चिट्ठासहित भारतीय पक्राउ
काठमाडौं । चिट्ठासहित एक भारतीय नागरिक शुक्रबार भद्रपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत पश्चिम बगाल दार्जिलिङ जिल्ला डेङगुजोत निवासी २० वर्षीय मोहमद एनसउल रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिएका छन् । विशेष सूचनाको आधारमा उनलाई भद्रपुर–६ स्थित भानुनगर नजिकैबाट पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले पश्चिम बगाल र नागालैण्ड स्टेट कम्पनीको १२० ठेली चिट्ठा (लट्री) बरामद गरेको छ । पछिल्लो समय नेपाली सीमावर्ती बजारमा भारतीय चिट्ठा (लट्री) बेचविखन गर्ने कारोवारीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । नेपालमा प्रतिबन्धित मानिएको भारतीय चिट्ठाको कारोवार बढेसँगै नेपालीको लाखौँ रुपैयाँ भारत गइरहेको छ । चिट्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमतिमाबाहेक कसैले पनि चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन नपाइने उल्लेख गरिएको छ । रासस
एसईईमा कुन ग्रेड ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?
काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले गएको बिहीवार एसईईको नतिजा निकालेसँगै एसईई दिएका भाईबहिनी र उनिहरुका अभिभावकको एसईईको नतिजालाई लिएर तनाव सिद्दिएको छ। यो तनावको अन्त्यसँगै अब कुन विषय पढ्ने र पढाउने भन्ने अन्यौलमा धेरै विद्यार्थी र अभिभावक पर्नु भएको छ। यसपटकको नतिजामा जिपीए ३ दशमलब ६० देखि ४ सम्म प्राप्त गर्ने विद्यार्थीको संख्या १७५८०, यस्तै ३ दशमलब २० देखि ३ दशमलब ६ शुन्य जिपीए ल्याउने विद्यार्थीको संख्या ५११३७, २ दशमलब ८० देखी ३ दशमलब २० जिपिए ल्याउने विद्यार्थी संख्या ६३७४१, २ दशमलब ४० देखी २ दशमलब ८० जिपिए ल्याउने विद्यार्थी सख्या ७६५६४, २ दशमलब शुन्य देखी २ दशमलब ४० जिपिए ल्याउने विद्यार्थी संख्या ९८२०७, १ दशमलब ६० देखी २ दशमलब जिपिए ल्याउने विद्यार्थी संख्या ९५३०७, १ दशमलब २५ देखी १ दशमलब ६० ल्याउने विद्यार्थी संख्या ४३८४१ र ० दशमलब ८० देखी १ दशमलब २० ल्याउने विद्यार्थी संख्या ४४२९ रहेको छ। अंकहरु जिपिए सिस्टमा गईसकेपछी विभिन्न प्लस टु र प्राविधिक कलेजहरुमा कति जिपिए ल्याएकोले के पढ्न पाउने भन्ने व्यवस्था गरेको छ। विद्यार्थीले राम्रो जिपिए ल्याएको खण्डमा आफुले मनलागेका बिषय पढ्न पाउँछन् तर कम जिपिए आएको खण्डमा विद्यार्थीले आँफैसँग समझौता गरेर पढ्नु पर्ने हुन्छ। यस्ता छन् तपाईको जिपिएको आधारमा पढ्न पाउने बिषय : कक्षा ११ मा भर्ना हुनलाई के-कस्तो प्रावधान छ ? नियम अनुसार एसईईमा १ दशमलव ६ सम्म जीपीए ल्याएका विद्यार्थीले ११ कक्षामा भर्ना हुन पाउने प्रावधान रहेको छ तर यसका लागि अरु पनि प्रावधान पूरा गर्नुपर्ने हुन्छ। जस्तै प्लस २ विज्ञान संकायमा ११ कक्षामा भर्ना हुन २ जीपीएका साथमा विज्ञान र अनिवार्य गणितमा सी प्लस तथा सामाजिक, अंग्रेजी र नेपालीमा डी प्लस आएकै हुनुपर्छ। विज्ञान विषय अध्ययन गर्नका लागि एसईईको परीक्षामा कम्तीमा २.