विद्युत प्राधिकरणले माग्यो ६५४ जना कर्मचारी, एसइईमा सी ग्रेड ल्याउनले पनि आवेदन दिन पाउने
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ६५४ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले अधिकृत स्तर(१० तह) देखि जुनियर टेक्निसियन(तह ३) सम्म कर्मचारी माग गरेको हो । विभिन्न तह र सेवा समूहमा रिक्त पदहरुमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको प्राधिकरणले जनाएको छ । असार १३ गतेदेखि २१ दिन भित्र अर्थात साउन २ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । दोब्बर दस्तुर तिरेर साउन ९ गतेसम्म आवेदन दिन सक्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले प्राविधिक र प्रशासन सेवा समूहमा कर्मचारी माग गरेको छ । विभिन्न सेवा समूह/उपसमूहका अधिकृत स्तर(७ तहदेखि १० तहसम्म) का १११ जना, सहायक स्तर मिटर रिडिङ सुपरभाइजर(प्रशासन) ४२ जना, लेखापाल ३६ जना, सुपरभाइजर(५ तह, प्राविधिक) ८५ जना, सिनियर मिटर रिडर(४ तह) ६७ जना, सहायक लेखापाल ५१ जना, फोरमेन(इलेक्टिकल, मेकानिकल, सिभिल) ११९ जना, इलेक्ट्रिसियन(३ तह) १३४ जना, जुनियर मिस्त्री ७ जना र जुनियर टेक्निसियन २ जना माग गरेको हो । अधिकृत स्तर १० तहको लागि २०००, ९ र ८ तहको लागि १५००, ७ तहको लागि १२०० रुपैयाँ परीक्षा दस्तुर बुझाउनु पर्नेछ भने सहायक स्तर तह ५ को लागि ८००, तह ३ र ४ को लागि ६०० दस्तुर बुझाउनु पर्ने जनाइएको छ । अधिकृत स्तरका सबै र काठमाडौँ क्षेत्रका सहायकस्तरका दरखास्त फारम नेपाल विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुरमा बुझाउनु पर्नेछ । अन्य क्षेत्रको सहायक स्तरका पदहरुमा सम्बन्धित क्षेत्रीय कार्यालयहरु क्रमशः विराटनगर, जनकपुर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया मै आवेदन दिनु पर्ने प्राधिकरणले जनाइएको छ । सम्बन्धित पदमा आवश्यक योग्यताका आधारमा स्नातकोत्तरदेखि प्राविधिक एसएलसी उत्तीर्ण वा प्राविधिक एसइईमा कम्तीमा सी प्लस ग्रेड ल्याएकाले आवेदन दिन सक्नेछन् ।
बाणिज्य बैंकहरुको ‘फोर्सफुल मर्जर’ले सेयर बजारका लगानीकर्ता उत्साहित
काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउने तयारी गरेपछि सेयर बजारका लगानीकर्ता उत्साहित भएका छन् । उनीहरुले बाणिज्य बैंकहरुको मर्जरले सेयर बजारका लागि दिर्घकालिन रुपमा सकारात्मक प्रभाव पर्ने निष्कर्ष निकालेका हुन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउँदा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने बताए । ‘बाणिज्य बैंकहरुलाई फोर्सफुल मर्जरमा पठाउनु राम्रो हो । यसले सेयर बजारमा दिर्घकालिन सकारात्मक प्रभाव पार्छ’, फोरमका अध्यक्ष रौनियारले भने । उनले तत्काल लाभ खोज्ने लगानीकर्ताका लागि भने केहि नोक्सान हुन सक्ने सम्भावना पनि स्विकार गरे । ‘तत्काल नाफा खोज्नेका लागि चाँही केहि घाटा हुन सक्छ, अहिले बजारमा ट्रेडरहरु हावी भैरहेका छन् ’, रौनियारले भने । बैंकहरुको रिजर्भ कोष वृद्धि हुने, लगानीको श्रोत बढ्ने, ग्राहक अधार वृद्धि हुने लगायतका कारणले पनि फोर्स मर्जरले सेयर बजारका लगानीकर्तालाई थप टेवा पुर्याउने उनको विश्लेषण छ । सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले पनि फोर्स मर्जरले सेयर बजारमा दिर्घकालन रुपमा राम्रो नतिजा दिने बताए । ‘बैंकहरुले राम्रा र ठुला परियोजनामा ऋण दिन सक्ने अवस्था छ, फोर्स मर्जरले उनीहरुको क्षमता बढाउँछ र प्रतिफल पनि राम्रो दिने भएकाले यो कदम राम्रो लागेको छ’, संघका उपाध्यक्ष फुल्लेलले भने । उनले यति सानो अर्थतन्त्र भएको देशमा यति धेरै बैंक आवश्यक थिए की थिएनन भनेर पहिले नै सोच्नुपर्ने तर ढिलै भएपनि राष्ट्र बैंकले राम्रो नीति लिएको स्पष्ट पारे । ‘बाणिज्य बैंकहरुको फोर्स मर्जरले सेयर बजारका लगानीकर्ता उत्साहित छन्’, फुल्लेलले भने । इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले पनि सेयर बजारका लागि फोर्स मर्जर सकारात्मक भएको बताउँछन् । ‘एक हप्तामै जोडी नभेटिन सक्छ, तर बाणिज्य बैंकहरुलाई मर्जरमा लैजाने कुरा राम्रो हो’, लम्सालले भने । नेपाल राष्ट्र बैंकले असार २७ गते अगावै मर्जर पार्टनर खोजेर आउन बाणिज्य बैंकहरुलाई निर्देशन दिएको छ । बिहिबार बाणिज्य बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतहरुको संयुक्त भेला डाकेर गभर्नर डा. नेपालले मर्जर पार्टनर खोजेर आउन निर्देशन दिएका हुन् । आफैं पार्टनर खोज्न नसक्नेहरुलाई राष्ट्र बैंक आफैंले पार्टनर खोजिदिने चेतावनी पनि गभर्नरले दिएका थिए । राष्ट्र बैंकले यस अघि नै लघुवित्त कम्पनीहरुलाई मर्जरका लागि तयार रहन निर्देशन दिँदै आएको थियो ।
