विकासन्युज

कामना सेवा बैंकले गर्याे ‘स्मार्ट टेलर’ सुविधाको शुरु

काठमाडौं । कामना सेवा बैंकले स्मार्ट टेलर सुविधाको शुरुवात गरेको छ । “प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले आफ्नो मुख्य शाखा कार्यालय ज्ञानेश्वर, काठमाडौंमा मोवाईल बैकिङ मार्फत “स्मार्ट टेलर” सुविधा संचालनमा ल्याएको हो । बैंकको मोवाईल सेवा लिएका सम्पूर्ण ग्राहकहरुले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङको क्यूआर कोडकोे मार्फत चेकबुक र एटिएम कार्ड बिना नै निकाल्न सक्ने व्यवस्था रहेको छ । हाल बैंकले ९१ वटा शाखा, ४४ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस्, एसएमएस्, व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।

ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालबीच सेवा सम्झौता

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स र नारायणी सामुदायिक अस्पतालसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाशबिक्रम खत्री र नारायणी सामुदायिक अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत दिपेश घिमिरेले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्नेछन् । सम्झौता पश्चात चितवन लगायत आसपास क्षेत्रका कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । उक्त सम्झौतापत्र ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रदेश नं ५ का क्षेत्रीय प्रबन्धक चरन तिमिल्सिनाले आदान प्रदान गरेका थिए ।

पाँच जना भारतीयको नेपाली नागरिकता खोस्ने सरकारको निर्णय

काठमाडौं । सरकारले पाँच जना भारतीयले लिएको नेपाली नागरिकता खोस्ने निर्णय गरेको छ । असार ५ गते बसेको मन्त्रिपरिषद बैठकले झुठो विवरण पेश गरि नेपाली नागरिकता लिएका पाँच जना भारतीयको नागरिकता खोस्ने निर्णय गरेको हो । सप्तरी, धनुषा र रौतहट जिल्लाबाट नक्कली प्रमाणपत्र पेश गरि ३ जना भारतीय नागरिकले नेपाली नागरिकता लिएको प्रमणित भएपछि सरकारले त्यस्तो निर्णय गरेको हो । यी हुन नेपाली नागरिकता लिने भारतीय नागरिक -सप्तरी जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह । -धनुषा जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर । – रौतहट जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकद्वय जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनि चिनिने कृपाली सिंह

एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटलबीच सेवा सम्बन्धि सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा. रजनिश भारतीले हस्ताक्षर गरेका हुन् । नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको छ । मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । करिब १६ लाख ग्राहक रहेको साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

विश्व बैंक उपाध्यक्षले किन गरे अर्थमन्त्री डा. युवराज खतिवडाको प्रसंशा ?

काठमाडौं । नेपालको अर्थतन्त्रमा व्यापक सुधार गरेको भन्दै विश्व बैंकका प्रतिनिधीले अर्थमन्त्री डा. युवराज खतिवडाको प्रसंशा गरेका छन् । अर्थ मन्त्रीसँग मन्त्रालयमै भेट गर्दै विश्व बैंकका उपाध्यक्ष तथा महालेखा परीक्षक एन्के डिएन्जेलोले प्रसंशा गरेका हुन् । भेटका अवसरमा अर्थमन्त्री खतिवडाले नेपालको विकास प्रयासमा बैंकको निरन्तर सहयोग प्रति आभार व्यक्त गरेका थिए । सन् २०२२ सम्ममा नेपाल विकासशील राष्ट्रको स्तरमा स्तरोन्नति हुने र सन् २०३० सम्ममा कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने दीर्घकालीन लक्ष्य हासिल गर्न वर्तमान सरकार कटिवद्ध रहेको चर्चा गर्दै यसका लागि बिश्व बैंकको सहयोगको निरन्तरता रहने विश्वास व्यक्त गरेका थिए । भेटघाटका क्रममा विश्व वैंकका तर्फबाट अर्थमन्त्रीको नेतृत्वमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरुलाई तिव्रताका साथ अगाडि बढेकोमा प्रशंसा गरिएको थियोे । मुलुकको दीर्घकालीन सोचका बारेमा उपाध्यक्ष तथा महालेखा परीक्षकले राखेको जिज्ञासामा अर्थमन्त्री खतिवडाले विश्व बैंकले आगामी दिनमा पु¥याउन सक्ने थप सहयोगको अपेक्षा सहित नेपालले अवलम्बन गरेका दीर्घकालीन सोंचका बारेमा जानकारी गराउँदै विकासशील राष्ट्रको स्तरबाट स्तरोन्नति हुने मापदण्ड नेपालले करिब–करिब पूरा गरिसकेको जानकारी दिए । नेपाल सरकारले प्रक्षेपण गरे बमोजिम आगामी केही वर्ष दिगो रुपमा उच्च आर्थिक बृद्धि हासिल गरी सोको लाभ सन्तुलित रुपमा सबै तह र तप्कामा न्यायोचित वितरण गर्न सकिनेमा विश्वस्त हुन आग्रह गरेका थिए । उनले संघीय संरचना अनुरुप स्थानीय तह, प्रदेश र संघीय सरकारले ईमान्दारीपूर्वक आर्थिक र सामाजिक विकासमा ध्यान केन्द्रित गर्न सकेमा नेपाल कम आयस्तर भएको मुलुकबाट मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने खाका प्रस्तुत गरे । साथै, सो अभियानमा ठूलो आर्थिक तथा प्राविधिक साधन र श्रोतको आवश्यकता पर्ने भन्दै अर्थमन्त्री खतिवडाले यस अवधिभर स्तरोन्नति भएपछि पनि केही वर्षका लागि सहुलियत दरमा विश्व बैंक लगायतका अन्य विकास साझेदार मुलुक तथा संस्थाहरुबाट निरन्तर सहयोग प्राप्त हुने अपेक्षा पनि व्यक्त गरे । भेटका अवसरमा अर्थ मन्त्रालयका अन्र्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल, आर्थिक सल्लाहकार डा. रामशरण खरेल र विश्व बैंक नेपाल तथा आर्थिक वित्त निगम नेपालका प्रमुख लगायत विश्व बैंकका उच्च पदाधिकारीहरुको उपस्थिति थियो ।

