‘२-३ दिन वर्षा हुन्छ, सचेत हुनू’:मौसम पूर्वानुमान महाशाखा
काठमाडौँ । मनसुनी न्यून चापीय रेखा नेपालको सीमा नजिक रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा भइरेहको छ । अझै दुई÷तीन दिन देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै यो अवधिमा देशको केही स्थानमा भारी वर्षा हुने र एक÷दुई स्थानमा अति भारी वर्षासमेत हुने जनाएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार विशेष गरी आज र भोलि यो क्रम जारी रहनेछ । “वर्षा निरन्तर नभई एकछिन रोकिने पुनः शुरु हुनेछ”, मौसमविद् प्रधानाङ्गले भने । त्यस्तै शुक्रबार देशभर बद्ली रही देशका पश्चिमी भू-भागका केही स्थान र मध्यपूर्वका धेरैजसो स्थानमा वर्षा हुनुको साथै एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा २० मिलिमिटर वर्षाको भएको छ । यसैगरी पोखरामा १३.०, सिमरामा ३४, वीरेन्द्रनगरमा ५, दिपायलमा १०, दाङमा २१ र नेपालगञ्जमा १३ मिलिमिटर वर्षा मापन गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आज प्रदेश १, २ र ३ का साना र मझौला खोला, नदीमा आकस्मिक बाढीको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेश तथा प्रदेश नं २ र ५ को चुरे र पहाडबाट बहने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बहने केही साना नदीमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । यसैबीच ट्राफिक प्रहरी महाशाखाले यो समयमा सवारी साधन चलाउनु अघि वाइपर र हेडलाइट जाँच गर्नुका साथै पानीले भिजेको अवस्थामा सडकमा ब्रेक कम लाग्न सक्ने र सवारी अनियन्त्रित हुन सक्ने भन्दै सवारीको गति कम गर्न आग्रह गरिएको छ ।
मौद्रिक नीतिमा राष्ट्र बैंककाे तयारी, ‘उत्पादनमूलक क्षेत्रको कर्जामा खुकुलो, अरुमा कडाई’
काठमाडौँ । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा हायर पर्चेज (सवारी साधन), मार्जिन (सेयर धितो) र रियल स्टेल कर्जालाई कसेर उत्पादनमूलक क्षेत्रमा हुने कर्जा प्रवाहलाई खुकुलो बनाउने भएको छ । बैंकले अनुत्पादक क्षेत्रमा भएको लगानीबाट मुलुकले खासै प्रतिफल पाउन नसकेको भन्दै सो कर्जा प्रवाहलाई कस्न खोजेको हो । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले आगामी आवको मौद्रिक नीतिमार्फत अनुत्पादक क्षेत्रको कर्जालाई कसेर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने बताए । उनले भने-‘अनुत्पादक क्षेत्रमा भएको लगानीले व्यापार घाटा वृद्धि गर्नुका साथै आन्तरिक उत्पादनमा समेत असर पार्छ ।’ सरकारले व्यापार घाटा न्यूनीकरण कार्ययोजना पनि पारित गरिसकेको छ । उनले भने-‘यसमा भएका विषयवस्तु र बजेटले सम्बोधन गरेका विषयवस्तुमा केन्द्रीकृत भएर मौद्रिक नीति आउने छ ।’ त्यस्तै, व्यक्तिगत घर निर्माणमा राष्ट्र बैंक लचिलो हुने, तर रियल स्टेटमा जाने कर्जा प्रवाहलाई भने लगाम लगाउने उनले बताए । हाल व्यक्तिगत आवास कर्जा उपत्यकाभित्र मूल्याङ्कनको ५० र उपत्यका बाहिर ६० प्रतिशतसम्म बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । व्यापार घाटा न्यूनीकरण कार्ययोजनामा विद्युतबाहेकका इन्धनबाट चल्ने गाडी आयातमा बैंकिङ ऋण नदिने व्यवस्था गरिएको छ । सो योजना अनुसार राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा सवारी साधनमा ‘ट्रस्ट रिसिप्ट’(टिआर) ऋण नदिने व्यवस्था गर्दैछ । विद्युतीय सवारी साधनको आयातबाहेकका अन्य सवारी साधन र त्यसको पार्टपुर्जाको आयातमा टिआर कर्जा नदिने कार्ययोजनामा उल्लेख छ । यो यवस्था ६ महिनाभित्र लागू गर्ने भनिएकाेले मौद्रिक नीतिमा यसले प्राथमिकता पाउने भएको छ । सो व्यवस्था लागू भएमा उधारोमा गाडी ल्याउँदै बिक्री गर्दै गरेका व्यवसायीले नगद तिरेर मात्रै गाडी आयात गर्न पाउँछन् । विद्यामान व्यवस्था अनुसार गाडी बिक्रेताहरूले स्थानीय बैंकमा प्रतितपत्र (एलसी) खोलेर गाडी नेपाल आयात गर्न सक्छन् । गाडी ल्याउने देशको बैंकसँग नेपाली बैंकले सम्पर्क गर्छ र उताबाट गाडी हिँडेपछि त्यहाँको बैंकले नेपाली बैंकलाई गाडी हिँड्यो भन्दै कागजपत्र लेखेर पठाउँछ । माग अनुसारको होकी होइन भनेर चेकजाँच गरिसकेपछि रकम भुक्तानी गर्ने हो । सवारी साधन आयात गर्दा तिर्नुपर्ने जति रकम विक्रेताले स्थानीय बैंकसँग माग गर्छ । बैंकले बिक्रेतालाई ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्छ र स्थानीय बैंकले सवारी साधन आयात भएको देशको बैंकलाई सो रकम भुक्तानी दिन्छ। अब सवारी खरिदमा टिआर कर्जा नदिने भएपछि गाडी आयात गर्न बिक्रेतालाई गाह्रो हुनेछ । साथै, हाल ५० प्रतिशतसम्म अटोलोन लिन पाउने व्यवस्था छ । राष्ट्र बैंकले अघिल्ला वर्षको जस्तै नीति पनि लिन सक्ने जनाएको छ । अहिले निजी सवारी साधन खरिद गर्दा क्रेताले ५० प्रतिशत पहिलानै भुक्तान गर्नुपर्ने व्यवस्था छ । यसअघि ६५ प्रतिशतसम्म भुक्तान गर्नुपर्ने व्यवस्था थियो । त्योभन्दा अघि क्रेताले २० प्रतिशत तिरेर ८० प्रतिशतसम्म बैंकबाट कर्जा लिन पाउने व्यवस्था थियाे । मार्जिन लेण्डिङमा अहिले सेयरको ६५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरिएको छ । यसलाई कसेर ५० प्रतिशतमा झार्ने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । सोअन्तर्गत कृषि क्षेत्रको लागि १० प्रतिशत, ऊर्जा तथा पर्यटनमा गरी १५ प्रशितश कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था छ । गभर्नरले तोकेको मितिमा मौद्रिक नीति नआउने, यी हुन राष्ट्र बैंक भित्रका चार समस्या
गुठीका चिनियाँ लामालाई हटाउन बौद्धबासीकाे विराेध प्रदर्शन
