काठमाडौं । बैकिङ कसूर गरेको अभियोगमा पृथ्वी चेम्जोङलाई नेपाल प्रहरीे अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । उच्च अदालत पाटनले उनलाई १५ दिनको कैद सहित १० लाख ९४ हजार जरिवाना गर्ने ठहर गरेको छ ।
पाँचथर जिल्ला साविक यासोक गाविस वडा ८ घर भई हला भुक्तपुर जिल्ला बालकोट बस्दै आएका चेमजोङ्गले आर्थिक कारोबार मिलाउन भनी मञ्जु श्रेष्ठसँग उक्त ऋण लिएका थिए ।
सो रकम भुक्तानी गर्न जारी गरिएको प्रभु बैंकको चेक बाउन्स ( भुक्तानी हुन नसकी चेक फिर्ता) भएको थियो । आज १३ गते प्रतिवादी चेमजोङ्गलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको सीआईबीले प्रेस विज्ञप्ती जारी गरी बताएको छ । प्रतिवादी आइतबार पक्राउ परेका थिए ।