नेप्सेमा तीन अङ्कको वृद्धि, ३५ करोड ८ लाखको कारोबार
काठमाडौँ । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ । कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए । आइतबार कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा कारोबार भएको थियो । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ४.१६, जीवन बीमा १५.७९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । यस्तै होटल उपसमुहको कारोवारका बारेमा भने कुनै विवरण उल्लेख छैन । बैंकिङ २.५९, विकास बैंक ३.७८, जलविद्युत् १.४८, वित्त ५.१९, निर्जीवन बीमा १.३४, अन्य २.२ र लघुवित्त २३.४ विन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज युनाइटेड इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख ६६ हजार ४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंक रु दुई करोड २३ लाख ७९ हजार ३८७, साना किसान विकास बैंक रु दुई करोड नौ लाख तीन हजार ६३१, शिवम् सिमेन्ट रु एक करोड ८४ लाख १७ हजार ७८, कृषि विकास बैंक रु एक करोड ५२ लाख ५२ हजार ७१२ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ४१ हजार ६०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज दश प्रतिशतले कमाए । सिर्जना फाइनान्स वित्तीय संस्था ९.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९।३४, स्पर्श लघुवित्त वित्तीय संस्था ८.७३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ७.०६, गुराँस लघुवित्त वित्तीय संस्था ६।४८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.२२ प्रतिशतले कमाएका छन् । यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.८४, यूनिभर्सल पावर कम्पनी ३.२९, सिनर्जी पावर ३.२९, युनाइटेड इन्स्योरेन्स कम्पनी २.६३, र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।
अशोक लेलैण्डका गाडी किन्दा ज्योति विकास बैंकबाट ७०% सम्म कर्जा पाइने
काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट डिजिएम सुशिलकुमार शर्मा र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०% सम्मको कर्जा सुविधा ज्योति विकास बैंक लिमिटेडबाट पाउने छन् । ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुबै कम्पनीबीच संयुक्त रुममा सहकार्य गर्दै अगाडि बढ्ने कुरामा पनि सहमति भएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक, ४ लाख मध्ये ३ हजारले मात्रै प्राप्त गरे उच्च तहको जीपीए
काठमाडौं। राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो। बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए। प्रकाशित नतिजा अनुसार ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी १६ हजार २ सय ४, यस्तै २.८१ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ३१ हजार, २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३, २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७, १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९, १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार, ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना र सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन्। ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो । नतिजा कसरी हेर्ने ? नतिजा प्रकाशन भैसकेपछी ईन्टरनेट वा मोबाईल एसएमएसमा नतिजा हेर्न सकिन्छ । ईन्टरनेटमा नेपाल टेलिकमको वेबसाईट neb.ntc.net.np मा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखि नतिजा हेर्न सकिन्छ भने मोबाईल एसएमएस बाट NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएमएस पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ । उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाई आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ।
जोन प्लेयर्सको सार्वजनिक गर्यो ५०% छुट सहितको सुपर सेल योजना
काठमाडौँ । सूर्य नेपालको उत्पादन जोन प्लेयर्सले आफ्ना सम्पूर्ण रेन्जमा ५०% छुट सहितको सुपर सेल योजना अघि सारेको छ । उक्त योजनामा रेगुलर तथा स्लीम फिट सर्ट र ट्राउजर, डेनिम, क्याजुअल र पार्टी पहिरनहरु उपलब्ध छन् । यो सेल योजनामा जोन प्लेयर्सका र्फमल तथा क्याजुअल पहिरनहरुको संगालो छन् । जोन प्लेयर्सको उत्पादनहरु एकसक्लुसिभ ब्रान्डेड आउटलेटहरु: ब्लुबर्ड मल, थापाथली, सिटी सेन्टर, कमलपोखरी, दरवार मार्ग, सिभिल मल, सुन्धारा, मानभवन, लबिम मल, पुल्चोक लगायतका अन्य केही विशेष आउटलेटहरुमा उपलब्ध रहेको जनाइएको छ । यो योजना सिमित अबधिको लागि रहने कम्पनीले जनाएको छ ।
बैंकिङ कसूर अभियोगमा चेम्जोङ पक्राउ, ११ लाख जरिवाना सहित १५ दिन कैद सजाय