आँधिखोला लघुवित्तको आइपीओ असार २२ गतेदेखि, २००० कित्तासम्म भर्न पाइने
काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) असार २२ गतेदेखि खुल्ने भएको छ । स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र भएको आँधिखोलाको ४ लाख कित्ता सेयर खुल्न लागेको हो । जसमध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई, ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ । असार २२ गतेदेखि खुल्ने सेयर छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
‘मार्भेलस नाइट’ मा ६०० भन्दा बढी डिलर तथा इन्जिनियर सहभागी
काठमाडौँ । नेपालमा पहिलो पटक सीपीभीसीका आन्वेषणकर्ता, अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको लाईसेन्स अन्तर्गत सहकार्यमा फ्लोगार्ड सीपीभीसी पाईपहरु उत्पादन सुरु गरेको मार्भल टेक्नोप्लाष्ट प्रालिले विभिन्न स्थानमा ‘मार्भेलस नाइट’ आयोजना गरेको छ । गत शुक्रबार पोखरा ग्राण्ड होटल, विरौटामा र शनिबार होटल विनायक प्रालि बर्दिवासमा डिलर तथा डिष्ट्रिब्युटरहरुको भेला ‘मार्भेलस नाइट’ का साथै पत्रकार सम्मेलनको आयोजना गरेको हो । ‘मार्भेलस नाइट’ मा ६०० भन्दा बढी डिलर तथा इन्जिनियरहरु सहभागी रहेको कम्पनीले जनाएको छ ।
भेष्पाको बिक्री प्रबद्र्धन गर्न असार १६ देखि एक्सचेञ्ज क्याम्प, ५० हजारसम्म फाइदा
काठमाडौँ । डि–लाईफ स्टाईल्स प्रालिले विश्वविख्यात ब्राण्ड भेष्पाको बिक्री प्रवर्धन गर्न असार १६ गतेदेखि २२ गतेसम्म ७ भृकुटीमण्डप स्थित प्रर्दशनी केन्द्रमा सिजिङ स्पेशल एक्सचेञ्ज क्याम्प गर्न लागेको छ । क्याम्पमा भेष्पा खरिद गर्ने सम्पूर्ण ग्राहकलाई आगामी बर्षको सवारी कर पनि कम्पनीको तर्फवाट नै भुक्तानी गर्ने जनाइएको छ । स्कुटर पारखीहरुको लागि भेष्पा ब्राण्डमा अपग्रेड हुन आव्हान गर्दै हाल सम्मकै ठूलो एक्सचेन्ज मेला सुरु गरेको कम्पनीले जनाएको छ । मेलामा जुनसुकै ब्राण्डको मोटरसाईकल तथा स्कुटर ल्याएर नयाँ भेष्पा स्कुटर चढेर जान पाईनेछ । ग्राहकले आफ्नो पुरानो वाईक तथा स्कुटरको उच्चतम मूल्याङ्कन पाउने कम्पनीले दाबी गरेको छ । मुुल्याङ्कन भएको पुरानो वाईक तथा स्कुटरमा कम्पनीले रु ३०,००० रुपैयाँ थप गरिदिने छ । क्याम्पमा खरीद गर्ने ग्रहकहरुलाई ५० हजारसम्म फाइदा हुने कम्पनीले जनाएको छ ।
बाल्ट्राको शोरुम अब पोखरामा
काठमाडौं । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाल उपभोक्ताहरु माझ बिक्री-वितरण गर्दै आएको बाल्ट्रा होमएप्लाइन्सले पोखराको नयाँबजारमा आफ्नो दोस्रो र भव्य शोरुमको उद्घाटन गरेको छ । जेठ २९ गते कान्तिपथ काठमाडौंमा पहिलो शोरुम शुभारम्भ गरिएको थियो । नयाँबजार, पोखरास्थित बाल्ट्राको शोरुमलाई असार१२ गते नेपालकी बहुचर्चित नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी थिइन् ।
लक्ष्मी बैंकको १०९औँ शाखा भरतपुरको चनौलीमा
काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममाआफ्नो १०९औँ शाखा भरतपुरको चनौलीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।
मोबाइल मेलामा एसइईका परिक्षार्थीलाई ५० प्रतिशत छुट, ल्यापटप किस्ताबन्दीमा
काठमाडौँ । राजधानीका तीन स्थानमा सञ्चालन भैरहेको मनसुन मोबाइल मेलामा एसइईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न पाउने भएका छन् । एसइईको परीक्षाफल सार्वजनिक भएको अवसर पारेर मोबाइलसँगै ल्यापटप किस्ताबन्दीमा उपलब्ध गराउने अफर सुरु गरिएको हो । चाबहिल चुच्चेपाटी स्थित केएल मोबाइलहब, दरबारमार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा एसइईका परीक्षार्थीले ५० प्रतिशत छुटमा मोबाइल किन्न सक्नेछन् ।