० जीपीए ल्याउनुपर्छ। साथै गणित र विज्ञान विषयमा सी साथै अंग्रेजी, नेपाली र सामाजिकमा डि प्लस हुनुपर्छ । यसैगरी व्यवस्थापन विषय अध्ययनका लागि विद्यार्थीले १.६ जीपीए ल्याउनुपर्छ साथै अंग्रेजी, नेपाली, गणित र सामाजिकमा डी प्लस हुनुपर्छ। मानविकी र शिक्षा संकाय अध्ययन गर्नका लागि विद्यार्थीको १.६ जीपीए हुनुपर्ने साथै नेपाली, सामाजिक र अंग्रेजीमा डी प्लस हुनुपर्ने प्रावधान रहेको छ। प्राविधिक बिषय पढनलाई के-कस्तो प्रावधान रहेको छ ? यदी तपाई प्राविधिक विषय अध्ययन गर्न चाहानुहुन्छ भने तपाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् मार्फत आफूले प्राप्त गरेको ग्रेड अनुसार २९ वटा विषय अध्ययन गर्न सक्नुहुनेछ। प्राविधिक शिक्षा तर्फ स्वास्थ्य, इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय अध्ययन गर्न पाइन्छ। यी कार्यक्रमको अवधि ३ वर्षे हुने प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) का सूचना अधिकारी अनिल मुनी बज्रचार्यले जानकारी दिए । उनका अनुसार एसईईपछि अध्ययन गर्न सकिने प्राविधिक कोर्स विभिन्न अवधिको हुने छन्। माथिल्लो तहको अध्ययनमा अघि बढ्न सकिने र मध्यमस्तरको जनशक्तिको मान्यता पाउने तीन वर्षे डिप्लोमा नै भएको उनले बताए । प्राविधिक शिक्षा दुई र तीन महिने, १० महिने, १८ महिने पनि हुन्छ। यी छोटा अवधिका तालिमबाट सीप मात्र सिकिन्छ, माथिल्लो तहको स्नातक पढ्न भने पाईन्न। तीनवर्षे डिप्लोमा तह कोर्ष पढेपछि भने उच्च शिक्षा अध्ययनको अवसर पनि पाइन्छ । १। स्वास्थ्य यस्तै विद्यार्थीले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रममा १० वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह नेत्रविज्ञान, प्रमाणपत्र तह सामान्य चिकित्सा, प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी, डिप्लोमा इन फार्मेसी, प्रमाणपत्र तह डायाग्नोष्टिक रेडियोग्राफी, प्रमाणपत्र तह दन्तविज्ञान, प्रमाणपत्र तह सामान्य आयुर्वेद चिकित्सा, प्रमाणपत्र तह अक्कुपन्चर एण्ड अकुप्रेसर र डिप्लोमा इन फिजियोथेरापी पढ्न सकिन्छ । प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्य तर्फका सम्पुूर्ण कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञानमा न्युनतम सी ग्रेड र जीपिए २ अंक प्राप्त गरेको हुनुपर्ने छ । २। ईन्जिनियरिङ इञ्जिनियरिङ सम्बन्धित कार्यक्रमा १२ वटा विषयको अध्ययन गर्न सकिने छ । जसमा डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डीसनिङ रहेका छन् । डिप्लोमा इञ्जिनियरिङ् तर्फका सम्पुूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्युनतम सि ग्रेड र अग्रेजि न्युनतम डि प्लस ग्रेट हुनुपर्ने छ । ३। कृषि तथा वनविज्ञान कृषि तथा वनविज्ञानसँग सम्बन्धित कार्यक्रमा ४ वटा विषयको अध्ययन गर्न सकिन्छ। जसमा डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर( पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री छन्। डिप्लोमा तहका कृषि, फुड/डेरी टेक्नोलोजी