काठमाडौं । बौद्ध घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामालाई हटाउन माग गर्दै स्थानीयवासीले बौद्ध स्तुप परिसरमा प्रदर्शन गरेका छन् । चिनियाँ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपको सम्पदा मास्न खोजेको, सार्वजनिक सम्पत्तिलाई निजीरुपमा प्रयोग गर्न थालेकोलगायत कारणले उालाई बर्खास्त गर्न माग गरिएको बौद्ध बचाउ अभियानका संयोजक खड्गजीत लामाले राससलाई जानकारी दिए । “भूपतिबज्रले आफू अवतारी रिम्पोछे हुँ भन्दै सबैलाई गुमराहमा राखेका छन्, उनी को हो भन्ने हामीलाई राम्रोसँग थाहा छ, उनलाई हामी सानैदेखि चिन्छौँ”, संयोजक लामाले भने । स्थानीयवासीको विरोधपछि गुठी संस्थानले बौद्ध स्तुप, घ्याङ गुठीलगायत स्थानमा पूजा गर्न परम्परागत ५८ घरे गुठियार परिवारमध्येका पूर्णबहादुर लामालाई जिम्मेवारी दिएको छ । हाल यस क्षेत्रका १०० घर गुठियारका रुपमा रहेको जनाइएको छ । भूपतिबज्रलाई बर्खास्त गरी स्थानीयवासीको सल्लाहबमोजिम नयाँ कार्यसमिति गठन गरिनुपर्ने समितिको माग छ । रासस
सांग्रिलाका ग्राहकलाई नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा १० प्रतिशतसम्म छुट
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपालगञ्ज मेडिकल कलेज तथा कोहलपुर मेडिकल कलेजबीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकका डेबिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा साउन १ गतेबाट लागु हुने गरी १०% सम्मको छुट प्रदान गर्ने सहमति भएको छ । उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड क्षेत्रीय कार्यालय, नेपालगञ्जका क्षेत्रीय प्रबन्धक जयन्द्रबहादुर खड्का र लर्ड बुद्घ एजुकेशनल एकेडेमी लि.का प्रबन्ध संचालक डाÞ. सुरेशकुमार कानोडियाले हस्ताक्षर गरेका छन् ।
धान रोपाइँः गतवर्ष असार २३ सम्म ५३ प्रतिशत, यो वर्ष २३.७६ प्रतिशत मात्रै
काठमाडौं । असार महिना सकिन अब एक सातापनि बाँकी छैन । तर हालसम्म देशभर २३.७६ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्षको तुलनामा २९.२४ प्रतिशत कम रोपाइँ भएको हो । गत वर्ष असार २३ गतेसम्मको तथ्याङ्ग हेर्ने हो भने ५३ प्रतिशत रोपाइँ सकिएको थियो । कृषि मन्त्रालयका सह प्रवक्ता प्रदीपचन्द्र भट्टराईका अनुसार असार महिनाको अन्त्यसम्म वर्षात नभएकाले रोपाईँ हुन नसकेको हो । यसले धानको उत्पादन घटाउने उनले बताए । तर, मन्त्रालयले आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आर्थिक वर्षमा १.५ प्रतिशत उत्पादन बृद्धि हुने अनुमान गरेको छ । चालु आर्थिक वर्षमा धानको उत्पादन र उत्पादकत्व क्रमश ८.९, ७.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष कूल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । मन्त्रालयका अनुसार यसवर्ष कूल उत्पादनको सबैभन्दा बढी प्रदेश नम्बर २ मा २७.० प्रतिशत हुने अनुमान छ । त्यस्तै प्रदेश नम्बर ५ र १ मा क्रमश २२.० प्रतिशत र २१.० प्रतिशत उत्पादन हुने अनुमान रहेको छ । त्यस्तै कर्णाली प्रदेशमा सबैभन्दा कम २.६ प्रतिशत उत्पादन हुने अनुमान छ । असार २३ गतेसम्म कुन प्रदेशमा कति प्रतिशत रोपाइँ?
