विकासन्युज

आज नागपञ्चमी: सर्प, अग्नि र चट्याङको भयबाट बच्न नागको पूजा

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासले पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको श्ययामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । एउटा प्रख्यात किंवदन्ती छ “एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए, ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन्, रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।” संयोगले किसानकी छोरी घरबाहिर रहेकाले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नूस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैका दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएकोदेखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ । संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन बर्सातको शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ । आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेषरुपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ । रासस

ल्होत्से बहुउद्देश्यीय प्रालि बिरुद्ध सर्वोच्चमा रिट, ‘नयाँ बसपार्कमा जथाभावी संरचना’

काठमाडौँ । नयाँ बसपार्कका संरचना नेपाल सरकार र जापान सरकारबीच भएको सम्झौता बमोजिम यथावत् राख्न र जथाभावी निर्माण नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घका तर्फबाट अधिवक्ता मनिषकुमार श्रेष्ठ, महासङ्घका अध्यक्ष होमप्रसाद अधिकारी, महासचिव गणेश उप्रेतीलगायत सात जनाद्वारा दायर गरिएको रिट निवेदनमा ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा जथाभावी संरचना खडा गरी सरकार र जापान सरकारबीच भएको सम्झौताको उल्लङ्घन गरेको आरोप लगाइएको छ । करीब १६५ रोपनी जग्गामा रहेको सो बसपार्क जापान सरकारको आर्थिक अनुदानमा निर्माण भई २०४९ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । सरकारले पछि सो बसपार्क सञ्चालनका लागि काठमाडौँं महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । महानगरपालिकाले २०५६ साल चैत २९ गते ल्होत्सेलाई सम्झौतामार्फत सञ्चालन गर्न दिएको थियो । सञ्चालनको जिम्मा पाएपछि ल्होत्सेले नयाँ बसपार्कभित्र जथाभावी रुपमा संरचना निर्माण गरेको आरोप रिट निवेदनमा लगाइएको छ । महासङ्घले आफूहरुलाई पक्षपात रुपमा व्यवहार गरी गाडी पार्किङ गर्नबाट वञ्चित गरेको आरोप पनि लगाएको छ ।

संसदमा अड्कियो बीमा विधेयक, ‘ऐन छिट्टै बने सुधार चाँडै हुने’

काठमाडौ । संघीय संसदमा पुगेको लामो समय भइसक्दा समेत ‘बीमा विधेयक’ पारित हुन सकेको छैन । उक्त विधेयक जति छिटो पारित हुन्छ त्यति नै छिटो बीमा क्षेत्रमा सिईओको योग्यता देखि सर्भेयरले गर्ने कामसम्ममा सकारात्मक प्रभाव पार्ने बताइएको छ । राष्ट्रिय बीमा संस्थानले दिएको जानकारी अनुसार–‘बीमा विधेयक संसदबाट पारित हुना साथ राष्ट्रिय बीमा संस्थान कम्पनीमा जान्छ ।’ उक्त संस्थान कम्पनीमा गए पछि बीमा क्षेत्रमा आएका नयाँ कम्पनीको ढाँचा अनुसार संस्थानले सम्पूर्ण काम थाल्नु पर्ने हुन्छ । २०४९ को बीमा ऐनको दफा ४७ मा नियम तथा विनियम बनाउने अधिकारका बारेमा उल्लेख गरिएको छ । उक्त दफाको उप–दफा १ मा भनिएको छ–‘यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्ने छन् ।’ यस्तै, दफा ४७ कै उपदफा २ ले भनेको छ –‘यस ऐनको अधिनमा रही समितिले नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियम बनाउन सक्नेछ ।’ नेपाल सरकारले बीमा व्यवसायको हित र सम्बद्र्धनको निमित्त समितिलाई आवश्यक निर्देशन दिनसक्ने र त्यस्तो निर्देशनको पालना गर्नु समितिको कर्तव्य हुने विद्यमान ऐनमा छ । बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार बीमा विद्येयकमा केही महत्वपूर्ण कुराहरु समेटिएका छन् । बीमा विद्येयकमा बीमा समितिलाई बीमा प्राधिकरणको रुपमा लाने लग्ने कुरा उल्लेख छ । यस्तै, बीमा कम्पनीमा काम गर्ने प्रमुख कार्यकारी अधिकृत (सिईओ)को योग्यताको विषयमा समेत सम्बोधन गरेको पाइन्छ । विद्येयकले सिइओको योग्यता बीमा, व्यस्थापन तथा अर्थशास्त्र लगायतका विषयमा स्नातकोत्तर गरेको हुनु पर्ने कुरामा जोड दिएको छ । यस्तै हाल बीमा क्षेत्रमा कार्यरत सर्भेयरहरु क्षेत्र विषेशको आधारमा काम गर्दैनन् । बीमा विद्येयकले सर्भेयरले गर्ने कामलाई विषेश विधागत आधारमा गर्ने व्यवस्था गर्नेछ । अहिले बीमा क्षेत्रमा काम गर्ने सर्भेयर सिभिल इन्जिनियरिङ्गसँग सम्बन्धित हो भने उसले मेकानिकल समेतको सर्भे गरेका पाइन्छ । तर, बीमा ऐन आए पश्चात सिभिल इन्जिनियरिङ्ग पढेको सर्भेयरले मेकानिकलमा सर्भे गर्न पाउँदैनन् । बीमा क्षेत्रमा सुशासन कायम गर्ने कुरामा बीमा ऐन केन्द्रित रहेको जानकारहरुले बताएका छन् ।