माछापुच्छ्रे बैंकद्वारा मोरङ्गको विद्यालयलाई १० थान पङ्खा हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले मोरङ्गको श्री खण्ड माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । मोरङ्ग जिल्लाकोे सुन्दरहरैचा वडा नं. ६ मा रहेको सो विद्यालयलाई १० थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरेको छ । विराटचोकस्थित बैंकका शाखा कार्यालय प्रमुख रमेश अधिकारीले उक्त  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद आचार्यलाई उक्त १० थान सिलिङ्ग पङ्खाहरु हस्तान्तरण गरेका हुन् । तराईका जिल्लाहरुमा अत्याधिक गर्मीका कारण सरकारी विद्यालयहरुमा विद्याथीहरुको कम उपस्थिती देखिएने गरेकोले विद्यार्थीहरुको पढाईमा बाधा नपुगोस भन्ने उद्धेश्यले माछापुच्छ्रे बैंक लिमिटेडले उक्त पङ्खाहरु प्रदान गरेको हो । माछापुच्छ्रे बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १ सय १५वटा शाखाहरु र १ सय १२ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २२७ स्थानवाट ६ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १३७ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

देवः विकास बैंकले ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने

काठमाडौं । देवः विकास बैंकको १२ औं साधारण सभाबाट ५.५० प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वसम्मतीले प्रस्ताव पारित भएको हो । सो सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित गरियो । साथै, आर्थिक वर्ष २०७५/७६ लेखापरिक्षण गर्न एल.एस.पि. एशोसियटस् (प्रो. सि.ए. सतिसचन्द्र लाल तथा सि.ए. गोपालकुमार श्रेष्ठ) लाई वाहृय लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतीबाट पारित गरियो । यसै गरी विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत (रु. १३,९३,५२,४१९.१४) बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरियो । बिशेष प्रस्ताव अन्तर्गत वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित गरियो ।

मेडिसिटी, स्वास्थ्य मन्त्रालय र ग्रुप अफ टेक्निकल असिस्टेन्सबीच गोष्ठि हुँदै

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ग्रुप अफ टेक्निकल असिस्टेन्ससंगको सहकार्यमा दुई दिने अन्तर्राष्ट्रिय गोष्ठि आयोजना गर्ने भएको छ । असार १३ र १४का दिन ललितपुरमा आयोजना हुने गोष्ठिको उद्घाटन उप–प्रधान तथा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रीको प्रमुख आतिथ्यमा हुनेछ । ‘बिरामी सुरक्षाको सुदृढ ढाँचाको विकास‘ विषयमा यो सम्मेलन केन्द्रित रहनेछ । अमेरिका स्थित रोग नियन्त्रण तथा निवारण केन्द्रका अनुसार बिरामीहरुको उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरुको भुलचुकले वर्षमा २ लाख ५० हजार बिरामीहरु अस्पतालमै मृत्यु हुने गरेको छ । मृत्युको कारणहरुमध्ये अमेरिकामा यसरी मृत्युहुनेहरुको संख्या तेश्रो नम्बरमा रहेको पाइएको छ जुन सडक दुर्घटनाबाट मृत्यु हुनेहरुको संख्यासंग तुलनात्मक रुपमा रहेको छ । नेपाल मेडिसिटी अस्पतालले बिरामी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सोका लागि आवश्यक नीति तथा प्रक्रिया अघि सार्दै भारतको गुणस्तरीय बोर्डद्धारा नेशनल अक्रेडिटेशन बोर्ड फर हेल्थ एण्ड हस्पिटलको अन्तर्राष्ट्रिय मान्यता समेत प्राप्त गरिसकेको छ । बिरामीको स्वास्थ्यमा प्रभाव पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष क्रियाकलापबारे जान्ने अवसर यस सम्मेलनका सहभागिले पाउने छन् । सुरक्षाका विषयमा स्वास्थ्य कर्मीहरुबीच छलफल गर्दै यसको बृहत विकासका लागि सल्लाह, सुझाव र प्रतिक्रियाहरु संकलन गरी अस्पताललाई पूर्ण रुपमा सुरक्षित बनाउने अपेक्षा यो सम्मेलनले राखेको छ । उत्साहजनक सहभागिता देखाइएको यस सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्वारा मौखिक प्रस्तुति, पोष्टर प्रस्तुति, कि नोट सम्बोधन तथा प्यानल छलफल हुँदैछ । विश्व स्वास्थ्य संगठन, अमेरिका, बेलायत, जर्मनी, खाडी मुलुक, भारत लगायतका विभिन्न स्थानबाट स्वास्थ्यक्षेत्रको नेतृत्वतहका प्रतिनिधिहरु यस सम्मेलनका लागि नेपाल आएको छ ।