वैकिङ् कसूर मुद्दामा फरार प्रतिवादी खड्का पक्राउ

<p>काठमाडौं । प्रशान्त जैसवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रमोदकुमार खड्का भएको बैंकिङ् कसुर मुद्दा पेश भएको छ । उच्च अदालत पाटनको गत बैशाख १६ गतेको फैसलाले जिल्ला काठमाडौं तारकेश्वर न.पा.वडां.९ बस्ने प्रमोदकुमार खड्कालाई एक महिना कैद र २३ लाख जरिवाना सुनाए पछि फरार रहेका थिए । उक्त फरार खड्कालाई निज प्रतिवादी यस ब्यूरोको टोलीले [&hellip;]</p>

काठमाडौं । प्रशान्त जैसवालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रमोदकुमार खड्का भएको बैंकिङ् कसुर मुद्दा पेश भएको छ । उच्च अदालत पाटनको गत बैशाख १६ गतेको फैसलाले जिल्ला काठमाडौं तारकेश्वर न.पा.वडां.९ बस्ने प्रमोदकुमार खड्कालाई एक महिना कैद र २३ लाख जरिवाना सुनाए पछि फरार रहेका थिए ।

उक्त फरार खड्कालाई निज प्रतिवादी यस ब्यूरोको टोलीले असार ३ गते चक्रपथ, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेका छ

प्रतिवादी प्रमोद कुमार खड्काले आर्थिक ब्यबहार मिलाउने भनी जाहेरवाला प्रशान्त जैसवालसंग २३ लाख ऋण सापटी लिएको र सो रकम भुक्तान गर्नका लागि प्रयाप्त रकम हुदै नभएको नेपाल एस।बि।आई। बैंक शाखा कार्यालय गोंगवु, नंवर २०११५२४१४ ०४८८६ एनआरपी /सीबीए भएको खाताको २३लाख रकमको चेक जानी जानी २०७४ साल कात्तिक ११ मा जाहेरवालाको नाममा जारि गरेकोमा उक्त चेकबाट जाहेरवालाई नगद भुक्तान हुन नसकी चेक फिर्ता भएको थियो ।

मिति २०७६ साल असार ४ गते फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरीएका निज प्रतिबादीलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाईएको छ ।

Share News