चितवन । रोयल पेन्ट्स प्रा.लि.को डिलर मिट सम्पन्न भएको छ । उक्त कार्यक्रममा कम्पनीको ग्राहक उपहार योजना अन्तर्गत बिर्तामोडको सत्यनारायण हाडवेयरका ग्राहक सुनिल शाहल बम्पर उपहार ३५० सीसीको बुलेट बाईक जितेका छन् ।
पेन्ट्सले पर्यटकीय नगरी सौराहामा शनिबार आयोजना गरेको डिलर मिट कार्यक्रममा गरिएको लक्की ड्र मार्फत ३५० सीसीको बुलेट बाईक शाहले जितेका हुन् । यस्तै, योजना अन्र्तगत दोश्रो पुरस्कार होण्डाको स्कृटर मोरङ्ग विराटचोकको नानोकन ईन्टरप्राईजेजका ग्राहक नरेन्द्र भूर्तेलले पाए । तेस्रो पुरस्कार ३२ ईन्चको सामसङ्ग एलईडी टीभी ३ जनाले प्राप्त गरे ।
सौर्य ईन्टरप्राईजेज वेशीशहरका ग्राहक सुकल चौधरी, एबि सप्लार्यस बुटबलका ग्राहक वीरेन्द्र पौडेल र न्यौपाने हाडवेयर चितवन फूर्तीचोकका ग्राहक सुर्दशन लम्सालले यो पुरस्कार प्राप्त गरेको रोयल पेन्ट्सका निर्देशक कृष्ण भण्डारीले जानकारी दिए । यस्तै, ६ जनालाई ६ वटा सामसङ्ग जेसेभेन मोबाईल, १० जनालाई १० वटा जेटु सामसङ्ग मोबाईल र २० जनालाई २० वटा राईस कुकर उपहार पाएका थिए ।
सोही अवसरमा बर्षभरी रोयल पेन्ट्सको विक्री लक्ष्य पुरा गर्ने पेन्ट्सका विक्री केन्द्रलाई विभिन्न अवार्ड प्रदान गरिएको थियो । यस अन्तर्गत प्लाटिनियम अवार्ड धरानको श्रीशक्ति ईन्टरप्राईजेजले पायो भने डायमण्ड अवार्ड ११ जनालाई, गोल्डेन अवार्डबाट १२ जनालाई, सिलभर अवार्डबाट ११ जनालाई सम्मानितसँगै पुरस्कृत गरिएको थियो ।
ग्राहकवर्गहरुको माग अनुसार २०७५ साल साउनदेखि चैत मसान्तसम्म कम्पनीले रोयल पेन्ट्स ग्राहकवर्गका लागि यो योजना ल्याएको थियो । रोयल पेन्ट्सले नेपालभरी आफ्नो २०० सय बढी विक्रेतालाई सौराहामा नै बोलाएर डिलर मिट गरेको हो । हाल कम्पनीले ६० जनालाई प्रत्यक्ष रोजगारी दिदै आएको छ ।
कार्यक्रममा चर्चीत हास्य कालाकार मनोज गजुरेल, लोक दोहर गायक पशुपति शर्मा र युवा गायक महेन्द्रराज बरालले सांगीतिक प्रस्तुती मार्फत मनोरञ्जन समेत प्रदान गरेका थिए ।