र फरेष्ट्रिका लागि अग्रेजि, गणित र विज्ञान मध्ये कुनै २ विषयमा न्युनतम सि र कुनै एक विषयमा न्युनतम डि प्लस गे्रड आएले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमा होटल म्यानेजमेन्ट विषयको अध्ययन गर्न सकिने छ । जसका लागि अंग्रेजि, विज्ञान र गणितमा न्युनतम डि प्लस ग्रेड आएको हुनुपर्ने छ । ४। सोसल वोर्क सोसल वर्क तर्फ डिप्लोमा इन इन्टरप्रेनर्शिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वर्क्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्युनतम डि प्लस ग्रेड आएको हुनुपर्ने छ । व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि आंगिक र सम्बन्धन प्राप्त कलेजमा भर्ना लिन आधार तय गरेको छ । तीनवर्षे डिप्लोमा तह अध्ययन गर्न कम्तीमा २ जीपीए ल्याउनुपर्ने हुन्छ । सिटिईभिटी मार्फ संचालीत आङ्खिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र नीजि स्तरबाट संचालित शैशिक संस्थामा कक्षा संचालन हुने छन् । सबै गरेर ४९६ शैक्षिक संस्था र १९ हजार ७४१ जना विद्यार्थी पढाउने क्षमता रहेको बज्रचार्यले जानकारी दिए । उनले भने प्राविधिक विषय अध्ययन गर्न प्रवेश परीक्षामा नाम निकालन पर्छ । प्राविधिक शिक्षा लिए पछि बेरोजगार बस्नु पर्दैन । सिटिभिटीले शुल्क निधारणका लागि समीति गठन गरेको छ । समितिले केही दिन पछि शुल्क तोक्ने पनि बज्रचार्यले बताए ।
२० जना अपाङ्ग विधार्थीलाई नेपाल टेलिकमले दियो सिमकार्ड सहितको एण्ड्रोइड स्मार्टफोन
काठमाडौँ । नेपाल टेलिकमले सुनसरीमा दृष्टिसम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई अध्ययन कार्यमा सहयोग पुर्याउने उद्देश्यले एण्ड्रोइड स्मार्टफोन सिमकार्डसहित वितरण गरेको छ । सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रममा दृष्टि सम्बन्धी अपांगता भएका बाह्र र स्नातक अध्ययनरत विद्यार्थीहरुलाई सामसुङ ग्यालेक्सी एम २० स्मार्टफोन उपलब्ध गराइएको हो । कम्पनीका तर्फबाट दूरसञ्चार कार्यालय इटहरीका प्रमुख उप–प्रबन्धक ज्ञानेश दंगालले मोबाइल सेट हस्तान्तरण गरे । सो अवसरमा दंगालले मोबाइल सेट र उपलब्ध सञ्चार सुविधाहरुले विद्यार्थीहरुको पढाईमा सहयोग पुर्याउनुका साथै सहज जीवन यापनमा भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरे । उनले विद्यार्थीहरुले ब्रान्ड एम्बेसडरको रुपमा रहेर कम्पनीको सेवाको बारेमा जानकारी प्रवाह गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका वरिष्ठ प्रशासकीय अधिकृत घनश्याम पाण्डेले सरकारको लगानी र राष्ट्रियताले ओतप्रोत कम्पनीको तर्फबाट गरिएको सानो सहयोगले दृष्टि सम्बन्धी अपांगता भएका विद्यार्थीहरुलाई सूचना प्रविधिमैत्री वातावरण प्रदान गर्न र थप योग्यता निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो कार्यक्रमका लागि सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने मैत्री समाज नेपालका अध्यक्ष प्रमेन्द्र ढकालले दृष्टि सम्बन्धी अपांगता भएका व्यक्तिहरुलाई नेपाल टेलिकमले सूचना