‘मार्भेलस नाइट’ मा ६०० भन्दा बढी डिलर तथा इन्जिनियर सहभागी

<p>काठमाडौँ । नेपालमा पहिलो पटक सीपीभीसीका आन्वेषणकर्ता, अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको लाईसेन्स अन्तर्गत सहकार्यमा फ्लोगार्ड सीपीभीसी पाईपहरु उत्पादन सुरु गरेको मार्भल टेक्नोप्लाष्ट प्रालिले विभिन्न स्थानमा ‘मार्भेलस नाइट’ आयोजना गरेको छ । गत शुक्रबार पोखरा ग्राण्ड होटल, विरौटामा र शनिबार होटल विनायक प्रालि बर्दिवासमा डिलर तथा डिष्ट्रिब्युटरहरुको भेला ‘मार्भेलस नाइट’ का साथै पत्रकार सम्मेलनको आयोजना गरेको [&hellip;]</p>


काठमाडौँ । नेपालमा पहिलो पटक सीपीभीसीका आन्वेषणकर्ता, अमेरिकी कम्पनी लुब्रिजोल कर्पोरेशनसँगको लाईसेन्स अन्तर्गत सहकार्यमा फ्लोगार्ड सीपीभीसी पाईपहरु उत्पादन सुरु गरेको मार्भल टेक्नोप्लाष्ट प्रालिले विभिन्न स्थानमा ‘मार्भेलस नाइट’ आयोजना गरेको छ ।

गत शुक्रबार पोखरा ग्राण्ड होटल, विरौटामा र शनिबार होटल विनायक प्रालि बर्दिवासमा डिलर तथा डिष्ट्रिब्युटरहरुको भेला ‘मार्भेलस नाइट’ का साथै पत्रकार सम्मेलनको आयोजना गरेको हो । ‘मार्भेलस नाइट’ मा ६०० भन्दा बढी डिलर तथा इन्जिनियरहरु सहभागी रहेको कम्पनीले जनाएको छ ।

Share News