७ लाख रुख काट्न सरकारलाई समितिको निर्देशन, ‘निजगढ विमानस्थल निर्माण कार्य प्रारम्भ गर’

<p>काठमाडौँ । राष्ट्रिय सभा अन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ लाख रुख काट्न सरकारलाई निर्देशन दिएको छ । समिति सभापति दिलकुमारी रावल(पार्वती)को अध्यक्षतामा शुक्रबार बसेको बैठकमा निजगढ विमास्थलबारे छलफल सहित ७ लाख रुख काट्न निर्देशन दिएको हो । बिमानस्थलस्थल निर्माणको मोडालिटी बनाउन र तत्काल डीपीआर तयार गर्न निर्माण कार्य [&hellip;]</p>

काठमाडौँ । राष्ट्रिय सभा अन्तरगत राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ७ लाख रुख काट्न सरकारलाई निर्देशन दिएको छ ।

समिति सभापति दिलकुमारी रावल(पार्वती)को अध्यक्षतामा शुक्रबार बसेको बैठकमा निजगढ विमास्थलबारे छलफल सहित ७ लाख रुख काट्न निर्देशन दिएको हो ।

बिमानस्थलस्थल निर्माणको मोडालिटी बनाउन र तत्काल डीपीआर तयार गर्न निर्माण कार्य प्रारम्भ गर्न समितिले निर्देशन दिएको हो । सभापति रावलले भनिन-राष्ट्रिय गौरबको आयोजना निजगढ विमानस्थलको काम तत्काल शुरु गर्नु पर्छ । विमानस्थल निर्माण हुने क्षेत्रमा पर्ने बारा जिल्लाको टाँगिया वस्ती व्यवस्थान छिटो गरी निर्माण कार्य शुरु गर्न पनि समितिले सरकारलाई सुझाएको छ ।

बैठकमा समितिका सदस्य सांसदहरु सहित पर्यटन सचिव मोहनकृष्ण सापकोटाको उपस्थिति रहेको थियो । विमानस्थल निर्माणको डीपीआर तयार पार्न ७ वटा फर्मलाई सर्टलिस्टिङ गरिएको उनले बताए ।

यी समाचारपनि पढ्नुहोस्

निजगढ विमानस्थल निर्माणले गति लिएन, ‘गलत प्रचारका कारण आयोजनाको काम ओझेलमा’

निजगढ विमानस्थलको बाधक टाँगियावस्ती अन्यत्र सारिदै, ४ अर्ब लाग्ने अनुमान

निजगढ विमानस्थल बनाउन अन्तर्राष्ट्रिय दाताको खोजी, उपयुक्त बिकल्प नआए सरकार आफैँले बनाउने

११ हजार बिघामा बन्ने निजगढ विमानस्थलको निर्माण लागत ७ खर्ब, १४०० घरटहरा हटाउनु पर्ने

Share News