प्रविधिमार्फत एउटा अवसरको सिर्जना गरिदिएको बताउँदै परीक्षणको रुपमा सहयोग प्रारम्भ गरेकोमा कम्पनीप्रति आभार प्रकट गरे । मोबाइल प्राप्त गर्ने पदम ठटालले विभिन्न सेवासहितको मोबाइल प्राप्त गरेपछि भने– एमपी थ्री बोक्नुपर्ने वाध्यता हटेको र अध्ययनका लागि प्रयोग गर्नुपर्ने विभिन्न एप्सहरु अब एउटै उच्च क्षमताको मोबाइलबाट प्रयोग गर्न सकिने भएकाले हामीलाई निकै हौसला मिलेको छ । पदम महेन्द्र बहूमुखी क्याम्पस धरानमा शिक्षा संकाय तर्फ स्नातक चौथो वर्षका विद्यार्थी हुन् । ‘आइसिटी फर द स्टुडेण्ट विथ भिजुअल डिसएबिलिटी’ कार्यक्रम मार्फत प्रदेश नम्बर १ मा सुनसरीको इटहरी र कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगरका विद्यार्थीहरुलाई सहयोग गर्ने कम्पनीको कार्यक्रम रहेको छ । यस अन्तर्गत आर्थिक एवं प्राविधिक रुपमा पछि परेका जम्मा २० जना दृष्टिविहीन विद्यार्थीहरुलाई कम्पनीको सिमकार्ड सहित एण्ड्रोइड स्मार्टफोन उपलब्ध गराएर अत्याधुनिक सूचना प्रविधिमा आधारित अध्ययनको अवसर प्रदान गर्न लागिएको हो । विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराएको विद्यार्थी अफर अन्तर्गतको सुविधा उपयोग गरी ६ महिनासम्म प्याकेज र १ वर्षसम्म बोनसको सुविधा उपयोग गर्न सक्नेछन् । अपांगता भएका व्यक्तिहरुका लागि कम्पनीले भ्वाइस सेवामा समेत विशेष सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।
बढ्न छाड्यो लघुवित्तको आईपीओको मूल्य, कुन शेयरको मूल्य कतिमा रोकिए ?
काठमाडौं । केही समय अघिसम्म लघुवित्तको शेयरलाई सुनको फुल पार्ने हाँसको रुपमा लिइन्थ्यो । एक हजार रुपैंयाको लगानी ५/६ महिनामै २०/२५ गुणासम्म पुग्थ्यो । कुनै कम्पनीको शेयरमूल्य त ४ हजार रुपैंयाभन्दा माथिसम्म पनि पुगेको थियो । कुनै कम्पनीले हकप्रद वा बोनस जारी गर्न समायोजन गरेको मूल्यले २/४ दिनमै ‘रिकभरी’ लिन्थ्यो फलस्वरुप दिइएको हकप्रद वा बोनस सित्तैमा पाइएजस्तो हुन्थ्यो । तर, समय बदलियो, अहिले बल्लबल्ल परेको आईपीओको भाऊ पनि ५०० रुपैंया माथि जाँदैन, हकप्रद र बोनसको मूल्य समायोजन भएपछि शेयरमूल्य बढ्ने त कुरै छैन, बरु दिनदिनै घट्न थाल्छ । हालसम्म दोस्रो बजारमा सूचीकरण भएको सबैभन्दा पछिल्लो लघुवित्त कम्पनी गणपति माइक्रोफाइनान्स हो । अधिकतम ४३८ रुपैंयामा कारोबार भई ४३६ रुपैंयामा कारोबार रोकियो । उक्त शेयरको कारोबार बिहीबार मात्रै ६ हजार कित्ताभन्दा बढी भयो । बजारमा जब खरिद चाप बढी हुन्छ र बिक्रीको चाप कम हुन्छ, यसले मूल्य बढ्ने आधार तय गर्छ र यसको ठीक विपरित बिक्रीको चापले मूल्य घटाउने आधार तयार गर्छ । अझ उच्च मूल्यवृद्धिको क्रममा रहेका शेयरहरुमा त बिक्री फाट्टफुट्ट मात्रै भेटिन्छन् । गणपतिको यति धेरै कारोबार हुनु र अधिकतम मूल्यबाट घटेर कारोबार हुनुले अब सो कम्पनीको शेयरमूल्य यही आसपास अडिने सम्भावना देखिन्छ । गणपति भन्दा केही दिनअघि मात्रै सूचीकरण भएको आशा लघुवित्तको शेयरमूल्य अधिकतम ५१० रुपैंयासम्म पुग्यो, त्यसपछि घट्न थालेको शेयर