सिभिल बैंकद्वारा दुर्घटना मृत्यू बीमाको ७ लाख दाबी रकम भुक्तानी

काठमाडौँ । सिभिल बैंकले केही महिना अघि ल्याएको ‘सम्मान बचत खाता’मा खाता खोल्नु भएका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत रु.सात लाखको चेक हस्तान्तरण गरिएको छ । मृतकको श्रीमति नूर जहाँ मनीहारलाई प्रदान उक्त रकम हस्तान्तरण गरिएको हो । । सिभिल बैंकको ‘सम्मान बचत खाता’ आकर्षक ब्याजको साथै औषधोपचार खर्चमा रु.एक लाखसम्म र दुर्घटनामा मृत्यु भएमा रु. सात लाखसम्मको बीमा सुबिधा प्रदान गरिएको गरिने छ । उक्त खातामा निश्चित रकम राख्नै पर्ने भन्ने बाध्यता छैन ।

सीएनआईले भदौ २५ र २६ गते पूर्वाधार सम्मेलन गर्ने, सन् २०३० सम्मको विकासबारे वहस हुुने

काठमाडौं । मुलुकको समग्र आर्थिक विकासका लागि पूर्वाधारमा लगानी बढाउने उद्देश्यसहित आगामी भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ । यो सम्मेलन सीएनआई(नेपाल उद्योग परिसंघ) सहित भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपाल (वाईसीएनसी) को आयोजना र विभिन्न सरकारी निकाय, प्रदेशका मुख्य मन्त्री, दुई पक्षीय र बहुपक्षीय विकास साझेदारहरुको सहकार्यमा आयोजना हुन लागेको हो । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले सम्मेलनले देश विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने बताए । यो क्षेत्रमा दरिलो पूर्वाधार सञ्जालको विकास, देशमा लगानी किन आवश्यक छ भनेर चेतना जगाउने उद्देश्य रहेको बताए । सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा सन् २०३० सम्मका लागि आवश्यक परियोजनाहरुको बारेका छलफल हुने  छ । यसैबीच, यसभन्दा अगाडी भएको पूर्वाधार विकास सम्बन्धी कामहरुलाई सम्मेलनमा प्रस्तुत गरिने भएको छ । यो परियोजनामार्फत यातायात, हाउजिङ, सिंचाई, उजा र डिजिटल क्षेत्रमा लागू गर्न सकिने सिर्जनशील र नयाँ आइडिया समावेस गरिने भएको छ । यो सम्मेलनले लगानी सम्मेलका परियोजनाहरु पनि सहयोग पुर्याने अपेक्षा गरिएको छ । सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञत्रहरुले फरकफरक विषयमा प्रस्तुतीकरण गर्नेछन् । पूर्वाधार सम्मेलनमा दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका लगानीकर्ता, परामर्शदाता, सरकारी निकाय, विकास साझेदार, नीतिनिर्माता र सञ्चारमाध्यमको सहभागिता रहनेछ । यो सम्मेलन सन् २०१४ को नोभेम्बरबाट सुरु भएको हो । परिसंघका राष्ट्रिय परिषद् सदस्य विरेन्द्रराज पाण्डेले पूर्वाधार क्षेत्रमा विगतमा भएका कठिनाइ हटाउने प्रयास स्वरुप परिसंघले सम्मेलनलाई निरन्तरता दिएको बताएका छन् । मुलुकको समग्र आर्थिक विकासका लागि पूर्वाधारमा लगानी बढाउने उद्देश्यसहित नै सम्मेलन हुन लागेको बताए ।