हुम्लाको दुर्गम गाउँमा प्रभु बैंकको शाखा बिस्तार
काठमाडौँ । प्रभु बैंक लिमिटेडले बुधबार हुम्ला जिल्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ मा शाखा कार्यालय सञ्चालन गरेको छ । उक्त शाखाको एक समारोहकाबीच खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गरे । कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ हुम्लाका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
अघि बढ्यो रसुवागढीमा सुख्खा बन्दरगाह, ४० जना चिनियाँ प्राबिधिक आउँदै
काठमाडौं । रसुवाको टिमुरेमा निर्माण हुने सुख्खा बन्दगाहको काम अघि बढेको छ । इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलका अनुसार निर्माण सामग्रीहरुको सूचि तयार भएर भन्सार छुट लगायतका प्रक्रिया अघि बढाउन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमा पुर्याईएको छ । त्यस्तै, निर्माण कार्यमा संलग्न हुने ४० जना चिनियाँ प्राबिधिकहरुका लागि भिसा उपलब्ध गराउने प्रक्रिया पनि अघि बढीसकेको छ । ‘समान ल्याउने सूची अर्थ मन्त्रालयमा पठाईसकेका छौं, चिनियाँ प्राविधिका लागि भिसाको प्रक्रिया पनि अघि बढिसकेको छ’, इन्टरमोडलका निर्देशक डंगोलले विकासन्युजसँग भने । निर्माणका उपयोग हुने उपकरणको आयात तातोपानी र रसुवागढी नाकाबाटै हुने पनि उनले बताए । सरकारले आगामी २ वर्षभित्रै टिमुरेको अत्याधुनिक सुख्खा बन्दरगाह निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै टिमुरे बन्दरगाहले उच्च प्राथमिकता पाएको छ । चीन सरकारले शतप्रतिशत अनुदानमा निर्माण गरिदिने बन्दरगाहको लागत २ अर्ब रुपैंयाँ रहेको छ । सो बन्दरगाहको डिजाइन चीन सरकारको पुर्ण स्वामित्वमा रहेको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको हो । ड्राईपोर्टमा ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । ८ हेक्टर जमिनमा निर्माण हुने ड्राईपोर्टमा चिनियाँ लगानी र नेपाली निगरानी रहनेछ । अर्थात चीनले आफैं ड्राईपोर्टको निर्माण गरिदिनेछ भने नेपालले त्यसको गुणस्तर लगायतका प्राबिधिक पक्ष मात्रै हेर्नेछ । ड्राईपोर्टमा ५ हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, २०८० वर्ग्मिटरका २ वटा जाँचपास स्थल रहनेछ । ड्राईपोर्टले लाङ्टाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय वासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी क्षेत्रफल ओगट्नेछ । स्थानीयको जमिन ५० करोड रुपैंयाँ मुआब्जा दिएर अधिग्रहण गरिएको थियो भने निकुञ्ज र अन्य सरकारी स्वामित्वका जमिन मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेर उपलब्ध गराईएको थियो । टिमुरे ड्राईपोर्ट निर्माण भएपछि रसुवागढी नाकाबाट हुने नेपाली चीन व्यापारका लागि आगामी २० बर्षका लागि पुर्वाधारको समस्या नहुने गरि डिजाइन गरिएको दावी इन्टरमोडल यातायात विकास समितिले गर्दै आएको छ ।
एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई जेभियर इन्टरनेशनलको शत प्रतिशत छात्रवृत्ति
काठमाडौ। एसएलसीमा ४ जिपिए ल्याएका विद्यार्थीलाई जेभियर ईन्टरनेसनल कलेजले छात्रवृत्ति दिएको छ। कालोपुलस्थित जेभियर ईन्टरनेसनल कलेजले एसएलसीमामा ४ जिपिए ल्याएर भर्ना भएका विद्यार्थीहरुलाई छात्रबृत्ति दिएको हो। कलेजले उत्कृष्ट, जेहेन्दार तथा आर्थिक स्थित कमजोर भएको विद्यार्थीहरुको लागि हरेक बर्ष छात्रबृत्तिको योजना ल्याउने गरेको छ। कलेजमा विदेशी व्यवस्थापकको प्रस्थानसँगै कलेज पछिल्लो समय अभिभावक र विद्यार्थीको छनोटमा परेको कलेजका प्रिन्सिपल गोपाल भण्डारीले बताए। कलेजमा ए लेभलका साथै, प्लस टु, बिएस्सी इन्भाइरोन्मेन्ट,बिएस्सी माइक्रोबायोलोजी,बिबिएम, बिबिएस,बिएसडब्लु, एमबिए जस्ता बिधामा अध्यापन हुने गरेको छ।