बिहीबार ४०१ रुपैंयामा झरेको छ । नेपाल एग्रोको शेयरमूल्यले ५०० को विन्दुलाई त छोएको छ, यसको पनि बिहीबार मात्रै १२ हजार कित्ता भन्दा बढी शेयर कारोबार भयो, यसको अर्थ अब यसको मूल्य पनि धेरै माथि जाँदैन । त्यसो त केही समय अधिक माथि शेयरमूल्य पुगेका उन्नति, नाडेप, सपोर्ट, आरम्भ लगायतका माइक्रोफाइनान्सहरुको शेयरमूल्य समेत अहिले सोही हाराहारीमा आएको छ । नाडेप, उन्नति र सपोर्टले यसअघि हकप्रद शेयर जारी गरेर शेयरमूल्य केही समायोजन गरेको भएपनि समायोजित मूल्यभन्दा यी शेयरहरुको भाऊ निकै तल गइसकेको छ । २००० रुपैंया नजिक रहेको उन्नतिले दिएको २० प्रतिशत हकप्रद र ४० प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको थियो, तर मूल्य भने १९५९ रुपैंयाबाट ८३० रुपैंयामा झरेको हो । त्यस्तै, ३ बराबर २ अनुपातमा हकप्रद जारी गरेको सपोर्टको मूल्य १२४१ रुपैंयाबाट ४०० मा झरेको छ । त्यस्तै शतप्रतिशत हकप्रद जारी गरेको नाडेपको मूल्य सामान्यतया ५० प्रंतिशत भन्दा कमले मात्रै घट्नुपर्नेमा १५५० सम्म पुगेको शेयरमूल्य ४६४ मा सीमित रहन गएको छ । किन बढ्न छाड्यो मूल्य ? बजारमा दिनप्रतिदिन लघुवित्तको शेयर आउनु तथा नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको पुँजी वृद्धिसम्बन्धी दिएको नीतिका कारण पछिल्लो समय लघुवित्त समूहका शेयरमूल्य घट्न थालेको सरोकारवालाहरु बताउँछन् । सानो पुँजीबाट सुरु भएका लघुवित्तलाई पुँजी पर्याप्तता अनुपात कायम गरी व्यवसाय विस्तार गर्न थप पुँजी आवश्यक भएकोले लघुवित्तको शेयरको आपुर्ति बढ्दै गएको र यसैको प्रभाव शेयरमूल्यमा देखिएको उनीहरु बताउँछन् । यसले गर्दा लघुवित्तकाे शेयरमा आकर्षण समेत कम देखिन थालेकाे छ । त्यसो त, स्थानीय तहहरुमा वाणिज्य बैंक नै पुग्नु र विपन्न वर्ग कर्जाबाहेक अन्य कर्जाको स्रोत नहुने कारणले पनि उनीहरुको नाफा विस्तारमा संकुचन हुने अवस्था देखिएको छ । यसका कारण लघुवित्त बैंकर्स संघले कृषि कर्जालाई पनि लघुवित्त कम्पनीमार्फत् लगानी गर्नुपर्ने व्यवस्था गर्ने व्यवस्था मौद्रिक नीतिमार्फत् गर्नुपर्ने माग गर्दै आएको छ ।
साझा यातायातमा कार्डबाटै भाडा, प्रयोगमा ल्याए पाँच सय जनाले
काठमाडौं । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पुर्याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताए । उनका अनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई–टिकेटिङ’ सेवा लागू गरिसकेको छ । यात्रुले बसमा कार्यरत सहचालक वा साझा यातायातको पुल्चोकस्थित कार्यलयबाट कार्ड खरिद गर्दा त्यसमा यात्रुले पूरै रकम पाउने उनले बताए । उनले भने, “रु २०० को कार्ड किन्दा यात्रुले रु २०० नै पाउनुहुन्छ ।” कार्डको प्रयोग गर्दा यात्रुसँग सहचालकलाई दिने जति ठिक्क छ छैन वा बसले बढी भाडा लिन्छ भन्ने चिन्ता नहुने साझाले जनाएको छ । यात्रुहरु आकर्षित भइरहे पनि अरू बसले पनि यो सेवा शुरु गरेपछि नै यसको प्रयोग व्यापक बन्दै जाने पाण्डेयले बताएका छन् । नियमित रुपमा बसमा यात्रा गर्ने