४ लाख २४ हजार घरको पुनर्निर्माण सम्पन्न, २ लाख १४ हजार बन्दै

काठमाडौं । २०७२ साल वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित ४ लाख २४ हजार ९७७ लाभग्राहीले अनुदान लिई घर निर्माण सम्पन्न गरेका छन् । थप २ लाख १४ हजार ३१४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन् । पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार २९१ घर पुनर्निर्माणको प्रक्रियामा छन्, जुन पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो । अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या ७ लाख ७३ हजार ४४७ छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य कार्य सम्पन्न गर्ने बताए । ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि कम हुन सक्छ, अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौ’–उनले भने । प्राधिकरणका सहसचिव एवम् प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये ७ लाख ६५ हजार २२१ ले पहिलो किस्ता बुझेका छन् भने ५ लाख ९९ हजार ४३९ ले दोस्रो किस्ता बुझिसकेका छन् । तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या ४ लाख ७४ हजार ११९ छ । आइतबार आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन् । त्यहाँ ६७ हजार ८३४ घर पुनर्निर्माण भएका छन् । त्यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६१३ घर पुनर्निर्माण भएका छन् । धादिङमा ४८ हजार ४५४, दोलखामा ४४ हजार ५३३ र गोरखामा ४४ हजार २३१ घर पुनर्निर्माण भइसकेका छन् । कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ । कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार ५२५ घर पुनर्निर्माण भएका छन् । सिन्धुपाल्चोकमा ६७, ८३४, नुवाकोटमा ५२,६१३, धादिङमा ४८,४५४, दोलखामा ४४,५३३, गोरखामा ४४,२३१, काभ्रेपलाञ्चोकमा ३०,८७७, रामेछापमा ३०,७११, ओखलढुङ्गामा १५,७७२, मकवानपुरमा १३,०७०, सिन्धुलीमा १२,५८२,  काठमाडौंमा ११,५४२, रसुवामा १०,४१८, तनहुँमा १०,५२५, भक्तपुरमा ८,४२०, ललितपुरमा ४,२१६, लमजुङमा ३२००, चितवनमा २,९८२, खोटाङमा २,९२८, सोलुखुम्बुमा २,३०२ पाल्पामा १,४३५, भोजपुरमा १,२६८, धनकुटामा १,२०३, बागलुङमा ८,८२, स्याङ्जामा ७०७, पर्वतमा ६७६, नवलपरासीमा ६२०, गुल्मीमा ३२७, कास्कीमा ३२४, म्याग्दीमा २७१ र अर्घाखाँचीमा ५४ घर पुनर्निर्माण भएका हुन् । सम्झौता नगर्नेको नाम हट्दै निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन् । लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन् । त्यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे पाँच हजार छ ।

सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदनः धितोपत्र बोर्ड

काठमाडौ । नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीमा एकरुपता ल्याउन अनुपालन प्रतिवेदन सार्वजनिक गरेको छ । सूचीकृत कम्पनीहरूमा संस्थागत सुशासन प्रवद्र्धन गर्न बार्डले नयाँ ढाँचा तयार पारेको हो । बोर्डले सूचीकृत संगठित संस्थाहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालाहरू प्रति उत्तरदायी बनाइ संस्थागत सुशासन प्रवद्र्धन गर्न सो ढाँचा तयार पारेको हो । उक्त ढाचामा ओईसीडीको संस्थागत सुशासनसँग सम्बन्धित मुख्य सिद्धान्तहरुको उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यासहरु समेटिएका छन् । बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३, बमोजिम सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७४ बनाइ २०७५ साउन १ गतेदेिख लागू गरेको थियो । सो निर्देशिका अनुसार अब सूचीकृत संस्थाहरुको परिपालना अधिकृतले प्रतिवेदन तयार गरी बोर्डमा पेश गर्नुपर्ने व्यवस्था छ । सो ढाँचामा आर्थिक वर्ष २०७५÷७६ देखिको वार्षिक प्रतिवेदनमा लागू गर्ने निर्णय गरेको छ । प्रतिवेदनले मुख्यतया संचालक समिति, संचालकको आचरण तथा अन्य विवरण, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक निर्णय प्रणाली, सूचना तथा जानकारी प्रवाह, संस्थागत संरचना र कर्मचारी, संस्थाको लेखा तथा परिक्षण सम्बन्धमा विशेष ढाँचा तयार पारिएको छ ।

बारा सिमरामा सनराइज बैंकको शाखा बिस्तार

काठमाडौँ । सनराइज बैंकले बारा जिल्लाको सिमरामा ११४औँ शाखा संचालनमा ल्याएको छ । आइतबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयका निर्देशक राजनबिक्रम थापा तथा सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यलयको उद्घाटन गरेका हुन् । त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले एटीएम सेवाको उद्घाटन गरे ।