
काठमाडौं । मुलुकको समग्र आर्थिक विकासका लागि पूर्वाधारमा लगानी बढाउने उद्देश्यसहित आगामी भदौ २५ र २६ गते तेस्रो नेपाल पूर्वाधार सम्मेलन हुने भएको छ ।
यो सम्मेलन सीएनआई(नेपाल उद्योग परिसंघ) सहित भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपाल (वाईसीएनसी) को आयोजना र विभिन्न सरकारी निकाय, प्रदेशका मुख्य मन्त्री, दुई पक्षीय र बहुपक्षीय विकास साझेदारहरुको सहकार्यमा आयोजना हुन लागेको हो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले सम्मेलनले देश विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने बताए । यो क्षेत्रमा दरिलो पूर्वाधार सञ्जालको विकास, देशमा लगानी किन आवश्यक छ भनेर चेतना जगाउने उद्देश्य रहेको बताए ।
सम्मेलनमा नेपालको पूर्वाधार क्षेत्रमा सन् २०३० सम्मका लागि आवश्यक परियोजनाहरुको बारेका छलफल हुने छ । यसैबीच, यसभन्दा अगाडी भएको पूर्वाधार विकास सम्बन्धी कामहरुलाई सम्मेलनमा प्रस्तुत गरिने भएको छ ।
यो परियोजनामार्फत यातायात, हाउजिङ, सिंचाई, उजा र डिजिटल क्षेत्रमा लागू गर्न सकिने सिर्जनशील र नयाँ आइडिया समावेस गरिने भएको छ । यो सम्मेलनले लगानी सम्मेलका परियोजनाहरु पनि सहयोग पुर्याने अपेक्षा गरिएको छ ।
सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञत्रहरुले फरकफरक विषयमा प्रस्तुतीकरण गर्नेछन् । पूर्वाधार सम्मेलनमा दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका लगानीकर्ता, परामर्शदाता, सरकारी निकाय, विकास साझेदार, नीतिनिर्माता र सञ्चारमाध्यमको सहभागिता रहनेछ । यो सम्मेलन सन् २०१४ को नोभेम्बरबाट सुरु भएको हो ।
परिसंघका राष्ट्रिय परिषद् सदस्य विरेन्द्रराज पाण्डेले पूर्वाधार क्षेत्रमा विगतमा भएका कठिनाइ हटाउने प्रयास स्वरुप परिसंघले सम्मेलनलाई निरन्तरता दिएको बताएका छन् । मुलुकको समग्र आर्थिक विकासका लागि पूर्वाधारमा लगानी बढाउने उद्देश्यसहित नै सम्मेलन हुन लागेको बताए ।