कर्मचारी, विद्यार्थीलगायतलाई यो सेवाले फाइदा पुर्याइरहेको उनले बताए । उनले भने, “यात्रुले यसबारेमा बुझ्दै जाँदा प्रयोग बढ्दै जाने विश्वास छ ।” नेपालमा सार्वजनिक यातायातमा नयाँनयाँ प्रविधि भित्र्याइरहेको साझा यातायातको अहिले काठमाडौँ उपत्यका र उपत्यकाबाहिर चल्ने गरेर ७१ बस सञ्चालनमा छन् । साझाका एउटा ‘लो फ्लोर’ बससमेत सञ्चालनमा छ । साझाले स्थानीय सरकारसँगको सहकार्य बढाउँदै जाँदा उपत्यकाका धेरै पालिकाले साझाको शेयर खरिद गरिरहेका छन् । रासस
७ लाख रुख काट्न सरकारलाई समितिको निर्देशन, ‘निजगढ विमानस्थल निर्माण कार्य प्रारम्भ गर’
काठमाडौँ । राष्ट्रिय सभा अन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ लाख रुख काट्न सरकारलाई निर्देशन दिएको छ । समिति सभापति दिलकुमारी रावल(पार्वती)को अध्यक्षतामा शुक्रबार बसेको बैठकमा निजगढ विमास्थलबारे छलफल सहित ७ लाख रुख काट्न निर्देशन दिएको हो । बिमानस्थलस्थल निर्माणको मोडालिटी बनाउन र तत्काल डीपीआर तयार गर्न निर्माण कार्य प्रारम्भ गर्न समितिले निर्देशन दिएको हो । सभापति रावलले भनिन-राष्ट्रिय गौरबको आयोजना निजगढ विमानस्थलको काम तत्काल शुरु गर्नु पर्छ । विमानस्थल निर्माण हुने क्षेत्रमा पर्ने बारा जिल्लाको टाँगिया वस्ती व्यवस्थान छिटो गरी निर्माण कार्य शुरु गर्न पनि समितिले सरकारलाई सुझाएको छ । बैठकमा समितिका सदस्य सांसदहरु सहित पर्यटन सचिव मोहनकृष्ण सापकोटाको उपस्थिति रहेको थियो । विमानस्थल निर्माणको डीपीआर तयार पार्न ७ वटा फर्मलाई सर्टलिस्टिङ गरिएको उनले बताए । यी समाचारपनि पढ्नुहोस् निजगढ विमानस्थल निर्माणले गति लिएन, ‘गलत प्रचारका कारण आयोजनाको काम ओझेलमा’ निजगढ विमानस्थलको बाधक टाँगियावस्ती अन्यत्र सारिदै, ४ अर्ब लाग्ने अनुमान निजगढ विमानस्थल बनाउन अन्तर्राष्ट्रिय दाताको खोजी, उपयुक्त बिकल्प नआए सरकार आफैँले बनाउने ११ हजार बिघामा बन्ने निजगढ विमानस्थलको निर्माण लागत ७ खर्ब, १४०० घरटहरा हटाउनु पर्ने
बाढीको उच्च जोखिममा दाङ, सतर्क रहन आग्रह, पूर्वतयारी के के छन् ?
काठमाडौं । जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए । यसरी, दाङको बबई नदीमा दुई पटक आएको यो बाढीले २५ जनाको ज्यान लियो । तीनजना अझै बेपत्ता छन् भने कयौँ घाइते भए । नौ हजार ३८५ जनाभन्दा बढी प्रभावित मात्र भए । उनीहरु बस्दै आएका करिब एक हजार ५०० भन्दा बढी भौतिक संरचनाहरु जमिनमा विलिन भए । यसले झन् गरिबी निम्त्यायो भने बालबालिकाहरुमा कुपोषण देखियो । रोजगार र बालबालिकाहरुको शिक्षा समेत अस्तव्यस्त भए । दाङमा बितेको एक वर्षमा दैवी प्रकोपमा परेर ३८ जनाले ज्यान गुमाए । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका अनुसार एक वर्षमा विभिन्न विपद्मा परी ३८ जनाको मृत्यु भयो भने विपद्कै कारण १७१ घरमा क्षति पुगेको छ । ३७ वडा बाढीको उच्च जोखिममा त्यस्तै, दाङमा नौ स्थानीय तहका ३७ वटा वडा बाढीको उच्च जोखिममा छन् । दाङमा दुई उपमहानगरपालिका र एक नगरपालिकासहित १० स्थानीय तह छन् भने १०० वटा वडा रहेका छन् । विशेष गरी दाङ उपत्यकामा बबई नदी र त्यसमा मिसिने सहायक खोलाहरुका कारण जोखिम छ भने देउखुरी उपत्यकामा राप्ती नदी र सहायक नदीहरुले नोक्सान पार्ने गरेको छ । राजपुर गाउँपालिकाका ७ वटै वडा, गढवा गाउँपालिकाका ७ वटा वडा, राप्ती गाउँपालिकाका ८ वटा वडा, दंगिशरण गाउँपालिकाको ३ वटा वडा, बबई गाउँपालिकाका दुई वटा वडा, शान्तिनगर गाउँपालिकाका ३ वटा वडा, लमही नगरपालिकाका ४ वटा वडा र तुलसीपुर उपमहानगरपालिकाका ३ वटा वडा बाढीको उच्च जोखिममा देखिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुुख खिलानाथ दाहालले बताएका छन् । यस्तै, बंगलाचुली, शान्तिनगर र राप्ती गाउँपालिकाका ७ वटा वडा पहिरोको उच्च जोखिममा छन् । “वर्षात्को मौसममा उर्लिने ठाडा खोलाहरु दाङमा धेरै छन्, किनारमा बस्तीहरु छन्, उनीहरु वर्षेनी जोखिममा पर्छन्, उनीहरुलाई समयमै सूचना पुर्याउन र सुरक्षा दिन नसक्दा पनि समस्या भैरहेको छ,” दाहालले भने – “जोखिम क्षेत्रमा बस्नेहरुले समेत सचेत नहुँदा वर्षेनी क्षति हुने गरेको छ ।” जिल्ला विपद् जोखिम न्यूूनीकरण तथा व्यवस्थापन समिति दाङले मनसुन पूर्वतयारी कार्ययोजना २०७६ निर्माण गरेको छ । मनसुनसँगै हुनसक्ने आपतविपद्को व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । मनसुनको पूर्वतयारी, उद्धार र राहत लगायतका सम्पूर्ण व्यवस्थापनका लागि जिल्लाका सरकारी तथा गैरसरकारी निकायहरुबीचमा काम बाँडफाँड समेत भैरहेको उनले बताएका हुन् । यसरी, कार्ययोजनाअनुसार जिल्ला समन्वय समितिको नेतृत्वमा पुुनःस्थापना तथा पुुनःनिर्माण, जिल्ला शिक्षा विकास समन्वय इकाई समिति र सम्बन्धित स्थानीय तहका शिक्षा शाखाको संयोजनकत्वमा शिक्षा समिति, प्रत्येक स्थानीय तहको महिला तथा बालबालिकाका शाखाको संयोजकत्वमा संरक्षण समिति, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजनको संयोजकत्वमा खानेपानी तथा सरसफाइ समिति, कृषि ज्ञान केन्द्र तथा खाद्य संस्थानको सहकार्यमा खाद्य तथा कृषि निर्माण भएको छ । यस्तै, आश्रय स्थल तथा गैरखाद्यवस्तुुको व्यवस्थापन शहरी विकास भवन निर्माण कार्यालय र रेडक्रस सोसाइटी, समन्वय खोज तथा उद्धार प्रजिअको सयोजकत्वमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र सूचना सम्प्रेषण जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङलाई जिम्मेवारी तोकिएको छ । यस्ताे छ पूर्वतयारीकाे याेजना विपद् व्यवस्थापन र पूर्वतयारीको विषयमा जनजागरणको रुपमा प्रशिक्षण तथा प्रचारप्रसार गर्ने, सुरक्षा निकायसहित सबै सरोकारवाला निकायले विपद् सुरक्षा तालिमलगायत स्रोतसाधनको तयारी गर्ने र अत्यावश्यक सरसामान, उपकरण र वस्तुहरु परिस्थितिअनुसार तुरुन्त प्रयोग गर्न सकिने अवस्थामा राख्ने, विपद् परेमा तत्काल उद्धार गरी प्रभावितहरुलाई राहत वितरण गर्ने उद्देश्यले जिल्लाका विकट स्थानहरुमा रहेको गापा,नेपाल रेडक्रस सोसाइटी, जिल्ला खाद्य डिपो तथा स्थानीय तहहरुमा तयारी खाद्य तथा गैरखाद्यवस्तुको भण्डारणको