
काठमाडौं । विभिन्न रेञ्जका ठूला तथा साना होम एप्लाईन्सहरुका नवीन तथा उत्कृष्ट उत्पादनहरु नेपाल उपभोक्ताहरु माझ बिक्री-वितरण गर्दै आएको बाल्ट्रा होमएप्लाइन्सले पोखराको नयाँबजारमा आफ्नो दोस्रो र भव्य शोरुमको उद्घाटन गरेको छ ।
जेठ २९ गते कान्तिपथ काठमाडौंमा पहिलो शोरुम शुभारम्भ गरिएको थियो । नयाँबजार, पोखरास्थित बाल्ट्राको शोरुमलाई असार१२ गते नेपालकी बहुचर्चित नायिका प्रियंका कार्कीले उद्घाटन गरेकी थिइन् ।