूरिटिज, क्यूओएस, एआई तथा डिजिटल प्रविधिको रुपान्तरणको विषयमा छलफल हुने आयोजकले बताएका छन् । मेगासीस विजेता डा. महाविर पुनले पनि कार्यक्रममा प्रस्तुती दिनेछन् । साथै, अन्य विज्ञहरु समेतले कार्यक्रममा सहभागीता जनाउने आयोजकको दाबी छ ।

‘बजाज एक्सचेन्जसँगै अपग्रेड’ अफर सार्वजनिक, पुराना साधनको न्यूनतम मूल्याङ्कन ३० हजार

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज एक्सचेन्जसँगै अपग्रेड’ अफर सार्वजनिक गरेको छ । वैशाख २९ गतेबाट जेठ ३ गतेसँग लागू हुने यस अफरमा ग्राहकहरुले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि टेकु रोड, काठमाडौंमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याङ्कन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, व्याक्स, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् । ग्राहकहरुले बजाजको नयाँ वर्ष २०७६ को स्कीम “बजाज उल्टो अफर” को लाभ लिन सक्नेछन्, जसमा बजाजको मोटरसाईकल किन्नु भन्दा अगाडि नगद पुरस्कार र किने पछि पनि रु १ लाखसम्मको नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।