व्यवस्थापन गर्ने र ग्रामीण क्षेत्रका बिग्रिएका बाटोहरुको मर्मत गर्ने कार्ययोजनामा उल्लेख छ । बाढी पहिरोले सडक अवरुद्ध भए सडक पुनः सञ्चालनमा ल्याउन आवश्यक परे डोजरको प्रयोग गर्ने, हैजा÷झाडा पखाला फैलिएको अवस्थामा तुरुन्त स्वास्थ्यकर्मीको टोली खटाई नियन्त्रण गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । उनका अनुसार विस्थापित तथा घाइते बिरामीहरुको समयमै उपचार गरी प्रभावित क्षेत्रमा शान्ति तथा सुरक्षाको प्रत्याभूति गर्न र घाइतेहरुलाई अस्पताल लैजान मद्दत गरिनेछ । विगतमा बाढीले पुर्याएको क्षतिको आधारमा जनशक्ति र उद्धार सामग्रीहरु अपर्याप्त देखिन्छ । अहिले जिल्लामा १० लाखभन्दा बढी नै राहत कोष छ तर, उद्धार सामग्री र तालिम प्राप्त जनशक्ति अपर्याप्त रहेको छ । नेपाल प्रहरी जिल्लाभर ५२५, नेपाली सेना १८० र सशस्त्र प्रहरी ३५ जना तालिम प्राप्त जनशक्ति रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख दाहालले बताएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजी अस्पताल, स्वास्थ्य चौकी लगायत निजी र नेपाल रेडक्रस सोसाइटी लगायत संस्थाका ३८ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । घोराही, तलसीपुर र लमहीका चार वटा दमकल, ८३ वटा डोजर, १२ वटा स्काभेटर, एउटा शवबाहन तयारी अवस्था छन् । सिसहनियाँ, गोबर्डिहा, गंगापरस्पुर, बेला राजपुर, सतवरिया लगायतका क्षेत्रमा १२ वटा डुङ्गा र १५ वटा खानेपानी ट्यांकर तयारी अवस्थामा राखिएको प्रशासन कार्यालयले बताएको छ । रासस
सिद्धार्थ इन्स्योरेन्सले पारित गर्यो १५.४८% बोनश सेयर दिने प्रस्ताव, ३ सञ्चालक निर्वाचित
काठमाडौ । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १७ वार्षिक साधारण सभाले सेयरधनीहरुलाई १५.४८ प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित गरेको छ । शुक्रबार सम्पन्न साधारण सभाले चुक्ता पूँजीको १५.४८ प्रतिशतले हुन आउने १३ करोड ४० लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै कम्पनीले सञ्चालक समितिमा समूह ‘क’ संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने नव निर्वाचित ३ जनाको नाम सार्वजनिक गर्यो । कम्पनीको सञ्चालनमा पवनकुमार अग्रवाल, रतनलाल केडिया र राहुल अग्रवाल २०७६ असार ६ गते निर्वाचित भएका हुन् । साधारण सभामा सेयरधनीका तर्फबाट अमृतनाथ रेग्मीले पछिल्लो समय बैंकहरुलाई विभिन्न हावा चलेको छ, यस्तो बेलामा इन्स्योरेन्सहरुपनि सचेत रहन आवश्यक रहेको बताए । अर्का लगानीकर्ता उद्धवप्रसाद घिमिरेले सिद्धार्थले प्रदान गरेको प्रतिफल प्रति खुशी व्यक्त गर्दै भने–१५.४८ प्रतिशत प्रतिफल भनेको चानचुने कुरा होइन । लगानीकर्ताको अभिव्यक्ति सुनिसकेपछि संचालक समितिका अध्यक्ष रतनलाल केडियाले भने–‘लगानीकर्ताहरुले राख्नु भएको माग हामीे पूरा गर्न प्रतिवद्ध छौँ, महिला सञ्चालक समेतको माग हुँदै आएको छ, हामीले सो कुरालाई समेत प्राथमिकतामा राखैका छाँै, आगामी दिनमा ठाउँ खाली हुने बित्तिकै सो माग पूरा हुनेछ ।’