काठमाडौं । बैकिङ कसूर गरेको अभियोगमा पृथ्वी चेम्जोङलाई नेपाल प्रहरीे अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । उच्च अदालत पाटनले उनलाई १५ दिनको कैद सहित १० लाख ९४ हजार जरिवाना गर्ने ठहर गरेको छ । पाँचथर जिल्ला साविक यासोक गाविस वडा ८ घर भई हला भुक्तपुर जिल्ला बालकोट बस्दै आएका चेमजोङ्गले आर्थिक कारोबार मिलाउन भनी मञ्जु श्रेष्ठसँग उक्त ऋण लिएका थिए । सो रकम भुक्तानी गर्न जारी गरिएको प्रभु बैंकको चेक बाउन्स ( भुक्तानी हुन नसकी चेक फिर्ता) भएको थियो । आज १३ गते प्रतिवादी चेमजोङ्गलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको सीआईबीले प्रेस विज्ञप्ती जारी गरी बताएको छ । प्रतिवादी आइतबार पक्राउ परेका थिए ।
इन्जिनियरिंगका विद्यार्थीद्धारा विभिन्न प्रविधिको विकास
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीले विभिन्न नयाँ प्रविधिको विकास गरेका छन् । कलेजमा इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू बिनिता भट्टराई, संदिपराज घिमिरे र रेजिना विष्ट सम्मिलित समूहले आवाजबाटै घरायसी विद्युतीय उपकरणहरू अन अफ गर्न सकिने प्रविधिको विकास गरेका थिए । आई.ओ.टी. बेष्ड होम अटोेमेशन नाम दिईएको सो प्रविधिको प्रयोगले मोवाइल फोनबाट गुगल असिष्टेन्टको सहायतामा विद्युतीय उपकरणहरू जस्तै बल्व, फ्यान टाढैबाट अन अफ गर्न सकिने जनाइएको छ । यसरी, इलेक्ट्रोनिक्स चौथो सेमेस्टरमा अध्ययनरत अर्का विद्यार्थीहरू सरोज चौधरी, हिमाल दाहाल, निश्चल राई तथा चन्द्र प्रकाश रावल सम्मिलित समूहले आफ्नो परिधिभित्र आएका बस्तुहरुको वास्तविक स्थान, कोण र सापेक्षिक आकारको जानकारी दिन सक्ने प्रविधिको विकाश गरेका छन् । सोलार मनिटरिङ्ग सिस्टम नामक उक्त प्रविधिको प्रयोगले सुरक्षाको चुनौतिलाई हल गर्न मद्दत गर्दछ । यसैगरी, कलेजमै अध्ययनरत विद्यार्थीहरू आशिष यादव, अनिल तिरुवा, सिदार्थ यादव र वाहिद मियाँहरूले ठूलाठूला कारखानाहरूमा सामान ओसारपोसार तथा अस्पतालको सरसफाईको कार्य गर्न सक्ने लाईन फलोइङ रोवोट बनाएका थिए । यस्तै इलेक्ट्रोनिक्स दोस्रो समेष्टरमा अध्ययनरत विद्यार्थीहरू अनिलकुमार यादव, आनन्द कुमार यादव र बलराम रायले लर्न ‘ए टु जेड’ नामक कम्प्युटर सफ्टवेर बनाएका थिए । यसद्वारा बच्चाहरूले सजिलै श्रव्य तथा दृष्यका माध्यमबाट अंग्रजी बर्ण तथा शब्दहरू सिक्न सक्दछन् । उक्त कार्यक्रम चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र तथा कलेजका संस्थापक अध्यक्ष प्रा. डा. दीपकप्रसाद भट्टराईबाट संयुक्त रूपमा गरिएको थियो । कलेजमा विभिन्न सेमेष्टरहरुमा अध्ययनरत विद्यार्थीहरुले आफूले सिकेको ज्ञान प्रदर्शनीको रुपमा प्रोजेक्ट इक्जिविशनको रुपमा कार्यक्रम गरेको कलेजका कार्यबाहक प्राचार्य दीपक धामीले बताएका हुन् । २०१४ देखि वर्ष विराएर यस्तो कार्यक्रम गर्दै आएको नेपाल इन्जिनियरिंग कलेज इलेक्टोनिक्स एण्ड कम्युनिकेशनका प्रोजेक्ट म्यानेजर एवं एक्जिविशन कोअर्डिनेटर सचिन श्रेष्ठले जनाएका छन् ।
असारको अन्तिम साताकाे बाढीले ३ अर्ब ५९ करोडभन्दा बढी क्षति
काठमाडौं । गत असारको अन्तिम सातामा परेको अविरल वर्षातको कारण बाढीपहिरो जाँदा ३ अर्ब ५९ करोड ९१ लाख रुपैयाँ बराबरको क्षति भएको छ । असार २६ गतेदेखि सुरु भएको वर्षातकाे कारणा बाढी जाँदा प्रदेश नं.दुईमा पुन रूपमा क्षति पुर्याएकाे छ । पशुपन्क्षी तर्फ करिब १ अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने १ अर्ब ९७ करोड बराबरको कृषि बालीमा क्षति भएको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले तथ्याङ्क सार्वजनिक गरेको छ । बालीहरुमा चैते धान, वर्षे धान, धानको ब्याड, मकै, तरकारी र केराको नष्ट भयो, भने पशुपन्क्षीमा भैंसी, गाई, हाँस, कुखुरा, बाख्रा, माछा आदीको क्षति भएको हो । करिब ७७ हजार ३४ हेक्टर क्षेत्रफल बाली नष्ट भएको छ । ८९ हजार २ सय ८९ वटा पशुपन्छीहरुको मृत्यु भएको छ, भने गोठ, माछा पोखरी २२ सय ३० वटा क्षति भएको कृषि मन्त्रालयले जानकारी दिएको छ । हालसम्म बाढी र डुवानमा परि ९० जनाको मानिसकाे मृत्यु भएकाे छ । बाढीले गर्याे यी जिल्लामा यस प्रकारकाे क्षति ः
ग्लोबल आइएमईले ३ दिन मै घर कर्जा दिने, ब्याज दर ९.९९ प्रतिशत
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशतब्याज दरमा घर कर्जा योजना ल्याएको छ । घर कर्जा आवेदन प्रकृया पूरा भएको ३ कार्य दिनभित्रकर्जा प्रवाहगरिने बैंकले जनाएको छ । सस्तो तथा सरल किस्ताबन्दीमा घर बनाउने,खरीद गर्ने तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि ग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको हो । यो योजना अन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि १ करोड ५० लाख रुपैयाँसम्म कर्जा लिन पाउने छन् । यो योजना निश्चित अवधिको लागि रहने र बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ ।